Posts

Showing posts from February, 2018

अवैध बैकिङ करोबार:धरानमा करिब ७ करोड करोबारको पासबुकसहित दम्पत्ति पक्राउ

Image
धरान,फागुन ६ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)सहितको प्रहरी टोलीले आइतबार आइतबार मोरङ र सुनसरीमा अवैधरुपमा बैकिङ कारोबार गरिरहेको कम्पनी तथा सुनपसलमा एकसाथ छापा मारेको छ । अनुमति नलिईकन अवैधरुपमा वित्तिय एवं आर्थिक कारोबार गरिरहेको सुचनाको आधारमा अनुसन्धान गरिरहेको ब्युरोले आइतबार एक साथ विभिन्न स्थानमा छापा मारेको हो । टोलीले धरानको हलेसी गहना गृह र इन्भेस्टमेन्ट प्रालिका सञ्चालक दम्पत्तिलाई दिउँसो पक्राउ गरेको थियो भने इटहरीमा राती अबेरसम्म पनि अप्रेशन जारी थियो । मोरङको विराटनगरमा पनि छापा मारेको प्रहरी स्रोतले जनाएको छ । धरानबाहेक अन्यत्रको नाम भने खुलिसकेको छैन । ‘केही पक्राउ परेका छन्, अप्रेशन जारी छ । अहिल्यै केही बताउन सकिदैन,’इटहरीको अप्रेशनमा संलग्न एक प्रहरी अधिकृतले भने,‘सबैतिर अप्रेशन चलेकोले भोली मात्र भन्न सक्छौं ।’ धरानबाट भने प्रहरी टोलीले हलेसी इन्भेस्टमेन्ट र गहना गृहका सञ्चालक दम्पत्ति चन्द्र गजमेर र श्रीमति अनितालाई पक्राउ गरेको छ । दुवै इलाका प्रहरी कार्यालय धरानको हिरासतमा छन् । हलेसी गहना र इन्भेस्मेन्ट प्रालिको नाममा फरक फरक पासबुक बनाएर गजमेर

बालिका वलात्कार प्रकरण:वडाअध्यक्षसहित तरुण दलका सभापति, उपसभापति फरार

Image
धरान,फागुन ५ । आर्थिक चलखेलमा बालिका बलात्कारको घटनालाई मिलापत्र गराई गुपचुप गरिएको पाइएपछि सुनसरी जिल्ला प्रहरी प्रमुख(एसपी)समेत निलम्बनमा परेको घटनामा क कस्ले कति रकम लिए भनेर अझै खुल्न सकेको छैन । घटनाका मुख्य अभियुक्तद्धय धरानका जग लिम्बू र विराटनगरका मनिष भनिने जीवन श्रेष्ठ पक्राउ परिसके पनि मिलापत्र गराउन मुख्य भुमिका खेल्ने विचौलियाहरु पक्राउ पर्न नसकेपछि रकमको भागवण्डा रहस्यकै गर्भमा छ । प्रहरीका अनुसार घटनामा मिलापत्र गराउन तरहरा निवासी सिजन गुरुङ र धरानका सन्तोष बिकले मुख्य भुमिका खेलेका थिए । गुरुङ कांग्रेसका भातृ संगठन तरुण दलको जिल्ला सभापति हुन् भने बिक उपसभापति हुन् । राजनीतिको आवरणमा गुण्डागर्दी र ठेक्कापट्टाबाट अकुत सम्पत्ति कमाएको दुवैको पृष्ठभुमि हो । यस्तै, मिलापत्र गराउन इटहरी वडा नं २० का अध्यक्ष मणिराम श्रेष्ठको पनि संलग्नता रहेको खुलिसकेको छ । मिलापत्रमा उनले हस्तक्षर समेत गरेका छन् । उनी वडाअध्यक्षमा कांग्रेसबाट निवार्चित भएका थिए । विचौलियाहरुलाई खोजी गरिरहे पनि फरार भएकोले फेला नपरेको प्रहरीको भनाई छ । Sijan Gurung विचौलियाहरु पक्राउ नपर्दा घटना गुपचु

खानेपानीको रिजर्ब वेयर विवाद: सकियो उत्खनन,भेटिएन पुरात्तात्विक वस्तु

Image
धरान, फागुन ५ । पुरात्तात्विक महत्वको क्षेत्र भन्दै विवाद शुरु भएको धरान १४ स्थित खानेपानी आयोजनाको रिजर्ब वेयर(पानीटंकी) निर्माणस्थलमा पुरात्तत्व विभागको परीक्षण उत्खनन कार्य(ट्रायल ट्रेञ्च) सकिएको छ । दुई वटा ट्रेञ्च बनाएर तीन दिनदेखि जारी उत्खनन करिब २ फिट गहिराईसम्म पुग्दा पनि पुरात्तात्विक वस्तु, साँस्कृतिक एवं मानवीय क्रियाकलापको अवयवहरु भएको निसान वा अवयव नभेटिए पछि थप गहिराइमा उत्खनन नगर्ने निर्णय गरिएको विभागले जनाएको छ । ‘हामीले २ वटा ट्रेञ्च बनाएर २ मिटरभन्दा गहिराईसम्म पुग्यौं, २ वटा लेयर पायौं, एउटा अर्थ लेयर र त्यो मुनिको लेयर रातो माटो मात्र छ,’विभागको स्मारक संरक्षण शाखा प्रमुख सन्दीप खनालले भने,‘कुनै पनि पुरात्तात्विक वस्तु, साँस्कृतिक वा मानवीय क्रियाकपालपको निसान,अंश भेटिएन । यसको मतलव अब जति तल खन्दा पनि केही भेटिदैन भन्ने हो,त्यसैले उत्खननलाई रोक्यौं ।’ पानीटंकी बनाउन दिने कि नदिने विवाद चर्किदै गएपछि संघर्ष समिति र उपमहानगरपालिका दुवैले पुरात्तत्व विभागलाई गुहारेका थिए । विभागले भने पानीटंकी बनाउने भनिएको ठाउँमा बिहिबारदेखि पुरात्तात्विक वस्तु भए नभएको पत्ता

खानेपानी आयोजनाको रिजर्ब वेयर विवाद:पुरात्तत्वले उत्खनन गर्ने

Image
धरान, फागुन २ । सेनकालीन मानिएको धरान १४ स्थित विजयपुर दरबार क्षेत्रमा खानीपानी आयोजनाले रिजर्ब वेयर निर्माण गर्न रुखहरु फडानी गरेपछि विवादित बनेको स्थानमा पुरात्तत्व विभागले उत्खनन गर्ने भएको छ । माघ अन्तिम साता क्षेत्रीय संग्रहालय प्रमुखलाई स्थलगत अध्ययनको लागि पठाएको विभागले रिजर्ब वेयर निर्माणस्थलमा उत्खनन गर्ने जनाएको हो । चार किरातजन्य संघसंस्थाको अगुवा एवं जिल्ला, केन्द्र समितिसँग १८ बुँदे सहमति गरेपनि विरोध मत्थर नभएपछि धरान उपमहानगरपालिकाले विभागलाई गुहारेको थियो । उपमहानपालिकाले उत्खनन गरिदिन भन्दै पत्राचार गरेपछि विभागले २ सदस्यीय टोलीलाई उत्खनन गर्न धरान पठाएको छ । विभागबाट स्मारक संरक्षण शाखा प्रमुख सन्दिप खनाल र पुरात्तत्व शाखाका अधिकृत विष्णु पाठक धरान आएका छन् । बुधबार धरान आइपुगेको टोलीले बिहिबारबाट विवादित स्थानमा उत्खननको काम शुरु गर्ने जनाएका छन् । स्मारक संरक्षण शाखा प्रमुख खनालका अनुसार अहिले प्रारम्भिक चरणको उत्खनन कार्य(ट्रायल ट्रेञ्च) मात्र हुनेछ । यो उत्खननबाट नै रिजर्ब वेयर बनाउन लागिएको स्थान पुरात्तात्विक दृष्टिकोणबाट महत्वपुर्ण छ कि छैन भनेर प्रष्ट ह

खानेपानी आयोजना रिजर्ब वेयर विवाद: विजयपुर दरबार क्षेत्रमा पुरात्तत्वको चासो

Image
धरान, माघ २६ । सेनकालीन विजयपुर दरबार क्षेत्रमा रुख फडानी गरेर खानेपानी आयोजनाले रिजर्ब वेयर निर्माण गर्दा पुरात्तात्विक क्षेत्र एवं सम्पदालाई क्षति पुग्ने भन्दै उठेको आवाजप्रति पुरात्तत्व विभागले पनि गम्भीर चासो देखाएको छ । संरक्षण गर्नुपर्ने पुरात्तात्विक महात्वको दरबार क्षेत्रमा पानीटंकी निर्माण गरिन लागेको भन्दै ध्यानाकर्षण पत्र पुगेपछि विभागले गम्भीर चासो देखाउदै क्षेत्रीय संग्रहालय प्रमुखलाई स्थलगत अध्ययन गर्न खटाएको छ । पुरात्तत्व विभागका उपसचिव सन्दिप खनालले पानीटंकीले पुरात्तात्विक दरबार क्षेत्रमा असर पर्छ भन्ने निवेदन आएकोले स्थलगत अध्ययन गर्न क्षेत्रीय संग्रहालय प्रमुखलाई खटाएको बताए । उनका अनुसार विजयपुर दरबार सम्पदा क्षेत्रमा पर्ने भएकोले पानीटंकी निर्माण हुदा संरचना बिग्रन्छ कि बिग्रदैन भनेर अध्ययन हुनेछ । ‘विजयपुर दरबार सम्पदा क्षेत्रमा समावेश छ । पानीटंकीको लागि खन्ने भनेको ठाउँ र दरबार क्षेत्रको दुरी कति छ, खन्दा संरचना बिर्गन्छ कि बिग्रदैन, यो सबै अध्ययन हुन्छ,’उनले भने,‘पानीटंकी संरक्षित क्षेत्रमा हो भने विभागसँग पनि स्वीकृति लिनुपर्छ ।’ विभागको निर्देशन अनुस

बीपीका पुर्वउपकुलपति दासलाई कारबाहीको सिफारिश,भविष्यमा कुनै पनि सरकारी र अर्धसरकारी नियुक्ती मनोनयनमा अयोग्य ।

Image
धरान,माघ २५ । स्पोन्सर कोटामा चलखेल गरी अनियमित तरिकाले अयोग्य विद्यार्थी भर्ना गरेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति डा.बलभद्र प्रसाद(बीपी) दासलाई कारबाहीको सिफारिश गरिएको छ । सरकारले मेडिकल कलेजको सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, सिट तथा शुल्क निर्धारण लगायत बिषयमा छानबिन गर्न गठन गरेको ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग २०७४’ को प्रतिवेदनमा कारबाहीको सिफारिशमा परेका ४२ उच्च पदाधिकारीहरुमध्ये प्रतिष्ठानका पुर्वउपकुलपति दास पनि एक हुन् । आयोगले पुर्वउपकुलपति डा.दासलाई भविष्यमा कुनै पनि सरकारी र अर्धसरकारी नियुक्ती मनोनयनमा अयोग्य हुने गरी सिफारिश गरेको छ । डा.दासको उपकुलपतिको पदावधि सकिएपनि उनी प्रतिष्ठानमा कार्यरत छन् । उनी प्रतिष्ठानको फर्माकोलोजी(औषधीशास्त्र) विभागका प्राध्यापक हुन् । डा.दासलाई स्पोन्सर सिफारिश आएको भन्ने निहुँमा अन्य प्रक्रिया पुरा नगरी मेरिट लिष्टमा रहेका प्रतिभाशाली विद्यार्थीहरुको हक छिन्ने र अप्रत्यक्षरुपमा चलखेल गरी अनियमित तवरमा अयोग्य विद्यार्थी भर्ना गरेर जानाजानी कानुन कानुन विपरीत काम गरेको आरोप थियो । सोही आरोप