Posts

Showing posts from March, 2014

अफ्रिकन युनाइटेड सेमीफाइनल पुग्यो(फोटोफिचर)

Image
धरान,चैत १५ । अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको १६ औं सँस्करणमा अफ्रिकन युनाइटेड क्लब सेमीफाइनल प्रवेश गरेको छ । शनिबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा एनएमबि मछिन्द्र क्लबलाई २–१ गोलअन्तरले हराउदै अफ्रिकन सेमीफाइनल पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा अफ्रिकनका एल्भिसले पहिलो हाफको ४२ औं मिनेटमा र इब्राहिमले अतिरिक्त समयको १४ औं मिनेटमा इब्राहिमले गोल गर्दै टिमलाई जित दिलाएका थिए । एक गोलले पछि परेको अवस्थामा मछिन्द्रका विशाल राईले दोस्रो हाफको इन्जुरी समयमा बराबारी गोल गरेका थिए । तर, अतिरिक्त समयमा इब्राहिमको गोलसँगै अफ्रिकनले जित हात पार्यो । सो खेलको म्यान अफ दि म्याच अफ्रिकन युनाइटेडका सेगन भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए । खेलमा दुवै टिमले थुप्रै गोल गर्ने अवसर गुमाएको थियो । अफ्रिकनका सेगनले पहिलो हाफको १४ औं मिनेटमा गरेको कडा प्रहार मछिन्द्रका गोलकिपरले गोल हुनबाट जोगाए भने सेगनकै अर्को कडा प्रहार गोलपोष्टमा ठोक्किदै बाहिरियो । पहिलो हाफकै ३१ औं मिनेटमा आबाको प्रहार माथिल्लो बार नजिकैबाट बाहिरियो । दोस्रो हाफ

१६ औं बुढासुब्बा गोल्डकप शुरु, आयोजक सेमीफाइनलमा(फोटोफिचर)

Image
धरान,चैत १४ । १६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबारदेखि धरानमा शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सञ्चालन हुने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गरे । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले भारत दार्जिलिङको कञ्चनजंगा फुटबल क्लबलाई २–० गोलअन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन भने दोस्रो हाफमा आयोजकले २ गोल गरेको थियो । दोस्रो हाफको ८ औं मिनेटमा अफ्रिकन खेलाडी डिमोलाले गोल गरेका थिए भने दोस्रो हाफको ३५ औं मिनेटमा अफ्रिकन खेलाडी मार्टिनले धरानको लागि दोस्रो गोल गरेका थिए । चार जना विदेशी र ७ जना राष्ट्रिय टिमका खेलाडीसहित मैदानमा उत्रिएको धरानले अपेक्षा अनुसार खेल्न भने सकेन । तथापी, खेलमा दुवै टिमले धेरै गोल गर्ने अवसर खेर फालेको थियो । पहिलो हाफको ५ मिनेटमै धरानका स्मार्टको हेड प्रहार गोलपोष्टको दिसा लिन सकेन भने ११ औं मिनेटमा असिमजंग कार्कीले डि बक्स नजिकबाट गरेका प्रहार बाहिरिएको थियो । यस्तै, दोस्रो हाफमा आक्रमकरुपमा प्रस्तुत