Posts

Showing posts from November, 2014

जुवा जस्तै खेलेको भन्दै प्रहरीद्धारा क्यारमवोर्ड र लुडो नियन्त्रण

Image
धरान । युवाहरुले क्यारम वोर्ड र लुडोलाई जुवाजन्य खेलकोरुपमा प्रयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानले धमाधम नियन्त्रणमा लिन थालेको छ । एक साता यता मात्रै प्रहरीले दुई दर्जन बढी बोर्ड नियन्त्रणमा लिएको छ । मनोरञ्जन खेलमा प्रयोग गरिने लुडो र क्यारम बोर्डलाई सार्वजनिकस्थलमा नै हजारौं रुपैया बाजी थापेर खेल्ने गरेको भेटिएपछि त्यसविरुद्ध अभियान शुरु गरेको प्रहरीको भनाई छ । धरानका विभिन्न पसलहरुमा क्यारम बोर्डमा तास प्रयोग गरेर म्यारिज खेल सञ्चालन हुन्छ । जहाँ हजारौं रुपैयाको बाजी पनि खेलिन्छ । लुडोमा पनि बाजी खेलेर समय कटाउने गरेका छन् । जुवातास विरुद्ध प्रहरीले कडाई गरे पनि यस्ता खेलमा हुने बाजीप्रति भने ध्यान दिएको थिएन । तर, पछिल्लो समय सर्वसाधारणहरुबाटै असन्तुष्टी र आवाज उठ्न थालेपछि प्रहरीले निगरानी बढाएको थियो । जुवा तासविरुद्ध अभियान चलाएपछि बानी परेकाहरु यसतर्फ आकर्षित भएको हुनसक्ने प्रहरीको अनुमानछ । ‘अलग अलग स्थानमा अखडा बनाएर व्यावसायिकरुपमा नै क्यारम बोर्ड, लुडो सञ्चालन हुने गरेको रहेछ, त्यही भएर नियन्त्रणमा लिएका हौं’–डिएसपी सञ्जयसिंह थापाले भने । उनका अनुसार विभिन्

जागिर लगाई दिने भन्दै महिलाबाट पैसा असुल्ने पक्राउ

Image
जागिर लगाइदिने भन्दै पैसा लिएर ठगी गरेको अभियोगमा पक्राउ परेका भण्डारी । धरान । विभिन्न संस्थान एवं कार्यालयमा आर्कषक जागिर लगाइदिने भन्दै रकम असुल गरेर गठी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पीडित महिलाहरुले उजुरी दिएपछि धरान १५ का खेम भण्डारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । भण्डारीले जागिर लगाउने भनेर गठी गरेको भन्दै धरान १५ कै देविका केसी, सविता कार्की र शान्तिकुमारी कार्कीले शुक्रबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी दिएलगत्तै प्रहरीले भण्डारीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । पीडितहरुका अनुसार भण्डारीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिर खुलेको भन्दै गत बैशाखमा जनही ४० हजार रुपैया लिएका थिए । आफु कांग्रेसको नेता भएको र प्रतिष्ठानमा पहुँच राम्रो भएकोले जागिर पक्का पाउने भण्डारीले आश्वासन दिएको पीडितहरुको भनाई छ । जागिर लगाईदिने भन्दै पैसा बुझाएर ठगिएकी महिलाहरु । ठगिएकामध्ये देविकासँग भण्डारीको सामान्य चिनजान थियो । त्यही विश्वासको भरमा तीन जनाले भण्डारीलाई ४० हजार रुपैया, २ वटा फोटो, शैक्षिक प्रमाणपत्र र नागरिकताको फोटोकपी बु

युवा पुस्ता प्राविधिक शिक्षातर्फ आकर्षित

Image
धरान । शिक्षा सदन उच्चमाविबाट प्लस टु उर्तीण गरेकी सरिता तामाङलाई बुबाले सब ओभरसियर पढ्न सल्लाह दिए । निर्माण व्यावसायमा रहेका बुबाको सल्लाह उनलाई पनि उचित लाग्यो । करिब डेढ महिनादेखि उनी धरान १५ स्थित पूर्वाञ्चल बहुप्राविधिक तालिम केन्द्रमा सिभिल सब ओभरसियर पढ्दैछिन् । ‘पढ्ने बिषय र कलेज धेरै छन्, तर सब ओभरसियर पढ्दा छिटै रोजगारी पाइन्छ, बेरोजगार भएर बस्नु पर्दैन’–बुबाको सल्लाहमा सर्मथन जनाउदै उनले नागरिकसँग भनिन्–‘मलाई अटो क्याट(कम्प्युटरबाट नक्सा ड्रइङ गर्ने) बिषयमा धेरै रुचि छ ।’ सरितासँगै धरान ११ का डिल्लीश्वर चाम्लिङ राई पनि सब ओभरसियर पढ्दै छन् । उनी भने भविष्यमा रोजगारी नपाउला भन्ने चिन्ताले पढ्न आएका भने होइनन् । निर्माण व्यावसायमा सक्रिय राईलाई सब ओभरसियर पढ्नु बाध्यता बन्यो । भौतिक संरचना निर्माण गर्नको लागि आवश्यक नक्सा बनाउन अरुकै भर पर्नुपर्ने झञ्झटबाट मुक्त हुन उनी प्राविधिक शिक्षा पढ्न आएका हुन् । ‘प्राविधिक शिक्षा अतिआवश्यक रहेछ, आफैले पढेर घरनक्सा बनाउन सकियो भने गुणस्तरीय, आफुले चाहेजस्तो बनाउन सकिन्छ’–उनले भने । सरिता र डिल्लीश्वर झै अचेलका युवा पुस्ता प्रावि

धरानमा प्रहरीले पूर्वाञ्चलस्तरीय सुधार गृह बनाइने

Image
धरान । लागुऔषधको कुलतमा फसेका युवाहरुलाई उपचार एवं सुधार गर्न प्रहरीको सक्रियतामा धरानमा पूर्वाञ्चलस्तरीय लागुऔषध सुधार गृह निर्माण गरिने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको संयोजन र इलाका प्रहरी कार्यालय धरानले मंगलबार आयोजना गरेको अन्र्तक्रियामा सहभागी उद्योगी, व्यवसायी एवं समाजसेवीहरुले सुधार गृह निर्माणको योजना सकरात्मक भएको टिप्पणी गर्दै सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् । सुधार गृह निर्माणको लागि आयोजित अन्र्तक्रिया कार्यक्रमबाट पूर्वमेयर मनोज कुमार मेन्याङ्बोको संयोजकत्वमा १५ सदस्यीय निर्माण कमिटि पनि गठन भएको छ । कमिटिमा सुनसरी उवा संघ सदस्य सचिव रहेका छन् भने आवश्यकता अनुसार सदस्यहरु बढाइनेछ । प्रहरीका अनुसार सुधार गृह निर्माणको लागि धरान नगरपालिकाले २३ नम्बर वडामा पर्ने पानवारीमा ७ कट्ठा जग्गा प्रहरीलाई उपलब्ध गराईसकेको छ । साथै, उक्त जग्गाको सधियार रहेका रामहरि हाडाले पनि भवन निर्माणको लागि थप एक कटठा जग्गा उपलब्ध गराउने वचन दिएको इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार गत तिहारमा इलाका प्रहरी कार्यालय र पूर्व प्रहरी कर

गल्फका नयाँ प्रतिभा शुक्रबहादुर

Image
धरान । घर नजिकै गल्फ कोर्ष थियो । तर, धरान १९ जिमी मार्गका शुक्रबहादुर राई गल्फ खेलबारे चार बर्षअघिसम्म अनभिज्ञ थिए । उनको साथी तेजकुमार राई भने त्यही गल्फ कोर्षमा क्याडी ब्वाई थिए । उनै तेजबहादुरको पछि लागेर उनी एक दिन गल्फ कोर्ष छिरे, अनि साथीसँगै क्याडी ब्वाई बने । यो सन् २०१० को कुरा हो । चार बर्षअघि गल्फ खेलबारे अनभिज्ञ तिनै शुक्रबहादुर अहिले सम्भावना बोकेका प्रतिभाशाली जुनियर खेलाडीकोरुपमा उदाएका छन् । क्याडी ब्वाईबाट कोर्षमा पाइला टेकेका उनले छोटो अवधिमा नै उत्कृष्ट जुनियर खेलाडीकोरुपमा उभ्याइसकेका छन् । अढाई बर्ष यता उनी कोर्षमा अभ्यास गर्दै विभिन्न प्रतियोगिताहरुमा भाग लिन थालेका थिए । गएको कार्तिक अन्तिम साता निर्वाणा कन्ट्री क्लब गल्फ रिसोर्टमा सम्पन्न चार दिने सुर्य नेपाल इष्टर्न ओपनको एमेच्योरतर्फको विजेता बनेर उनले गल्फमा आफ्नो दरिलो उपस्थिति जनाए । भर्खर १६ बर्षमा पाइला टेकिरहेका किसोरलाई यो प्रतियोगितामा विजेता हुनु त्यसै पनि गर्व गर्न लायक हो । यसअघि उनी काठमाण्डौंमा गाइकवार्ड फाउण्डेशनले आयोजना गरेको स्पर्धामा दोस्रो भएका थिए । हाल फाल्डो सिरिज गल्फ छनौटमा यु

फाल्डो सिरिजको लागि जुनियर खेलाडी छनौट(फोटोफिचर)

Image
धरान । फाल्डो सिरिज गल्फ टुर्नामेन्टको लागि पूर्वाञ्चलबाट पाँच जना जुनियर खेलाडी छनौट भएका छन् । ती मध्ये ४ जना पुरुष र एक महिला खेलाडी हुन् । पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ रिसोर्टमा आयोजित २ दिने छनौट प्रतियोगिताबाट यु–२० र यु–१६ उमेर समुहतर्फ ती खेलाडी छनौट गरिएको हो । दोस्रो दिन युु–२० उमेर समुहतर्फ ३६ होलको खेल सकिदा कुल ५ ओभर १४५ स्कोरका साथ प्रथम हुदै युवराज भुजेल छनौट भए भने कुल १७ ओभर १५७ स्कोर गरेका निरज तामाङ पनि छनौट भएका छन् । कुल १० ओभर १५० स्कोर गरेका शिवराज माझीले परीक्षाको कारण राजधानीमा हुने फाल्डो सिरिज छनौटमा सहभागी हुन नसक्ने जनाएपछि उनी भन्दा ७ स्ट्रोकले पछि परेर तेस्रो स्थानमा रहेका निरजले अवसर पाएका हुन् । प्रथम स्थानमा रहेका युवराजले पहिलो दिन १ अण्डर ६९ स्कोर खेलेका थिए भने बुधबार दोस्रो दिन ६ ओभर ७६ स्कोर खेलेका थिए । उनले फ्रन्ट नाईन २ ओभर ३७ र ब्याक नाईन ४ ओभर ३९ स्कोर गरे । यस्तै, काठमाण्डौं जाने अवसर पाएका निरजले पहिलो दिन ११ ओभर ८१ स्कोर खेलेका थिए भने दोस्रो दिन ६ ओभर ७६ स्कोर खेले । उनले फ्रन्ट नाईन २ ओभर ३७ र ब्याक नाईन ४ ओभर ३९ स्कोर गरे ।

फाल्डो सिरिज गल्फको छनौट शुरु

Image
धरान । प्रतिभाशाली जुनियर खेलाडी खोजी गर्ने उद्देश्यले मंगलबारदेखि दुई दिने फाल्डो सिरिज गल्फ टुर्नामेन्ट छनौट प्रतियोगिता धरानमा शुरु भएको छ । पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ रिसोर्टमा शुरु छनौट प्रतियोगिताको पहिलो दिन १८ होलको खेल सकिदा यु–२० तर्फ युवराज भुजेल र यु–१६ तर्फ आकाश राई अग्रस्थानमा छन् । स्ट्रोक प्लेको आधारमा जारी छनौटको पहिलो दिन यु–२० उमेर समुहतर्फ युवराज एक अण्डर ६९ स्कोरका साथ शीर्षस्थानमा छन् । उनले फ्रन्ट नाईनमा २ अण्डर ३३ र ब्याक नाईनमा एक ओभर ३६ स्कोर खेलेका थिए । सोही उमेर समुहमा उनी भन्दा ५ स्ट्रोकले पछि परेका शिवराज माझी ४ ओभर ७४ स्कोरका साथ दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाईनमा ३ ओभर ३८ र ब्याक नाईनमा १ ओभर ३६ स्कोर खेलेका थिए । यसैगरि, यु–१६ उमेर समुहतर्फ ७ ओभर ७७ स्कोर खेल्दै आकाश राई पहिलो दिन शीर्षस्थानमा छन् । उनले फ्रन्ट नाईन ३ ओभर ३८ र ब्याक नाईन ४ ओभर ३९ स्कोर खेलेका थिए । भर्खरै सुर्य नेपाल इष्र्टन ओपनको एमेच्योर च्याम्पियन शुक्रबहादुर राई भने आकाशसँग एक स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा छन् । उनले फ्रन्ट र ब्याक नाईन दुवैमा समान ४ ओ

मन्दिरा बनिन् कोशी क्वीन

Image
धरान । सुन्दरी प्रतियोगिता कोशी क्वीन–२०१४ को ताज धरानकी मन्दिरा लामिछानेले जितेकी छिन् । धरान सभागृहमा शनिबार सम्पन्न सो प्रतियोगितामा विजेता मन्दिराले अन्य १७ जना फाईनलका प्रतिस्पर्धीहरुलाई पछि पार्दै ताज पहिरिएकी हुन् । उनले कोशी क्वीनको उपाधीसँगै वेष्ट स्कीन र वेष्ट डे«सअपको उपाधी पनि पोल्टामा पारिन् । विजेता मन्दिराले ट्रफी, नगद १० हजार, आरजे, भीजे, मेकअप आर्टिस टे«निसँगै काठमाडौमा आयोजना हुने ब्युटी क्वीन नेपाल–२०१५ मा सहभागि हुने अवसर पनि पाइन् । अमेजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा फष्ट रनर अप र मोष्ट पपुलरको उपाधि भेडेटारकी स्नेहा श्रेष्ठले जितिन् । उनले पनि ट्रफीसँगै काठमाडौमा हुने व्युटी क्वीन नेपाल–२०१५ मा सहभागि हुने अवसर पनि पाइन् । यस्तै, सेकेन्ड रनरअप र मोष्ट डिसिप्लीनको उपाधि धरानकी सृजना लिम्बुले जितिन् भने थर्ड रनर अपसँगै मोष्ट स्टाईलिष्टको उपाधि धरानकी सन्जना राईले हात पारिन् । प्रतियोगितामा विवाहित र अविवाहित गरी १८ जनाले भाग लिएका थिए । प्रतियोगिताका निर्णायकहरुमा नायिका बिनिता बराल, गायक एपी शेर्पा, समाजसेवी केशरी राना मगर, ग्लोबल रेडियो नेट

घण्टाघरमा चढ्न खुला

Image
धरान । एक महिनादेखि निषेध गरिएको धरानको पर्यटकीय गन्तव्यमध्ये एक भानुचौकस्थित घण्टाघरमा चढ्न एक महिना पछि खुल्ला गरिएको छ । घण्टाघरको सबैभन्दा माथिल्लो तलालाई सुरक्षित बनाएपछि आइतबारदेखि घण्टाघर चढ्न सर्वसाधारण एवं पर्यटकहरुको लागि खुला गरिएको हो । घण्टाघर व्यवस्थापन समितिका अनुसार सुरक्षाको लागि घण्टाघरको सबै झ्यालहरुमा ग्रिल लगाइएको छ भने सबै भन्दा माथिल्लो तलामा फेन्सिङ र जाली लगाइएको छ । ‘कोही पनि सजिलै खस्न वा हाम्फाल्न नसकोस् भनेर सुरक्षित बनाएपछि चढ्न खुला गरिएको हो’–समितिका अध्यक्ष एवं पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले भने–‘झ्यालमा ग्रिल र माथिल्लो तलामा फेन्सिङ र जाली हालेका छौं ।’ उनका अनुसार ५२ फिट अग्लो घण्टाघरको माथिल्लो तलामा पाँच फिट पक्की वालमाथि फेन्सिङ र जाली थपिएको हो । गत कार्तिक २ गते मध्याह्न कार्तिक २ गते मध्याह्न मोरङको हरैचा ९ की २१ बर्षी हेमन्ती मगरको माथिल्लो तलाबाट खसेर मृत्यु भएपछि घण्टाघरमा चढ्न निषेध गरिएको थियो । घण्टाघर परिसरको बगैचामा खुला गरिएपनि चढ्न निषेध गरिएपछि घण्टाघरको आम्दानी पनि घटेको थियो । तर, घण्टाघर चढ्न खुला भएपछि भने आम्दानी बढ्ने क