Posts

Showing posts from April, 2017

समाजसेवामा भूपू लाहुरेहरु

Image
धरान ८ का ७३ बर्षीय रमेश राई पुर्व ब्रिटिश लाहुरे हुन् । बेलायती सेनामा भर्ती भएर उनले १८ बर्षभन्दा बढी सेवा गरे । पल्टनमा सार्जेन्टसम्म भएका उनी सन् १९८३ मा अवकाश पाएपछि भने स्वदेशमै रमाएका छन् । प्रकृतिप्रेमी उनी बिहानै घर नजिकको यलम्बर सामुदायिक वनमा बोटविरुवा स्याहार्न पुग्छन् । यो वन समुह स्थापना गर्न उनको महत्वपुर्ण भुमिका छ । खाना खाएपछि उनी दिउँसो धरान १० स्थित सैनिक भवन, भानुचौकस्थित गोर्खा कम्प्लेक्समा महत्वपुर्ण भेटघाट, छलफल एवं वैठकतिर सहभागी हुन्छन् । धरानबाट करिब ९ किलोमिटर पश्चिम उत्तरमा अवस्थित छ, विष्णुपादुकाको माछामारा डाँडा । साविक विष्णुपादुका गाविस भएपनि अहिले यो धरान २० मा पर्छ । त्यहाँ ब्रिटिश गोर्खा स्मृति पार्क बन्दैछ । आफ्ना पुर्खाहरुको वीरताको गाथालाई जीवीत राख्न र सम्पुर्ण लाहुरे परिवारहरुको आस्थाको केन्द्र बनाउने महत्वकांक्षी योजनाले मुर्तरुप लिइरहेकोछ । यसको परिकल्पनाकार पनि उनै हुन् । सकेसम्म पैदल हिडेरै उनी त्यहाँसम्म पुग्छन् । उमेरले सात दशक कटेपनि उनको जोश,जाँगर र उत्साह भने युवाहरुको निम्ति प्रेरणादायी छ । ‘जवानी त विदेशको सेवामा समर्पण गरियो, बा

राष्ट्रिय साइक्लिङ संघ गठन

Image
धरान । साहसिक खेलप्रेमी युवाहरुको एक भेलाले राष्ट्रिय साइक्लिङ संघको सुनसरी शाखा गठन भएको छ । आइतबार धरानमा भएको भेलाले श्याम तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा युवराज राई रहेका छन् भने सदस्यहरुमा सुमन राई, सुजन खत्री, सुजन चौधरी, आर्यन भट्टराई, राजन राई, अरुण चापागाई, अशोक राई र प्रेम थापा रहेका छन् । होटल ड्रिमल्याण्डमा आयोजित भेलाले संघको पहिलो जिल्ला शाखा गठन गरेको जनाइएको छ । जिल्लामा रहेका साइक्लिष्टहरुबीचमा एकता ल्याउदै धरानलाई साइकल सिटि बनाउने उद्दश्यले संघ गठन भएको तदर्थ समितिका अध्यक्ष तामाङले बताए । सोही भेलामा एमालेका धरान अध्यक्ष एवं मेयरका उम्मेद्वार तारा सुब्बाले साइक्लिष्टहरुसँग अन्र्तक्रिया गर्दै सुझावहरु पनि संकलन गरेका थिए । साथै, सुब्बाले धरानलाई साइकल सिटिको लागि आवश्यक भौतिक पुर्वाधार तयार गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । संघका केन्द्रीय अध्यक्ष जीवन राईको प्रमुख आतिथ्यमा आयोजित भेला नवराज राईको अध्यक्षतामा भएको थियो । भेलामा करिब तीन दर्जन साइक्लिष्टहरु भेला भएका थिए । ........

माओवादीबाट धरानको मेयरमा बेघा, उपमा ४ जना महिलाको नाम सिफारिश(२० वडाध्यक्षको नामसहित)

Image
धरान । बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले धरान उपमहानगरपालिकामा अइन्द्रबिक्रम बेघालाई प्रमुख(मेयर) पदमा उम्मेद्वार उठाउने भएको छ । माओवादी केन्द्रको धरान उपमहानगर समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मेयर पदमा बेघाको नाम मात्र सर्वसम्मतिमा सिफारिश गर्ने निर्णय गरेको जानकारी दिएको हो । उपमेयर पदमा भने सर्वसम्मति हुन नसकेपछि ४ जना महिला नेतृको नाम सिफारिश गरेको केन्द्रले जनाएको छ । यस्तै, धरानको २० वटा वडाको वडाध्यक्ष पदको उम्मेद्वारको नाम पनि केन्द्रले जिल्ला कमिटिलाई सिफारिश गरेको नगर संयोजक फोक्वाहाङ सुब्बा(चोत्लुङ)ले बताए । ‘मेयर पदको लागि नेता अइन्द्रबिक्रम बेघाको नाम सर्वसम्मतिले जिल्ला कमिटिमा सिफारिश गरेका छौं, उपमेयर पदमा भने सबैको सशक्त दाबेदारी परेकोले जिल्ला कमिटिमा चारै जनाको नाम पठाएका छौं’–उनले भने । मेयरमा सिफारिश भएका नेता बेघा विद्यार्थी राजनीतिबाट आएका युवा हुन् । जिल्ला नेतृत्वमा रहेर काम गरेका उनी अहिले पनि पार्टीको नगर इञ्चार्ज छन् । मेयर र २० जना वडाध्यक्षमा सर्वसम्मतिले उम्मेद्वार चयन भएपनि केन्द्रलाई उपमेयरमा भने उम्मे

एसइइ पछि अर्को परीक्षामा किसोरीहरु

Image
धरान । एसएलसी परीक्षाको नयाँ रुप एसइइ परीक्षा दिएपछि के गर्ने होला ? अरु बेला भइदिए त धरान १० की १५ बर्षीय लिसरा थापा मगरलाई यही चिन्ताले सताउथ्यो होला । तर, गत चैत १३ गते परीक्षा दिइसकेपछि उनलाई भने यस्तो चिन्ता थिएन । यसको कारण हो विगत बर्षहरुदेखि हुदै आएको टेष्टी टेष्टी मिस एसएलसी(हाल एसइइ) । परीक्षा दिएर फुर्सदिला बनेका छात्राहरुको समय सदुपयोग गर्दै विभिन्न तालिमहरु दिलाएर आत्मविश्वास बढाउने र व्यावहारिक ज्ञान दिदै असल नागरिक बनाउने उद्देश्यले मिस एसईई २०१७ आयोजना भइरहेको छ । परीक्षा दिएपछि लिसरा अहिले त्यही कार्यक्रमकी ३३ प्रतिस्पर्धी मध्ये एक बनेकी छिन् । गत चैत २२ गतेको अडिशनबाट छनौट भएकी उनी अहिले विभिन्न तालिममा सहभागी हुदै ज्ञान हासिल गरिरहेकी छिन् । ‘परीक्षा सकेपछि के गर्ने भनेर चिन्ता थिएन, पहिला पनि मिस एसएलसी भइरहेकोले म पनि यसपाली भाग लिन्छु भन्ने सोचेको थिए’–सहभागी हुनुको कारण बताउदै उनले भनिन्–‘पहिलाको प्रतियोगीहरुमा शुरुवातमा र कार्यक्रम सकेपछि व्यक्तित्व विकास देखेर नै म पनि सहभागी भएकी हुँ ।’ मिस एसइइमा सहभागीहरुको लक्ष्य ताज पहिरिनु त छदैछ, त्यो भन्दा पनि महत्

धरानमा एमालेको निर्वाचन परिचालन कमिटि गठन

Image
धरान । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) धरान उपमहानगर कमिटिले ३ हजार बढीको निर्वाचन परिचालन कमिटि गठन गरेको छ । एमाले धरानको सोमबार बसेको बैठकले जिल्ला कमिटि सदस्य तथा १ नम्बर क्षेत्रीय इञ्चार्ज प्रकाश राईको संयोजकत्वमा ३ हजार १ सय ८ सदस्यीय निर्बाचन परिचालन कमिटि गठन गरेको जानकारी दिएको हो । एमालेका नगर सदस्य एवं प्रचार विभागका कार्यबाहक प्रमुख योगेश काफ्लेका अनुसार कमिटिको सह संयोजकमा एमाले सुनसरीका सचिबालय सदस्य तथा धरान उपमहानगर इन्चार्ज प्रदिप भण्डारी र सचिबमा एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्रबहादुर राई रहेका छन् । ‘बैठकले निर्वाचन परिचालन कमिटिको मातहतमा रहने गरी विभिन्न उपसमितिहरु पनि गठन गरेको छ, स्थानीय निर्वाचनमा एमालेलाई जिताउन संस्थागत र सांगठनिकरुपमा नै नेता, कार्यकर्ताहरु परिचालन हुनेछ’–काफ्लेले भने । औपचारिकरुपमा सोमबार मात्र निर्वाचन परिचालन कमिटि गठन गरेपनि नेताहरु आफ्ना कार्यकर्ता र मतदाता भेटघाटमा निक्कै अघिदेखि सक्रिय छन् । बैठकले निर्बाचनको प्रचार प्रसार उपकमिटिको संयोजकमा राजमणी निरौलालाई जिम्मेवारी दिएको छ भने आर्थिक बिभाग संय

खम्बुवानका हजार नेता, कार्यकर्ताको राजिनामा

Image
धरान । संसदमा एक सिट रहेको खम्बुवान राष्ट्रिय मोर्चाका ८ केन्द्रीय सदस्यसहित हजार भन्दा बढी कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट सामुहिक राजिनामा दिएको घोषणा गरेका छन् । पार्टीका अध्यक्ष एवं संसद रामकुमार (आर.के.) खम्बुले एकलौटी ढंगबाट पार्टी चलाएको, आर्थिक पारदर्शीता नभएको जस्ता आरोप लगाउदै केन्द्रीय सदस्यसहित कार्यकर्ताहरुले पार्टी परित्याग गरेका हुन् । धरानमा पत्रकार सम्मेलन गर्दै मोर्चाका केन्द्रीय सदस्यहरु नेपालधन राई, खड्ग खम्बु, कृष्ण खम्बु, लोकेन्द्र खम्बु, विजय खम्बु, रुपलाल खम्बु र राम साम्पाङ्ग खम्बुसहित एक हजार ७ जनाले पार्टी परित्याग गरेको जनाएका हुन् । धनकुटा जिल्ला कार्य समितिका अध्यक्षसमेत रहेका नेपालधन राईसहित सबै पदाधिकारी, सदस्यले पार्टी परित्याग गरेपछि धनकुटा जिल्ला मोर्चाको संगठनविहिन अवस्थामा पुगेको छ । स्थानीय तहको निर्वाचनको मुखैमा नेता एवं कार्यकर्ताहरुले पार्टी परित्याग गरेपछि मोर्चा संकटमा परेको आँकलन गरिएको छ । पुर्वमा खम्बुवान राज्यको माग गर्दै आएको मोर्चाले दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न सकेको थिएन भने समानुपातिक

२ लाखको अक्षय कोष स्थापना

Image
धरान । बालबालिकाप्रति लगाव एवं समाजसेवाप्रति रुचि राख्ने स्वर्गीय मञ्जिला लुम्फुङ्वा साँवाको स्मृतिमा उनको परिवारजनले छात्रवृत्ति पुरस्कार स्थापना गरेका छन् । धरान १९ स्थित पर्वत सेकेण्डरी बोडिङ स्कुलमा परिवारजनले २ लाख अक्षय कोषसहित स्वर्गीय मञ्जिला स्मृति छात्रवृत्ति पुरस्कार स्थापना गरेका हुन् । विद्यालयमा आयोजित बार्षिकोत्सवमा परिवारकातर्फबाट स्वर्गीय साँवाका ससुरा हस्तवीर लिम्बु र विद्यालयकी प्रिन्सिपल भिष्मा चेम्जोङले छात्रवृत्ति स्थापना एवं सञ्चालन बिषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पर्वत स्कुल निजीस्तरमा सञ्चालित भएपनि त्यसक्षेत्रका गरिब, सकुम्बासी परिवारका बच्चाहरु पनि अध्ययन गर्न आउछन् । सोही कारणले उनीहरुलाई नै लक्षित गरेर छात्रवृत्ति पुरस्कार स्थापना गरिएको स्वर्गीय मञ्जिलाका श्रीमान् विजय लिम्बुले बताए । ‘झट्ट सुन्दा बोर्डिङ स्कुलमा अक्षय कोष किन स्थापना गरेको भन्ने लाग्छ, तर यहाँ यो क्षेत्रको गरिब परिवार, सुकुम्बासी परिवारका थुप्रै बालबालिकाहरु अध्ययन गर्न आउछन्’–उनले भने–‘तिनै गरिब तर जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहन मिलोस् भनेर छात्रवृत्ति पुर

दोस्रो युनिभर्सल आइकन हुने

Image
धरान । विद्यालय परीक्षा दिएपछि फुर्सदमा बसेका विद्यार्थीहरुको समय सदुपयोगसँगै नृत्य, गायन प्रतिभा र व्यक्तित्व विकास गराउने उद्देश्यले बैशाख पहिलो सातादेखि युनिर्भसल आइकोनको दोस्रो सँस्करण शुरु हुने भएको छ । टप युनिभर्सल एकेडेमीले मंगलबार होटल नवयुगमा पत्रकार सम्मेलन गर्दै गत बर्षदेखि शुरुवात गरेको युनिर्भसल आइकोनको दोस्रो सँस्करण आगामी बैशाख ५ गतेदेखि शुरु गर्ने जानकारी दिएको छ । एकेडेमीका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार यो बर्ष कार्यक्रम विस्तार गरेर वृहतरुपमा हुन लागेको छ । बैशाख ५ गतेदेखि पुर्वका विभिन्न स्थानहरुमा अडिशन गरेर प्रतियोगीहरुको छनौट गरिने र जेठ १३ गते ग्राण्ड फाइनल हुने अध्यक्ष लकान्द्रीले बताए । प्रतियोगितामा एसइई परीक्षा दिएकाहरुले भाग लिन पाउनेछन् । ‘यो पटक झापा, इटहरी र धरानमा अडिशन हुनेछ । अडिशन पछि छानिएका प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकासका तालिम र कार्यक्रम, समाजिक एवं जनचेतनामुलक गतिविधिहरुमा सहभागी गराइनेछ’–अध्यक्ष लकान्द्रीले भने । आयोजकका अनुसार अडिशनबाट गायन र नृत्य विधातर्फ १५ जनाको दरले ३० जना प्रतियोगीहरु छनौट हुनेछन् । उनीहरुलाई धरानमा

चैत २९ र ३० गते मिस्टर कोशी हुने

Image
धरान । युवाहरुमाझ लोकप्रिय खेल शारीरिक सुगठन प्रतियोगितााअन्र्तगत चौथो मिस्टर कोशी यही चैत अन्तिम साता धरानमा आयोजना हुने भएको छ । आयोजक एलाइनेट जिम धरान १५ ले पत्रकार सम्मेलन गर्दै यही चैत २९ र ३० गते धरान सभागृहमा हुने जानकारी दिएको हो । खेलकुदको माध्यामबाट युवाहरुलाई विकृतिविसंगतिबाट टाढै राख्ने मुख्य उद्देश्य लिएर कार्यक्रम गर्न लागेको एलाइनेटका अध्यक्ष बिक्रम लिम्बुले बताए । उनका अनुसार मिस्टर कोशी चौथो सँस्करण भए पनि समग्रमा एलाइनेटले आयोजना गरेको प्रतियोगिताहरुमा भने यो १४ औं प्रस्तुती हो । ‘हामीले थुप्रै प्रतियोगिताहरु गरेका छौं, त्यसैले समग्रमा १४ औं प्रस्तुती भएपनि मिस्टर कोशीको भने यो चौथो सँस्करण हो’–अध्यक्ष लिम्बुले भने–‘स्वस्थ्य रहन युवाहरुले जिम गर्दा उनीहरु विकृतिबाट टाढै रहन्छन्, र यस्तो प्रतियोगिताहरुले उनीहरुलाई सही बाटोमा हिडाउन थप प्रोत्साहन गर्छ ।’ प्रतियोगितामा कोशी अञ्चलभित्रका जिम क्लबबाट ४० जना खेलाडीहरु सहभागी हुने आयोजकको भनाई छ । पहिलो दिन छनौट चरण हुनेछ भने दोस्रो दिन फाइनल स्पर्धा हुनेछ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौलसमहबाट ५÷

स्थानीय निर्वाचन २०७४: पार्टीहरु भेला र संगठन विस्तारमा ब्यस्त

Image
धरान । दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा राजनीति दलका नेता, कार्यकर्ताहरुको सक्रियता ह्वातै बढाएको छ । आगामी बैशाख ३१ गते हुने भनिएको निर्वाचनको लागि आकांक्षीहरु धेरै भएर उम्मेद्वार चयन गर्न नसके पनि नेता, कार्यकर्ताहरु नगर, वडादेखि टोल भेलाहरुमा ब्यस्त छन् । आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी गराउन स्थानीय नेता, कार्यकर्ताहरु मतादाताहरुको घरसम्म पुग्न थालेका छन् भने सामाजिक सञ्जालहरुलाई पनि भरपुर उपयोग गरिरहेका छन् । दुई संविधानसभाको निर्वाचन बाहेक यसअघि पार्टीको अधिवेशनहरुमा मात्र नेता, कार्यकर्ताहरुको चहलपहल बढ्थ्यो । चुनावी सरगर्मी यति बढेको छ कि स्थानीय निर्वाचनमा स्थानीय मात्र होइन, जिल्ला र केन्द्रीय नेताहरुलाई पनि उम्मेद्वारको आकांक्षी बनाएको छ । कार्यकर्ता र मतदाताहरु पनि मेयर, उपमेयरको उम्मेद्वारमा को नेताले बाजी मार्ला भनेर अत्यन्तै चासोका साथ हेरिरहेका छन् । आफ्नो दैनिक कामकाज, विकास र आवश्यकताहरुसँग जोडिने स्थानीय तहको निर्वाचन भएकोले पनि मतदाताहरुमा बढी नै चासो छ । धरान उपमहानगरपालिकामा प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका न

आफ्नै श्रीमति हत्यारालाई कडा कारबाहीको माग, अफवाह फैलाएर मृतकलाई अन्याय गरेको गुनासो

Image
धरान । आफ्नै श्रीमतिको निर्मम हत्या गरेर फरार भएका धरान १९ निवासी रेखराज राईले विभिन्न अफवाह फैलाएर बच्ने षडयन्त्र गरेको भन्दै मृतकका आफन्तहरुले कडा कानुनी कारबाही गर्न माग गरेका छन् । मृतक पविला राईको माइती र वाम्बुले राई समाजले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै केही अनलाइन,सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट मृतकबारे भ्रम र अफवाह फैलिएको भन्दै मृतक र पीडितको परिवारलाई थप पीडा नदिन आग्रह समेत गरेको छ । गएको होलीको दिन दिउँसै ढोकाको आग्लोले प्रहार गरेर राईले श्रीमति पविला राईको निर्मम हत्या गरेर फरार थिए । उनलाई राजधानीमा पक्राउ गरेर प्रहरीले चैत १५ गते धरान ल्याएको थियो । उनी घटनाको १२ दिनअघि मात्र कतारबाट आएका थिए । घटनापछि केही अनलााइन सञ्चार माध्यममा पति रेखराजको भनाई राखेर आफुले विदेशबाट पठाएको २२ लाख रुपैया मोजमस्तीमा सकेको र थप ११ लाख रुपैया ऋण लगाएको भन्ने समाचार प्रकाशन गरेको थियो भने सोही समाचारको आधारमा सामाजिक सञ्जालहरुमा मृतक राईप्रति नकरात्मक टिकाटिप्पणीहरु भइरहेको थियो । अनाहकमा आफ्नो बहिनीको ज्यान गएर पीडा भइरहेको बेला पीडकले कानुनी कारबाहीबाट जोगिनको लागि आचारणबार

साहित्यमा पहिचानको मुद्दाबारे बहस

Image
धरान । २०६२/०६३ को जनआन्दोलन पछि नेपालको राजनीतिमा पहिचानको मुद्दाले ठाउँ लियो । पहिचानको राजनीति मुखरित भएसँगै नेपाली साहित्यमा पनि पहिचानमुखी कलमहरुले हस्तक्षेपकारी भुमिका खेल्न थाले । ०६० दशकमा शुरु भएको पहिचानवादी साहित्यमा अर्को एउटा इँटा थपिएको छ, कवि पराजित पोमुद्धारा लिखित कविता संग्रह ‘लेप्पुहाङको डुङ्गा’। नेग्रादेन ७ ताप्लेजुङ घर भएपनि पोमु हाल दक्षिण कोरियामा छन् । विदेशी भुमिमा रहेर पनि उनको लेखनले मुलधारको भनिएको नेपाली साहित्यले समेट्न नसकेका मिथ, पात्र र विम्बहरुलाई टिपेर कवितमा अभिव्यक्त गरेका छन् । तिनै कविको कृतिमाथि शनिबार धरान १८ बुद्धचोकस्थित फुड स्टोरी क्याफेमा एक अन्र्तक्रिया सम्पन्न भयो । अन्र्तक्रियामा पनि पहिचानवादी साहित्य र लेखनबारे वृहत विमर्श भएको थियो । कृति र कविताबारे चर्चा गर्दै साहित्यकार एवं पत्रकार गोपाल देवानले कला र भाव पक्षलाई समिश्रण गर्न नसके कविता रमिता मात्रै हुने धारणा राखे । उनले सृर्जनशील अराजकता, रंगवाद, उत्तरवर्ती सोच जे भने पनि ६० को दशकपछि नेपाली भुमि र माटोमा टेकेर पहिचानवादी भाषा, साहित्यको धारले मुलधार भनिएको नेपाली साहित्यमा ह

जलवायु परिवर्तनको असरः धरानमा तापक्रम वृद्धि र बर्षामा फेरवदल, जलाधार र पानीको स्रोत संरक्षण गर्न सुझाव

Image
धरान । जलवायु परिवर्तनले धरानको तापक्रममा वृद्धि र बर्षामा फेरवदल हुन थालिसकेको एक अध्ययनले देखाएको छ । यसले पानीको स्रोतसँगै कृर्षि, स्वास्थ्य, वन र जैविक विविधतामा असर पुग्ने भन्दै विज्ञहरुले समग्र धरानको पर्यावयरण र पानीको स्रोतको दिगो संरक्षणमा जोडदिएका छन् । खुल्ला बहस कार्यक्रम ‘धरान पानी चौतारी’को दोस्रो श्रृंखलामा शुक्रबार जलवायु विज्ञ ङमिन्द्र दाहाल तथा कौस्तुभ राज न्यौपानेले धरानको तापक्रम वृद्धि र बर्षामा फेरवदल हुन थालिसकेको अध्ययनको निष्कर्ष प्रस्तुत गरेका थिए । त्यतिमात्र होइन, जलवायु परिवर्तनकै कारण धरानमा बर्षाको मात्रा पनि घट्दो रहेको तथ्य पनि विज्ञहरुले प्रस्तुत गरे । ‘धरानको शहरीकरण र जलवायु परिवर्तनको सन्दर्भमा खानेपानीको भविष्यः समस्या र प्रस्ताव’ बिषयमा अध्ययनको निष्कर्ष प्रस्तुत गर्दै विज्ञ एवं साउथ एसिया इन्ष्टिच्युट अफ एडभान्स स्टडिज(सियास)का कार्यकारी निर्देशक दाहालले भने–‘धरानको तापक्रम वृद्धि प्रतिबर्ष तरहराको भन्दा बढी छ भने बर्षा घट्दो अवस्था अध्ययनबाट देखिएको छ ।’ विज्ञ दाहालका अनुसार धरानको तापमान वृद्धि प्रतिबर्ष ०.०४९४ डिग्रिसेल्यिसले भइरहेक

स्थानीय निर्वाचनमा धरानमा कस्ले पाउला टिकट ? उम्मेद्वार छान्न पार्टीलाई सकस

Image
धरान । करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनले राजनीति दलका नेता, कार्यकर्ताहरुमा चुनावी सरगर्मी बढाएको छ । आगामी बैशाख ३१ गते हुने भनिएको निर्वाचनले स्थानीयदेखि जिल्लासम्मका नेताहरुलाई उम्मेद्वारको आकांक्षी बनाएको छ भने कार्यकर्ताहरु को नेताले बाजी मार्ला भनेर चासोका साथ हेरिरहेका छन् । सुनसरी जिल्लाको दुई उपमहानगरपालिकामध्ये धरानमा प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु मेयर, उपमेयरको उम्मेद्वार बन्न आन्तरिक लविङ र दौडधुपमा छन् । संसदमा चौथो ठुलो दल राप्रपा र निर्वाचन बहिष्कार गरेको मधेशी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल पनि धरानमा आन्तरिकरुपमा निर्वाचनको तयारीमा जुटेको छ । तर, मेयरमा जति आकांक्षीहरु दौडधुपमा छन्, उपमेयरमा भने त्यस्तो छैन । यसअघि २०४८ र २०५४ सालको स्थानीय निर्वाचनमा धरानमा दुवै पटक मेयर, उपमेयरमा एमाले विजयी भएको थियो । त्यसबेला कांग्रेसका उम्मेद्वार निकटतम प्रतिद्धन्दी थिए । यसपटक पनि एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय चुनावी प्रतिस्र्धा हुने अनुमान गरिएको छ । धरानमा एमाले, कांग्रेस, एमाले र माओवादी केन्द्