Posts

Showing posts from 2011

रत्नचोक महोत्सव सुरु

Image
पर्यटन बर्ष २०११ लाई सफल बनाउन अहिले नेपालमा विभिन्न महोत्सव एवं उत्सवहरुको आयोजना भइरहेको छ । गएको माघ दोस्रो साता धरान नगरपालिका स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा धरानमा भव्यरुपमा ४ दिने स्वर्ण महोत्सव आयोजना गरिएको थियो । बुधबार फेरि धरान १८ स्थित रत्नचोकमा भव्यरुपमा तेस्रो रत्नचोक महोत्सव सुरु भएको छ । महोत्सवको एक समारोहबीच नगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले उद्घाटन गरेका थिए । प्रमुख अतिथि रहेका राईले भोजपुरे खुकुरीले केक काटेर उद्घाटन गरिएको महोत्सवमा किरात राई जातिको साकेला नृत्य पनि प्रस्तुत गरिएको थियो । महोत्सव उद्घाटन अघि विभिन्न झाँकीसहित र्याली निकालिएको थियो । फागुन २२ गतेसम्म पाँचदिन साचालन हुने महोत्सवमा विभिन्न ५८ वटा स्टलहरु राखिएका छन् । महोत्सवमा विभिन्न खानाका परिकार औगोगिक सामानगार्मेन्ट एवं स्थानीय उत्पादनका स्टलहरु राखिएको छ । यसअघि ०५६ सालमा पहिलो र ०५७ सालमा दोस्रो रत्नचौक महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष ताराकुमार राईले बताए । महोत्सवको उद्घाटन समारोहमा कार्यक्रमका वक्ताहरुले रत्न चौकले धरान नगरको विकासमा गरेको योगदानको