Posts

Showing posts from August, 2014

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पुर्णविश्वविद्यालय बनाइने भएको छ । यसको लागि प्रतिष्ठानले ऐन संशोसनको प्रस्ताव पेश गरिसकेको जनाएको छ भने स्वास्थ्यमन्त्री खगराज अधिकारीले पनि सरकारले पुर्णविश्वविद्यालय बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सञ्चालक परिषद(सिनेट) बैठक बस्नुअघि प्रतिष्ठानको वस्तुस्थिति बुझ्न स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठसहित धरान आएका मन्त्री अधिकारीले शनिबार प्रतिष्ठान पदाधिकारी, विभागीय प्रमुखहरुसँगको छलफलमा यस्तो बताएका हुन् । ‘बीपी प्रतिष्ठान अब परिपक्क भएको महशुस हुन थालेको छ, विश्वविद्यालय बनाउनै पर्छ, त्यसको लागि सरकारले के गर्नुपर्ने हो गर्छ, स्वयम संस्था र धरानबासीले पनि के गर्नुपर्नेहो,गर्नुस्’–स्वास्थ्यमन्त्री अधिकारीले भने । प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दासका अनुसार नियमावलीले विश्वविद्यालयको कल्पना गर्दै अन्य मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था गरेपनि ऐनको कारणले गर्दा बाधा पुगेको हो । हाल सम्पुर्ण पूर्वाधार एवं मापदण्ड पुरा भइसकेको हुनाले प्रतिष्ठानलाई विश्वविद्यालयकोरुपमा लैजानको लागि ऐन संशोधनको पहल भइरहेक

बीपी प्रतिष्ठानमा रजिष्टार नियुक्त

Image
धरान । लामो समयको अन्यौललाई चिर्दै स्वास्थ्य मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ रजिष्टार नियुक्ती गरेको छ । पद रिक्त भएको करिब पन्ध्र महिनापछि मन्त्रालयले मोरङको विराटनगर निवासी तुलबहादुर श्रेष्ठलाई बिहिबार प्रतिष्ठानको रजिष्टारमा नियुक्त गरेको हो । नवनियुक्त रजिष्टार श्रेष्ठले शुक्रबार नै प्रतिष्ठानमा आफ्नो पदभार ग्रहण गरिसकेका छन् । राजनीतिक नियुक्ती भए पनि रजिष्टारको पाँच बर्षे कार्यकाल रहन्छ । यसअघि, तत्कालीन रजिष्टार नन्दकुमार थापाको गत बर्षको जेठ १९ गते पदावधि सकिएपछि प्रतिष्ठान रजिष्टारविहिन रहेको थियो । प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासको सिफारिशमा स्वाथ्यमन्त्री खगराज अधिकारीले श्रेष्ठलाई रजिष्टारमा नियुक्ती गरेका हुन् । प्रतिष्ठान नियमावलीमा उपकुलपतिले आकांक्षीको नाम सिफारिश गर्ने र ती मध्ये सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्रीले नियुक्ती गर्ने प्रावधान छ । नवनियुक्त रजिष्टार श्रेष्ठ आर्थिक प्रशासनसँगै व्यवस्थापनमा दक्ष व्यक्ति हुन् । उनले व्यवस्थापन, कानुन र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । यसअघि उनले नेपाल सरकारको ले

गोर्खा स्मृति पार्कको गुरुयोजना बन्दै

Image
धरान । विष्णुपादुका ६, मछामारा डाँडामा निर्माणाधिन अवस्थामा रहेको ब्रिटिश गोर्खा स्मृति पार्कको गुरुयोजना बनाउन थालिएको छ । करिब सात बर्ष अघि नै पार्क दर्ता भएर केही संचरनाहरु निर्माण गरिएपनि व्यवस्थितरुपमा विकास गर्न भर्खरै मात्र गुरुयोजनाको काम अघि बढेको हो । पार्क निर्माण समितिका अनुसार काठमाण्डौंस्थित रोयल अर्किटेकलाई गुरुयोजना बनाउने जिम्मा दिइएको छ । गुरुयोजनाको प्रारम्भिक चरणको काम भइरहेको कम्पनीले जनाएको छ । गुरुयोजना बन्दै गरेपनि त्यसअन्र्तगतको ब्रिटिश गोर्खा स्मारक र रेष्टुरेष्टको संरचना भने बनाउन शुरु गर्ने पार्क निर्माण समितिको भनाई छ । त्यसको लागि बिहिबार रोयल आर्किटेकका प्राविधिकद्धय लुसान बराल र सुदेशकुमार राईले निर्माणस्थलको स्थलगत अध्ययन गरेका छन् । ‘मास्टरप्लानको काम हुदैगर्छ, स्मारक र रेष्टुरेष्टको नक्सा बनिसकेको छ, त्यसको निर्माण शुरु भइहाल्छ’–प्राविधिक बरालले भने । उनका अनुसार एक महिनादेखि गुरुयोजना(मास्टरप्लान)को काम भइरहेको छ । विश्वका विभिन्न मुलुकमा वीरगति प्राप्त गरेका ब्रिटिश गोर्खाली सेनाको इतिहास र पहिचानलाई स्थापित गर्ने उद्देश्यले बिगेसो सुनसरीले

धरानलाई माउण्टेन बाइकको शहर घोषणा गरिने

Image
धरान । धरानलाई वातावरणमैत्री नगर बनाउन माउण्टेन बाइकको शहर घोषणा गर्ने नगरपालिकाले जनाएको छ । साइकल सिटि अभियानअन्र्तगतको क्रिटिकल मास राइड र प्लाष्टिक झोला उन्मुलन अभियानको एक बर्ष पुरा भएको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्यकारी अधिकृत भोजराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । भानुचौकमा आयोजित समारोहमा बोल्दै कार्यकारी अधिकृत खतिवडाले प्रदुषणरहित नगर बनाउने हरेक गतिविधि एवं अभियानलाई प्रोत्साहनको नीति अवलम्बन गरिने पनि बताए । प्रदुषणरहित एवं वातावरणमैत्री शहरको लागि साइक्लिङको महत्वपुर्ण भुमिका हुने भएकोले साइकल सिटि अभियान नगरपालिकाको बिशेष प्राथमिकतामा रहने पनि उनले घोषणा गरे । ‘वातावरणमा प्रदुषण घटाउन साइकलको भुमिका महत्वपुर्ण छ, त्यसैले वातावरणमैत्री नगर बनाउन यस्ता अभियानलाई प्रोत्साहन गर्नेछौं’–अधिकृत खतिवडाले भने–‘अभियन्ताहरुको मनोवल उच्च बनाउन र प्रोत्साहन गर्न धरानलाई माउण्टेन बाइकको शहर बनाउने घोषणा पनि गछौं ।’ प्लाष्टिक झोला उन्मुलन अभियानका संयोजक केशव श्रेष्ठले प्लाष्टिक झोलाले वातावरण र स्वास्थ्यलाई हानि पुर्याउने भएकोले नगरबासी आफै सचेत रहनुपर्ने बता

धरानमा साहित्यिक अन्र्तक्रिया(फोटोफिचर)

Image
धरान । कवि वम देवान र कवियित्री कुन्ता शर्मा साहित्यमा नौला नाम होइनन् । यी स्रष्टामा साहित्यबाहेक अर्को समानता पनि छ, दुवैलाई सम्झनुपर्दा राजनीतिक जीवन पनि सँगै आउछ । फरक यति मात्रै कि ०४६ को परिवर्तनपछि देवान राजनीतिकरुपमा शिथिल भए भने शर्माको सक्रियता बढ्यो ।  शुक्रबार धरानको होटल रत्न इनमा यी दुवै स्रष्टा आफ्नो साहित्यिक जीवनको लेखाजोखा गर्न स्रष्टा, साहित्यकार एवं पाठकको कठघरामा उभिनु पर्यो । भारतीय दुतावास, बीपी कोइराला इण्डिया नेपाल फाउण्डेशन र महेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभागले संयुक्तरुपमा आयोजना गरेको अन्र्तक्रिया एण्ड पोयमाण्डु कार्यक्रमअन्र्तगत दुवैलाई साहित्यकार, पाठक सामु थिए । दुवैलाई डायसमा आसन गर्नुअघि एक एक वटा कविता वाचन गर्न लगाइयो । त्यसपछि, शुरु भयो साहित्यिक, राजनीतिक जीवन सम्बन्धित प्रश्नको बर्षा । पैसा कमाउन नलगानी किन साहित्यमा लाग्नु भयो भन्ने प्रश्नको जवाफमा कवयित्री शर्माले शुरुमा लहैहलैमा कविता लेखे पनि पछि समाज परिवर्तन गर्नको लागि साहित्य सृर्जनामा लागेको बताइन् । कवितालाई जीवन ठान्ने धारणा व्यक्त गर्दे उनले भोगाई प्रतिबिम्बित हुने र कवि

जग्गा प्लष्टिङ छोडेर कृर्षि र पशुपालन(फोटोफिचर)

Image
धरान । जग्गाको कारोबार गर्दै आएका धरान १५ का युवा लोक खापुङ र धरान १६ का घनेन्द्र कार्कीले छिमेकी गाविस विष्णुपादुका ५ मा करिब ८ विघा जमिन किनेका थिए । हरियाली डाँडा र खेतलाई प्लटिङ गरेर बिक्री गर्ने दुवैको सोच थियो । तर, घरजग्गाको कारोबारमा एक्कासी मन्दी छाएपछि दुवैको सोच फेरियो । प्लटिङ गर्ने उद्देश्यले किनेको त्यही जग्गामा अहिले थप डेढ करोड लगानी गरेर दुवैले के एण्ड के लाइभष्टक एग्रिकल्चर रिसर्च सेन्टर स्थापना गरेका छन् । जहाँ उन्नत जातका गाई, बंगुर र बाख्रा पालन शुरु भएको छ भने हजारौंको संख्यामा मलेसियन सखुवा र हाइब्रिड टिकको विरुवा रोपिएको छ । त्यहाँ चाडैं अग्र्यानिक खेती शुरु गर्ने तयारी पनि भइरहेको छ । एग्रो टुरिज्मको अवधारणा पनि विकास गरिने लगानीकर्ताहरु बताउछन् । ‘खासमा जग्गा प्लटिङ गर्ने उद्देश्य थियो, तर जग्गाको कारोबारमा मन्दी छाएपछि हाम्रो नयाँ योजना बन्यो’–सुन व्यावसायीसमेत रहेका खापुङले भने–‘पशुपालन शुरु भएको छ, चाडै बिषादीरहित अग्र्यानिक खेती शुरु गछौं, एग्रो टुरिज्मकोरुपमा यहाँ विकास गर्ने अवधारणा छ ।’ सानैदेखि व्यावसायिक कृर्षि गर्ने इच्छा अहिले पुरा भएको उनले ब