Posts

Showing posts from March, 2016

सरकारी बजेट आएपछि बहुजातीय संग्रहालयको निर्माण तीब्र

Image
धरान । बजेट अभावले कुुछुवा गतिमा निर्माण भइरहेको धरान १४, हात्तिसारस्थित बहुजातीय संग्रहालयलाई सरकारी निकायले पनि चासो दिदै बजेट उपलब्ध गराउन थालेपछि निर्माण कार्यले तीब्रता पाएको छ । ज्युउँदो संग्रहालय बनाउने घोषणासहित निर्माण थालिएको संग्रहालय बजेट अभावले लामो समय अलपत्र अवस्थामा रहेको थियो । पछिल्लो समय सरकारी निकायले संग्रहालय निर्माणलाई प्राथमिकता दिदै बजेट बिनियोजन गर्न थाले पछि भने निर्माण कार्यले तीब्रता पाएको हो । यो सग्रहालय नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद सुनसरीको पहलमा निर्माण भइरहेको हो । महासंघका अध्यक्ष खम्बसिं तमुका अनुसार निर्माणाधिन संग्रहालयलाई भर्खर सँस्कृति तथा पर्यटन मन्त्रालयअन्र्तगतको नेपाल पर्यटन बोर्डबाट १० लाख रुपैया आएको छ । धरान २२ पानबारी निवासी मातृकाप्रसाद भटराईको पहलमा यो रकम आएको तमुले बताए । संग्रहालयको क्षेत्रफल एक बिघा २ कट्ठा ४ धुर रहेको छ । संग्रहालय निर्माण हुदा धरानको पर्यटनलाई टेवा पुग्ने भएपनि लामो समयसम्म प्रमुख सरोकारवाला सरकारी निकाय पर्यटन बोर्डले भने खासै चासो दिएको थिएन । ‘अहिले पर्यटन बोर्डबाट पनि बजेट पाउदा ज्यादै खुशी

विश्व एक परिवार

Image
करिब ३६ घण्टा पट्यार लाग्दो रेलको यात्रा पछि भारतको दिल्लीस्थित आनन्द विहार स्टेशनमा उत्रदा ज्यानलाई सञ्चो भयो । रेलको डिब्बाबाट उत्रिएर एक ठाउँ भेला हुदै गर्दा कतिपयको हातमा नेपाली राष्ट्रिय झण्डा फहराई रहेको थियो । चन्द्र सुर्य अंकित झण्डा देखेपछि मनभित्र राष्ट्रियताको तरंग फैलियो । तीन दिनको रेल यात्राले ओइलाएको सबैको मुहारमा उमंग छाएको प्रष्टै थियो । सबैमा एक प्रकारको छुट्टै जोश थियो । मार्च ९ को मध्यरात करिब १२ बजे जोगवनीबाट सिमाञ्चल सुपर फस्ट एक्सप्रेस चढेका थियौं । रेल निर्धारित समय भन्दा ४ घण्टा ढिला गरि आएको थियो । रेल नाम मात्रैको सुपर फस्ट । घरि घरि त धरानको सडकमा ब्याट्रीबाट चल्ने सिटी सफारी भन्दा पनि सुस्त गति थियो । द आर्ट लिभिङ नामको संस्था स्थापनाको ३५ औं बर्ष पुगेको अवसरमा आयोजित विश्व साँस्कृतिक महोत्सवमा सहभागी हुन दिल्ली गएका थियौं । यो संस्था आध्यात्मिक गुरु श्री श्री रवि शंकरले सन् १९८१ मा स्थापना गरेका हुन् । महोत्सवको मिति मार्च ११ देखि १४ तारिख । रेलको सुस्त गतिले ११ तारिख बिहान ९ बजेतिर मात्रै आनन्द विहार स्टेशनमा उत्रियौं । महोत्सवमा नेपालको पनि लोक सँस

साइकले युवालाई बाटैभरी ‘जय नेपाल’

Image
धरान । गएको साता इलामको पशुपतिनगरबाट साइकल गुडाउदै करिब दुई दर्जन नेपाली युवाहरु भारतीय भुमी प्रवेश गरे । साइक्लिङको माध्यमबाट पुर्वी नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य बोकेका ती युवाहरु त्यतिबेला चकित परे, जतिबेला बाटैभरि उनीहरुले स्थानीयको सम्मानमा ‘नमस्ते र जय नेपाल’ फर्काउनु पर्यो । साइकले युवाहरुको साथमा नेपाली राष्ट्रिय झण्डा पनि थियो । त्यसले उनीहरु नेपाल भएको पहिचान झल्काउथ्यो । नेपालीभाषी बाहुल्य भएको दार्जिलिङ क्षेत्रमा पुुगेपछि बाटोमा हिड्ने जो कोहीले पनि साइकले युवाहरुलाई नमस्ते र जय नेपाल भन्थे । साइकलको प्याडल मार्दै युवाहरु पनि सम्मानपुर्वक जोशिएर त्यही जवाफ दिन्थे । ‘बाटैभरि जसले भेटेपनि नमस्ते र जय नेपाल भन्थे, हामी त छक्क पर्यौं’–धरानका साइक्लिष्ट एवं फोटोग्राफर राजेश शाक्यले अनुभव सुनाए–‘सिक्किम पुगेपछि त झनै राम्रो स्वागत भयो, बाटोभरि पानी बाडिदिए । साइक्लिष्ट भएकोमा त्यतिबेला गौरव महसुस भयो ।’ साइक्लिङको मजा थुप्रै लिइसके पनि उनले यस्तो सुखद अनुभूति यसअघि भने कहिल्यै पाएका थिएनन् । युवाहरु चैत ९ गते धरानबाट प्रस्थान गरेका थिए । टोलीमा धरानका १० सहित

कोरियाबाट फर्केर कफी व्यावसायमा जमेका युवा

Image
धरान । इटहरी घर भएका पुर्ण राई करिब ९ बर्ष दक्षिण कोरिया बसेर सन् २०१० मा घर फर्किदा बाकी समय के गर्ने भन्ने द्धिविधा थियो । सानैदेखि मदिराबाट टाढै रहेका उनी कफी भने असाध्यै पिउथे । ‘कफी क्रेजी’ राईले धरानमा कफी व्यावसाय शुरु गर्ने निर्णय लिए । कोरियामा रहदा उनले कफीको तालिम पनि लिएका थिए । त्यसैले,साझेदार साथमा लिएर सन् २०११ मा धरान १८ स्थित बुद्ध चोकमा एमसि(मंगोलियन कफी) हाउस शुरु गरे । शुरुवातमा त उनलाई डर थियो, ‘ओरजिनल कफी’ पिउने मान्छे(ग्राहक) नै पो नहोला कि ? किनभने होटल, रेष्टुरेष्ट र सामान्य चिया पसलमा पनि धुलो हालेर बिक्री हुने कफीको बिगबिगी थियो । समय बित्दै जादा उनको लगानी मात्रै सुरक्षित भएन, ‘ओरजिनल कफी’को पारखीहरुको संख्या पनि बढ्दै गयो । कफी क्रेज बढ्दो देखेपछि उनले ४० लाख बढी लगानी थपेर अहिले कफी हाउस विस्तार गरेका छन् । नयाँ कफी हाउसको केही दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सर्जरी विभाग युनिट वानका इञ्चार्ज डाक्टर शैलेन्द्र अधिकारीले रिबन काटेर उद्घाटन गरे । ‘शुरुमा त कफीको ग्राहक नहोला कि भन्ने चिन्ता थियो, तर यहाँ कफीको पारखीहरु धेरै रहेछन्’

धरानको पहिलो प्याराग्लाइडिङ पाइलट सम्मानित

Image
धरान । धरानको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ उडान गरेर साहसिक खेल पर्यटनको जग बसालेका तारामणी राईलाई धरानको पहिलो पाइलटकोरुपमा सम्मान गरिएको छ ।  धरानमा प्याराग्लाइडिङको प्रर्वद्धन एवं पर्यटन विकासमा योगदान पुर्याएको भन्दै राईलाई प्रथम प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपको समापन समारोहमा सम्मान गरिएको हो । धरानमा सबैभन्दा पहिला राईले ८ बर्ष अघि प्याराग्लाइडिङ उडान गरेका थिए । उनी धरान १५ निवासी हुन् । यस्तै, पुर्वमा साहसिक खेल पर्यटनको प्रर्वद्धन एवं विकासमा योगदान पुर्याएको भन्दै पाइलट तथा प्रशिक्षकद्धय सुरेन गुरुङ र खुम गुरुङ(गुरु बा)लाई पनि सम्मान गरिएको थियो । सम्मानित व्यक्ति सुरेनले धरानमा पहिलो पटक ६ बर्षअघि परीक्षण उडान गरेका थिए । उनी बर्षेनी धरानमा आएर प्याराग्लाइडिङ उडान गर्दै आइरहेका छन् । तीनै जनालाई संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, प्रमुख अतिथि एवं सदस्य सचिव केशव विष्ट, एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमीले अबिर, रुद्राक्ष माला र सम्मान पत्रद्धारा सम्मानित गरेका थिए ।

विजय भए प्याराग्लाइडिङ च्याम्पियन(फोटोफिचर)

Image
धरान । पुर्वमा साहसिक खेल पर्यटनको प्रर्वद्धन एवं विकास गर्ने उद्देश्यले धरानमा आयोजित चौथो माउण्टेन स्पोट्र्स फेस्टिवलअन्र्तगत दुई दिने प्रथम राष्ट्रिय प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप २०१६ मा विजय गौतम प्रथम भएका छन् । शनिबार सम्पन्न दुई दिने च्याम्पियनसिपमा ४.५ स्कोर गर्दै गौतम प्रथम भएका हुन् । प्रतियोगितामा ५.७ स्कोर गरेका सागर जलारी दोस्रो भए भने ५.९ स्कोर गरेका गौरव कँडेलले तेस्रो स्थान हात पारे । पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरुले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजारसँगै ट्रफी र मेडल पनि थापे । विजेता खेलाडीहरुलाई नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, स्थानीय संयाजक एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमीलगायतले पुरस्कार वितरण गरेका थिए । च्याम्पियनसिपमा पाइलटहरुलाई ल्याण्डिङ गर्न तोकिएको निश्चित स्थानमा अण्डा राखिएको थियो । उक्त अण्डालाई सही तरिकाले कुल्चेर फुटाएका पाइलटहरुलाई अंकको आधारमा पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको आयोजकले जनाएको छ । पुर्वमा साहसिक खेल पर्यटन प्रर्व