Posts

Showing posts from November, 2013

४ सय ६० वटा गल्फ बल सहयोग

Image
धरान । गल्फ खेलको विकास एवं प्रर्वद्धनमा सहयोग पुर्याउन उद्देश्यले एक भूपू गोर्खा सैनिकले गल्फ वल सहयोग गरेका छन् । हाल बेलायतमा बसोबास गरिरहेका धरान १५ निवासी विनोद राईले धरान गल्फ क्लबलाई ४ सय ६० वटा गल्फ वल सहयोग गरेका हुन् । शनिबार निर्वाणा कन्टी क्लबमा आयोजित एक कार्यक्रममा राईले ती वलहरु गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बूलाई हस्तान्तरण गरेका थिए । ती वलहरु जुनियर खेलाडी, क्लबका सदस्य एवं खेलाडीहरुलाई प्रदान गरिने क्लबले जनाएको छ । करिब चार बर्षअघि धरानकै कोर्षमा गल्फ सिकेका राईले जुनियर खेलाडीहरुसँग पर्याप्त वल नभएको देखेर सहयोग गरेको बताए । ‘साना भाईहरु राम्रो खेलेको देखे तर उनीहरुलाई वलको समस्या भइरहेको पाएँ’–सहयोगी राईले भने–‘त्यसैले राम्रो ट्रेनिङ होस् र धरानको नाम राख्न सकोस् भनेर वल सहयोग गरेको हुँ ।’ सहयोगी राईले ती सबै वलहरु बेलायतबाट नै ल्याएका हुन् । उनले यसअघि पनि क्लबलाई ४ सय थान टि सहयोग गरेका थिए । क्लबका अध्यक्ष लिम्बूका अनुसार एक खेलाडीलाई १० वटा वल दिइनेछ । गल्फ वल बजारमा खरीद गर्नुपर्दा एक प्याकेटको एक हजार रुपैया तिर्नुपर्छ । एक प्याकेटमा तीन वटा मात्रै

राजनीतिक संरक्षणमा हुने गुण्डागर्दी रोक्न सञ्चारकर्मीको सुझाव

Image
धरान । राजनीतिक संरक्षणको आडमा बढ्दो गुण्डागर्दी(डन) एवं अपराधलाई नियन्त्रण गर्नु प्रहरीको मुख्य चुनौती रहेको धारणा धरानका सञ्चारकर्मीहरुले व्यक्त गरेका छन् । इलाका प्रहरी कार्यालयमा हालै सरुवा भई आएका प्रमुख एवं डिएसपी सञ्जय सिंह थापाले आयोजना गरेको परिचयात्मक अन्र्तक्रियामा यहाँका सञ्चारकर्मीहरुले यस्तो धारणा राखेका हुन् । साथै, उनीहरुले प्रहरी कार्यालयलाई सञ्चारमैत्री बनाउन पनि सुझाव दिएका छन् । अपराधले राजनीतिक संरक्षण पाइरहेको र प्रहरी प्रशासनलाई चर्को दबाब आइरहेपनि कानुन वमोजिम कारबाही गर्न नहिच्किचाउन पनि पत्रकारहरुको सुझाव थियो । सञ्चारमैत्री प्रहरी कार्यालय बन्न सके अपराध नियन्त्रणमा सहकार्य एवं समन्वय गर्न सहज हुने पत्रकारहरुको धारणा थियो । ‘प्रहरी कार्यालय सञ्चारमैत्री भइदियोस्, कुनै पनि सुचना पाउन पत्रकारहरुलाई व्यवधान नहोस्’–पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले भने–‘अपराधको रुपहरु पनि फेरिदैछ, नयाँ नयाँ तरिकाले समाजमा अपराधको जालो फैलिदैछ, त्यसलाई बुझेर प्रहरी प्रशासनले तोड्नुपर्छ ।’ धराने जस्ता विकास प्रेमी, सहयोगी भएको र यहाँको सँस्कार,सँस्कृति बुझेर काम गर्न

धरान-चतरा सडक पक्की बनाउन लागतस्टिमेट तयार

Image
धरान । बषैंदेखि दुरावस्थामा रहेको धरान–चतरा सडक खण्डलाई पक्की बनाउन विराटनगरस्थित सडक डिभिजन कार्यालयले लागत स्टिमेट तयार गरेको छ । दुई दिनअघि बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका अर्थमन्त्री शंकर कोइरालाले बेहाल सडकलाई पक्की बनाउने काम तत्काल शुरु गर्न निर्देशन दिएपछि डिभिजन कार्यालयले आवश्यक कदम चालेको हो । विराटनगरस्थित कार्यालयका अनुसार निर्देशन प्राप्त भएलगत्तै लागतस्टिमेट तयार गरेर झापाको दमकस्थित क्षेत्रीय निर्देशनालयमा पठाइएको छ । उक्त स्टिमेटमा धरानदेखि चतरा हुदै बराहक्षेत्र मन्दिर सम्मको सडकखण्डलाई समेटिएको विराटनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख रामचन्द्र राउतले बताए । ‘निर्देशन आएलगत्तै हामीले धरानदेखि बराहक्षेत्रसम्मकै लागत स्टिमेट तयार गरेर क्षेत्रीय निर्देशनालयमा पठाइसकेका छौं’–प्रमुख राउतले भने–‘कालोपत्रे बन्छ, बन्दैन भन्ने कुरा अहिलेसम्म गर्भमै छ ।’ उनका अनुसार स्टिमेटमा धरानदेखि बराहक्षेत्रसम्मको २५ किलोमिटर सडक खण्डलाई समावेश गरिएको छ । अर्थमन्त्री कोइराला बुधबार केही सुरक्षा प्रमुखहरुका साथ बराहक्षेत्र मन्दिर दर्शन गर्न पुगेका थिए । त्यहाँबाट फर्कदा उनी चतरास्

छोरीको जन्मदिन पूर्नस्थापना गृहमा(फोटोफिचर)

Image
धरान । आफ्नो सन्तानको जन्मदिनमा आफन्त, छरछिमेकलाई पार्टी दिएर हजारौं रुपैया खर्च गर्ने थुप्रै अभिभावकहरु छन् । तर, यहाँका एक दम्पत्तिले भने आफ्नो छोरीको जन्मदिनमा असहाय एवं अशक्त बालबालिकाहरुसँग फरक शैलीमा मनाए । धरान ४ का सागर र लक्की शेर्पाले शुक्रबार आफ्नी छोरी देक्किला शेर्पाको प्रथम जन्मोत्सव छाताचोकस्थित पूर्नस्थापना गृहका बालबालिकाहरुसँग मनाए । गृहमा आश्रय लिइरहेका विभिन्न जिल्लाका अशक्त एवं असहाय बालबालिका र वृद्धहरुसँग जन्मदिनको केक काटे । उनीहरुलाई जाडोमा न्यानो बनाउने एक एक जोर कपडा वितरण गरे भने बिहानको एक छाक खाना पनि खुवाए । खर्चको सही तरिकाले सदुपयोग गर्ने उद्देश्यले छोरीको जन्मदिन पुर्नस्थापना गृहमा मनाएको बुबा सागर शेर्पाले बताए । ‘छोरीलाई सानैदेखि सामाजिक व्यावहारको छाप बसोस् भन्ने चाहना पनि हो’–उनले भने–‘अनावश्यक खर्च गर्नुभन्दा सही काममा लगानी होस भनेर पनि यसरी जन्मदिन मनाएका हौं ।’ शेर्पा दम्पत्तिले गृहका बालबालिका र वृद्धाहरुको कपडा खरीद गर्न १६ हजार खर्च गरे भने खानामा ५ हजार बढी खर्च गरेका छन् । ‘खर्च ठुलो कुरा होइन, तर कति उपयोगी हुन्छ भन्ने कुरा ठुलो हो ।

चुनावमा हारेपनि प्रतिवद्धता पुरा गछौं : मेन्याङबो

Image
 धरान । मंसिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपनि एकीकृत माओवादीका सुनसरी क्षेत्र नम्बर १ का उम्मेद्वार मुक्सामहाङ मेन्याङबोले पार्टीले शुरु गरेको विकासका योजनाहरुलाई निरन्तर अघि बढाउने प्रतिवद्धता जनाएका छन् । एमाओवादी केन्द्रीय सदस्यसमेत रहेका मेन्याङबोले आफु र पार्टीलाई मतदान गर्ने मतदाता, नेता कार्यकर्ता एवं शुभचिन्तकहरुलाई धन्यवाद दिनेक्रममा चुनावअघि स्थानीयस्तरमा घोषणा गरिएको विकासका योजना एवं प्रतिवद्धताहरुलाई पुरा गरिछाड्ने बताए । समानुपातिक उम्मेद्वारद्धय कमला राई र चलचित्र निर्देशक दिपक श्रेष्ठसहित बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै नेता मेन्याङबोले विकास निर्माणका सबै प्रतिवद्धताहरु पुरा गर्ने बताए । ‘सुनसरी क्षेत्र नं १ बाट एमाओवादी पार्टी र मलाई मतदान गर्नुहुने सम्पुर्ण मतदाता, सबै नेता कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र जनताको हरेक दुःखसुखमा सँगै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’–पत्रकार सम्मेलनमा नेता मेन्याङबोले भने । एमाओवादीले सुनसरी क्षेत्र नं १ मा पर्ने धरान नगरपालिका र पाँचकन्या गाविसको विकास गर्न भन्

डिजिटल मुल्यसुचिले कार्टेलिङ नियन्त्रण

Image
धरान । कृर्षिजन्य उत्पादनको मुल्यमा एकरुपता ल्याउन धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा डिजिटल मुल्यसुचिको बोर्ड राखिएको छ । बजारस्थाललाई किसानमैत्री बनाउने लक्ष्य लिएर व्यावसायिक कृर्षि विकास आयोजना(सिएडिपी)को सहयोगमा बजार सञ्चालक समितिले डिजिटल मुल्यसुचि राख्न थालेको हो । करिब बर्ष दिनअघिदेखि डिजिटल मुल्यसुचि सञ्चालनमा आएपछि मुल्यमा व्यापारीहरुको ‘कार्टेलिङ’ पनि रोकिएको छ । यसको प्रत्यक्ष फाइदा किसान, खुद्रा व्यापारी र उपभोक्ताहरुले उपभोग गर्न पाएका छन् । किसानहरुका अनुसार डिजिटल मुल्यसुचि भएपछि बजारस्थलमा चलेको भाउ थाह हुन्छ । जसले गर्दा किसानहरु ठगिनेबाट जोगिन्छन् । विगतमा डिजिटल मुल्य सुचि नहुदा किसानहरुले चलेको भाउ थाह नपाउदा विचौलिया व्यापारीहरुले धेरै मुनाफा कमाउने गर्थे । ‘पहिला बजार भाउ के कति छ भन्ने थाहै हुदैनथ्यो, यही ल्याउदा पनि हामीले सस्तोमा बिक्री गर्नुपथ्र्यो’–कृर्षि उपज बजारस्थलमा भेटिएका खोकु ५, धनकुटाका किसान विवेक राईले भने–‘अचले यहाँको डिजिटल सुचि हेरेर त्यही भाउ अनुसार व्यापारीहरुलाई बिक्री गछौं ।’ किसानहरुले यही सुचि हेरेर थोक बिक्रेतालाई ५ देखि १० प्रतिशत

नेपाल विश्वकपमा छनौट हुदा धरानमा दिपावली(फोटोफिचर)

Image
धरान । आइसिसि विश्व ट्वान्टी–२० छनौटमा हङकङलाई पराजित गर्दै नेपाल ट्वान्टी–२० विश्वकपमा प्रवेश गरेपछि बुधबार साँझ धरानका युवाहरुले दिपावली गरेर खुशी साँटेका छन् । हङकङलाई ५ विवेटले पराजित गरेर अर्को बर्ष वंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरेपछि त्यही खुशीयालीमा धराने युवाहरुले भानुचौकमा साँझ दिपावली गरेका हुन् । स्वतस्फुर्तरुपमा सामाजिक सञ्चाल फेसुबकमा एकअर्काबीच आह्वान तथा सम्पर्क गरेर भेला भएका युवाहरुले नेपाल लेखिएको दिप प्रज्वलन गर्दै खुशी बाँडेका थिए । युवायुवतीहरुले नेपाल..नेपाल..भन्दै नारा पनि लगाए । युवाहरुले खुशी साट्ने क्रममा क्रिक्रेट खेललाई सरकारले पर्याप्त बजेट विनियोजन गर्न मागसमेत गरेका छन् । ‘नेपालले ट्वान्टी–२० विश्वकप क्रिक्रेट खेल्दैछ, यो सम्पुर्ण नेपालीहरुको लागि गर्वको कुरा हो, त्यसैले नेपाली क्रिक्रेट टिमलाई बधाई र शुभकामना दिदै खुशी मनाउन भेला भएका हौं’–भेलाको पहल गरेका युवा दिपेन्द्र निरौलाले भने–‘क्रिक्रेट खेलमा पाएको सफलताले फेरि एकपटक नेपालीहरुमा राष्टिय एकताको सन्देश दिएको छ ।’ क्रिक्रेट खेलमा एक पछि अर्को सफलता पाइरहेको र विश्वकप खेल

कोल्ड स्टोर नहुदा सुन्तला जोगाउन गाह्रो

Image
 धरान । खोकु ५, धनकुटाका कृषक बालकुमार राईलाई अहिले वगानको सुन्तला हतारमा टिप्ने र धरानको कृषि उपज बजारस्थलमा पुर्याउने चटारो छ । ताजा सुन्तला बजारमा पुर्याउन नसकिए भाउ नपाउला भन्ने चिन्ता त छदै नै छ, एक सातासम्म बिक्री नभईदिए सुन्तला नष्ट हुने डर पनि उतिकै छ । उनलाई मात्रै होइन, यहाँ शीत भण्डारको उचित व्यवस्था नहुदा सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाका किसानहरुलाई यतिबेला यही चिन्ताले घेर्छ । झनै अचानक हुने बन्द, हडताल लम्बिइदिदा हुने पीर भनिसध्यै छैन । ‘शीत भण्डार भइदियो भने हामीलाई धेरै राहत हुनेथियो, बजार भाउ नपाउला र सुन्तला कुहिएर नष्ट होला भन्ने चिन्ता हुदैनथ्यो’–सोमबार धरानमा सुन्तला जेख्दै गर्दा राईले भने । किसानहरु आफै सुन्तला ढुवानी गरेर कृर्षि उपजसम्म ल्याएर कारोबार गर्ने हुनाले पनि भाउ नपाउदा वा बिक्री नहुदाको असर उनीहरुलाई नै पर्छ । किसान एवं व्यापारीहरुका अनुसार किसानहरुले बजारस्थलमा रहेका थोक व्यापारीलाई सुन्तला बुझाउछन् । त्यहाँ बिक्री गरिदिए वापत किसानहरुले ५ देखि १० प्रतिशत रकम थोक बिक्रेतालाई बुझाउछन् । शीत भण्डार नहुदा व्यापारीहरुले लगानी गर्न पनि डराउ

क्वारेन्टाइन जाँच नहुदा सुन्तला निकासी ठप्प

Image
धरान । ‘क्वारेन्टाइन जाँच’को व्यवस्था नहुदा पूर्वी नेपालमा उत्पादित सुन्तला भारततर्फ निकासी हुन सकिरहेको छैन । सुन्तलाले भारतमा राम्रो बजार भाउ पाइरहेको बेला निकासी गर्न नपाउदा यताका कृषक एवं व्यापारीहरु मर्कामा छन् । भारतले तीन बर्षयतादेखि क्वारेन्टाइन जाँच गराएको प्रमाणपत्र माग्न थालेपछि व्यापारीहरुले निकासी गर्न पाएका छैनन् । भन्सार तिरेर पनि निकासी गर्न नपाएपछि कतिपयले चोर बाटोबाट अवैधतरिकाले भारत पठाउने गर्छन् । त्यसरी, भारत पठाउन ‘क्यारिङ एजेन्ट’हरुलाई अत्यधिक कमिशन दिनुपर्दा नाफा हुनै छोडेपछि हिजोआज चोर बाटोबाट पनि सुन्तला भारततर्फ पठाउन छाडेको व्यापारीहरुको भनाई छ । ‘तीन बर्षजति भईसक्यो, क्वारेन्टाइन जाँच नहुदा सुन्तला भारत निकासी गर्न पाएका छैनौं’–सुन्तलाका थोक बिक्रेता ज्ञानबहादुर बस्नेत भन्छन्–‘भारतमा सुन्तलाको राम्रो भाउ पाएको बेला पठाउन नपाउदा किसान र व्यापारीलाई मर्का पर्छ ।’ धनकुटा जिल्लाको खोकुमा उत्पादन हुने सुन्तला नेपालकै उत्कृष्ट एवं स्वादिलो मानिन्छ । खोकुपछि धनकुटाकै छिन्ताङ, मौनाबुधुक, स्याउले, बुढीमोरङ सुन्तला उत्पादनको लागि उर्बर एवं प्रख्यात भुमि हो । यहाँब

रगत नपाएका विरामी बचाउदै बीपीका विद्यार्थी

Image
धरान । ओ पोजेटिभ त्यति दुर्लभ रक्त समुह होइन, तर एकै पटक सात पिन्ट रगत खोज्नु मुगा ९, धनकुटाका नीरबहादुर पुरीको अवस्था निक्कै दयनीय हुन्छ । माइलो छोराको उपचारको लागि प्रत्येक महिना कम्तीमा ७ पिन्ट ओ पोजेटिभ समुहको ताजा रगत चाहिन्छ । त्यसमाथि, बेला बेला हुने रगत अभावले उनलाई थप आहत पार्ने गरेको छ । यस्तो बेला उनको लागि एउटै सहारा बनेको छ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरु । प्रतिष्ठानमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको स्टुडेन्टस् ब्लड डोनेशन कमिटिले केही महिनायता आकस्मिकरुपमा उनको छोरालाई रगतको जोहो गरिदिदै आएको छ । ‘उहाँहरुले धेरै सहयोग पुर्याउनु भएको छ, मेरो लागि त ढुंगा खोज्दा देउता मिले जस्तै भएको छ’–शनिबार रगतको पोको बोक्दै पुरीले भने । उनको माइलो छोरा आनन्दलाई एक्युट मायलोसाइटिक ल्युकेनिया नामको ब्लड क्यान्सर छ । प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई आवश्यक रगत कतैबाट जुट्न सकेन भने ब्लड बैंकले नै डोनेशन कमिटिलाई सम्पर्क गराउछ । कमिटिका नेतृत्वले आवश्यक ब्लड गु्रपका विद्यार्थी पठाइदिएर सहयोग पुर्याइदिने गरेको प्रतिष्ठानस्थित रेडक्रसको

संसदीय समिति गठन पछि भूपू सैनिकको अनसन तोडियो

Image
 धरान । विभिन्न पाँच सुत्रिय माग राखेर तीन साताअघिदेखि बेलायतमा आमरण अनसनमा बसेका भूपू गोर्खा सैनिकहरुले अनसन तोडेका छन् । बेलायत सरकारले भूपू गोर्खाहरुको मागबारे सर्वदलीय संसदीय सुनुवाई समिति गठन गरेपछि भूपू सैनिकहरुले आमरण अनसन तोडेको गोर्खा सत्याग्रह, लण्डन संयुक्त संघर्ष समिति, युकेले जनाएको छ । समितिका संयोजक सन्तोष थलङले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै नोभेम्बर २१ तारिखमा सरकारकोतर्फबाट समिति गठन भएकोले त्यसैदिन अनसन तोडिएको बताए । संसदीय समितिबाटसमेत संघर्ष समितिलाई लिखित प्रतिवद्धता आइसकेकोले भूपू गोर्खा सैनिकहरुको माग सम्बोधन गरिने उनले आशा व्यक्त गरे । ‘बेलायत सरकारले गठन गरेको सुनुवाई समितिले लिखित प्रतिवद्धता पत्र पनि पठाइसकेको छ, यो समितिले हामीमाथि भएको भेदभावका घटना एवं तथ्यहरु, हाम्रो गुनासाहरु संकलन गर्छ र प्रतिवेदन तयार पारेर बेलायत सरकारलाई बुझाउछ’–संयोजक थलङले भने । बेलायतको संसदमा रहेको सबै दलका प्रतिनिधिहरु समावेश भएको यो समितिलाई आगमी जनवरी १५ सम्ममा तथ्यहरु संकलन गरेर प्रतिवेदन तयार पर्ने समय तोकिएको छ । यो समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाईसकेप

सुनसरी क्षेत्र नं १ का सभासद्को प्रोफाइल

Image
संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमालेको तर्फबाट सुनसरी क्षेत्र नं १ बाट विजयी भएका उम्मेद्वार कृष्णकुमार राई प्राज्ञिक एवं राजनीतिक दुवै क्षेत्रमा अब्बल मानिन्छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्दै अघिल्लो संविधानसभा निर्वाचनमा एमालेले गुमाएको विरासत फर्काउन सफल भए । एमालेका राईले १४ हजार ३ सय ८४ मत प्राप्त गरेभने कांग्रेसका श्रेष्ठले १२ हजार ३ सय ३७ मत प्राप्त गरेका थिए । वि.सं. २००१ माघ १० गते साङपाङ–२, भोजपुरमा जन्मिएका राईले प्रमाणपत्र तहको अध्ययन धरानमा सकेर स्नातक तहको अध्ययन गर्न २०२० सालतिर राजधानी छिरेका थिए । उनले काठमाडौंको सरस्वती कलेजबाट राजनीतिक शास्त्रमा स्नातक र त्रि.वि.बाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले ०२७ सालदेखि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा राजनीति शाास्त्रमा प्राध्यापन शुरु गरे । जहाँबाट उनले प्रविणता प्रमाणपत्र तह उर्तीण गरेका थिए । २०३० सालमा नयाँ शिक्षा योजना लागु भएपछि प्राध्यापन पेशाबाट राजिनामा दिएका राईले २९ वर्षको उमेरदेखि राजनीतिक यात्रा शुरु गरेका थिए ।