Posts

Showing posts from September, 2013

आगामी संविधानसभाको निर्वाचनमा सुकुम्बासीको मत निर्णायक

Image
धरान । अघिल्लो संविधानसभा चुनावमा एकीकृत माओवादीले आर्कषक नारा दिएको थियो, ‘सबैलाई हेर्यौं पटक पटक, माओवादीलाई हेरौं एक पटक’ । यो नाराले सुनसरीको क्षेत्र नम्बर १ मा निर्णायक मत रहेका सुकुम्बासी बस्तीका मतदाताहरु पनि प्रभावित भए । माओवादी उम्मेदवार र नेताहरु दिनरात भोट माग्न सुकुम्बासी वस्तीमा हुन्थे । क्रान्तिकारी भुमिसुधार लागु गर्ने, धनीपूर्जा बाँड्ने, पानी, विजुलीको सुविधा दिलाउनेलगायत आश्वासन दिए । निर्णायक मत रहेको सुकुम्बासीहरुको साथ पाएर माओवादी उम्मेद्वारले एमालेको गढ मानिएको क्षेत्रमा अत्यधिक बहुमतले विजय हासिल गरे । एमालेको गढ मानिएको क्षेत्रमा उपमेयर हुदै धरानको मेयरसमेत भइसकेका चर्चित नेता मनोजकुमार मेन्याङ्वोलाई भर्खर देखा परेका माओवादीका उम्मेदवार किरणकुमार राईले जित्नुमा पनि सुकुम्बासीहरुको मतले ठुलो भुमिका खेल्यो । माओवादी उम्मेदवारले १८ हजार ६ सय २० मत ल्याएका थिए भने एमालेका उम्मेदवारले ११ हजार ६ सय ९३ मत ल्याएका थिए भने कांग्रेस उम्मेदवारले ६ हजार ५ सय ३५ मात्रै मत पाएका थिए । त्यसबेला ४५ हजार १ सय ४५ मत खसेको थियो । यो क्षेत्रमा ०४८ को संसदीय निर्वाचनमा एमालेक

अर्काको जग्गा हडप्न खोज्ने गिरोह पक्राउ

Image
धरान । नक्कली जग्गाधनी खडा गरेर अर्काको जग्गा हडप्न खोज्ने भुमाफियाको गिरोहलाई धरान १३, अमरहाटका बासिन्दाहरुले पक्राउ गरेर प्रहरीमा बुझाइदिएका छन् ।        पक्राउ परेका पाँचै जना महिला छन् । पक्राउ पर्नेहरुमा योजनाकार मानिएकी धरान १३ की डोलरुपा खड्का र धनमाया राई छन् भने सरजिमिनको क्रममा साक्षी बसेका दिलमाया रिजाल, सम्झना राई र हिरा राई छन् । घटनामा संलग्न सरिता गुरुङ र मानबहादुर तामाङ फरार छन् । पक्राउ परेकाहरुलाई अनुसन्धानमा राखिएको र फारारको खोजी शुरु भइसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।        धरान १३, अमरहाटका शेरबहादुर राईको जग्गा हडप्ने प्रयास गरिरहेको भु माफिया गिरोहको कतुर्त बिहिबार नाता प्रमाणित गर्न दोस्रो पटक स्थलगत सरजिमिनमा गएकोबेला पर्दाफास भएको थियो । नाता प्रमाणित गर्न गिरोहसँग वडा सचिव भानुभक्त आचार्यको पनि संलग्नता भएको आशंका गर्दै स्थानीयले छानबीन हुनुपर्ने माग पनि गरेका छन् । भुमाफिया गिरोहले जग्गाधनी शेरबहादुर जस्तै देखिने स्थानीय मानबहादुरलाई प्रलोभन दिएर जग्गा हडप्ने षडयन्त्र बुनेको रहस्य खुलेको छ । अमरहाटमा शेरबहादुर र उनकी स्वर्गीय आमा राममाया राईक

जलवायु परिर्वतनबारे जनचेतना जगाउन चित्रकला प्रर्दशनी

Image
धरान । धरान ६ देशीलाइनस्थित वेलकम गेष्टहाउको तेस्रो तलामा रहेको हलमा प्रवेश गर्नेवित्तिकै अनौठो चित्रकलाको संसार शुरु हुन्छ । महिला र पुरुषको शरीरमा सुकेको रुख, रुखको जरामा गर्भभित्रको बच्चा, रुखको ठुटामामाथि टाउकोविनाको मान्छे बसेका छन् । हेर्दै अनौठो लाग्ने यी चित्रहरुले प्रवृत्ति एवं वातावरण विनाश भइरहदा त्यसको प्रतिकुल असर मानव सम्भ्यतालाई परिरहेको सन्देश दिइरहेका छन् । यी चित्रहरु धरानका युवा कलाकार साजन थापा मगरले तयार पारेका हुन् । ग्रीन हर्ट नाम दिएर उनको चित्रहरुको तीन दिने प्रर्दशनी शुक्रबारदेखि धरानमा शुरु भएको छ । उनका चित्रहरु जलवायु परिवर्तन र त्यसले पुर्याएको असरहरुबारे केन्द्रीत छन् । चित्रकला प्रर्दशनीमा २८ वटा चित्र र कलाकार मगरले नै बनाएका २ वटा मुर्ति पनि प्रर्दशनीमा राखिएको छ । यो प्रर्दशनी युमा फाइन आर्ट एकेडेमीको आयोजना तथा इडिएफ र सुनौलो पुस्तकालयको सहयोगमा भएको हो । चित्रकला प्रर्दशनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभाग प्रमुख कर्णप्रसाद मास्केले गरेका थिए । प्रवृत्ति विना मानव जीवन कल्पना गर्न नसकिने भएकोले कलाको माध्यमबाट वातावरण र

मुहान बगाएपछि पाँचकन्याबासीलाई खानेपानीको सास्ती

Image
धरान । पाँचकन्या ५ देउराली चोकमा होटल चलाइरहेकी रनमाया तामाङलाई दुई साता यता धारामा नियमित पानी नआउदा व्यावसाय जोगाउन नै कठिन भइसक्यो । धारामा आउने पानीले एक गाग्री पानी भर्न पनि मुश्किल छ । गत भदौ २१ गतेको बर्षासँगै आएको बाढी र पहिरोले खानेपानीको मुहानमा क्षति पुर्याएपछि अहिले पाँचकन्या गाविसमा खानेपानीको हाहाकार लागेको छ । गाउँलेहरु खोला खोल्सी धाएर पानी संकलन गरिरहेका छन् भने कतिपयले महंगो शुल्कमा ट्यांकरबाट मगाएर पानी उपभोग गर्नुपरिरहेको छ । होटल व्यावसायी तामाङका अनुसार मुहानमा क्षति पुगेपछि धारामा पानी नआउदा करिब १० दिनजति एक कोष टाढाको खोला खोल्सी धाएर पानी ल्याउनु परेको थियो । ‘अहिले खोल्सीमा पाइप राखेर पानी ल्याएका छौं, अझै पनि कति जना खोला खेल्सी नै पुग्नुपर्छ’–उनले भनिन् । पाँचकन्याबासीहरुले सेहरा खोला, मार खोला, सिस्नेलगायत खोलाको मुहानबाट इनटेक गरेर पानी उपभोग गर्दै आइरहेका छन् । करिब २०२० सालदेखि यी खोलाहरुलाई खानेपानीको स्रोतकोरुपमा उपभोग गर्दै आएको पाँचकन्यामा हालसम्म २० वटा खानेपानी उपभोक्ता समिति बनिसकेको छ । क्षतिको पूननिर्माण गर्न तीन महिनाभन्दा बढी समय लाग्न

बीपीका चिकित्सक कमिशनको लोभमा विरामीको जाँच बाहिर पठाउदै

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल प्रशासनले कुनै पनि बहानामा विरामीको जाँच बाहिर नपठाउन लिखित निर्देशन दिएपनि पालना नभएको पाइएको छ । प्रतिष्ठानका चिकित्सकहरुले अस्पतालन प्रशासनको निर्देशनलाई वेवास्ता गर्दै अहिले पनि विरामीहरुलाई विभिन्न जाँच गर्न निजी स्वास्थ्य संस्थाहरुमा रेफर गर्ने गरेका छन् । चिकित्सकहरुले कमिशनको लोभमा प्रतिष्ठानलाई आर्थिकरुपमा धरासायी बनाएको भन्दै त्यसविरुद्ध अभियान थालेको प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले बिहिबार आकस्मिकरुपमा अनुगमन गर्दा पुनः चिकित्सकहरुको करतुत फेला परेको हो । अनुगमनको क्रममा सर्जरी विभागका प्रमुख एवं चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष प्रा.डा.सि.एस.अग्रवाल र फेमिलि मेडिसिन विभागका डा. प्रमिन्द्र प्रसाद गुप्ताले प्रतिष्ठानबाहिरका निजी जाँच केन्द्रमा जाँचको लागि विरामीलाई पठाएको फेला परेको समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले बताए । समाजले भदौ १ गतेदेखि प्रतिष्ठानभित्र सम्भव हुने जाँचहरु बाहिर पठाउन प्रतिबन्ध लगाउने भन्दै चिकित्सकहरुको कमिशन प्रवृत्तिविरुद्ध भण्डाफोर अभियान थालेको थियो । स

मेला आयोजना विवादले युवा समुह र प्रहरी झडप

Image
धरान । दशैं तिहारको अवसरमा बर्षेनी हुदै आएको मेला आयोजनाको दाबी गर्ने युवा समुहबीचको प्रतिस्पर्धाले बुधबार धरान तनावग्रस्त बन्यो । आयोजनाको दाबी गर्दै दुई वटा युवा समुह नगरपालिकामा हस्ताक्षर बुझाउन जानेक्रममा प्रहरी र युवा समुहबीच झडप भयो । प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । दुई दिनअघि नगरपालिकामा भएको सर्वदलिय वैठकले निवेदन परेका संघसंस्थाको सहमति लिएर आउन दिएको म्याद सकिन लागेको बेला दुई वटा गुटमा विभाजित युवा समुह हस्ताक्षर बुझाउन नगरपालिका गएको थियो । यो समुहलाई नगरपालिका पुग्न नदिई प्रहरीले छाता चोकमा रोकेपछि विवाद चर्किएको थियो । युवाहरुलाई तितरबितर पार्न प्रहरीले लाठी चार्ज गर्यो । लाठी चार्ज पछि छाताचौक क्षेत्रमा भागदौड मच्चियो । युवाहरुले प्रहरीलाई ढुंगा प्रहार गरे । झडप शुरु भएपछि छाताचोक आसपासका सबै पसलहरु बन्द भएको थियो । सवारी आवागमन ठप्प भयो भने सर्वसाधारणहरु आतंकित बनेका थिए । ढुंगा प्रहारबाट धरान मन्टेश्वरीको को १ ज ११५९ नम्बरको म्यानको शिसा फुटेको थियो । प्रहरीले छाता चोकदेखि नगरपालिका जाने बाटोमा सवारी आवात जावतमा निषेध गरेको थियो । छाता चोकमा झडप भइरहदा

अपराध नियन्त्रण गर्न पाँचकन्यामा सुरक्षा समिति गठन

Image
धरान । युवा समुहबीचको आपसी झगडा एवं अन्य अपराधिक गतिविधिले आतंकित बनेका सुनसरीको पाँचकन्या गाविसबासीहरु अहिले आफै शान्ति सुरक्षा कायम गर्न कस्सिएका छन् । प्रहरीको प्रयासले मात्रै शान्ति, सुरक्षा सम्भव नहुने ठहर गर्दै गाउँलेहरु पनि अपराध नियन्त्रणमा अग्रसरता देखाएका हुन् । इलाका प्रहरी कार्यालय धरानसँगको सहकार्यमा गाउँलेहरुले बुधबार सामाजिक सुरक्षा समिति गठन गरेका छन् । चाड पर्वमा जुवातास एवं सामाजिक विकृत अझ बढ्ने भएकोले जनतालाई नै सामाजिक विकृति एवं अपराध नियन्त्रणमा सक्रिय बनाउन समिति गठन गरिएको प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए । ‘जनता आफैले सामाजिक अपराध, विकृति विसंगतिविरुद्ध आवाज उठाउदैनन् र नियन्त्रणमा अग्रसरता देखाउदैनन्, तबसम्म दीर्घकालीनरुपमा नियन्त्रण गर्न कठिन छ’–सुरक्षा समिति गठन गर्न पाँचकन्या पुगेका रिजालले भने–‘जनता आफै पनि अपराध नियन्त्रणमा अग्रसर हुदा प्रहरीलाई पनि थप प्रोत्साहन मिल्छ ।’ पाँचकन्याबासीहरुको भेलाले बुधबार वडा ४, ५, ६, ७ र ८ लाई समेटेर १५ सदस्यीय सुरक्षा समिति गठन गरेका छन् । समितिको संयोजकमा दुर्गादास कुलुङ छन् भने सह संयोजकमा अनिता राई र सचिवमा

धरानमा सम्पन्न भयो, पहिलो अन्र्तराष्टिय रेस्लिङ खेल

Image
धरान । अघिल्लो दिन शुक्रबार नै भानुचौकमा रेस्लिङ खेलाडीहरुबीच भिडन्त भएको खबरले धरानमा सनसनी फैलिसकेको थियो । सधै टिभिमा मात्रै रेस्लिङ भिडन्त हेर्दै गरेका धरानेहरु शनिबार प्रत्यक्ष हेर्न समयमै पब्लिक उच्चमाविको मैदान पुगिसकेका थिए । सुकुम्बासीहरुको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले एम्बुलेन्स खरीद गर्न र रु १ बाट अस्पताल निर्माण अभियानलाई सहयोग पुर्याउन रेस्लिङ खेल आयोजना गरेको हो । पूर्वमा यसअघि झापामा मात्रै रेस्लिङ खेल आयोजना भएको थियो । धरानमा पहिलो पटक आयोजना भएकोले पनि बच्चादेखि वृद्धवृद्धासम्म चासो दिएर अन्र्तराष्टिय रेस्लिङ खेल हेर्न मैदान पुगेका थिए । दिउँसो दुई बजे शुरु हुने भनिएपनि हजारौं दर्शकहरुले करिब तीन घण्टासम्म प्रतिक्षा गर्नुपरेको थियो । रेस्लिङ खेलका कमेन्टेटर रिङमा पुगेर नेपालका ह्याबीवेट च्याम्पियन अजिंगर र भारतका टिएनए रिङ च्याम्पियन महावली वीरालाई बोलाए । दुवै रेस्लर रिङमा छिरेपछि दर्शकहरुमा उत्साह छायो । कमेन्टेटरले शुक्रबार नेपाली रेस्लर म्याक्स बीले भानुचौकमा झगडा गरेकोले उनलाई नेपाली टिमबाट रिङमा बहिष्कार गरिएको घोषणा गरे । उनको यो घोषणालगत्

भानुचौकमै भयो नेपाली रेस्लिङ खेलाडीहरुको भिडन्त

Image
 धरान । वडेमानको ज्यान र पाखुरा भएका मान्छेहरु गाडीबाट धरानको भानुचौकमा ओर्लिए । हातमा फुल र खादा लिएर प्रतिक्षा गरिरहेकाहरुले सबैलाई स्वागत गरे । शुक्रबार बिहान करिब १० बजेतिर उल्लासपुर्ण वातावरण बनेको भानुचौक क्षणभरमै तनावग्रस्त बन्यो । गाडीबाट ओर्लिएका तीन जना पहलमानहरु आपसमा विवाद गर्न थाले । स्वागत गर्न बसेकाहरुले सम्झाउदै थिए, तर उनीहरु आपसमा मुक्का हानहान गर्न थालिहाले । नजिकै उभिएका प्रहरी मुकदर्शक भए । पहलमानहरु आपसमा भिड्न थालेपछि भानुचौकक्षेत्र एकछिनमै सयौं मानिसको भीड लाग्यो । के भएको हो कसैले पत्तै पाएनन् । स्वागत गर्न बसेकाहरुले बल्लतल्ल उनीहरुलाई छुट्याएर बेग्ला बेग्लै गाडीमा राखेर होटलतिर लगे । भानुचौकमा प्रहरीकै अघि भिड्ने पहलमानहरु नेपालका रेस्लिङ खेलाडीरु म्याक्स, अजिंगर र मिस्टर यति हुन् । उनीहरु शनिबार धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा हुने रेस्लिङ खेलको लागि धरान आएका हुन् । धरान आइपुगेलगत्तै यी तिनै जनाबीच लडाई शुरु भएको थियो । उनीहरुसँगै भारतबाट आएका रेस्लिङ खेलाडी महावली वीरा र सेरासँग आफुहरु शनिबार रिङमा भिड्न पाउनुपर्ने माग गर्दै झगडा भएको रेस्लिङ

मौन फिल्मको अडियो सिडि सार्वजनिक

Image
धरान । चलचित्र ‘मौन’ को अडियो सिडि शुक्रबार धरानमा सार्वजनिक गरिएको छ । नायिका नम्रता श्रेष्ठ र नायक अर्पण श्रेष्ठले धरानमा एक समारोहबीच मौन फिल्मको सिटि सार्वजनिक गरेका हुन् । अडियो सिटि सार्वजनिक कार्यक्रममा हिरो हिरोइन मात्रै उपस्थित थिए । नायक थापा मौनका स्क्रिप्ट राइटर पनि हुन् । सार्वजनिक गरिएको फिल्मको सिडिमा तीन वटा गीत समेटिएको छ । गीतकार भुपेन्द्र खड्काले रचना गरेको गीतमा सुगम पोख्रेल, सनुप पौडेल र विमला भुषालको स्वर रहेको छ । गीतको कम्पोज सुगम पोख्रेल, सनुप पौडेल र स्वप्निल शर्माले गरेका हुन् । मौन चलचित्र असोज ११ गतेदेखि देशभर प्रर्दशनको तयारी छ । फिल्मका नायक र नायिका बोल्न र सुन्न नसक्ने पात्र छन् । उनीहरु सांकेतिकरुपमा मात्रै संवाद गर्छन् । यो फिल्मलाई हिन्दी चलचित्र वर्फी तथा कोरियन फिल्मसँग तुलना गरिदिएपछि फिल्मकर्मीहरु हैरान छन् । ‘यो वर्फी वा कोरियन फिल्म जस्तो होइन, कथा चोरिएको पनि छैन’–स्क्रिप्ट राइटरसमेत रहेका नायक अर्पणले भने–‘पात्र मात्रै बोल्न र सुन्न नसक्ने छन्, कथा विल्कुल फरक छ ।’ उनका अनुसार मौन सरल एवं प्रेम कथानक चलचित्र बनेको छ । साथै, रंगीन र रोमान्

सुटिङ रिपोर्ट : आर्यन अस्पताल भर्ना

Image
धरान । अस्पतालको बेडमा एक युवक सुतिरहेका हुन्छन् । विरामी कुरुवा बसेका दुई युवती पनि दायाँ बाया बेडमा अडेस लागेर निदाइरहेका हुन्छन् । हावाको झोकाले झ्यालको पर्दा हल्लाएपछि युवकको आँखा खुल्छ । बाहिर पानी परिरहेको छ, उनी भावुक हुन्छन् । दुई युवतीले थाह नपाउने गरि विस्तारै उठ्छन्, स्लाइन चढाएको पाइप थुत्छन् र अस्पतालको बेडबाट बाहिरिन्छन् । युवक बाहिरिएको केही क्षणपछि एक युवती उठ्छिन् । वेडमा विरामी नदेखेपछि अत्तालिदै खोज्छिन् र उनी पनि कोठाबाट बाहिरिन्छिन् । यो दृष्य बिहिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हो । अस्पतालको वेड साँच्चैको भएपनि विरामी र कुरुवा भने वास्तविक होइन । चार दिनयता धरानमा सुटिङ भइरहेको चलचित्र ‘नोभेम्बर रेन’ को दृष्य हो यो । निलो गाउन लगाएर वेडमा सुत्ने युवक चर्चित नायक आर्यन सिग्देल हुन् भने कुरुवा युवतीद्धय नायिका नम्रता श्रेष्ठ र नवनायिका छुल्टिम गुरुङ हुन् । चलचित्रका निर्देशक दिनेश राउतका अनुसार प्रि क्लाइमेक्स दृष्यको सुटिङ भइरहेको हो । ‘नायक आयुष(आर्यन) बर्षा हुदा रम्ने स्वाभावका हुन्छन्, त्यसैले अस्पतालमा भर्ना हुदा पनि उनी बेडबाट बाहिर जान

अनाम धरानको आर्थिक बिषयमा प्रशासनद्धारा छानबीन

Image
धरान । पूर्वमा रंगकर्म क्षेत्रमा अग्रणी रहेको नाट्य समुह अनाम धरानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रशासनले छानबीन शुरु गरेको  छ । अख्तियारबाट निर्देशन आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इलाका प्रशासन कार्यालयमार्फत छानबीन शुरु गरेको हो । इलाका प्रशासन कार्यालय धरानले अनामलाई आर्थिक विवरण एवं बैंकिङ करोबारको सम्पुर्ण विवरणसहित एक साताभित्र उपस्थित हुन पत्राचार गरिसकेको छ । प्रशासनले भदौ २७ गते नै पत्राचार गरेपनि अनामका अध्यक्षले भने तीन दिनअघि मात्रै पत्र बुझेका थिए । अनाममा आर्थिक अपारदर्शिता भएको बिषयमा अख्तियारमा वेनामी उजुरी परेको थियो । अनामले केही महिनाअघि धरानमा राष्टिय चलचित्र महोत्सव आयोजना हुदा स्थानीय संयोजकको जिम्मेवारी लिएको थियो । नेपाल चलचित्र विकास बोर्डले आयोजना गरेको उक्त महोत्सवमा अनियमितता भएको आशांकामा उजुरी परेको अनुमान गरिएको छ । उक्त चलचित्र महोत्सव असाध्यै आलोचित बनेको थियो । यसैगरि, गैरसररकारी संस्था आरडिआइएफसँगको सहकार्यमा गत बर्ष संस्थाले जनचेतनामुलक नाटक प्रर्दशन गरेको थियो । करिब ६० लाखको उक्त परियोजनाअवाधिमा संस्थाभित्र आर

बुढासुब्बा मन्दिरमा नोभेम्बर रेन

Image
धरान । पूर्वेलीहरुको आस्थाको केन्द्र धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा आइतबार बिहानैदेखि कलाकारहरुको भीड लाग्यो । कोही क्यामेरा मिलाउदै थिए, कोही लोकेशन हेर्दै थिए भने कोही रिफ्लेक्टर मिलाउन ब्यस्त थिए । केही बेरमा मन्दिर परिसरमा युवा पुस्तामाझ चर्चित नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ देखा परे । बुढासुब्बाको दर्शनमा आएका सर्वसाधारणहरुको ध्यान उनीहरुतिरै केन्द्रीत भयो । आगामी भ्यालेन्टाइन डे(१४ फेब्रुअरी)मा रिलिज गर्ने घोषणा गरिएको चलचित्र ‘नोभेम्बर रेन’को छाँयांकनको लागि कलाकारको टोली धरान आएका हुन् । आइतबार बुढासुब्बा मन्दिर परिसरमा यो चलचित्रको शुभमुर्हतसँगै छाँयांकनको औपचारिक प्रारम्भ गरिएको थियो । चलचित्रको शुभमुर्हतअघि नायक आर्यन, नायिका नम्रता, नवनायिका छुल्टिम गुरुङ, केशव भटराई, निर्देशक दिनेश राउतलगायतले बुढासुब्बा मन्दिरमा पूजाअर्चना गरे । यहाँ दर्शन गर्नेको मनोकांक्षा पुरा हुने जनविश्वास छ । चलचित्रको शुभमुर्हतमा पूर्वाञ्चल पर्यटन विकास परिषदका उपाध्यक्ष महेन्द्र प्रधानले क्ल्याप गरे भने पर्यटनकर्मी वासुदेव वरालले एक्सन कट उद्घोष गरे । यस्तै, रोयल इष्र्टन

लेट्स गेट लाउडमा झुमे धराने युवायुवती

Image
धरान । करिब महिना अघिदेखि नै धराने युवाहरु ब्यग्र प्रतिक्षामा थिए । टुबोर्ग स्टेज लेट्स गेट लाउड कार्यक्रमअन्र्तगत नेपालका चर्चित ब्याण्ड एवं पप, रक गायकगायिकाहरु धरानमा भेला हुने खबरले उनीहरु अधिर बनिसकेका थिए । अझ आयोजकले धरानमा मेगा कन्सर्ट गर्नुअघि पूर्वका विभिन्न शहरहरुमा म्युजिकल ट्रक शो आयोजना गरेर युवा मनहरुलाई प्यासी बनाइदिएको थियो । शनिबार धराने युवाहरुको प्रतिक्षाको घडि सकिदा स्थानीय मात्रै होइन, धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा पुरै पूर्वेली युवाहरुको घुँइचो थियो । आयोजकले दिउँसो एक बजेदेखि गेट खुल्ने बताएता पनि त्यसअघिदेखि नै युवायुवती एवं संगीतप्रेमीहरुको लाम लागेको थियो । कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा ढिला शुरु हुदा पनि गीत,संगीतका पारखी युवायुवतीहरु मैदानभित्र प्रवेश पाउन लाममै थिए । कार्यक्रमको शुरुवात नै चर्चित गायक निमा रुम्बाको रकिङ प्रस्तुतीबाट भयो । नमस्ते धरान भन्दै स्टेजमा झुल्किएका गायक निमाले लेट्स गेट लाउड भन्दै प्रियसी..बोलको गीतबाट आफ्ना फ्यानहरुलाई तताउन शुरु गरे । उनले क्रमशः मिस क्याटवक.., आउ आउ न.. र हुरी बतास..गीत प्रस्तुत गर्दा भिडमा

नेवि कपको उपाधि धरान सिटि कलेजलाई

Image
धरान । साविक विजेता विरेन्द्र मेमोरियल कलेजलाई निराश बनाउदै धरान सिटि कलेजले तेस्रो धरान अन्तर कलेज फुटबल प्रतियोगिता(नेबि कप) को उपाधि जितेको छ । धरान १६ स्थित भगवती माविको मैदानमा शुक्रबार सम्पन्न फाइनलमा सिटि कलेजले साविक विजेता विरेन्द्रलाई २–० ले पराजित गर्दै उपाधि उचालेको हो । सिटिको जितको लागि दुवै गोल शशीचन्द्र राईले गरे । उनले पहिलो हाफको ८ औं मिनेटमा र दोस्रो हाफको २५ औं मिनेटमा गोल गर्दै टिमको जित पक्का गरेका थिए । उनी फाइनल खलेका म्यान अफ दि म्याच पनि घोषित भए । जितसँगै सिटि कलेजले नगद १५ हजार र विजेताको ट्रफी हात उचाल्यो भने विरेन्द्रले नगद १० हजार र उपविजेता ट्रफीमै चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा सिटि कलेजका सौजन राई घोषित भ एभने उत्केष्ट फरवर्डमा सिटिकै शशीचन्द्र राई, उत्कृष्ट गोलकिपरमा सिटिका इश्वर बस्नेत, उत्कृष्ट मिडफिल्डरमा विरेन्द्र मेमोरियलका युङसबा चेम्जोङ, उत्कृष्ट रक्षकमा दिपेश राई घोषित भए । प्रतियोगिता अवधिभर ६ गोल गरेका सुनसरी टेक्निकल कलेजका मणि भुजेलले सर्वाधिक गोलकर्ताका पुरस्कार जिते भने समिट कलेजले फेयर प्ले टिमको पुरस्कार पायो ।