Posts

Showing posts from March, 2018

खानेपानी टंकी निर्माण विवाद:समाधान गर्न समिति गठन

Image
धरान,चैत १६ । एकीकृत शहरी विकास आयोजनाअन्र्तगतको खानेपानी आयोजनाको पञ्चकन्या सबसिस्टममा रिजर्ब वेयर निर्माण विवादलाई समाधान गर्न एक समिति गठन गरिने भएको छ । आन्दोलनरत विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति र धरान उपमहानगरपालिकाबीच शुक्रबार भएको दोस्रो चरणको वार्ताले दुवै पक्षलाई समेटेर १० सदस्यीय विवाद समाधान समिति गठन गर्न सहमति भएको हो । समितिले वैकल्पिक स्थानको खोजी गर्नेछ । समितिमा उपमहानगरपालिका र संघर्ष समितिको तर्फबाट ५–५ जना सदस्य रहनेछन् । संघर्ष समितिले शनिबार दिउँसो बैठक बसेर ५ जनाको नाम सिफारिश गर्नेछ भने समितिले पुर्णता पाएपछि आइतबार पहिलो वैठकसमेत बस्नेछ । समितिले चैत २७ गतेभित्र प्रतिवेदन पेश गर्ने र त्यसअवधिसम्म विजयपुरमा उपमहानगरपालिकाले टंकी खन्ने कार्यलाई स्थगित गर्ने सहमति भएको मेयरका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए । ‘विवाद समाधान समितिले २७ गतेभित्र प्रतिवेदन पेश गर्न र त्यसबेलासम्म टंकी खन्ने काम पनि स्थगन गर्ने सहमति भएकोछ,’काफ्लेले भने । विवाद समाधान समिति गठन भएसँगै संघर्ष समितिले पनि आफ्नो आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । पानीटंकी न

खानेपानी टंकी विवादः विजयपुरको विकल्प नभेटेकै हो ?

Image
धरान,चैत १५ । धरान खानेपानी आयोजनाको पञ्चकन्या सबसिस्टमको लागि ऐतिहासिक विजयपुर क्षेत्रको रुखहरु काटिएपछि चार किरात संस्थासहित लिम्बूवान पार्टीको चर्को विरोधले टंकी निर्माणको काम ठप्प बन्यो । चार किरातसहितको संस्थाहरुले पानीटंकी निर्माणस्थलको विकल्प खोज्न माग गरेपछि उपमहानगरपालिका र चार किरात दुवै पक्षले अध्ययन गर्न एक प्राविधिक समिति गठन गरेको थियो । गत असोजमा गठन भएको प्राविधिक समितिमा चार किराततर्फबाट दुर्गाधन राई र अनिल श्रेष्ठ थिए भने आयोजनातर्फबाट आयोजना प्रमुख राजु पोख्रले र परामर्शदाता कम्पनी बिडिएको टिम लिडर मुरारीलाल चौधरी थिए । यो प्राविधिक टोलीले चार किरातकोतर्फबाट विकल्पमा अघि सारेको पुरानो पानीटंकी र वल्लो सारंगा डाँडा गरि २ स्थानमा स्थलगत अध्ययन गरेको थियो । यो प्राविधिक टोलीले विकल्प उपयुक्त नभएको प्रतिवेदन दिएपछि चार किरातले १८ बुँदे सहमति गरेर टंकी निर्माणको स्वीकृति दिएको थियो । यो टंकी वडा नं १४ का बासिन्दालाई मात्र पानी खुवाउनको लागि हो । चार किरातले टंकी निर्माणको स्वीकृति दिएपनि लिम्बूवान पार्टीसहितको पहिचान पक्षधर भनिएका पार्टीहरु पुनः सहमतिको विरोधमा उत्र

किरात प्रदेश माग्दै यायोक्खाले २५ लाख हस्ताक्षर बुझायो(फोटोफिचर)

Image
धरान,चैत १५ । किरात राई यायोक्खाले प्रदेश नं १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै संकलन गरिएको २५ लाख हस्ताक्षर प्रदेशसभालाई बुझाएको छ । यायोक्खाले विभिन्न जिल्लामा किरात प्रदेशमा ऐक्यवद्धता स्वरुप हस्ताक्षर संकलन अभियान चलाएको थियो । यसरी संकलन गरिएको २५ लाख हस्ताक्षरलाई यायोक्खाले बिहिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिप भण्डारी र उपसभामुख सरस्वती पोख्रेललाई हस्तान्तरण गरेको हो । यायोक्खाको नेतृत्वमा विभिन्न जिल्लाबाट साँस्कृतिक झाकी एवं र्यालीसहित हस्ताक्षर बुझाउन हजारौं संख्यामा नागरिकहरु विराटनगरस्थित प्रदेशसभा भवनमा पुगेका थिए । हस्ताक्षर बुझाउनुअघि ज्ञापन पत्र बुझाउदै यायोक्खा नेतृत्वले किरात कुनै जाति नभई आदिमकालदेखिको सभ्यता, ईतिहास र भुगोल भएकोले सबैलाई सर्वस्वीकार्य हुने धारणा राखेका थिए । यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले ज्ञापन पत्र मुख्यमन्त्री राईलाई बुझाएका थिए भने सुनुवार सेवा समाजकी सुनसरी जिल्ला अध्यक्ष ऐसा सुनुवारले पनि १ नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरणको माग गर्दै ज्ञापन पत्र मुख्यमन्त्री राईलाई हस्तान्तरण गरेकी थिइन् । यायोक

थिएटरमा शारदाको पुनरागमन

Image
धरान,चैत १३ । रंगकर्मी शारदा शाक्य कुनै समय धरानमा मात्र होइन, नेपालकै रंगमञ्चकी एक धरोहर थिइन् । राजधानीमा निशा शर्मा, सुर्यमाला शर्मा, मिलिथा शर्माहरुको दबदबा भइरहदा पनि धरानबाट गएको नाटकले उत्कृष्ट पुरस्कार जितेर आउदा शारदा शाक्य, शोभा खजुमलगायतले वाहवाही पाउथिन् । तिनै रंगमञ्चकी धरोहर शाक्य लामो समयदेखि थिएटरबाट टाढा बसिन् । गृहनगर धरानमा उनले थिएटरमा नझुल्एिको पनि २ दशक बितिसक्यो । मंगलबार भने धरानका रंगमकर्मी, साहित्यकार एवं नवकलाकारहरुले शारदाको नाट्य प्रस्तुती हेर्न पाए । यति लामो ग्याप पछि स्टेजमा झुल्कदा पनि शारदाले आफ्नो अभिनय र प्रस्तुतीमा खोट लगाउने मौका दिइनन् । शारदाका समकालीन एवं अग्रज रंगकर्मी प्रेम सुब्बाले भने,‘मैले उनलाई २४ बर्षपछि थिएटरमा हेरे । यतिको समयपछि पर्फम गर्दा स्टामिना नपुग्ला कि, शारीरिक हाउभाउ र भावनात्मक उतारचढवले समस्या होला कि भन्ने डर थियो, तर उनले पहिला जस्तै प्रस्तुती दिए ।’ शारदासँगै २ दर्जन बढी नाटक खेलेका सुब्बाका अनुसार राष्ट्रिय नाट्य महोत्सवहरुमा धरानबाट गएको नाटकले उत्कृष्ट पुरस्कार जितेर आउथ्यो । त्यस टिममा शारदा पनि हुन्थे । विश्व रं

पृतनामा सैनिक मृत्यु प्रकरणःघरको मुल खाबो ढल्यो

Image
धरान,चैत १४ । फागुन २१ गते कान्छो भाईको विहे सकेर २९ गते इटहरीस्थित पुर्वी पृतना हेडक्वार्टर फर्किएका थिए, वर्दियाका भरत बिक । चैत ११ गते(चैते दशैं)को दिन लेस नायकबाट बढुवा भई नायकको फुली लगाएका थिए । त्यसै दिन परिवारसँग कुराकानी पनि भएको थियो । खुशी साटेको अर्को रात अर्थात चैत १२ गते बिक परिवारको लागि बज्रपात भइदियो । बढुवाको फुली लगाएको एक दिन नबित्दै ३० बर्षीय भरतले देहत्यागे । उनकै आड र भरोसामा चलेको परिवार अहिले अकल्पनीय पीडाबाट गुज्रिरहेको छ । ‘घरको त मुल खाबो नै ढल्यो,’भरतका साढु दाई कालुराम बिकले भने,‘आमा बुबा छैन, उनकै कमाईले परिवार चलेको थियो ।’ भरत परिवारको माइलो छोरा हुन् । आमा बुबा सानैमा बितेपछि उनलाई जेठा दाजु भागीरामले हुर्काए । सेनामा भर्ती भएपछि भने घरको जिम्मेवारी भरतको काधमा आएको थियो । जेठा दाईसँग अलगिएर कान्छा भाई विनयसँगै उनको परिवार बस्दै आएको थियो । अलग भएपनि दाजुलाई पनि उनले सहयोग गर्न छोडेका थिएनन् भने कान्छा भाईको सबै जिम्मेवारी लिएका थिए । भाईको मृत्यु भएको खबर सुनेदेखि जेठा दाईको बेहोसी झै भएको साढुदाई कालुरामले बताए । भरतको श्रीमति शान्ता गर्भवती

कर्मचारीमा जुनियर–सिनियर विवाद, तोकिएको ठाउँमा जान अटेर

Image
धरान,चैत ११ । जिल्ला शिक्षा कार्यालय सुनसरीका उपसचिव टेकनाथ रेग्मी गएको दशैं पछि नै नयाँ संरचनाको स्थानीय तह(धरान उपमहानगरपालिका)मा हाजिर हुनुपर्ने थियो । तर, उनी अहिलेसम्म धरान आएका छैनन् । जिल्ला शिक्षा कार्यालयमा दरबन्दी भएका रेग्मीलाई मन्त्रालयले काजमा धरान खटाएको थियो । उनी भने अटेर गरेर शिक्षा कार्यालयमै छन् । नयाँ संरचनाअनुसार सरकारले खटाएको स्थानमा नजानुमा अरु कुनै कारण होइन, आफुभन्दा कनिष्ठ कर्मचारीको मतहतमा बसेर काम गर्नुपर्ने भएपछि रेग्मी धरान नआएका हुन् । धरानका प्रमुख प्रशासकीय अधिकृत(कार्यकारी प्रमुख) गणेश तिम्सिना भन्दा रेग्मी २ बर्षले सिनियर हुन् । उपसचिव नै भएपनि आफुभन्दा जुनियर तिम्सिनाको मातहतमा बसेर काम गर्न नमानेर रेग्मी धरान नआएका हुन् । तिम्सिना सरुवा भएर गइसकेका छन् भने धरानका नयाँ प्रमुख प्रशासकीय अधिकृत आइसकेका छैनन् । यसरी जुनियर र सिनियर विवादले सरकारले खटाएको तहमा काम गर्न नजाने रेग्मी एक्ला कर्मचारी भने होइनन् । सुनसरी जिल्लामै अन्य कर्मचारीहरु पनि खटाएको तहमा गएका छैनन् । वाम गठबन्धनको सरकार र मन्त्रीहरुले सरकारले पठाएको कार्यक्षेत्रमा कर्मचारी नगए

खानेपानी आयोजना विवाद उत्कर्षमा:२ अर्बको आयोजनाको म्याद गुज्रियो,तर काकाकुल धरान

Image
धरान,चैत १० ।  एडिबिको ऋण तथा अनुदानमा सञ्चालित धरान खानेपानी आयोजनाअन्र्तगत पञ्चकन्या सिस्टमको रिजर्ब वेयर(पानीटंकी) बनाउन धरान उपमहानगरपालिकाले ऐतिहासिक विजयपुर दरबार क्षेत्रमा जेसिबि लगाएर खन्न थालेपछि पाँच दिनदेखि आयोजना विवाद चर्केर उत्कर्षमा पुगेको छ । युवा कार्यकर्ताहरुसहित मेयर, उपमेयर विवादित दरबार क्षेत्रमा टंकी खन्न पुगेको दुई दिनपछि चैत ७ गते विरोधी पक्षले जेसिबिमा आक्रमण गरेपछि झडप भयो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । चार किराती संस्थासँग १८ बुँदे सहमति भएपनि लिम्बुवानको एजेण्डा बोक्ने राजनीतिक दलसहितका संस्थाहरु भने सहमतिको विपक्षमा छन् । असन्तुष्ट पक्षलाई वार्तामा बोलाउनुको सट्टा युवा कार्यकर्ताको आडमा ऐतिहासिकस्थल मास्न अग्रसर भएको भन्दै सामाजिक सञ्जालहरुमा मेयर तारा सुब्बाको चर्को आलोचना भइरहेको छ । लिम्बूवानसहितको एक पक्ष ऐतिहासिक दरबार क्षेत्रमा नभई अन्यत्र पानीटंकी बनाउनुपर्ने माग गरिरहेको छ भने स्थानीय सरकार, उसको समर्थक र आयोजना कार्यान्वयन इकाई(आइयुडिपि)त्यही ठाउँबाहेक अन्यत्र टंकी बनाउन नसकिने अडानमा छ । झडप भएपछि

भारतबाट विन विन नेटवर्किङको अवैध धन्दा, हजारौं नेपाली युवाहरु फन्दामा

Image
धरान,चैत १० । मिस्त्री काम गरेर भएपनि परिवार पालिरहेका धरान १७ का कुमार तामाङलाई चिनजानको साथीले भारतमा राम्रो कम्पनीमा जागिर पाइने कुरा सुनाए । त्यसको लागि पहिला भारतमा गएर तालिम लिनुपर्ने र पास भएपछि भारु ३५, ४० हजार तलब पाइने कुरा पनि सुनाए । कुमारलाई यो कुरा स्थानीय प्रकाश राईले सुनाएका थिए । उनलाई पनि उदयपुरका साथी अनिल राईमार्फत सुनेका थिए । दुवै भारत जान सहमत भएपछि अनिलले उनीहरुलाई गत साउन महिनामा भारतको उत्तर प्रदेशस्थित वनारसमा तालिम दिलाउन पुर्यायो । कम्पनीको नाम थियो, विन विन ट्रेडमार्ट प्रालि । एक साताको तालिममा उनीहरुको दिमागमा मनग्ये कमाई हुन्छ भन्नेबाहेक अरु केही घुसेन । प्रशिक्षकहरुको कुरा सुन्दा लाग्थ्यो, अब करोडपति चाडै भइञ्छ । तालिममा दैनिक ५० जना नयाँ नेपाली युवाहरु पुग्थे । सबै संख्या हिसाब गर्दा पनि सात दिनमा हजारौंको संख्यामा नेपाली युवाहरु थिए । तालिम सकेर मौखिक परीक्षा लिइयो । त्यसबेला पो उनीहरुले थाह पाए, त्यहाँ जागिर पाइने होइन, व्यापार गर्न लगानी गर्नुपर्ने रहेछ । लगानी गर्नको लागि विदेश जान भन्दै ऋण लिनु भन्दै कम्पनीका मान्छेहरुले नै उपाय सुझाए । राम्र

‘ईङघङ’ फेरी मञ्चन हुदै

Image
धरान,फागुन २५ । गत माघ दोस्रो साता सफलतापुर्वक एक सातासम्म मञ्चन गरिएको नाटक ईङघङ धरानमा पुनः मञ्चन हुने भएको छ । दर्शक एवं नाटकप्रेमीहरुबाट आग्रह भएपछि नाटक घर बनाउने उद्देश्य लिएर पुनः धरान ८ स्थित सभागृहमा मञ्चनको तयारी गरिएको रंगभुमी एकेडेमीले जनाएको छ । एकेडेमीका अनुसार ‘हामी सबै कलाकर्मी र धरानको चाहना र रहर, धरानमा अनिवार्य नाटक घर’ भन्ने नाराका साथ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म ईङघङ पुनः मञ्चन हुनेछ । नाटक घर(थिएटर) अभावमा रंगकर्मीहरुले धेरै समस्या भोग्नु परिरहेकोले नाटक घर निर्माणको लक्ष्य बनाएर ईङघङ मञ्चन गरिने रंगभुमकीका अध्यक्ष एवं निर्देशक विष्णु मोक्तानले बताए । उनले भने,‘यसअघि मञ्चन हुदा ईङघङले अपार माया र साथ पायो, दर्शकहरुकै अनुरोधमा फेरी मञ्चन गर्दैछौं । यसपाली नाटक घर बनाउने हाम्रो उद्देश्य छ, सबै क्षेत्रबाट साथ सहयोगको अपेक्षा राखेका छौं ।’ रंगभुमीको दोस्रो नाट्य प्रस्तुती रहेको ईङघङ गत माघ ९ गतेदेखि माघ १५ गतेसम्म सभागृहमा नै मञ्चन भएको थियो । पुर्वी लिम्बूवान गाउँको सँस्कार, सँस्कृति र प्रेमलाई जीवन्तरुपमा प्रस्तुत गरेको ईङघङलाई दर्शकहरुले असाध्यै मनपराएक

हेड मिस्त्री महिलालाई सम्मान(फोटोफिचर)

Image
धरान,फागुन २४ । १०८ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिहिबार धरानमा श्रमिक महिलालाई सम्मान गरिएको छ । धरान उपमहानगरपालिका र महिला सञ्जालद्धारा भानुचोकमा आयोजित कार्यक्रममा हेड मिस्त्रीकोरुपमा कार्यरत गोरीमाया तामाङलाई सम्मान गरिएको हो । करिब अढाई दशकअघि मजदुरकोरुपमा काम शुरु गरेकी तामाङ एक दशकयता भने हेड मिस्त्रीकोरुपमा निर्माण क्षेत्रमा कार्यरत छिन् । पुरुषहरुको अधिपत्य भएको निर्माण क्षेत्रको मिस्त्री तथा हेड मिस्त्री पेशामा तामाङले पनि हेडमिस्त्रीकोरुपमा आफुलाई स्थापित गरेको र श्रमिक महिलाहरुको लागि प्रेरक बनेको भन्दै सम्मान गरेको सञ्जालले जनाएको छ । धरान १६ की ३९ बर्षीय तामाङ अविवाहित छिन् । उनलाई नगद ५ हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमकी अध्यक्ष एवं उपमेयर मञ्जु भण्डारी, प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिप भण्डारी, धरानका मेयर तारा सुब्बालगायतले उनलाई सम्मानित गरेका थिए । सोही कार्यक्रममा पुर्व उपसभामुख एवं महिला आन्दोलनकी नेतृ स्वर्गीय लिला श्रेष्ठ सुब्बालाई पनि मरणोपरान्त सम्मान गरिएको छ । सुनसरी क्षेत्र नं १ बाट २०५१ सालको मध्

उपभोक्ताको नाममा ठेकेदार पोसिदै

Image
धरान,फागुन २० । जनसहभागीतामा आधारित सडक, ड्रेन तथा कल्भर्टलगायत निर्माणका कतिपय योजनाहरु उपभोक्ता समितिले ठेकेदारलाई जिम्मा दिने गरेको खुलेको छ । लाखौं बजेटको यस्ता योजनाहरु विना प्रतिस्पर्धा उपभोक्ता समितिले निर्माण कार्य गर्न पाउने व्यावस्थाको दुरुपयोग गर्दै उपभोक्ता समितिले भने मिलेमतोमा ठेकेदारलाई नै कामको जिम्मा दिने गरेको पाइएको हो । निर्माण कार्य गुणस्तरीय र दिगो बनाउन भन्दै लागु गरिएको जनसहभागिताको अवधारणा विपरीत उपभोक्ता समितिले निर्माण सामग्री र कामदार दुवैको जिम्मा ठेकेदारलाई दिदा पनि नियमनकारी निकाय(उपमहानगरपालिका) र प्राविधिकहरुले भने मौनता साध्ने गरेको छ । उपभोक्ता समितिले निर्माण कार्यको लागि मजदुरहरुको मात्र ठेकेदारलाई जिम्मा दिने र आवश्यक सम्पुर्ण निर्माण सामग्री आफैले खरीद गरेर जुटाइदिनुपर्ने हुन्छ । तर, अधिकांश उपभोक्ता समितिले ठेकेदारलाई सबै जिम्मा दिने गरेको छ । कमिशनको खेलले मिलेमतोमा नै यस्तो काम भइरहेकोले जानकारहरु बताउछन् । प्राविधिकहरुले उपभोक्ता समिति वा ठेकेदारबाट न्युनतम १० प्रतिशत कमिशन लिने गरेको आरोप लाग्दै आएको छ । उपभोक्ता समितिबाट धरान ८ स्थित शह