Posts

Showing posts from September, 2016

खोर्साने खापमा पुगे धराने साइक्लिङ टोली(फोटोफिचर)

Image
धरान । धरान जेसिजका अध्यक्षसमेत रहेका ट्राभल एजेन्सी सञ्चालक अतुलदिप श्रेष्ठको दैनिकी मंगलबार अरुबेला भन्दा बेग्लै रह्यो । उनले आफ्नो बुलेट बाइक घरमै थन्काए, अनि एनएनबी बैंकमा जागिरे श्रीमति पुनमका साथ माउण्टेन बाइकमा निस्किए । २७ सेप्टेम्बर(मंगलबार), विश्व पर्यटन दिवसको दिन । त्यसदिन आफ्नो मोटरसाइकल र स्कुटर थन्काएर साइकल चढ्ने धरानका अतुलदिप र पुनम मात्र थिएनन् । धरानका विभिन्न पेशा, क्षेत्रका युवाहरु माउण्टेनबाइकमा निस्किकएका थिए । खासमा उनीहरु पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले साइक्लिङमा निस्किएका हुन् । उनीहरुको गन्तव्य थियो, इटहरी उपमहानगरपालिका ३ स्थित खोर्साने खाप । त्यहाँ विगत तीन बर्षदेखि स्थानीयले होम स्टे सञ्चालनमा ल्याएका छन् । तर, पर्याप्त प्रचारप्रसार अभावले खोर्साने खापको होम स्टे ओझेलमा परेको निष्कर्ष निकाल्दै मंगलबार धरानेहरुको एक टोली त्यहाँ घरबास कार्यक्रम लिएर गएको हो । ‘पर्यटन प्रर्वद्धनको कार्यक्रम गरौं भन्ने कुरा भइरहेको थियो, पर्यटन दिवस पनि परेकोले खोर्साने खापमा होम स्टे कार्यक्रम लिएर गयांै’–इको एसिया ट्रालभ एण्ड टुर्सका प्रोपाइटर श्रेष्ठले भने–‘यो कार

धरानको फोहोर धानखेतमा थुप्रिएपछि बक्लौरीबासीको फोहोर उपहार

Image
धरान । सिमसिम पानी परिरहेको थियो । केही युवाहरु नारा लगाउदै धरान उपमहानगरपालिका परिसरभित्र छिरे । उनीहरुको पछिपछि एउटा ट्रयाक्टर । त्यसमा धरान उपमहानगरपालिकालाई उपहार लेखिएको ब्यानर थियो ।  नारा लगाउदै युवाहरु आएपछि उपमहानगरपालिका परिसर रमिता बन्यो । कर्मचारी र आफ्नो काम लिएर आएका धराने जनताहरु भेला भए । नारा लगाउने युवाहरु धरानदेखि दक्षिणी गाविस बक्लौरीका रहेछन् । खहरे खोलाले धरानबाट बगाएर लगेको प्लाष्टिकजन्य फोहोरले धानखेत पुरिएको विरोधमा उनीहरु एक ट्रयाक्टर फोहोर उपमहानगरपालिकालाई ल्याएका रहेछन् । केहीबेरको वादविवादपछि उनीहरुले निमित्त प्रमुख एवं वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाको रोहबरमा उपमहानगरपालिका परिसरमा फोहोर थुपारिदिए । साथै, बक्लौरीको ३ वटा पैनीमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न ३ दिनको अल्टिमेटम दिएर उनीहरु फर्किए । मनसुन लम्बिए पछि पुर्वी नेपालमा निरन्तर बर्षात भइरहेको छ । बर्षाले धरानबासीहरुले ड्रेन तथा खहरेहरुमा जथाभावी फालेको फोहोरलाई बाढीले बगाएर दक्षिणी गाविसको पैनी हुदै धानखेत र घरआँगनसम्मै पु¥याउने गरेको छ । बषौंदेखि बक्लौरी, भरौल गाविसबासीहरुले धरानको

दलाल पत्रकार कट्टेललाई कारबाहीको माग

Image
धरान । महिला सुरक्षा गार्डमाथि भएको यौन दुव्र्यवहारको घटनालाई मिलापत्र गराउन मुख्य भुमिका खेल्ने पत्रकार चन्द्रमणी कट्टेललाई कारबाही माग गरिएको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सुनसरीले एक विज्ञप्ती जारी गर्दै पत्रकार कट्टेललाई छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेको हो । अध्यक्ष श्रीशीशा राई र सचिव तीर्थ कार्कीद्धारा जारी विज्ञप्तीमा कट्टेलको कारण सुनसरी जिल्लाको पत्रकारितालाई कलंकित हुनबाट जोगाउन पनि पत्रकार महासंघ र पत्रकारितामा सम्बद्ध सम्पुर्ण संघसंगठनहरुसँग मागसमेत गरेको छ । कट्टेलले आफु र आफु सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रका नेताहरु बसेर मिलापत्र ड्राफ्ट तयार गरेको प्रतिक्रिया दिएपछि प्रेस सेन्टरले कट्टेल आफ्नो संगठन सम्बद्ध र साधारण सदस्यसमेत नभएको प्रष्ट्याउदै उनको अभिव्यक्ति भ्रमको खेती भएको जनाएको छ । ‘निज कट्टेलले कोही कसैसामु हाम्रो सगठनका जिम्मेवार पदाधिकारी वा हामी निकट पार्टीको जिम्मेवार नेताको हवला दिदै वा व्यक्तिगतरुपमा आफुलाई प्रेस सेन्टर नेपाल सम्बद्ध वा सदस्य भएको दाबी गर्ने गरेको भए उक्त बिषय सरासर भ्रमको खेती भएको र नीजले छर्ने भ्रम

धरानको गौतमपथमा आगलागी, ७ वटा पसल नष्ट, करोड बढी क्षतिको अनुमान

Image
धरान । कुखुरा मासु पसलबाट ग्याँस लिक भएर आगलागी हुदा बुधबार दिउँसो धरान ९ गौतम पथस्थित एक फर्निचर स्टोरसहित ७ वटा पसल जलेर पुर्णरुपमा नष्ट भएको छ । क्षतिको यकिन विवतरण आउन नसकेपछि एक करोड बढी क्षति पुगेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागी दिउँसो करिब ३ बजेतिर किसोर खड्गीको कुखुरा मासु पसलबाट शुरु भएको थियो । करिब डेढ घण्टाको प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको थियो । ग्याँसको नयाँ सिलिण्डर जडान गरेर आगो बाल्ने लिक भई भिषण आगलागी शुरु भएको बताइएको छ । खड्गीको पसलसँगै रहेका गंगा बास्तोलाको कुखुरा मासु पसल, कृष्ण शाक्यको साइकल मर्मत केन्द्र, अम्बास अन्सारीको चाबी तथा झोलाको पसल, राजेश श्रेष्ठको कुखुरा मासु पसल र भुपालमान शाहीको सुंगुरको मासु पसल पनि जलेर नष्ट भएको छ । भित्रपट्टी आरसि फर्निचरको स्टोरसमेत जलेर नष्ट भएको छ । आगलागी हुदा २ वटा ग्याँस सिलिण्डर पड्किएपछि भिषणरुप लिएर नियन्त्रणबाहिर पुगेको थियो । इटहरी र धरानको दमकलसँगै जनपथ, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब ढेड घण्टापछि आगालागी पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगोले छिमेकी बेला श्रेष्ठको पक्की घरको प

सर्दुमा पुल नहुदा विरामीलाई सास्ती

Image
धरान । सुनसरी उद्योग वाणिज्य संघको को १ च ४५६८ नम्बरको एम्बुलेन्स मंगलबार बिहान महेन्द्रनगर गाविसको चक्रघट्टीबाट विरामी बोकेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउदै थियो । एम्बुलेन्समा एपेन्डिसाइड भएकी ६८ बर्षीय डम्बरकुमारी अधिकारी छटपटिदै थिइन् । धरान बजारको पश्चिममा अवस्थित धरान चतरा सहायक राजमार्गमा बग्ने सर्दु खोलामा आएपछि एम्बुलेन्स अघि बढ्नै सकेन । कारण थियो, सर्दुको बाढी । जर्बजस्ती अघि बढाउन खोज्दा गाडी फस्यो । विरामीका आफन्त र बटुवाले धकेलेर बल्लतल्ल निकालेपछि निक्कैबेरको प्रयासमा चालकले सर्दु खोला पार गराउन सफल भए । ‘विरामी लिएर दिनहुँ यो बाटो हिड्नुपर्छ, बाढी आएर कतिपटक गाडी फस्छ । यहा आइपुगेपछि मात्र बाढी आएको थाह हुन्छ, पुल नहुदा विरामीलाई छिटो अस्पताल पु¥याउन सकिदैन’–एम्बुलेन्स चालक कार्तिक रौनियारले भने–‘ठुलो बाढी आएको बेला त कति विरामीलाई घुमाएर इटहरी हुदै बीपी लैजान्छौं, कतिको त समयमै पु¥याउन नसक्दा बाटैमा ज्यान पनि जान्छ ।’ यो पीडा केवल एम्बुलेन्स चालक रौनियारको मात्र होइन । धरान चतरा सडकखण्डमा ओहारदोहोर गर्ने दैनिक सर्वसाधारणले बर्षातको बेला भोग्नु पर

फागुनमा पाँचौ नेवा च्यारिटी ८ के रन

Image
धरान । पाँचौ नेवा च्यारेटी ८ के रन आगामी फागुन दोस्रो साता आयोजना हुने भएको छ । आयोजक धरान रन समुहले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन १४ गते दौड हुन जानकारी गराएको हो । पाँचौ सँस्करणलाई विगतको भन्दा फरक बनाउन पाँच महिना अघिदेखि नै तयारीमा जुटेको पनि समुहले जनाएको छ । नेवा च्यारेटी रन सहभागीको हिसाबले नेपालकै ठुलो मध्येको एक दौड प्रतियोगिताको हो । गत बर्षको चौथो सँस्करणमा १ हजार ७ सय १४ जना दौडमा सहभागी भएका थिए । पाँचौ सँस्करणमा सहभागी संख्या २ हजार पु¥याउने लक्ष्य राखिएको कार्यवाहक अध्यक्ष रमु राईले बताए । ‘हामी यो दौडलाई नेपालको सबैभन्दा ठुलो प्रतियोगिता बनाउन चाहन्छांै, त्यसको लागि पाँच महिनाअघिदेखि नै तयारी शुरु गरेका हौं’–उनले भने । प्रतियोगिताको  फारम भने आगामी मंसिर १ गतेदेखि मात्र खुल्ला गरिने आयोजकले जनाएको छ । फारम वितरणमा विभिन्न १० वटा सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरिने र त्यसवापत संकलन भएको ५० प्रतिशत रकम तिनै संस्थाहरुलाई दिइने पनि कार्यावाहक अध्यक्ष राईले बताए । ‘प्रतियोगिताको सम्पुर्ण खर्च कटाएर बचेको रकम भने कसलाई च्यारिटी गर्ने भनेर निर्णय भइसकेको छैन’–उनले भ

पदयात्रामा हिमायतीको चर्चा(फोटोफिचर)

Image
धरान । मोरङको याङसिलास्थित राजारानी डाँडाको शिरमा शनिबार दिउँसो डेढ दर्जन धराने हाइकर्सका पदयात्रीहरु सुस्ताए । डाँडाको शिरमा खुल्ला ठाउँ । वरीपरी भने सालका लाथ्रा । कुनैबेला हिमायती जनसाँस्कृतिक समुहमा रहेका पत्रकार एवं वृत्तचित्र निर्देशक जसकुमार राईले परिचयसहित जीवन भट्टराईलाई गीत गाउन आग्रह गरे । उनले झोलाबाट सानो चिटिक्कको गितार झिके । उनले केहीबेर गम खाएर शुरु गरिहाले, अन्तिम हुदैन कहिले संसार बनाउने यात्रा रोकिने छैन पाइला अल्मलिदैंमा मात्र । ऋाधि आयो हुरी आयो दुष्ट स्वरुपको  बन्द आँखा पारी हेर्दा आज अध्यारो भो । बिहानीको लाली किरण कस्ले छेक्न सक्छ ? छलछाम क्षणभरको आँखा खोल्नुपर्छ । गीतारको धुनसँग उनको गीतले जंगलबीचमा पनि सन्नटा छायो । उकालो चढेर लगेका पदयात्रीहरुमा यो सांगीतिक महोलले स्फुर्ति पनि दिलायो । उनको गीत सकिनासाथ सबैले ताली प्रसंसा गरे । गीत गाइरहदा भट्टराई पनि निक्कै भावुक बने । ०४५ सालमा हिमायतीमा आवद्ध भएका उनी कि बोर्ड र गितार बजाउथे । खासमा संगीतकार हुन् । तर, यो गीत उनी आफैले सृर्जना गरेका हुन्, र संगीत पनि उनैले भरेका हुन् । गीतमा स्वर भने उत्तम भुजेल