Posts

Showing posts from April, 2016

पोएट्री पार्टीमा ‘फालेलुङ र काबेली बजार’को चर्चा

Image
धरान । भित्तैभरि र्याकमा पुस्तक । त्यसमाथि मुर्धन्य साहित्यकारहरुको लहरै तस्बिर । टेबलैभरि दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिका । एक एक गर्दै धरान, तरहरा, इटहरीका दर्जन बढी युवा कवि, साहित्यकारहरु भेला भए । धरान १८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा शनिबार बिहान छुट्टै चहलपहल थियो । पुस्तकालयले ०४८ सालमा पहिलो पटक आयोजना गरेको युवा कविता महोत्सवमा कवि सन्तोष थेवे प्रथम भएका थिए । उनको कृति ‘फालेलुङ र काबेली बजार’ भर्खर प्रकाशित छ । पुस्तकालयले फरक नाम दिएर आयोजना गरिरहेको ‘पोएट्री पार्टी’को चौथो श्रृंखलाको शुरुवात थेवेबाटै भयो । उनले त्यही कृतिबाट ‘सम्झनाको पुरानो रुमाल’ शिर्षकको गहकिलो कविता सुनाए यसरी, बिहे–दान लोग्ने–स्वास्नी        छोरा–छोरी   घर–व्यावहार        छर–छिमेक      यस्तै त रै’छ नि दुई दिने जिन्दगी      अब त बिर्सियौ पनि होला । स्वर्गीय कवि विमलका बुबा पुर्णबहादुर गुरुङ घरि घरि थर्मसमा चिया बोकेर आउछन्, र कवि, स्रोताहरुलाई बाँड्छन् पनि । उनी पुस्तकालयका संरक्षक, अध्यक्ष हुन् । छोराको स्मृतिमा उनले स्थापना गरेको पुस्तकालयमा आउने जो कोहीलाई

भेटाएको १२ लाख दुई युवतीले फिर्ता गरे

Image
धरान । कोशी राजमार्गअन्र्तगत धरान इटहरी सडक खण्डमा बिहिबार राती सडक दुर्घटनामा धरान १७ का ओमबहादुर गेलालको मृत्यु भएको थियो । आइएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा १२ लाख रुपैया थियो । घटना पश्चात पैसासहित गेलालको ब्याग हराएको थियो । छोराको मृत्युले अभिभावक र परिवारजन शोकविह्वल थियो । साथमा रहेको नगद र कागजात नभेटिदा पीडा झनै थपिएको थियो । परिवारजनले हराएको पैसा भेटिने आशा करिब करिब मरिसकेको थिए । तर, शुक्रबार चतरामा दाहसँस्कर गरेर फर्कदा गेलाल परिवारलाई चकित तुल्याउने खबर आयो । धरान १५ की ज्योति राई र मोरङ उर्लाबारी–८ की सुनिता राईले पैसासहितको ब्याग भेटेका रहेछन् । उनीहरु ब्यागका धनी वा तिनका परिवारको खोजीमा रहेछ । यो खबरले दुःखको सागरमा डुबेको परिवारलाई केही भएपनि राहत मिल्यो । शनिबार तिनै ज्योति र सुनिताले मृतक गेलालका बुबा दल बहादुर गेलाललाई १२ लाख रुपैया फिर्ता गरिदिए । धरान १० स्थित सैनिक भवनमा १२ लाख हातमा लिदै गर्दा दलबहादुर निक्कै भावुक बने । छोराको वियोगले शोकमा डुबेका उनले माया मारिसकेको पैसा पाउदा बोल्नै सकेनन् । पैसा फिर्ता दिने ज्योति र सुनितालाई उनले मायाक

दिब्यराज पत्रकारिता पुरस्कार गुरागाई र मोक्तानलाई

Image
धरान । यस बर्षको दिव्यराज आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्धय सुविद गुरागाई र रिता मोक्तान पुरस्कृत भएका छन् । क्रान्तिकारी पत्रकार संघ सुनसरीले शनिबार धरान १० स्थित सैनिक भवनमा एक कार्यक्रम आयोजना गरी दुवैलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशी जनही २० हजार एक रुपैया छ । कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व अर्थमन्त्री एवं एमाओवादीका सचिव वर्षमान पुनले पत्रकारद्धयलाई दोसल्लासहित सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए । पत्रकार गुरागाई करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशिल छन् भने मोक्तान एक दशकदेखि रेडियो पत्रकारितामा छिन् । यो पुरस्कार २०६९ सालदेखि दिव्यराज आचार्यका छोरा गणेशराजले पिताको स्मृतिमा स्थापना गरेका हुन् । अक्षयकोष स्थापना गरिदिएका उनले २५ लाख रुपैयाको कोष बनाउने लक्ष्य राखेका छन् । क्रान्तिकारी पत्रकार संघले यो पुरस्कार बर्षेनी प्रदान गर्छ । पूर्व अर्थमन्त्री पुनले राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा मिडियाको महत्वपुर्ण भमिका रहेको धारणा राखेका थिए । साथै उनले संघीयता, समावेशितालगायत मुद्दाहरुलाई पत्रकारहरुले मिशन बनाउनुपर्ने पनि बताए ।

एमाले धरान अधिवेशन, आइतबार निर्वाचन(कुन पदमा कस्को उम्मेदवारी ?)

Image
धरान । सहमति जुट्न नसके पछि एमाले धरान उपमहानगर बिशेष इलाका कमिटिको ७ औं नगरअधिवेशन आइतबारसम्मको लागि लम्बिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशन शनिबारसम्म हुने भनिएपनि बन्दसत्रमा नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि लम्बिएको हो । धरान १५ स्थित सदन सभाहलमा जारी बन्द सत्रले आइतबार नयाँ नेतृत्व चयन गर्नेछ । शनिबार बन्द सत्रले राजनैतिक र आर्थिक प्रतिवेदन अनुमोदन गरेको थियो । कमिटि विघटन भएर उम्मेदवारी दर्ता र नामावली प्रकाशन मात्रै शनिबार भयो । यसअघि नेतृत्वले सहमति जुटाएर नै नयाँ नेतृत्व चयन गर्ने दाबी गरेपनि सबै पदाधिकारी र सदस्यहरुमा उम्मेदवारी परेपछि निर्वाचन हुने निश्चित भएको हो । नयाँ नेतृत्वको लागि ओली र नेपाल गुटले अध्यक्षदेखि सदस्यसम्म उम्मेदवारी दिएका छन् । अध्यक्षमा २ कार्यकाल नेतृत्व गरिसकेका तारा सुब्बा र मदन भण्डारी फाउण्डेशनका जिल्ला सचिव किसोरकुमार कार्कीले उम्मेद्वारी दिएका छन् । कार्की ब्लाष्ट टाइम्स दैनिकका सम्पादक, प्रकाशक पनि हुन् । उनी ओली गुटका हुन् । यस्तै, उपाध्यक्षमा नारायण सुवेदी र हर्कजङ्ग एभेङ्गको उम्मेदवारी परेको छ । सुवेदी

प्रधानमन्त्रीले भनेजस्तो धरानमा बाइपास सम्भव होला ?

Image
 धरान । जोगवनी–किमाथांका जोड्ने कोशी राजमार्ग सडक मापदण्डअनुसार विस्तार हुदा धरानको मुख्य बजार क्षेत्रको घरहरु भत्कने भएकोले स्थानीयहरु निक्कै चिन्तित थिए । तर, शुक्रबार एमाले धरानको ७ औं अधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बजार क्षेत्रका घरधनीलाई खुशी दिलाउने गरि भाषण गरे । उनले राजमार्ग विस्तार हुदा घर भत्कने चिन्ताग्रस्त धरानेहरुलाई भने–‘तपाईहरुले चाहनुभएको सेउती खोलाको साइडबाट बाटो लैजाने र यो बजारको स्वरुप नबिग्रार्ने होइन ? म त्यो गर्दिन्छु । यो बजेटमै पार्छु । तपाईहरुको एकता र साथ चाहिन्छ ।’ बजारको स्वरुप नबिग्रने गरी सेउती खोलाको किनार हुदै वाइपास निकाल्ने प्रस्तावले पनि मुर्तरुप लिन सकेको थिएन । प्रधानमन्त्री ओलीको आश्वासनसँगै भानुचौकमा उपस्थिति सयौंले ताली बजाएर स्वागत गरेका थिए । कोशी राजमार्गको सडक मापदण्ड मिचेर बसेको धरानको मुख्य बजार क्षेत्रलाई जोगाउदै प्रधानमन्त्री ओलीले भनेजस्तै धरानमा कोशी राजमार्गको बाइपास सडक खुलाउन सम्भव छ ? कि प्रधानमन्त्रीले फुस्रो आश्वासन मात्रै बाडेको हो ? जवाफमा धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख एवं इञ्जिनियर सुरज

डिपोको वार्षिक उत्सवमा सम्मान

Image
धरान । डिपो आर्दश वहुमुखी क्याम्पसले ५४ औं अभिभावक दिवस मनाउने क्रममा शुक्रबार उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारीलाई पुरस्कार तथा सम्मान गरेको छ । शुक्रबार क्याम्पसमा आयोजित समारोहमा विद्यालयका नर्सरी कक्षा देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ट एक शिक्षक र एक कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।  क्याम्पसले उत्कृष्ट शिक्षककोरुपमा गिरीध्वज लिम्बुलाई सम्मान गर्यो भने उत्कृष्ट कर्मचारीकोरुपमा भतmवहादुर बिष्टलाई सम्मान गरेको थियो । सम्मानित शिक्षक र कर्मचारीले नगद १० हजारसहित सम्मान पत्र थापे । पुरस्कृत विद्यार्थी, शिक्षक एवं कर्मचारीलाई व्यावस्थापक समितिका अध्यक्ष श्रवणकुमार लिम्बु, प्रमुख अतिथि विपी स्वास्थ्य प्रतिष्ठान धरानका अस्पताल निर्देशक डा.अरविन्द सिन्हा, व्यावस्थापन समितिका उपाध्यक्ष नन्द बहादुर राई लगायतले पुरस्कार एवं सम्मान पत्र वितरण गरेका थिए ।  प्राचार्य राजकुमार राईले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै भावी योजनाको बारेमा पनि प्रकाश पारेका थिए । क्याम्पसलाई खेलकुद विकासको लागि कर्भडहल निर्माण गर्ने, शिक्षा

एमाले धरानको अधिवेशन शुरु, देश र जनताको भलाई सोच्न प्रधामन्त्रीको आग्रह(फोटोफिचर)

Image
धरान । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत राजनैतिक दलहरुलाई देश र जनताको भलो सोच्न आग्रह गर्दै पुनः वार्तामा आउन आह्वान गरेका छन् । एमाले धरान उपमहानगर बिशेष इलाका संगठन कमिटि शुक्रबार ७ औं नगर अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफुले भनेको मात्रै हुनुपर्छ भन्ने मानसिकता त्याग्न आग्रहसमेत गरे । चित्त नबुझेका बिषयहरुलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकार तयार रहेको उनको भनाई थियो । ‘सरकार वार्ता, कुराकानीको लागि तयार छ, भोली शनिबार बिहान सर्वदलीय वैठक डाकेको छु, आउनुस् । चित्त नबुझेको बिषयमा छलफल गरौं’–प्रधानमन्त्री ओलीले भने–‘देशको भलाई जे सुकै होस्, मैले भनेको हुनुपर्छ भन्ने मानसिकता ठिक होइन । अरु दल, साथीभाई र जनताको कुरा सुनौ । दशको भलाई के मा छ, त्यो गरांै ।’ संविधानप्रति असन्तुष्टी जनाउदै आएको गठबन्धनले पुनः आन्दोलन शुरु गरेको बेला वार्तालाई जोडदिदै प्रधानमन्त्री ओलीले संविधान अपरिवर्तनिय नभएकोले क्रमशः संशोधन एवं सुधार गर्दै जान सकिने बताए । लामो समयदेखिको जनताको सपना साकार बनाउने क्रममा संविधान जारी भएको र अब कार्यान्वयन मुख्य अभ

एमाले धरानको सातौं अधिवेशनः सर्वसम्मतको सम्भावना न्युन

Image
धरान । नेकपा एमाले धरान उपमहानगर बिशेष इलाका संगठन कमिटि धरानको ७ औं नगर अधिवेशन शुक्रबारदेखि शुरु हुदैछ । धरानको भानुचौक हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । बिहिबार पत्रकार सम्मेलन गर्दै एमालेले अधिवेशनको सम्पुर्ण तयारी पुरा भइसकेको एमालेले जनाएको छ । अधिवेशन तयारीमा सम्पुर्ण पार्टी पंक्ति परिचालन गरिएको जनाउदै एमाले अध्यक्ष तारा सुब्बाले उद्घाटन समारोहमा १५ हजार जनताको सहभागीता हुने बताए । अधिवेशनको उद्घाटन सत्र भानुचोकमा भएपनि बन्दसत्र भने दिउँसो ४ बजेपछि सदन सभा हलमा हुनेछ । प्रत्येक वडाबाट ब्यानरसहित जुलुस निस्केर भानुचौकमा सभामा परिणत हुनेछ । दुई दिने अधिवेशनको बन्दसत्रबाट धरानमा एमालेको ६१ सदस्यीय नयाँ नेतृत्व चयन पनि हुनेछ । धरानमा स्थानीय र संसदीय निर्वाचनमा वर्चश्व कायम राख्दै आएको कारण कार्यकर्ता र सर्वसाधारण तहमा कस्तो नेतृत्व आउला भन्ने निक्कै चासो छ । तेस्रो कार्यकालको लागि पुनः अध्यक्षमा उठ्ने चाहना गरेका सुब्बाले जनता, कार्यकर्ताहरुको अपेक्षालाई पुरा गर्ने सक्षम नेतृत्व अधिवेशनबाट चयन हुने बताए । ‘कार्यकता, जनताले अ

धरानमा होण्डाको हर्नेट मोटरसाईकलको बिक्री शुरु

Image
धरान । मोटरसाइकलका सौखिनहरुलाई लक्षित गरेर उत्पादन गरेको होण्डा कम्पनीको हर्नेट १ सय ६० सिसिको मोटरसाईकलको धरानमा पनि बिक्रीवितरण शुरु भएको छ । होण्डाको आधिकारिक बिक्रेता धरान ८ स्थित देव ट्रेडर्सले विहिबारदेखि हर्नेट मोटरसाईकलको बिक्रीवितरण शुरु गरेको हो । पहाडी क्षेत्रको ढुङ्गे बाटोमा गुडाउन सजिलो हुनेगरी होण्डाको हर्नेट ६ सय सिसिको मोटरसाईकल चर्चित मोडल हो । त्यसैलाई १ सय ६० सिसि मोडलमा उत्पादन गरी बजारमा ल्याइएको आधिकारिक बिक्रेता टे«डर्सका संञ्चालक देवेन्द्र कुँवरले बताए । यो मोडल मस्कुलर लुक्समा रहेको छ । नेकेड स्टाईलमा तयार भएको हर्नेटको मुल्य २ लाख ६० हजार ९ सय रुपैया छ । हर्नेट मोटरसाईकलको १ सय ६० सिसि ईन्जिनले १४ दशमलव ७६ बीएचपी पावर दिने कम्पनीको दाबी छ । कम्पनी तथा बिक्रेताका अनुसार अन्य कम्पनीको मोटरसाईकल भन्दा हर्नेटममा बढी पिकअप दिनेछ । रेसिङ बाईकको ईन्जिनमा प्रयोग गरिने ब्यालेन्सर प्रयोग गरिएकाले पनि अत्याधिक स्पीडमा पनि भाइब्रेसन नआउने कुवरले बताए । हर्नेटमा होण्डा ईको टेक्नोलोजि ईन्जिन प्रयोग गरीएको छ भने युरो ४ मापदण्ड अन्र्तगत तयार गरिएको छ । जसले ६० किलोमिटर

पुर्नजीवन पाउदै चन्द्रपुर (पुरानो) बजार

Image
धरान । आधुनिक धरान शहर स्थापनाको जग मानिए पनि सरकारी वेवास्था र स्थानीयको निष्क्रियताले लामो समय अव्यवस्थित रहेको चन्द्रपुर बजार (पुरानो बजार)ले पुर्नजीवन पाउदैछ । धरान उपमहानरपालिका र स्थानीयबासीको पहल तथा लगानीमा व्यवस्थित ड्रेन, फुटपाथसहित तीब्र गतिमा पक्की सडक निर्माण भइरहेको छ । धरान ४ स्थित लक्ष्मी चोकदेखि धरान १ स्थित सिंहदेवी चोकसम्म विभिन्न चरण र प्याकेजमा सडक विस्तार गरेर ड्रेन, फुटपाथ र सडक निर्माण हुदैछ । यो सडकको लम्बाई १३ सय मिटर हो । स्थानीयले ५० फिट सडक बनाउन मापदण्ड वमोजिम दुवैतर्फको घर तथा भौतिक संरचनासमेत भत्काएर सहयोग गरेका छन् । स्थानीयबासी एवं व्यापारीहरुले व्यवस्थित सडक निर्माणसँगै पुरानो बजारमा पुनः बजार विस्तार हुने र व्यापारीक चहलपहल बढ्ने अपेक्षा गरेका छन् । यो सडकलाई उपमहानरपालिकाले प्राथमिकताका साथ रणनीतिक योजनामा समेटेको थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले वि.स.१९५८ मा चन्द्रपुर बजार(हाल पुरानो बजार) बसालेर धरान शहरको जग हालेका थिए । कुनै समय व्यापारिक केन्द्रकोरुपमा गुल्जार पुरानो बजार कोशीराजमार्ग सञ्चालनमा आएपछि भने उजाड र सडक जीर्ण भ

लिम्बुवान राजनैतिक सम्मेलनःसंविधान संशोधन वा पुर्नलेखन गर्न माग

Image
धरान । नयाँ संविधानले लिम्बुवान स्वायत्त राज्यको मागलाई स्वीकार र सम्बोधन नगरेकोले संविधानमा व्यापारक संशोधन वा पुर्नलेखन हुनुपर्ने ठहर गर्दै दुई दिने लिम्बवान राष्ट्रिय राजनैतिक सम्मेलन सकिएको छ । धरान १५ स्थित चम्लुङ हिममा भएको सम्मेलनले नेपालको संविधान २०७२ ले घोषणा गरेको १ नम्बर प्रदेश पहिचान विरोधी भएकोले खारेजी गर्न पनि माग गरेको छ । अरुण कोशी पुर्वमा बसोबास गरिरहेको थातथलो खुलेका विभिन्न जातीय संघसंस्था सहभागी सम्मेलनले विगतको ऐतिहासिक पृष्ठभुमीको आधारमा लिम्बुवान स्वायत्त रायको स्थापना, आवश्यकता र उपयोगिता सन्दर्भिक रहेको ठहरसमेत गरेको छ । यस्तै, हालको संचरनाअन्र्तगतको अञ्चल, जिल्ला, नगर र गाविसहरु खारेज गरी लिम्बुवान स्वायत्त राज्य अन्र्तगत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, बिशेष भौगोलिक क्षेत्रलगायत बिशेष संरचनाहरु निर्माण गर्नुपर्ने पनि सम्मेलनको माग छ । बैशाख १३ र १४ गते भएको सम्मेलनले लिम्बुवान आन्दोलनलाई सदन र सडकबाट परिणाममुखी र स्थापित गर्न सामुदायिक संगठन, राजनीतिक दलहरुबीच वृहत्तर मोर्चा बनाउने बारेमा पनि सहमति भएको छ । यस्तै, लिम्बुवान संयुक्त मोर्चाद्धारा २०

सिंहदेवी चोकमा धर्मस्थली द्धार बनिने

Image
धरान । ऐतिहासिक विजयपुर गढीमा अवस्थित धार्मिक मठमन्दिरहरुमा पुग्ने पैदल मार्गको प्रवेशस्थलमा धर्मस्थली द्धार निर्माण हुने भएको छ । विश्व हिन्दु परिषदले धरान १ स्थित सिंहदेवी चोकमा निर्माण गर्न लागेको उक्त द्धारको बुधबार एक समारोहबीच सञ्चार उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्वउपाध्यक्ष भाष्करराज राजकर्णिकारले शिलान्यास गरे । यो द्धार एक बर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको परिषदले जनाएको छ । द्धारको डिजाइन तयार भइसकेको छ भने करिब २० लाख रुपैया खर्च हुने प्रारम्भिक अनुमान गरिएको निर्माण समितिका संयोजक अनिल अग्रवालले जानकारी दिए । ‘विजयपुर गढी महत्वपुर्ण धार्मिक क्षेत्र हो, धरानलाई धार्मिक साँस्कृतिक पर्यटकीय शहर बनाउन पनि यो द्धार बनाउन लागेका हौं’–निर्माण समितिका संयोजक अग्रवालले भने । उनका अनुसार द्धारमा विभिन्न जातजातिको सँस्कृतिलाई कुँदेर धर्मस्थली द्धारलाई सँस्कृतिक सहिष्णुताको नमुना बनाइनेछ । विजयपुरका प्रमुख ४ मन्दिरलाई पनि द्धारमा उतारिनेछ । विजयपुर गढीमा पौराणिक महत्व बोकेको दन्तकाली, पिण्डेश्वर महादेव, बुढासुब्बा, पञ्चकन्यालगायत महत्वपुर्ण धार्मिक मठमन्दिर