Posts

Showing posts from June, 2017

उत्साहजनक मतदान, धरानमा ६५ प्रतिशत मत खस्यो(फोटोफिचर)

Image
धरान,असार १४ । बिहानै झरीले केही समय अवरोध पुर्याएपनि बुधबार प्रदेश नं १ अन्र्तगत धरान उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा उत्साहजनक मतदान भएको छ । निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार बुधबार धरानमा ६५ प्रतिशतको हाराहारीमा मतदान भएको छ । जिल्लाभरमा भने ७० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान छ । कार्यालयका अनुसार धरानमा ५३ हजार ७ सय ६९ मत खसेको छ । धरानको कुल मत भने ७९ हजार २ सय ८२ रहेको थियो । जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता शान्तिबहादुर अधिकारीका अनुसार बुधबार मतपेटिका संकलन, बुझबुझारथसँगै सर्वदलीय बैठक बस्ने र बिहिबार बिहानदेखि मात्र मतगणना शुरु हुनेछछ । सुनसरीमा धरान र इटहरी दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँ पालिका गरी कुल १२ स्थानीय तह छ । ती स्थानीय तहमा १ सय ६६ मतदानस्थल र ४ सय ८५ मतदान केन्द्र तोकिएको थियो । यहाँ कुल ४ लाख २१ हजार १ सय ५९ मतदाता छन् । यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि सुनसरीमा ६६.२५ प्रतिशतको हाराहारीमा मत खसेको थियो । झण्डै दुई दशकपछि स्थानीय तहको निर्वाचन भएकोले पनि चासो र उत्साहपुर्वक मतदान भएको धरानस्थित निर्वाचन

धरानलाई भ्रष्टचारमुक्त बनाउछौं: गठबन्धनका उम्मेदवारद्धय

Image
धरान, असार १० । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टीलगायत ९ दलीय गठबन्धनका मेयर र उपमेयर पदका उम्मेदवार द्धयले धरान उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त बनाउने उद्घोष गरेका छन् । चुनावी गठबन्धनले शनिबार भानुचौकमा आयोजना गरेको विशाल सभामा बोल्दै मेयरका उम्मेदवार अइन्द्रबिक्रम बेघा र उपमेयरका उम्मेदवार पारस काङमाङ राईले धरान उमहानगरमा विकास, निर्माणको नाममा भ्रष्टचार भइरहको दाबी गर्दै त्यसलाई अन्त्य गर्ने बताए । मेयर उम्मेदवार बेघाले चुनावमा जित भएर स्थानीय सरकारको जिम्मा पाएपछि धरानबाट भ्रष्टचारको जरो उखेल्ने बताए । ‘जनताले बाटो, घर बनाउदा उपमहानगरपालिकाले धेरै दुःख दिइरहेको छ । भ्रष्टचार छ, त्यसको संरक्षक कुन पार्टी हो भन्ने हामीलाई थाह छ, अब हामी त्यसको जरो उखेल्छौं,’ बेघाले भने ‘तपाई हामी हिड्ने बाटो, कल्भर्ट, खानेपानी र नगरको सुविधामा भ्रष्टचार हुने छैन, हामी हुन पनि दिदैनौं ।’ प्रत्येक घरलाई १० युनिट विजुली र १० हजार लिटर पानी निःशुल्क दिने घोषणालाई पपुलिष्ट नारा भनिएको भन्दै बेघाले त्यसलाई कार्यान्वयन गरेरै छोड्ने बताए । जितेपछि

लालकिल्ला तोड्छौ: कांग्रेस

Image
धरान,असार ९ । २०४६ सालयताको सबै निर्वाचनमा जित हासिल गरेर पनि कम्युनिष्ट जनप्रतिनिधिहरुले धरानको विकासमा स्मरणयोग्य योगदान नगरेको आरोप लगाउदै नेपाली कांग्रेसका नेता तथा उम्मेदवारहरुले यसपाली लालकिल्ला तोड्ने दाबी गरेका छन् । कांग्रेसद्धारा शुक्रबार भानुचाौकमा आयोजित वृहत चुनावी आमसभामा बोल्दै कांग्रेस नेता तथा उम्मेदवारहरुले जनताले यसपटक कांग्रेसलाई विश्वास गरेको र मत दिएर कांग्रेसलाई जिताउने दाबी गरेका हुन् । २०४६ सालपछि ६ पटक एमाले र एकपटक माओवादीले जितेपनि धरानको विकास, आर्थिक समृद्धि र जनताको आवश्यकतालाई वामपन्थी जनप्रतिनिधिहरुले पुरा गर्न नसकेको कांग्रेस नेताहरुले आरोप लगाए । कांग्रेस नेता अर्जुन नरसिंह केसीले जनताको हकअधिकार कुण्ठित हुँदा नेपाली जनताले जहिल्यै पनि लोकतन्त्रको लागि लडेको स्मरण गर्दै जनताको चाहना, आवश्यकता र विकास पनि कांग्रेसकै नेतृत्वमा पुरा भएको जिकिर गरे । ‘कांग्रेस मात्रै राष्ट्रिय एकताको पक्षमा रहेको छ, र स्थानीयस्तरमा जनताको आवश्यकता, समृद्धि, विकासलाई पुरा गर्न प्रतिवद्ध भएको पार्टी हो,’ नेता केसीले भने, ‘धराने जनताले अहिलेसम्म कम्युनिष्टहरुलाई मात्र जि

एकल महिला दिवसमा सम्मान

Image
धरान,असार ९ । ७ औं अन्र्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा शुक्रबार धरानमा विभिन्न महिला व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । मानवअधिकारको लागि महिला एकल महिला समुह सुनसरीले धरान उपमहानगरपालिकास्थित कर्मचारी एशोसिएशनको हलमा एक कार्यक्रमको आयोजना गरी संस्थागत एवं क्षमता विकासमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको हो । सोही अवसरमा उच्चशिक्षामा प्रोत्साहन गर्न एसइइ परीक्षा उर्तीण गरेका एकल महिलाका सन्तानहरुलाई पनि नगद पुरस्कार दिइएको थियो । समुहकी जिल्ला अध्यक्ष जयन्ती लाखेका अनुसार समुहको संस्थागत एवं क्षमता विकासको लागि सहयोग गर्ने एमाले नगर उपाध्यक्ष नारायण सुवेदीसहित समाजसेवी सरला कायस्थ, मीना पुलामी मगर, सकुन्तला भुषाल, रम्भा कर्मचार्य, नैनकला न्यौपाने र जमुना त्रिखत्री मोक्तानलाई सम्मान गरिएको थियो । यस्तै, समुहको अवसर कोषमा आर्थिक सहयोग गर्ने महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्रचार्य, सुनिता केसी राई, मिना पुलामी, उर्मिला प्रधान, सीता मादेम्बा र सरला कायस्थलाई पनि सम्मान गरिएको थियो ।  सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि एवं उपमहानगरपालिकाकी महिला शाखा फोकल पर्सन हेम

माओवादीले बाड्यो सुकुम्बासीलाई नमुना धनीपुर्जा

Image
धरान,असार ९ । चुनावको मुखमा सुकुम्बासी मतदाताहरुलाई प्रभावित पार्न नेकपा माओवादी केन्द्रले धरानका सुकुम्बासीहरुलाई नमुना घरधनी पुर्जा(बसोबास)को प्रमाणपत्र बाडिरहेको पाइएको छ । माओवादी केन्द्रले चुनाव जितेपछि सोही किसिमको घरधनीपुर्जा(बसोबास)को प्रमाणपत्र वितरण गर्ने भन्दै धरानका सुकुम्बासीहरुलाई नमुना धनीपुर्जा बाडेको हो । माओवादी केन्द्र धरान उपमहानगर समितिले धरान उपमहानगरपालिका नगरकार्यकापालिका कार्यालयको नाममा घरधनीपुर्जा बनाएको छ । शुक्रबार वडा ५, देवी गाउँ र देउरालीमा स्थलगत रिपोर्टिङमा पुग्दा माओवादीका वडा उम्मेदवार र कार्यकर्ताहरुले सुकुम्बासीहरुलाई औठाछाप गराउदै घरधनीपुर्जा वितरण गरिरहेका थिए । धरानका सबै राजनीतिक पार्टीहरुले सुकुम्बासीहरुलाई घरजग्गाको स्वामित्व दिलाउने प्रतिवद्धता जनाएको छ । तर, माओवादीले भने सुकुम्बासी मतदातालाई रिझाउन निर्वाचन आचारसंहिता विपरीत घरधनीपुर्जाको नमुना नै बाँडेको हो । माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै अन्य पार्टीहरुले चर्को विरोध गरेको छ भने सुकुम्बासीहरुकै हकहितको लागि गठित नेपाल बसोबास बस्ती संरक्षण समाजले पनि