Posts

Showing posts from 2017

जल र भुमाफियाको विरुद्धमा र्याली

Image
धरान,पुष १४ । डाँडाकाडामा प्लटिङ गर्ने भुमाफियाको प्रभावमा परेर जलाधार क्षेत्र असर पर्ने गरी खर्दु मुहानबाट खानेपानी लैजान स्वीकृति दिएको भन्दै धरान उपमहानगर १३ का वडाबासीहरुले जनप्रतिनिधिहरुको विरोध गरेका छन् । भविष्यमा खानेपानी संकट पार्ने गरी भएको निर्णय वदर गरेर जनताप्रति उत्तरदायी बन्न आग्रह गर्दै वडाबासीहरुले बिहिबार विशाल दबाबमुलक र्याली निकाले । उनीहरुले जनप्रतिनिधिहरु जल र भुमाफियाको चंगुलमा नफस्न पनि चेतावनी दिएका छन् । वडाबासीहरु सर्दु जलाधार क्षेत्रको जग्गा कब्जा गरेका भुमाफियाहरुले नै खर्दुको मुहानमा पनि कब्जा गर्न लागेको तर जनप्रतिनिधिहरु मौन बसेको भन्दै असन्तुष्ट छन् । वडा १३ का बासिन्दाहरु गठन गरेको खर्दु जोरधारे मुहान खानेपानी सरोकार समितिको अगुवाईमा निकालेको र्याली बिहिबार खानेपानी संस्थान, उपमहानगरपालिकामा पुगेर मुहान जथाभावी बाड्न तत्काल रोक्नुपर्ने माग गरेका थिए । वडाबासीहरुले जनप्रतिनिधि उत्तरदायी वन, जलभाफिया र भुमाफिया होसियार जस्ता प्लेकार्ड बोक्नुका साथै नारासमेत लगाए । ‘डुम्रे शिखरबास खानेपानी योजनालाई खानेपानी डिभिजनले पुरानो योजना निसाने भालुखोला मुह

जलाधार कब्जा गर्ने भुमाफियाको ध्यान खानेपानी मुहानमा

Image
धरान,पुष १२ । सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा कब्जा गरेर प्लटिङ गरेको भुमाफिया गिरोहले सरकारी निकायसँगको मिलेमतोमा धरानबासीले उपभोग गरिरहेको खानेपानीको स्रोत(मुहान) पनि कब्जा गर्न लागेका छन् । प्लटिङ गरेको जग्गाको भाउ बढाउन र घडेरी बिक्री गरी बस्ती बसाउने योजना अनुसार गिरोहले पाँचकन्या डुम्रे शिखरबास खानेपानी तथा सरसफाई व्यवस्थापन समिति गठन गरी खर्दुको मुहानबाट खानेपानी लैजान लागेका हुन् । समितिले जोरधारे खानेपानी मुहान भनेर आयोजना स्वीकृत गराएपनि त्यो मुहान धरानबासीले उपभोग गरिरहेको खर्दु मुहानको मुख्य स्रोतको सिर हो । सर्दुमा खर्दु खोलाको पानी नै आउछ । समितिले त्यो क्षेत्रबाट खानेपानी लगेमा भविष्यमा आफुहरुले पानीको संकट व्यहोर्नुपर्ने भन्दै वडा १३ का बासिन्दाहरुले चर्को विरोध गरिरहेका छन् । उनीहरुले जलाधार क्षेत्रको जग्गा कब्जा गरेका भुमाफियाहरुले नै खर्दुको मुहानमा पनि कब्जा गर्न लागेपनि जनप्रतिनिधिहरु मौन बसेको भन्दै असन्तुष्टी जनाइरहेका छन् । वडाबासीले खर्दु जोरधारे मुहान खानेपानी सरोकार समिति गठन गरेर मुहान संरक्षणको अभियान थालेका छन् । ‘जुन समुहले जालाधारको जग्गा कब्जा गर्

पुर्नस्थापना केन्द्र बन्द नगर्न द्धन्दपीडितको माग

Image
धरान,पुष १२ । विद्रोहीलाई खाना खुवाएको आरोपमा उदयपुर गाइघाटका भवानीप्रसाद उप्रेतीलाई २०५८ माघ ११ मा राज्य पक्षले पक्रेर लग्यो । उनी ६५ दिन हिरासतमा बस्दा चरम यातना पाए भने खुट्टा पनि भाँचियो । लामो समय उपचारविहिन भएका उनी गएको जेठ महिनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित पुर्नस्थापना केन्द्रमा आएका थिए । सशस्त्र द्धन्दको क्रममा राज्य वा विद्रोही पक्षबाट घाइते वा अंगभंग भएका पीडितहरुलाई निःशुल्क उपचार गराउन नेपाल सरकारले केन्द्र स्थापना गरेको थियो । सशस्त्र द्धन्द अन्त्य भएपछि राज्यले द्धन्दपीडितहरुलाई वेवास्ता गरेको गुनासो बोकिरहेका उप्रेतीले ढिलो भएपनि केन्द्रमा पाएको उपचारबाट खुशी नै थिए । तर, यही पुष १५ गतेदेखि यो केन्द्रबाट सेवा बन्द हुने खबरले भने अहिले उनी चिन्तित बनेका छन् । उपचारको फ्लोअपमा धरान आएका उनी भन्छन्,‘पुर्नस्थापना केन्द्र खोलेर सरकारले पीडितहरुको घाउमा महलम लगायो भन्ने लागेको थियो, तर यो त पुष १५ मा बन्द पो हुने सुन्दैछु । यो बन्द नहोस्, यसको जनतालाई आवश्यकता छ ।’ उप्रेती मात्र होइन, यतिबेला केन्द्रमा उपचार गराएका र निरन्तर फ्लोअपमा रहेका

प्रदेश राजधानीको माग गर्दै धरानमा रिले अनसन

Image
धरान,पुष १२ । प्रदेश नं १ को राजधानी बनाउन विभिन्न जिल्ला र शहरबीच लविङ एवं रस्साकस्सी चलिरहदा धरानबासीहरु रिले अनसनमा बसेका छन् । धरानलाई प्रदेश नं १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले भानुचोकस्थित घण्टाघरको पेटीमा पाल टाँगेर गएको शनिबारदेखि अनसन शुरु गरेको हो । अनसनमा विभिन्न राजनीतिक दल सम्बद्ध युवा, सामाजिक संघसंस्था र सर्वसाधारणहरुले पनि स्वेच्छिकरुपमा सहभागीता जनाइरहेका छन् । समितिले अनसनस्थलमा प्रदेशसभा, मुख्यमन्त्री र मन्त्रालयको लागि धरानमा उपलब्ध भौतिक संरचना एवं पुर्वाधारहरुको तस्बिरसमेत ब्यानरमा राखेको छ । धरानबासीहरुले एक सातादेखि प्रदेश राजधानी बनाउन माग गर्दै विभिन्न सृर्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेका छन् । ‘शनिबारदेखि रिले अनसन शुरु गरेका हौं, यसअघि सामाजिक संघसंस्थासँग छलफल, प्रधानमन्त्रीलाई ज्ञापन, क्षेत्रीय प्रशासकलाई भेटेर छलफल गरिसकेका छौं,’समितिका संयोजक अइन्द्रबिक्रम बेघाले भने,‘यो अभियान सबै दल, संघसस्था र समग्रमा धरानबासीहरुको हो ।’ समितिको अगुवाईमा यसअघि भानुचोकमा धरानलाई प्रदेश १ को राजधानी बनाउने ऐक्यवद्धतासहित प्रतिवद्धता सभा पनि आयोजना गरिस

ब्राउन सुगरसहित डाक्टर पक्राउ

Image
धरान,पुष ८ । ब्राउन सुगर प्रयोग गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक डाक्टरसहित ३ जना पक्राउ परेका छन् । प्रतिष्ठानको इन्र्टन सकेका डाक्टर क्षितिज श्रेष्ठसहित धरान १२ का उज्वल हलवाई र दिनेश श्रेष्ठ पनि शनिबार प्रतिष्ठानबाट पक्राउ परेका हुन् । हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पुर्याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको प्रहरी स्रोतले जनाएको छ । श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन् । उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेको थियो । प्रतिष्ठान हाताभित्र कोही गैरकानुनीरुपमा पक्राउ गरेपनि सुरक्षा जिम्मा पाएको कम्पनीले सिधै प्रहरीमा बुझाउन पाउदैन । सेक्युरिटी कम्पनीले पक्राउ गरेर वार्डेनलाई बुझाउनुपर्ने हुन्छ । त्यसैले धेरैजसो यस्ता घटना प्रतिष्ठानभित्र नै गुपचुप रहने गर्छ । यो घटना भने तत्कालै प्रहरी र पत्रकारहरुसम्म पुगेपछि गुपचुप हुन पाएन । यद्यपी, म्याद थप नभएकोले प्रहरीले घटनाको बिषयमा औपचारिकरुपमा जानकारी गराएको छैन । प्रहरी स्रोतका अनुसार डा.श्रेष्ठको कोठाबाट २५ मिलिग्राम ब्राउन सुगर वरामद भएको छ । ‘रुममा नै थालमा

सिनेट बैठक राख्न मन्त्रीको दबाब

Image
धरान,पुष ८ । काम चलाउ सरकारका स्वास्थ्य मन्त्री दिपक बोहराले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चलाक परिषद(सिनेट) बैठक राख्न पदाधिकारीलाई निरन्तर दबाब दिएका छन् । जादा जादैका मन्त्री बोहराले के निर्णय गर्ने हुन् भनेर प्रतिष्ठानका पदाधिकारीहरुले भने सिनेट बैठक आह्वान गर्ने बिषयमा निर्णय गरिसकेका छैनन् । उपकुलपति डा.राजकुमार रौनियार विदामा छन् भने निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष डा.गुरु खनालले मन्त्रीको निर्देशन पाएपनि बैठक आह्वन गर्ने निर्णय गरिसकेका छैनन् । ‘मन्त्री ज्युको पत्र आएको छ, त्यसमा १२ गते सिनेट बोलाउनु भन्ने निर्देशन छ । हामी ४ जना पदाधिकारी छलफल गदैछौं,’निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष खनालले भने । उनले थप बिषयमा भने बोल्न चाहेनन् । सिनेट बैठक प्रतिष्ठानका सहकुलपति रहने स्वास्थ्यमन्त्रीको अध्यक्षतामा हुने गर्छ । उपकुलपति सिनेटको सदस्य सचिव हुने भएकोले सिनेट सदस्यहरुलाई बैठकबारे सुचित गर्ने वा डाक्ने जिम्मेवारी उपकुलपतिको हुन्छ । कामचलाउ भइसकेका मन्त्री बोहराले जादाजादै गर्ने निर्णयले भविष्यमा अफ्ठेरो आइपर्ने आशंकाले उपकुलपति रौनियार घरविदा लिएर पन्छिद

जंगलमा फेशन शो (फोटोफिचर)

Image
धरान,पुष ८ । धरान ८ स्थित यलम्बर सामुदायिक वन क्षेत्र, जसलाई यलम्बर पार्क पनि भनिन्छ । यो वन पुर्वमा गठन भएको पहिलो सामुदायिक वन मात्र होइन, पर्या पर्यटन(इको टुरिज्म) अभ्यास गर्ने पनि पहिलो सामुदायिक वन हो । अलेच यलम्बर पार्क भनेर परिचित यही वन क्षेत्रमा शुक्रबार राती अनौठो दृष्य देखियो । पार्कमा दिउसो मान्छे आउनु जानु त सामान्य हो, तर शुक्रबार राती धरानका सेलिब्रेटी, समाजसेवी, व्यापारी, युवा तथा बालबालिकाहरु जंगलमा भेला भए । यसको कारण थियो, जंगलमा पहिलो पटक हिपस्टर फेशन शो आयोजना हुदै थियो । अधिकांश जंगलमा कस्तो फेशन शो हुन्छ ! ? भन्ने आफ्नो जिज्ञासा मेट्न राती भएपनि यलम्बर पार्कमा आएका थिए । कार्यक्रमको प्रमुख अतिथि थिइन्, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी । फेशन शो भन्ने बित्तिकै भव्य होटल वा हलमा बनाइएको स्टेज(र्याम)मा मोडलहरु वक गरेको देखिन्छ । आयोजक पर्पकर्न इन्टरटेनमेन्टले भने जंगल क्षेत्रलाई नै आफ्नो कार्यक्रमस्थल बनाएको थियो । जंगलमा फेशन शो आयोजना गर्नुको उद्देश्य ग्लोबल वार्मिङको असरलाई न्युनीकारण गर्न युवा पुस्तामा जनचेतना फैलाउनु थियो । सेभ इन्भारम

धरानमा ट्रि हाउससहितको रिसोर्ट खुल्दै

Image
धरान,मंसिर २८ । एम्स एकेडेमी, धरानकी निर्देशक ओमु राई सानै उमेरदेखि टिभिमा कार्टुन खुब हेर्थिन् । कार्टुनका पात्रहरु प्रकृतिसँग घुलमिल गरेको देखेर उनी पनि प्रकृति प्रेमी भएकी थिइन् । कार्टुनमा देखेको जस्तै संसारमा पुग्ने रहर पलाउथ्यो । संयोगले उनी गत बर्ष साथीहरुसँग धरानको शिवजट्टा जाने बाटो मास्तिरको डाँडामा पुगिन् । चारैतिर हरियाली भएको डाँडामा पहिला सिन सिटि नामको रेष्टुरेष्ट खुलेको थियो । त्यहाँ पुग्नासाथ उनको आँखामा तिनै दृष्यहरु नाच्न थाल्यो, जुन उनले सानैदेखि कल्पना गर्थिन् । केही नयाँ काम गर्ने सोच बनाएर उनले त्यो डाँडासहित १ बिघा क्षेत्रफल जग्गा लिजमा लिइन्, र पर्यटनको क्षेत्रमा नौलोपन दिने योजनाअनुसार ट्रि हाउस एण्ड लज, रक क्लाम्बिङ, वाटर रेष्टुरेष्टको धमाधम तयारी भइरहेको छ । पर्यटनको चर्चा मात्र बढी हुने धरानमा राईले शुभगन्तव्य रिसोर्ट प्रालि दर्ता गरेर केही नयाँपन दिने कोसिस गरिरहेकी छिन् । यो उनको ड्रिम प्रोजेक्ट हो । उनी भन्छिन्,‘क्रिएटिभ काम गरौं भन्ने सोच थियो, यो ठाउँमा आएपछि आफुले खोजेजस्तै पाए । त्यसैले टुरिज्ममा केही नयाँ काम गरौं भनेर लगानी गरेको छुँ ।’ अंग

सर्दुमा पुल बन्ने पक्का,मन्त्रालयले छुट्यायो ३ करोड बजेट

Image
धरान,मंसिर २८ । साविक विष्णुपादुका गाविस(हाल धरान २०)लाई धरान उपमहानगरसँग जोड्न भञ्याङ जाने बाटो र धरान ११ मा पर्ने सर्दु खोलामा पक्की पुल निर्माण हुने पक्का भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले डिटेल प्रोजेक्ट रिपोर्ट(डिपिआर) भएअनुसार पुल निर्माण गर्न ३ करोड बजेट बिनियोजन गरेपछि सर्दुमा पुल बन्ने निश्चित भएको हो । मन्त्रालयले डोलिडार विभागअन्र्तगतको स्थानीय सडक पुल कार्यक्रम(एल.आर.बि.पि.)बाट पुल बनाउने निर्णय गरेको धरान उपमहानगरका शहरी पुर्वाधार विकास महाशाखा प्रमुख एवं वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । ‘डोलिडार विभागबाट नै यो पुल बनाउने मन्त्रालयले निर्णय गरेको खबर पाएका छौं,’श्रेष्ठले भने,‘यो पुल क्रमागतरुपमा बन्छ, यो बर्ष ३ करोड बजेट छुटिएको छ ।’ मन्त्रालयले बजेट विनियोजन गरेपछि अब टेण्डर प्रक्रियाबाट पुल निर्माणको कार्य अघि बढ्नेछ । विष्णुपादुकाबासीहरुले विगत ३ दशकअघिदेखि सर्दुमा पुलको माग गर्दै आएका थिए । सर्दुमा पुल नहुदा बर्खायाममा धेरै सास्ती खेपिरहेका विष्णुपादुकाबासीहरु पनि पुल बन्ने खबरले औधी खुशी छन् । ‘पुल बन्ने खबरले ज्यादै खुशी लागेको छ

प्रदेश १ मुख्यमन्त्रीमा भीम आचार्य कि शेरधन राई ?

Image
धरान,मंसिर २७ । मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणामको अन्तिम नतिजा धमाधम आउदै गर्दा बाम गठबन्धनले स्पष्ट बहमत पाउने देखिएपछि अब प्रदेशको मुख्यमन्त्री को होला भन्ने सर्वत्र चासो हुन थालेको छ । हालसम्मको मतपरिणामले २ नम्बर प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा बाम गठबन्धनको बहमुत आउने निश्चित भइसकेको छ । ती मध्ये ५ नम्बर प्रदेशमा एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेलको चुनाव अघि नै मुख्य मन्त्री बन्ने लगभग निश्चित भइसकेको थियो । जित पछि उनी मुख्यमन्त्रीको तयारीमा छन् भने अन्य प्रदेशको मुख्यमन्त्री को होलान् भनेर आम मतदाता र नेताहरुमा पनि चासो छ । पुर्वको १४ जिल्ला समेटिएको प्रदेश नं १ मा पनि बाम गठबन्धनको बहुमत आएपछि मतदाताहरुमा मुख्यमन्त्री को बन्लान् भन्ने अत्यधिक चासो बढेको छ भने प्रदेशसभामा जित हासिल गरेका प्रभावशाली नेताहरुले मुख्यमन्त्री बन्ने दौड शुरु गरिसकेका छन् । प्रदेश नं १ को मुख्यमन्त्रीमा एमाले सचिव तथा प्रदेश नं १ संयोजक भीम आचार्य र एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईको नाम सर्वाधिक चर्चामा छ । गृहजिल्ला सुनसरी भएका