Posts

Showing posts from February, 2014

टोपी दिवस मनाउदै शनिबार धरानमा र्याली निकालिने

Image
धरान । राष्ट्रिय सँस्कृति राष्ट्रिय शान, यसलाई जोगाउने हाम्रो अभियान भन्ने नारा दिएर शनिबार धरानमा नेपाली टोपी दिवस मनाइने भएको छ । द आर्ट अफ लिभिङ्ग नेपाल, धरान च्याप्टरले मार्च १ लाई राष्ट्रिय टोपी दिवसकोरुपमा मनाउन लागेको हो । संस्थाले टोपी दिवस मनाउने क्रममा शनिबार बिहान आयोजना हुने र्यालीमा नेपाली टोपी लगाएर सहभागी हुन सर्वसाधारणहरुलाई आह्वान गरेको छ । संस्थाका धरान च्याप्टर संयोजक वृदिचन्द अग्रवालले राष्ट्रियताको भावना जगाउनको लागि टोपी दिवस मनाउन लागिएको बताए । मार्च १ को दिन सबै नेपालीले टोपी लगाइदिन पनि उनको आग्रह छ । संस्थाका अनुसार शनिबार बिहान धरान ५ स्थित अग्रसेन भवनबाट शिरमा टोपी पहिरिएर र्याली निकालिनेछ । टोपी नलगाइ आउने सर्वसाधारणलाई पनि संस्थाले पनि टोपी वितरण गर्नेछ । जीवन जिउने कला सिकाउदै आएको विश्वविख्यात संस्था द आर्ट आर्ट लिभिङ्गका संस्थापक श्री श्री रवि शंकर गत बर्ष मार्च १ को दिन धरान आएका थिए । त्यतिबेला पब्लिक उच्चमाविको मैदानमा आयोजित भव्य समारोहमा रवि शंकरलाई स्थानीयबासीले नेपाली पोशाक र टोपी लगाएर स्वागत गरेका थिए । धरानेहरुको भव्य स्वागतसँगै शिरमा

तीन दिने अनलाइन आइटी मेला हुने

Image
धरान । कम्प्युटर तथा सुचना प्रविधिबारे पढाईसँगै बिक्रीवितरण गर्दै आएको धरानस्थित अनलाइन कम्युटरले आइटी मेला आयोजना गर्ने भएको छ । अनलाईनले आफ्नो १३ औं बार्षिकोत्सवको अवसर पारेर यही फागुन १८ गतेदेखि तीन दिने अनलाइन आइटी मेला आयोजना गर्ने जानकारी दिएको छ । सन् २००१ मा स्थापना भएको अनलाइनले मार्च ३ लाई बार्षिकोत्सवकोरुपमा मनाउदै आएको छ । ‘बार्षिकोत्सव मनाउने क्रममा हामीले नयाँ प्रविधिहरुसँग साक्षात्कार गराउने उद्देश्यले आइटी शो गर्दै आइरहेका थियौं, शोलाई नै हामीले परिष्कृत गरेर आइटी मेलाको रुपमा आयोजना गर्ने तयारीमा छौं’–अनलाइनका प्रबन्ध निर्देशक प्रदिप दाहालले भने । उनका अनुसार मेलामा विगतका बर्षहरुमा कस्ता टेक्नोलोजीहरु प्रयोगमा आए र भविष्यमा कस्ता टेक्नोलोजीहरु आउदैछ भनेर आमजनतालाई आइटीमैत्री बनाउने उद्देश्यले मेला आयोजना गरिन लागेको हो । मेलामा सुचना प्रविधिका पछिल्ला उपलब्धीहरुलाई प्रर्दशन गरिनुका साथै सस्तो एवं सुलभ मुल्यमा विक्रीवितरण पनि गरिनेछ । ‘डेल, एसर, एसस, एचपिलगायत चर्चित ब्राण्डका ल्यापटप, ट्याब्लोइट पिसि, विभिन्न ब्राण्डका इन्टरकम, पेनड्राइभ, हार्डडिस्कलगायत प्रर्द

एसएलसी पछिको अन्यौलता हटाउदै युवाहरु

Image
धरान । विद्यार्थीहरुका लागि फलामे ढोका भनिएको एसएलसी परीक्षा दिइसकेपछि जति राहत महसुस गर्छन्, त्यसपछिको अन्यौलताले पनि उनीहरुलाई उतिकै तनाव दिन्छ । खास गरी सरकारी विद्यालयका विद्यार्थीहरु एसएलसी कुन कलेज पढ्ने वा बिषय रोज्ने, आफुले रोजेको बिषय कहाँ पढ्न ठिक हुन्छ भन्नेबारे अनभिज्ञ हुन्छन् । विद्यार्थी र अभिभावकहरुको त्यही अनभिज्ञतालाई हटाउन बिएफआइपि नेपाल नामको एक युवाहरुको सञ्जाल जुटेको छ । वाट आफ्टर एसएलसी ? (एसएलसी पछि के ?) भन्ने सचेतनामुलक शैक्षिक कार्यक्रम लिएर युवाहरु धरानका सरकारी विद्यालयहरु डुल्दैछन् । ती विद्यालयमा युवाहरुले एसएलसी दिन तयारी गरिरहेका विद्यार्थी, शिक्षक र अभिभावकलाईसमेत सचेत गराउने काम गरिरहेको छ । संस्थाका अनुसार धरानमा शहीदस्मृति मावि र पब्लिक उच्चमाविमा एसएलसी दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरेर बिहिबार र शुक्रबार यो कार्यक्रम भइसकेकोछ । विद्यार्थीहरुको मनमा एसएलसी परीक्षा भन्ने बित्तिकै डराउने र परीक्षा सकेपछि के गर्ने भन्ने अन्यौल हटाउन सरकारी विद्यालय लक्षित गरेर कार्यक्रम शुरु गरिएको हो । एसएलसी पछि विद्यार्थी र विद्यालयबीच सामुहि

गल्फको क्षेत्रीय छनौट प्रतियोगिता शुरु

Image
धरान । प्रथम राष्ट्रिय लुम्बिनि च्याम्पियनसिपअन्र्तगतको आयोजना हुन लागेको गल्फ प्रतियोगितामा सहभागीताको लागि पूर्वाञ्चलबाट खेलाडी छनौट शुरु भएको छ । धरानस्थित निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा शुक्रबारदेखि दुई दिने छनौट प्रतियोगिता शुरुवात भएको हो । प्रतियोगितामा पूर्वाञ्चलका २१ जना खेलाडीहरुले सहभागीता जनाएका छन् । स्ट्रोक प्लेको आधारमा शुरु भएको छनौट प्रतियोगिताको पहिलो दिन तीन खेलाडी भने बाहिरिएका छन् । शनिबार हुने अन्तिम छनौट खेलमा अब १८ जना मात्रै सहभागी हुनेछन् । उत्कृष्ट ३ जना खेलाडीले छनौट भएर पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछ । पहिलो दिन १८ होलको खेल सकिदा ४ ओभर ७४ कार्ड बनाउदै विरेन्द्र लिम्बू अग्रस्थानमा छन् । उनीभन्दा एक स्ट्रोकले पछि परेका युवराज भुजेल ५ ओभर ७५ स्कोरका साथ दोस्रो स्थानमा छन् भने हरिबहादुर राई ६ ओभर ७६ स्कोरका साथ तेस्रो स्थानमा रहेका छन् । छनौट हुन सफल ३ खेलाडीले पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै चैत ५ र ६ मा रोयल नेपाल गल्फ क्लबमा राष्ट्रिय प्रतियोगिता खेल्ने सुनसरी गल्फ संघका सचिव तिलक राईले जानकारी दिए ।

विश्वसनीय नभएको भन्दै कांग्रेस क्षेत्रीय समितिले खानेपानी आयोजनाको अनुगमन गर्न समिति गठन

Image
धरान । नेपाली कांग्रेस सुनसरी १ नम्बर क्षेत्रीय समितिले एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा धरानमा शुरु भएको एकीकृत शहरी विकास आयोजनाअन्र्तगतको खानेपानी योजना अध्ययन तथा अनुगमन गर्न एक समिति गठन गरेको छ । कांग्रेस क्षेत्रीय समितिको वैठकले खानेपानी योजनाबारे नगरपालिकाद्धारा जारी श्वेतपत्रले जनतालाई पुर्णरुपमा आश्वास्त पार्न नसकेको ठहर गर्दै योजना अध्ययन तथा अनुगमन समिति गठन गरेको हो । समितिको बुधबार अबेर सम्पन्न बैठकले योजनाका व्यावस्थापक एवं इञ्जिनियर राजु पोख्रेलले ‘हाल टेष्ट भइरहेको र सतप्रतिशत सफल हुन्छ भन्ने छैन’ भन्ने अभिव्यक्तिको कारण अबौंको योजनामा थप शंका उत्पन्न भएकोले समिति गठन गरेको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ । वैठकले क्षेत्रीय सचिव सुजेन्द्र तामाङ संयोजक रहनेको १३ सदस्यीय खानेपानी योजना अध्ययन तथा अनुगमन समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा उमेश थापा, पर्वत राई, अनिल श्रेष्ठ, माधव घिसिङ, द्धारिकानाथ श्रेष्ठ, पुष्प ढकाल, मुरारी भटराई, तिलक राई, सन्तोष बिक, श्यामा रेग्मी, प्राविधिक निर्मल श्रेष्ठ र कानुनी सल्लाहकार विनोद नेपाल रहेका छन् । नेपाली

बीपी प्रतिष्ठानअघिबाट हराएको मोटरसाइकल भेटियो

Image
धरान । सघन उपचार कक्षमा उपचाररत आफ्नी सालीलाई औषधी आवश्यक परेपछि रवि ५ पाँचथरका विरेन्द्र राई तीन अघि(सोमबार) मध्यरातमा हत्तारिदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेट अघि औषधी पसलमा पुगे । मे २ प ७०६३ नम्बरको कालो पल्सरलाई सडक छेउमा रोकेर उनी औषधी पसल छिरे । करिब १० मिनेट पछि हातमा औषधीको झोलासहित फर्कदा उनले छोडेर गएको ठाउँमा मोटरसाइकल थिएन । हत्तारमा ह्याण्डल लक नगरी औषधी लिन गएका उनको मोटरसाइकल चोरी भइसकेको थियो । ‘साली आइसियुमा थियो, हत्तारमा औषधी लिन पुगेको ह्याण्डिल लक नै गर्न भुलेछु, फर्कदा मोरसाइकल गायब भइसकेको थियो’–राईले घटनालाई सम्झिए । फेला परेको मोटरसाइकल धनीलाई हस्तान्तरण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नविन अधिकारी । उनले भोलिपल्ट प्रहरीमा निवेदन दिए । हराइसकेको मोटरसाइकल भेटिएला भन्ने थिएन, त्यैपनि आशा भने मारिहालेनन् । मोटरसाइकल हराएको जानकारी आएपछि प्रहरी, ट्राफिक प्रहरीले चेकजाच कडाई गर्यो, खोजी तीब्र पार्यो । दुई दिनपछि हराएको मोटरसाइकल भेटियो भनेर ट्राफिक प्रहरीबाट फोन आयो । ‘हराएको सामान भेटिदा असाध्यै खुशी छुँ, ट्राफिक प्रहरी

मेडिकल कलेजको अनुगमनमा अख्तियार र काउन्सिल

Image
धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मेडिकल काउन्सिलको संयुक्त टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन शुरु गरेको छ । भौतिक पूर्वाधार एवं स्रोत, साधान पर्याप्त भए नभएको बिषयमा अख्तियार र काउन्सिलको संयुक्त केन्द्रीय टोलीले प्रतिष्ठानमा मंगलबारदेखि अनुगमन शुरु गरेको हो । मेडिकल माफियाको चंगुलमा फसेर जथाभावी सम्बन्धन दिदा केही मेडिकल कलेजहरुले न्युनतम मापदण्ड पुरा नगरेको र जनशक्ति पनि केही समयको लागि भाडामा ल्याएको खुलेपछि अख्तियार र काउन्सिलको टोली मेडिकल कलेजहरुको अनुगमनमा निस्किएको बताइएको छ । प्रतिष्ठानले नियमित प्रक्रिया अन्र्तगत टोली आएको बताएपनि अख्तियारले भने प्रतिष्ठानको समग्र बिषयमा छानबिन हुने जनाएको छ । यद्यपी, टोलीमा संलग्न अख्तियार कर्मचारीहरु ‘भित्रि कुरा’ भएकोले बोल्न नमिल्ने बताउछन् । ‘भित्रि कुरामा प्रवेश छ, त्यसैले बोल्नै मिल्दैन’–टोलीमा रहेका अख्तियारका एक कर्मचारीले भने । अख्तियारको उपसचिव लक्ष्मी निरौलाको नेतृत्वमा आएको ६ जनाको टोली बिहिबारसम्म प्रतिष्ठानको आवश्यक अनुगमन गर्नेछ । यो केन्द्रीय टोलीमा अख्तियारको क्षेत्रीय कार्य

कतारमा जलेका पदमलाई दुबईबाट सहयोग, उपचारमा अझै समस्या

Image
धरान । कतारमा जलेर गम्भीर घाइते भइ घर फिरेका धरान ११ मंगलबारेका पदमबहादुर श्रेष्ठलाई दुबईमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावले श्रेष्ठको उपचारमा समस्या भइरहेको जानकारी पाएपछि जोइन ह्याण्डस् सेभ लाइफ नामको संस्थाले केही आर्थिक सहयोग पठाइदिएको हो । संस्थाका संस्थापक एवं अंखु लामाको पहलमा हाल दुबईमा कार्यरत नेपालीहरुबाट संकलन भएको ६ हजार २ सय ५५ रुपैया श्रेष्ठलाई प्रदान गरिएको छ । संस्थाका अध्यक्ष डम्बरसिंह लिम्बू, दृष्टि नेपालकी वन्दना थापालगायत श्रेष्ठको घरमा पुगेर सो रकम हस्तान्तरण गरेका थिए । यो संस्थाले अशक्त, असहाय एवं सहराबिहिन बालबालिका तथा व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ । श्रेष्ठको उपचारमा अझै धेरै खर्च लाग्ने भएकोले देश, विदेशबाट थप सहयोग जुटाउन पहल भइरहेका संस्थाका अध्यक्ष डम्बरसिंह लिम्बूले बताए । उनका अनुसार श्रेष्ठको शरीर पाक्न नदिन प्रोटिन एवं पोषणयुक्त खाना जरुरी भएपनि आर्थिक अभावले समस्या भइरहेको छ । यस्तै, अप्रेशन पछि ड्रेसिङ गर्न विराटनगर धाइरहनु पर्दा श्रेष्ठको परिवारले धेरै आर्थिक समस्या भोग्नु परिरहेको पनि उनले बताए । ‘अर्को पटक पनि अ

संगीतमय मिस पूर्वाञ्चल

Image
धरान । बौद्धिक एवं बाहिरी सौन्दर्य क्षमताले पाँचौ मिस पूर्वाञ्चलको ताज कसले पहिरिएला भन्ने कौतुहलता बोकेर पूर्वका विभिन्न ठाउँबाट दर्शकहरु निर्धारित समयमै सभागृह पुगिसकेका थिए । चार बजे कार्यक्रम शुरु हुने भनिएतापनि निर्धारित समयमा कार्यक्रम शुरु गर्न आयोजक हतारिएनन् । करिब ढेड घण्टापछि बल्ल कार्यक्रम शुरु भयो । त्यसपछि दर्शकहरुले पूर्वेली सुन्दरीहरुको प्रतिभा मात्रै देख्न पाएनन्, स्थानीय एवं चर्चित राष्ट्रिय कलाकारहरुको प्रत्यक्ष प्रस्तुतीबाट पनि भरपुर मनोरञ्जन लिन पाए । शुरुमा गायकहरुको प्रस्तुतीले मिस पूर्वाञ्चललाई अवरोध गरेझै ठानेका दर्शकहरुले अन्त्यसम्म पुग्दा भने आफुलाई संगीतमय वातावरणमा ढालिसकेका थिए । पहिलो राउण्ड सकिएलगत्तै स्टेजमा देखा परे, गायक एपी शेर्पा । उनले खबर एल्वमबाट के छ हौ हजुरको खबर..गाउदै सुन्दरी प्रतियोगितालाई संगीतमय बनाउन शुरुवात गरे । त्यसपछि, डम्फु बजाउदै बोलको तामाङ शैलीको गीत गाए । दुई वटा गीत सकेर स्टेज छोड्न लागेका उनलाई आयोेजकले थप एउटा गीत गाउन लगाएपछि भने दर्शकदीर्घाबाट हुटिङ शुरु भयो । गायक शेर्पापछि निर्णायकहरुले छनौट गरेको टप १० सुन्दरीहरुक

चेकिङमा युवामाथि लाठी प्रहार, प्रहरी ज्यादती भएको गुनासो

Image
धरान । प्रहरीले मोटरसाइकल चेकिङको क्रममा लाठी प्रहार गरेर घाइते बनाएको एक युवाले आरोप लगाएका छन् । धरान १५ बगरकोटस्थित हुक्का हाउसका सञ्चालक सुरज राईले सोमबार राती करिब ९ बजे घर फर्कदै गर्दा चेकिङमा रहेका प्रहरीले एक्कासी लाठी प्रहार गरेको आरोप लगाएका हुन् । प्रहरीको लाठीबाट उनको दायाँ निधारमा चोट लागेको छ । लाठी प्रहारले घाइते भएका राईलाई थप उपचार गर्न लैजाने भन्दै प्रहरी कार्यालय पुर्याएर कुटपिट गरेको पनि पीडित पक्षले आरोप लगाएको छ । प्रहरीले भने हेल्मेट विना आएका राई चेकिङको क्रममा नरोकेपछि सो घटना भएको दाबी गरेको छ । साथै, प्रहरीले उपचार गर्न लैजान खोज्दा राई आफै नमानेको डिएसपी सञ्जयसिंह थापाको भनाई छ । पीडित राईका अनुसार राती करिब ९ बजेतिर बगरकोटस्थित हुक्का हाउस बन्द गरेर घर फर्कदै गर्दा सो घटना भएको थियो । धरान १५ स्थित शिक्षा सदन उच्चमावि नजिककै रहेको घरअघि पुगेपछि एक्कासी सिठी बजेको र लोडसेडिङको कारण चेकिङ थाह नपाएको उनको भनाई छ । ‘म साथीको मोटरसाइकल चलाएर घर आउदै थियौं, हेल्मेट लगाएको थिइन, गल्ती थियो तर त्यसको सजाय एक्कासी लाठी प्रहार गर्नु ठिक हो कि होइन ?’–मंगलबार इल

लठ्याउने खानेकुरा दिएर वृद्धालाई लुटपाट

Image
 धरान । एउटै गाउँको वासिन्दा भएको भनेर नजिकिएकी अपरिचित युवतीबाट एक वृद्धा लुटिएकी छिन् । मोरङको लेटाङमा बसोबास गरिरहेकी ७० बर्षीय वृद्धा डिल्लीमाया लिम्बूको साथबाट ती युवतीले सुनको गरगहना र नगद १७ हजार लुटेर लगेका छन् । अचेत अवस्थामा पथरीमा भेटिएकी वृद्धाको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उपचारपछि उनको होस खुलिसकेको छ । ती युवतीले कोक र डोनोट खान दिएपछि होस गुमेको वृद्धाको भनाई छ । वृद्धाको साथबाट सुनको चुरा, औठी, कण्ठा, ढुंग्रीलगायत करिब ८ तोला सुनका गरगहना, मोवाइल र साथमा भएको नगद फेला नपरेको जेठा छोरा झलकबहादुरले बताए । घटना विवरणअनुसार वृद्धा सोमबार सुनसरीको चक्रघटीस्थित छोरीका घरबाट नातिनी सकुनको साथमा धरान आएका थिए । धरानबाट नातिनी धनकुटा जानुपर्ने थियो । वृद्धालाई लिन लेटाङबाट नाति विवेक आएका थिए । मध्यान्ह करिब बाह्र बजेतिर एक युवती आफु पनि लेटाङकै बासिन्दा भएको भन्दै वृद्धासँग नजिकिइन् । सकुन धनकुटा जानुपर्ने भएकोले बजु(वृद्धा)लाई बसपार्कको प्रतिक्षालयमा छोडेर दुवै जना पहाडी रुटमा चल्ने बसको टिकट काउण्टरतर्पm लागे । करिब १० मिनेट

नेमिता बनिन् पाँचौ मिस पूर्वाञ्चल(फोटोफिचर)

Image
धरान । राजघाट ८, मोरङकी २० बर्षीय नेमिता आङबुहाङ लिम्बूले पाँचौं नेपाल आइस मिस पूर्वाञ्चल २०१४ को उपाधि जितेकी छिन् । सोमबार राती धरान सभागृहमा अबेर राती सम्पन्न प्रतियोगिताको फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् । प्रतियोगिताका मुख्य निर्णायक रहेका चौधरी ग्रुपका सिनियर जेनरल मेनेजर ए.के.द्धिवेदीले सोधेको प्रश्नको अन्य प्रतिस्पर्धीभन्दा फरक एवं उत्कृष्ट जवाफ दिएपछि उनी ताजको हकदार बनिन् । निर्णायक चौधरीले ‘नेपालको प्रतिनिधित्व गर्दै मित्रता गाँस्ने अवसर पाउनु भयो भने कुन देशसँग मित्रता गाँस्नु हुन्छ र किन ?’ भन्ने प्रश्न सोधेका थिए । यसको जवाफमा नेमिताले भनेकी थिइन्–‘मेरो लागि सबै राष्ट्र मित्र हुन्, मित्र राष्ट्रलाई सम्मान गर्छु । यस्तो मौका पाउनु राम्रो भएपनि म मित्रता गाँस्नु भन्दा आफ्नै मुलुकलाई सवल र सशक्त बनाउन तर्फ लाग्नेछु । यहाँका युवा, महिलालाई सशक्तिकरण गदैै राष्ट्रको विकासमा सहभागी गराउनेछु, अरुमा भर पर्नुहुदैन । हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ पब्लिक च्वाइसको टाइटल पनि जितेकी नेमिताले ताजसँगै यामाहा रे स्कुटी हात पारिन

नेशनल एकेडेमीद्धारा उत्कृष्ट विद्यार्थी तथा खेलाडीलाई सम्मान

Image
धरान । नेशनल एकेडेमी उच्चमाविले उत्कृष्ट विद्यार्थी र आफ्ना सफल खेलाडीहरुलाई सम्मान गरेको छ । होटल रत्नाइनमा सोमबार एक कार्यक्रम आयोजना गरि एकेडेमीले उत्कृष्ट विद्यार्थी एवं खेलाडीहरुलाई सम्मान गरेको हो । एकेडेमीले कक्षा ११ मा सर्वोत्कृष्ट अंक ल्याउन सफल सेरिमा लिम्बू र प्लस टु(कक्षा ११ र १२)को परीक्षामा उत्कृष्ट अंक ल्याउने रोमन इङ्नामलाई सम्मान गरेको छ । यस्तै, हिसान स्पोट्स मिटअन्र्तगत बास्केटवल प्रतियोगितामा च्याम्पियन बनेका खेलाडी विद्यार्थीहरुलाई पनि मेडल तथा प्रमाणपत्रद्धारा एकेडेमीले सम्मान गरेको छ । यसैगरि, सोही कार्यक्रममा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्र्तगत राजधानीमा आयोजना भएको प्रथम नाई यु–२० राष्ट्रिय बास्केटवल प्रतियोगितामा सुनसरी जिल्लाको प्रनिनिधित्व गर्दै जाने एकेडेमीका विद्यार्थी खेलाडी तथा प्रशिक्षक पनि सम्मानित भएका थिए । सो प्रतियोगितामा एकेडेमी क्वार्टरफाइनलसम्म पुगेको थियो । यस्तै, गत जनवरीमा थाइल्याण्डमा आयोजित युथ एसियन बक्सिङ च्याम्पियनसिपमा भाग लिएका एकेडेमीका विद्यार्थी सौरभ लामालाई पनि सम्मान गरिएको थियो । नेशनल एकेडेमीका प्राचार्य हर्क

दृष्टिविहिन टिकारामको गायक बन्ने धोको

Image
धरान । उनी जन्मदै संसार अध्यारो थियो । आमा बुबाले थुप्रै अस्पतालमा पुर्याए, तर आँखाको ज्योति भने फर्काउन सकेनन् । बाहिरी संसार अध्यारो भएपनि आफ्नो भविष्यको गोरेटो भने उनले पहिल्याइसकेका छन् । सुन्दरपुर गाविस ८, उदयपुरका यी २४ बर्षीय दृष्टिविहिन युवा टिकाराम राई भविष्यमा सफल गायक बन्ने धोको छ । उनी त्यही धोको पुरा गर्न सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका छन् । माघ पहिलो सातादेखि शुरु भएको पूर्वाञ्चल स्टार २ मा उनी विभिन्न चरण पार गर्दै उत्कृष्ट २५ भित्र छनौट भइसकेका छन् । सांगीतिक क्षेत्रमा भविष्य खोज्दै उनी अडिशन दिन बेला बेला धरान आइपुग्छन् । उनको गीत,संगीतप्रतिको लगाव सानै उमेरदेखिको हो । बाहिरी संसार अध्यारो भएपछि उनको मन वहलाउने माध्यम गीत,संगीत बन्न पुग्यो । उनले करिब १० बर्षको उमेरदेखि नै गीत गुन्गुनाउन थालेका हुन् । मादल र हार्मोनियम मजाले बजाउन सक्छन् । संसार देख्न नपाएपनि आफु भित्र भएको गायन प्रतिभा सबैलाई देखाउने चाहना भएको राई बताउछन् । ‘दृष्टिविहिन, अपांगता भएका व्यक्तिहरुलाई समाजले के नै पो गर्न सक्छ र ! भनेजस्तो गर्छन्’–राईले भने–‘तर, अवसर पाउदा हामी जे पनि गर्न सक्छौ