Posts

Showing posts from October, 2017

२० हजार घुससहित इलाका प्रशासनका ३ कर्मचारी पक्राउ

Image
धरान,कार्तिक ६ । सेवाग्राहीसँग नगद घुस लिएको प्रमाणसहित इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले तीन जना नायब सुब्बाहरु हर्कराज राई, युवराज पोख्रेल र मोहन सुवेदीलाई सेवाग्राहीबाट घुस लिएको नगदसहित सोमबार पक्राउ गरेको हो । उनीहरुले बराह नगरपालिका २, रेल्वे लाइनका एक सेवाग्राहीसँग बार्गेनिंग गरेर नगद २० हजार घुस लिएका थिए । कर्मचारीहरु पक्राउ परेपछि पीडित सेवाग्राहीमा डर एवं तनाव भएकाले अख्तियारले नाम सार्वजनिक नगरेको जनाएको छ । अख्तियारका अनुसार ती सेवाग्राहीको नागरिकतामा जन्ममिति फरक परेको थियो । उनी त्यही जन्ममिति सच्याउन आएपछि नागरिकता प्रतिलिपि फाँटका नायब सुब्बा राईले खर्च लाग्ने भन्दै शुरुमा बार्गेनिग गरेका थिए । खर्च लाग्ने भन्दै प्रशासनका कर्मचारीले निरन्तर काम अड्काएपछि ती सेवाग्रही आइतबार आफ्नो छिमेकी उद्धवप्रसाद घिमिरेसँग गुनासो गर्न पुगेका थिए । तिनै घिमिरेको सहयोगमा पीडित युवा सोमबार अख्तियारसम्म पुगेपछि ३ जना कर्मचारी पक्राउ परेको थियो । पीडितहरु सम्पर्

खानेपानी आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुग्यो

Image
धरान,कार्तिक १ । सरोकारवाला पक्षसँग परामर्श नगरी विजयपुर दरबार क्षेत्रको वन फडानी गरेको भनि विवादमा फसेको धरान खानेपानी आयोजनाको कुल लागत वृद्धि भएको छ । विवादको कारण तोकिएको समयावधिमा सम्पन्न हुन नसकेको आयोजनाको लागत १ अर्ब ४८ करोडबाट बढेर १ अर्ब ७० करोड पुगेको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । आयोजनाको लागत बढेपनि एसियाली विकास बैंकको २२ मिलियन डलर बजेट सिलिङ भित्र नै भएकोले लगानी जुटाउन भने समस्या हुनेछैन । तर, आयोजनाको लागत बृद्धि भएपछि धरान उपमहानगरपालिकाको १५ प्रतिशत सहभागीताको खर्च पनि स्वतः वृद्धि हुदै जानेछ । म्याचिङ फण्डअन्र्तगत आयोजनाको लागि १५ प्रतिशत खर्च जुटाउन उपमहानगरपालिकालाई हम्मे छ । यसअघि म्याचिङ फण्डको लागि उपमहानगरपालिकोले सुकुम्बासी घरपरिवारलाई धारा जडान गर्ने भन्दै खानेपानी व्यवस्थापन बोर्डले संकलन गरेको रकम ऋण लिएर चलाउनु परेको थियो । अब उपमहानगरपालिकाले आयोजनाको लागि २५ करोड बढी बजेट लगानी गर्नुपर्नेछ । आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोख्रेलका अनुसार लागत बढ्नुमा आयोजना ढिलाई हुनु मात्र प्रमुख कारण भने होइन । सन् २०१२ मा आयोजनाको सर्वे हुदाको समय भन्

बाल मनोरञ्जन भन्दै लक्की सेभेन र हाउजी, अनुगमन टोलीद्धारा बन्द गर्न निर्देशन

Image
धरान,असोज ३१ । बालबालिकाकाले लागि साँस्कृतिक एवं मनोरञ्जनात्मक खेल गर्ने भन्दै आयोजना भएको कार्यक्रममा स्वीकृति नलिई लक्की सेभेन र हाउजी खेलाइएको भन्दै धरान उपमहानगरपालिकाको अनुगमन समितिले तत्काल बन्द गर्न निर्देशन दिएको छ । उप प्रमुख एवं अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा सोमबार धरान १५ स्थित होटल इजी राइडरमा आकस्मिक अनुगमनमा पुगेको टोलीले अनुमति नलिएको जुवाजन्य खेलहरु पनि खेलाइएको पाएपछि तत्काल बन्द गर्न निर्देशन दिएको हो । होटल इजी राइडरले जिल्ला प्रशासनबाट बालबालिकाको लागि साँस्कृतिक तथा मनोरञ्जनात्मक खेलहरु आयोजना गर्ने स्वीकृति लिएको थियो । प्रशासनले स्वीकृति लिएपछि उपमहानगरपालिकाले मनोरञ्जन कर लिएर बाल साँस्कृतिक तथा मनोरञ्जन खेल आयोजना गर्न होटललाई अनुमति दिएको थियो । तर, आयोजकले भने मेला भन्दै माइकिङ गरेको थियो भने जुवाजन्य खेलहरु खेलाइएको भन्दै उपमहानगरपालिकामा गुनासो परेको थियो । उपप्रमुख भण्डारीको नेतृत्वमा पुगेको अनुगमन टोलीले बालबालिकाहरुको मनोरञ्जनका लागि खेलहरु राखिएको भएपनि स्वीकृति नलिइएको ७ वटा लक्की सेभेन, रिङ हान्ने र हाउजी पनि राखिएको

साम परी सेलुन एन स्पा उद्घाटन

Image
धरान । भारतको मुम्बईस्थित लोरियल प्रोफेस्नल कम्पनीको जागिर छोडेर आएकी हेयर डिजाइनर तथा मोडल साम परीले आफ्नै नामको सेलुन एण्ड स्पा सञ्चालनमा ल्याएकी छिन् । धरान ९, पुतलीलाइनमा खोलिएको साम परी सेलुन एण्ड स्पाको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महिला तथा पुरुष दुवैलाई सेवा उपलब्ध हुने सेलुन एण्ड स्पाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रविन मास्के, डा.निधि शाह, मिस प्लस टु २०१७ विजेता सिमरन तुलाधार र साम परीकी आमा सीता परियारले संयुक्तरुपमा रिबन काटेर गरेका थिए । करिब १० लाख लगानीमा सेलुन तथा स्पा सञ्चालनमा ल्याएको परीले बताइन् । सेलुनमा हेयर(कपाल)सम्बन्धी पेरिसमा उत्पादन हुने लोरियल ब्राण्डको मात्र प्रडक्ट ग्राहकहरुलाई उपलब्ध हुनेछ । यो ब्राण्डको उत्पादन चलाउने यही पुर्वाञ्चलमा पहिलो सेलुन तथा स्पा भएको उनको दाबी छ । नेपालमै पनि लोरियल ब्राण्ड चलाउने सेलुन भएको जानकारीमा नभएको साम परीको भनाई छ । ‘हेयर ट्रिटमेन्ट, हेयर डिजाइन, हेयर कलर हुन्छ । लोरियलको प्रडक्टमा अमुनिया फ्रि हुनाले कपाल ड्यामेज हुदैन,’उनले भनिन्,‘अहिले हेयर स्पा पनि हुन्छ, केही समय पछि अल स्प

धरानको होटल ११ बजेसम्म खुल्ने, प्रहरीको व्यावहारले निरुत्साहित गरेको गुनासो

Image
धरान,असोज २७ । धरानलाई पर्यटकीय हब बनाउने उद्देश्यले रात्रीकालीन व्यावसायलाई प्रर्वद्धन गर्न राती ११ बजेसम्म होटल व्यावसाय खुल्न दिइने भएको छ । व्यावसायीहरुले चौबिसै घण्टा व्यावसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेपछि प्रहरी प्रशासनले थप आवश्यक सुरक्षा मापदण्ड पुरा गरेमा मध्यराती १२ बजेसम्म भने अनुमति दिन सकिने प्रष्ट्याएको छ । तर, यसको लागि व्यावसायीहरु आफैले निर्णय गरेर र तोकिएको सम्पुर्ण सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने प्रहरी प्रशासनले सर्त अघि सारेको छ । सुनसरी उद्योग वाणिज्य संघले रात्रीकालीन व्यावसायसँगै शान्ति सुरक्षा बिषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रहरी प्रशासनबाट यस्तो धारणा आएको हो । ‘होटल व्यावसायी, उद्योग वाणिज्य संघले कतिबजेसम्म आवश्यक छ, त्यो निर्णय गरेर आएपछि उपमहानगरपालिका, प्रहरी र प्रशासनले आवश्यक छलफल गर्छ र तोकिएको सुरक्षा मापदण्डभित्र रही निर्णय हुन्छ,’इलाका प्रशासन कार्यालय धरानका निमित्त प्रमुख जयराम श्रेष्ठले भने,‘त्यो व्यावस्था नभएसम्मको लागि भने पहिला जे छ, त्यसैले निरन्तरता पाउछेन ।’ गएको स्थानीय तह निर्वाचनको बेला १० बजेसम्म सिमित गरिएको धरानको रा

भुमाफिया अनुकुल सर्दु जलाधारको जग्गा नेता र सरकारी कार्यालय मिलेर बाँडफाट,स्रोत भन्छ,'नेताहरुले चुनाव खर्च पाए'

Image
धरान,असोज २५ । यहाँका राजनीतिक दल, उपमहानगरपालिकाका कर्मचारी र वातावरण सम्बन्धि एनजिओ चलाएर बसेका पुर्वजनप्रतिनिधिहरु मिलेर भुमाफियालाई अनुकुल हुने गरी जलाधार क्षेत्रको करिब ४२ बिघा जग्गा बाँडफाड गरेको खुलेको छ । सट्टाभर्ना पाएको प्रमाण नपुगेको भन्दै सर्वोच्च अदालतले जिविसको आग्रहमा भएको रोक्का जग्गा २०६७ सालमा फुकुवा गरिदिएपछि जलाधार जोगाउने नाममा चार बर्षअघि स्थानीय राजनीतिक दलका नेतृत्व, उपमहानगर र एनजिओकर्मीहरु मिलेर भुमाफियाको चाहना अनुरुप नै धरान ४, छोटीमोरंगस्थित जलाधार क्षेत्रको जग्गा बाँडाफाट गरिएको हो । गैरकानुनीरुपमा भएको यो जग्गा बाँडफाटमा जिल्ला वन, मालपोत, जिविस र नापी कार्यालयको पनि प्रत्यक्ष संलग्नता भेटिएको छ । २०७० बैशाख २३ र २७ गते भएको गोप्य सहमतिमा कोशी राजमार्गदेखि माथिको १२ बिघा १० कट्टा जग्गा(छोटीमोरङ डाँडा) जग्गाधनी भनिएका भुमाफियाले उपभोग गर्ने र बाँकी राजमार्ग दक्षिणको २८ बिघा ३ कट्ठा जग्गा जलाधारको नाममा लगतकट्टा गर्ने सहमति गरेको भेटिएको छ । दलीय संयन्त्रसहितको सर्वपक्षीय सहमति भनिएपनि यो सहमतिको लिखित दस्तावेज भने उपमहानगरपालिकासहित कुनै पनि सरकारी

परामर्श विना वन फडानी भएकोमा एडिबिद्धारा आत्मालोचना

Image
धरान,असोज २५ । खानेपानी आयोजनाले सरोकारवाला आदिबासी जनजाति समुदायसँग पुर्व छलफल एवं परामर्श नगरी ऐतिहासिक किरात दरबार क्षेत्रको वन फडानी गरेको बिषयमा एसियाली विकास बैंक(एडिबि)को मिशन टोलीले आत्माआलोचना गरेको छ । अवधि सकिएर म्याद थप भएपनि विवाद समाधान हुन नसकेपछि धरान आएको एडिबिको मिशन टोली र असन्तुष्ट चार किरातको वार्ता टोली सदस्यहरुबीच भएको अनौपचारिक छलफलमा मिशन टोलीले आत्माआलोचना गरेको हो । छलफल अनौपचारिक भएपनि मिशन टोलीले आफ्नो रिभ्यु रिपोर्टमा नै आयोजनाबाट आदिबासी जनजातिसँग पुर्णरुपमा छलफल नभएको बिषयलाई लेख्नेसमेत वार्ता टोलीका सदस्यहरुलाई प्रष्ट्याएका थिए । मिशन टोलीले उपमहानगरपालिका र वार्ता टोलीका सदस्यहरुसँग छुट्टाछुट्टै भेट गरेको थियो । ‘वार्ता समितिका सदस्यहरुसँग अनौपचारिक छलफल भयो,समस्या समाधानको लागि सकरात्मक पहलकदमी भएको छ भन्ने लाग्छ,’आयोजना कार्यान्वयन इकाइका प्रमुख राजु पोखरेलले भने,‘आदिबासी जनजाति समुदायले उठाउदै आएको साँस्कृतिक, ऐतिहासिक पक्षको बिषयमा मिशनले आत्माआलोचना गर्दै रिभ्यु रिपोर्टमा नै आयोजनाबाट आदिबासी जनजातिसँग पुर्णरुपमा छलफल वा परामर्श नभएको भनेर लेख

आर्थिक चलखेलमा सर्दु जलाधारको लगतकट्टा गर्ने निर्णय उल्टाइयो

Image
धरान,असोज २५ । सर्दु जलाधार क्षेत्रबाट सट्टाभर्ना पाइसकेका व्यक्तिको जग्गा तत्काल रोक्का राखेर जग्गामा व्यक्तिको नामबाट लगतक्टटा गरी सर्दु जलाधार क्षेत्र कायम गर्ने वन तथा भु संरक्षण मन्त्रालयका सचिवस्तरको निर्णयलाई भुमाफियाहरुले ठुलो आर्थिक चलखेल गरी उल्टाएको पाइएको छ । मन्त्रालयका तत्कालीन सचिव शंकर अधिकारीले २०७२ असार १८ गते सट्टाभर्ना दिइसकेको व्यक्तिको नामको जग्गा लगतकट्टा गरी जलाधार कायम गर्न सम्बन्धित मालपोत कार्यालय, नापी शाखासँग समन्वय गर्ने सचिवस्तरको निर्णय गरेका थिए । मन्त्रालयमा सचिव हुनअघि अधिकारी पुर्वाञ्चल क्षेत्रीय प्रशासक भएर बस्दा उनले जलाधार क्षेत्रको समस्याबारे अध्ययन गरेका कारण उनले जलाधार क्षेत्र जोगाउन यस्तो निर्णय लिन सहज भएको थियो । २०३८ माघ २१ मा प्रकाशित राजपत्र र २०४६/४७देखि २०४९/५० सालको सुनसरी जिल्ला वन कार्य योजनाले पनि जलाधार क्षेत्र संरक्षण गर्न २ सय ९ घरपरिवारलाई मोरङमा सट्टा भर्ना दिइसकेको र त्यसक्षेत्रमा वृक्षारोपण गरी लगतकट्टा गर्ने उच्चस्तरीय आयोगको निर्णय गरेको प्रमाणको आधारमा सचिव अधिकारीले निर्णय गरेका थिए । यो निर्णय वन विभाग, जिल्ला वन ह

सर्दुजलाधार क्षेत्रमा भुमाफियाद्धारा गैरकानुनी प्लटिङ र किनबेच

Image
धरान,असोज 22 । स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि भुमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रमा स्वीकृति विना जथाभावी प्लटिङ तथा जग्गा किनबेच गरिरहेका छन् । जग्गा प्लटिङ गर्दा स्थानीय तहबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी प्रावधान भएपनि जलाधार क्षेत्रमा पर्ने धरान ४ स्थित छोटीमोरङ डाँडामा भुमाफियाहरुले स्वीकृति नलिई नै प्लटिङ र किनबेच गरिरहेको पाइएको हो । जलाधार क्षेत्र र कोशी राजमार्गलाई पनि क्षति पुग्ने गरी गैरकानुनीरुपमा प्लटिङ र किनबेच भएको थाह पाएर पनि सरोकारवाला धरान उपमहानगरपालिका र वन कार्यालयले रोक्न कुनै पहल गरेको छैन । गैरकानुनी प्लटिङको जग्गा किनबेचमा उपमहानगरले नै सिफारिश गरिदिने गरेको पनि पाइएको छ । जलाधार क्षेत्रको जग्गा प्लटिङ र किनबेचमा धरानका नेता, कर्मचारी र समाजसेवी भनिएका व्यक्तिहरु नै संलग्न रहेकोले सरकारी निकायले पनि चुप्पी साधेको जलाधार बचाउ अभियन्ताहरुको आरोप छ । भुमाफियाहरुले चुरे क्षेत्रमासमेत पर्ने जलाधार(छोटीमोरङ डाँडा) र कविता कुञ्ज क्षेत्रमा डोजर, स्काभेटरसमेत प्रयोग गरेर जथाभावी प्लटिङ गरी बोटो खोलेका छन् । सर्दु ज