Posts

Showing posts from November, 2015

पुर्वबाट राजधानी जाने वैकल्पिक राजमार्गको तयारी

Image
धरान । उदयपुर गाईघाटका व्यावसायी ओमभक्त मैनालीले गाईघाट–रामपुर रुटको कच्ची बाटोमा ०५५ सालदेखि गाडी सञ्चालनमा ल्याएका थिए । वितेका सत्र बर्षमा यो कच्ची बाटोमा कुनै परिवर्तन आएन । सरकार, सरोकारवाला निकायले चतरा–कटारी सडकखण्डको यो बाटो स्तरोन्नति गर्न चासो देलान् भन्ने आशा पनि मैनालीलाई कहिल्यै पनि लागेन । समय सधै एकनासको हुदैन । मधेशी मोर्चाको आन्दोलनले झण्डै तीन महिनादेखि पुर्वपश्चिम महेन्द्र राजमार्ग असुरक्षित बनेपछि भने अहिले राज्यको ध्यान यो वैकल्पिक मार्गले तानेको छ । सरकारी निकायले यो वैकल्पिक मार्गलाई स्तरोन्नति गर्न उच्च प्राथमिकता दिएपछि भने यातायात व्यावसायी मैनालीमा यतिबेला आशा जाँगेको छ । ‘मैले यो बाटोमा गाडी चलाउन थालेको सत्र बर्ष भइसक्यो, अवस्था खासै परिवर्तन आएको छैन । सरकार होस वा सडक विभाग, कसैको पनि चासो यो बाटोमा परेन’–गाईघाटस्थित हिमाली यातायात व्यावसायी संघका महसचिवसमेत रहेका उनले भने–‘बल्ल यो सडक सबैको चासोमा परेको छ, अब अवस्था सुधार हुन्छ र चाडै सहजरुपमा गाडी चलाउन पाइन्छ कि भन्ने आश जागेको छ ।’ मैनालीले भने जस्तै कोशी ब्यारेजको विकल्पमा सुनसरीको चतरा र मैना

भारतीय सीमा सुरक्षा वलले गोली चलाउदा ४ नेपाली घाइते

Image
धरान,मंसिर ९ । सुनसरीको हरिपुर ७, भण्टावारीमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानहरुले नेपाली भुमीमा आएर गोली चलाउदा चार नेपाली घाइते भएका छन् । दशजगा क्षेत्रमा मल ल्याउने व्यक्तिसँग भएको विवादमा गोली चले पनि घाइतेहरुले आफुहरु निर्दोष भएको बताएका छन् । बिहान करिब ६ बजे घरअघि आगो तापेर बसिरहदा एक्कासी एसएसबीका जवानहरु आएर गोली बर्साएको घाइतेहरुको भनाई छ । घाइतेहरुका अनुसार घटनास्थल सिमा क्षेत्र भन्दा करिब ५ सय मिटर उत्तरतर्फ नेपाली भुमीमा भएको हो । दाहिने खुट्टामा गोलीको छर्रा लागेर सामान्य घाइते ३० बर्षीय सरोज यादवका अनुसार ४ जना छिमेकीहरु उनको घरअघि बिहानै आगो तापेर बसिरहेका थिए । त्यसैबेला ६ जना एसएसबीका जवानहरु कसैलाई खेदाउदै त्यहाँ आइपुगेका थिए । एसएसबीले ‘मल वाला खै’ भनेर सोध्दा उनीहरुले थाह नभएको जवाफ दिएका थिए । एसएसबी घरभित्र पसेर खानतलासी गर्न थालेपछि तनाव भयो । ‘मल ल्याएर आउने को थियो, हामीले देखेनांै । थाह छैन भन्दा एसएसबीले कुट्न खोजे । हामी पनि झोक्कीयौं, एकैचोटी ४ जनाले फयर गरे’–सरोजले भने । एसएसबीले फायरिङ खोलेपछि सरोजको दाहिने खुट्टामा सामान्य चोट लाग्यो । त

सहमतिपछि सुनसरीका एम्बुलेन्सहरु सुचारु

Image
धरान । असुरक्षाको कारण देखाउदै तीन दिनदेखि सेवा ठप्प बनाएका सुनसरीका एम्बुलेन्स चालकहरुले मंगलबार साँझदेखि सेवा सुचारु गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको पहलमा आयोजित सर्वपक्षीय छलफलमा मुलुकको बिषम परिस्थितिमा भएको र मागप्रति प्रहरी प्रशासन, नागरिक समाजले गम्भीररुपमा चासो लिएपछि चालकहरु सेवा सुचारु गर्न सहमत भएका हुन् । चौबिसै घण्टा निर्वाध सेवा सञ्चालन गर्नुपर्ने एम्बुलेन्सहरुले असुरक्षाको कारण देखाउदै तीन दिनदेखि सेवा ठप्प बनाएका थिए । मधेशी मोर्चाका कार्यकर्ताहरुले दुहबी र विराटनगरमा विरामी बोकेको एम्बुलेन्समाथि आक्रमण गरेर चालकलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि सुनसरी, मोरङ र झापाका एम्बुलेन्सहरुले सेवा ठप्प बनाएका थिए । धरान १ स्थित रेडक्रस भवनमा आयोजित सर्वपक्षीय छलफलमा एम्बुलेन्स चालक संघले आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने, घाइते चालकलाई क्षतिपुर्तिसहित उपचार खर्चको व्यवस्था गर्नुपर्ने, निर्वाधरुपमा एम्बुलेन्स आवागमन गर्न पाउने वातावरण बनाउनुपर्ने, इन्धन आवश्यकताअनुसार उपलब्ध गराउनुपर्नेलगायत ६ बुँदे माग प्रस्तुत गरेको थियो । ‘घाइते चालकको स्वास्थ्य उपचारको

लिग प्रतियोगिता शुरु गरिने

Image
धरान । गत असोज १३ देखि २३ गतेसम्म पुर्वाञ्चलस्तरीय प्रथम गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले आगामी माघ अन्तिम साता धरानमा लिग फुटबल सञ्चालन गर्ने जनाएको छ । क्लबका अनुसार पुषमा सञ्चालन हुने अन्तर वडा गोधुली कपको उत्कृष्ट ८ वटा टिमलाई सहभागी गराइ लिग प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ । यसको लागि गोधुली क्लबसँग सहकार्य र समन्वय भइरहेको भेट्रान क्लबका अध्यक्ष रोमी मोक्तानले जानकारी दिए । ‘पुषमा गोधुली कप सकिन्छ, त्यो प्रतियोगिताको क्वार्टरफाइनल पुगेको उत्कष्ट ८ टिम समावेश गरेर लिग खेल आयोजना गर्ने तयारीमा छौं’–उनले थपे–‘हामी फुटबलको विकास होस् भन्ने चाहेर क्लब गठन गरेका हौं, त्यसैले पनि गतिविधि गरिरहनेछौ ।’ गोधुली कप धरानको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो । यो प्रतियोगितामा धरानका विभिन्न वडा समितिले टिम तयार गरेर सहभागीता जनाउने गर्दछ । भेट्रान प्रतियोगिताबाट नाफा पुर्वाञ्चलस्तरीय प्रथम गोठबहादुर स्मृति भेट्रान फुटबल प्रतियोगिताको आयोजकले पौने चार लाखरुपैया नाफा कमाएको छ । आयोजक धरान भेट्रान फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियो

बालबालिका प्रहरी कार्यालय पुग्दा(फोटोफिचर)

Image
धरान । धरान १७, साउने बस्तीका १० बर्षीय राजन लकान्द्री रेल्वेस्थित पञ्चकन्या माविमा पढ्न जादा चोकमा दिनहुँजसो अस्थायी प्रहरी विटमा पुलिस देख्थे । पुलिस देखेपछि त्यसैपनि केटाकेटीहरु डराउछन् । उनलाई पनि पुलिसले पक्रेर लैजान्छ भनेर डर लाग्थ्यो । त्यसैले रेल्वे चोकमा फटाफट हिड्थे । कक्षा ४ मा अध्ययनरत तिनै राजन शनिबार बिहान भने एक हुल बालबालिकाहरुसँग इलाका प्रहरी कार्यालय धरानमा छिरे । मन भित्र अलिअलि डर थियो । केहीबेरको छलफल पछि डिएसपी सुदमकुमार सिजापतिले सबै बालबालिकाहरुलाई प्रहरी कार्यालय घुमाउन लगे । राजनलाई त डिएसपी सिजापतिले काँधमा हात राखेर हिडाए । उनको मन ढक्क फुल्यो, र एक छिन अघिको डर गायब भयो । ‘डिएसपी सरले मेरो काँधमा हात राखेर घुमाउन लैजानुभयो, शुरुमा त डर लागेको थियो, तर पछि हरायो’–प्रहरी कार्यालय घुमिसकेपछि राजनले भने–‘अब पुलिससँग डर लाग्दैन, गल्ती नगरी डराउनु नपर्ने रैछ ।’ इस्र्टन एजुकेस्नल एकेडेमीमा कक्षा ३ मा पढ्ने योयल गौतम पनि प्रहरीले लाठी, गन बोकेको देखेर डराउथे रे । राजनसँगै प्रहरी कार्यालय घुमेका उनको पनि मनबाट डर हट्यो । ‘पहिला पुलिसको लाठी र गन देखेर डर लाग्

ग्याँसको विकल्पमा बायो बिक्रेट

Image
धरान । भारतीय नाकाबन्दीले सर्वत्र ग्याँसको हाहाकार मच्चिदा पनि धरान ८, दुर्गापथका गोपाल श्रेष्ठ भने डिलरमा ग्याँस आयो कि आएन भनेर कुनै सरोकार राख्दैनन् । विगत एक दशकदेखि उनी आफै वायो बिक्रेट उत्पादन गरिरहेका छन् र, उनको घरमा त्यसैबाट खाना पाक्छ । भारतको नाकाबन्दीले ग्याँस नपाएर अरु छटपटिरहदा उनको परिवारलाई भने कुनै चिन्ता छैन । ‘घरमा खाना पकाउन ग्याँस छ कि छैन भन्ने कुनै समस्या छैन । हामी ग्याँस नै चलाउदैनौं, त्यसैले ग्याँस चाहिन्छ भन्ने पनि छैन’–उनी निर्धक्क भन्छन् । धरान ८ स्थित लांघाली सामुदायिक वन समुहमा ०६२ सालदेखि वैकल्पिक उर्जाकोरुपमा वायो बिक्रेट(वनस्पति कोइला) उत्पादन शुरु भएको थियो । उनी शुरुवातदेखि नै बिक्रेट उत्पादनमा संलग्न छन् । बिक्रेट उत्पादनलाई निरन्तरता दिइरहदा उनको घरमा पनि शुरु गरेदेखि नै बिक्रेटबाट चुलो बल्न थालेको श्रेष्ठ बताउछन् । उनी लांघाली वन समुहको वन विकास तथा वातावरण उपसमिति संयोजक पनि हुन् । पछिल्लो समय भारतको नाकाबन्दीले नेपालमा ग्याँसको चरम अभाव छ । सरकार र ग्याँस व्यावसायीले सर्वसाधारण उपभोक्ताहरुलाई आवश्यकता वमोजिम ग्याँस उपलब्ध गराउन सकेको छैन ।

साइकलमा पहाड छिचोल्दै धराने युवाहरु(फोटोफिचर)

Image
धरान । भारतीय नाकाबन्दीले इन्धन अभाव चर्किएपछि युवाहरुलाई मोटरसाइकल गुडाउन निकै सकस परिरहेको छ । यतिबेला उनीहरुको ध्यान कुन दिन पेट्रोल बाडिने हो, र रातभरी लाइनमा बस्नु पर्ने हो भन्नेतिरै केन्द्रीत छ । अपवादमा, यहाँका केही यस्ता युवाहरु छन्, जसलाई न इन्धन अभावले पीडा दिएको छ, न उनीहरुलाई रातभर लाइनमा उभिनुपर्ने बाध्यता छ । साइकलप्रेमी धराने युवाहरुलाई भारतीय नाकाबन्दीले पटक्कै छोएको छैन भन्दा पनि हुन्छ । हिजोआज मोटरसाइकलमा लामो यात्रा सम्भव छैन । यहाँका साइकले युवाहरु भने भर्खर पुर्वी पहाडका ८ जिल्ला एक साता घुमेर फर्किएका छन् । त्यसक्रममा उनीहरुले साइकलबाटै पहाडी जिल्ला तेह्रथुम, संखुवासभा, ताप्लेजुङ छिचोल्दै पाँचथर, इलाम, धनकुटा र मोरङको उत्तरी भेग हुदै पुनः सुनसरी(धरान) आइपुगे । स्थानीय युवाहरु धरानबाट कार्तिक १२ गते प्रस्थान गरेर १९ गते साँझ घर आइपुगेका हुन् । ‘पेट्रोल नपाउदैमा यात्रा रोकिदैन, विकल्पमा साइकल छदैछ’–साइकल यात्री देवेन्द्र थेगिम भन्छन्–‘साइकल पर्यटनलाई गाउँघर, कुनाकाप्चासम्म पुर्याउन र साइक्लिङको नयाँ रुट खोजी पनि गएका थियौं ।’ थेगिमले धरानमा फन राइड गर्न थालेको

शिवजट्टा हाइकिङ(फोटोफिचर)

Image
साथीभाई, आफन्तजनसँग रमाइलो भेटघाट । दशमीको दिन मान्यजनको हातबाट टिका लगाएर आर्शिवाद थाप्ने अनि मिठो परिकार खाने चाड हो दशैं । मधेश आन्दोलन र भरतको अघोषित नाकाबन्दीले यसपालीको दशंैमा सदा झै सबैतिर हर्ष र उल्लास छाएन । इन्धन नभएर सवारी गुडाउन समस्या । ग्याँस नपाएर खाना पकाउनै समस्या । तर, समस्या समस्यैबीचमा पनि दशैं आयो, गयो । दशैं हिन्दु धर्मावलम्बीको चाड । म परे किराती । तरपनि हामी घरमा टिका लगाउछौं । मान्यजनकोमा आर्शिवाद थाप्न जान्छौं । यसले नाता, सम्बन्धलाई अझ प्रगाढ बनाउछ । दशैं वहिष्कार गर्ने जनजातिहरुको आफ्नै तर्क होला तर म सद्भावको रुपमा पनि दशैंमा टिका थाप्छु । बहुल समाजमा एक समुदायले अर्को समुदायको भाषा, धर्म, सँँस्कृतिका सम्मान गरेमात्र हाम्रो राष्ट्रियता र एकता वलियो वन्छ । दशैंमा भेटघाट, रमाइलोसँगै खानपिन पनि अधिक हुन्छ । माछा, मासु र मदिरा पिएर रमाइलो गर्ने चलन छ । स्वास्थ्यप्रति जति नै सचेत भएपनि चाडपर्वमा साथीभाई, आफन्तजनको आग्रह टार्न सकिन्न । यसले दशैं विदाको छोटो समयमा नै शरीरलाई असहज बनाइदिन्छ, पेट(ज्यान) झनै लागेजस्तो । भएको पनि त्यही हो । खायो, रमाइलो गर्य