Posts

Showing posts from April, 2014

कुम्भमेलाका तीर्थालुले धरानका होटल खचाखच

Image
धरान । सुनसरीको चतराधाममा दोस्रो पिण्डेश्वर महाकुम्भ मेला लागेपछि धरानका होटल तथा लजहरु धार्मिक पर्यटक(तीर्थयात्री)हरुले खचाखच भरिएका छन् । धार्मिक पर्यटकहरुको चाप थेग्न नसकेपछि भेडेटार, इटहरी र विराटनगरका होटलहरुमा तीर्थयात्रीहरुलाई राख्नु परेको धरानका होटल व्यावसायीहरुको भनाई छ । बराहक्षेत्र गाविसस्थित चतराधाममा चैत १७ गतेदेखि दोस्रो महाकुम्भ मेला शुरुवात भएको थियो । कुम्भमेला अघि आयोजकले देशव्यापीरुपमा कलशयात्रा गराएर प्रचार गरेकोले तीर्थयात्रीहरुको आगमन बढेको हो । यसको फाइदा पर्यटनउन्मुख धरान नगरका व्यावसायीहरुलाई पनि पुगेको छ । कुम्भ मेलास्थल चतरामा पर्यटनमैत्री स्तरीय होटल तथा लज सुविधाको अभावले पनि पर्यटक एवं तीर्थयात्रीहरु बास बस्न धरान नै आउने गरेका छन् । व्यावसायीहरुका अनुसार कुम्भमेला शुरु भएको साता दिन पछि नै धरानका होटल तथा लजहरु दैनिकरुपमा खचाखच भरिन थालेको हो । यसरी आउनेमा आन्तरिक धार्मिक पर्यटकहरु नै बढी छन् । बैशाख २ गते यता कुम्भमेलामा तीर्थयात्रीहरुको आगमन बढेपछि होटल तथा लजहरुमा थामिनसक्नु चाप छ । प्रायः खाली रहने होटल तथा लज खचाखच भरिदा व्यावसायीहरु पनि खुशी छन्

एन्फा टेक्निकल सेन्टरहरु बन्द हुने अवस्थामा(फोटोफिचर)

Image
धरान । अखिल नेपाल फुटबल संघ(एन्फा)को स्पष्ट नीति एवं कार्ययोजना अभावले फिफाको गोलप्रोजेक्टअन्र्तगत मोफसलमा निर्माण भएको टेक्निकल सेन्टर(एकेडेमी) बन्द हुने अवस्थामा पुगेको छ । धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर एक बर्षदेखि सञ्चालनमा आउन सकेको छैन भने बुटवल १३, देवीनगरस्थित सेन्टर पनि एक महिनादेखि बन्द छ । बुटवलमा प्रशिक्षण लिइरहेका यु–१२ का खेलाडीहरुलाई २ बर्षको अवधि बाँकी छँदा नै घर पठाइएको छ । विभिन्न उमेर समुहका बालखेलाडीहरुलाई आवासिय सुविधासहित प्रशिक्षण दिलाएर प्रतिभावान खेलाडी उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य लिएर एन्फाले यी सेन्टर(एकेडेमी) स्थापना गरेको हो । फुटबलको सर्वोच्च निकाय फिफाको अनुदानमा गोल प्रोजेक्टअन्र्तगत धरान, बुटवल र राजधानीको च्यासलमा गरि तीन वटा एकेडेमी बनेको छ ।     बैशाख १२ गते एन्फाको केन्द्रीय वैठकमा जिल्ला फुटबल संघलाई पनि सल्लाह सुझावको लागि बोलाइएको थियो । उक्त बैठकमा अध्यक्ष गणेश थापाले धरान र बुटवलको एकेडेमी असफल भएकोले सञ्चालन नगर्ने अभिव्यक्ति दिएको रुपेन्देही जिल्ला फुटबल संघका अध्यक्ष कुमार केसीले बताए । ‘बैठकमा अध्यक्षले अब धरान

पूर्वाञ्चल स्टार २ मा १५ प्रतियोगी छनौट

Image
धरान । युवा गायन प्रतिभाहरुको खोजी गर्न सञ्चालन भइरहेको पूर्वाञ्चल स्टार–२ को सातौं चरणेको अडिशनबाट १५ जना प्रतियोगीहरु छनौट भएका छन् । धरान १२, चतरालाइनस्थित सुनाखरी एकेडेमीको हलमा सोमबार आयोजित स्पर्धाबाट उत्कृष्ट १५ जना प्रतियोगीहरु छनौट भएका हुन् । सातौं चरणमा विभिन्न जिल्लाका १८ प्रतियोगीहरु सहभागी थिए । छनौट हुन सफल हुनेहरुमा उदयपुरबाट टिकाराम राई, निरज राई, राकेश माले, मुकेश घतानी र पुष्पराज बस्याल गरि पाँच जना छन् भने सुनसरीबाट कौशिला लिम्बू, हिमाली सुब्बा र उत्तम राई छन् । यसैगरी,संखुवासभाका वसन्त याक्खा र राज कटवाल, झापाका सञ्जिता गुरागाई, तेह्रथुमका हरि लुइटेल, धनकुटाका विश्वास तामाङ पनि छनौट हुन सफल भएका छन् । साथै, भोजपुरबाट रामध्वज राई र ताप्लेजुङबाट प्रकृति थलङ चयन हुन सफल भएकी छिन् । सातौं चरणको स्पर्धाबाट तेह्रथुमका ऋतुराज लिम्बू, धनकुटाका उपेन्द्र चेम्जोङ र झापाका सन्तोष रसाइली असफल भए । सातौं चरणको स्पर्धामा गायक ए.पी.शेर्पा निर्णायक थिए । प्रतियोगीहरुलाई ५० प्रतिशत एसएमएस भोटिङ र ५० प्रतिशत निर्णायकको मतको आधारमा छनौट गरिएको आयोजक पूर्वाञ्चल वगिना कलाकेन्द्र

ट्यांकरमा पानी ल्याउन नदिएपछि धरान काकाकुल

Image
धरान । शान्तिनगर २, इटहरीका स्थानीयले बोरिङ गरेको पानी ल्याउन प्रतिबन्ध लगाएपछि दुई दिनदेखि धरानमा पानीको हाहाकार भएको छ । ट्यांकरले बाटो बिगारेको, धुलो उडेको, ध्वनी प्रदुषण बढाएको भन्दै स्थानीयले बोरिङ गरेर पानी ल्याउन शनिबारदेखि रोक लगाएपछि पछि धरानबासीहरु मारमा परेका छन् । ट्यांकरबाट पानी किनेर होटल सञ्चालन गरिरहेका व्यावसायीहरु पनि थप चिन्तामा डुबेका छन् । सुख्खायाममा खानेपानी संस्थानले माग वमोजिम पानी आपूर्ति गर्न नसक्दा नगरबासी र होटल व्यावसायीहरुले ट्यांकरबाट पानी किनेर उपभोग गर्छन् । ट्यांकर व्यावसायीहरुले पनि पानी दिन नसकेपछि व्यावसायबाट नै हात धुनुपर्ने अवस्था भएको होटल साँझका सञ्चालक शिवराज श्रेष्ठले बताए । ‘बोरिङ गरेर भएपनि पाहुनाहरुलाई पानी उपलब्ध गराउदैथ्यौं, तर शनिबारदेखि ट्यांकरले पनि ल्याउन सकेको छैन’–व्यावसायी श्रेष्ठले भने–‘यो स्रोत पनि बन्द भयो भने व्यावसाय नै बन्द गर्नुपर्छ ।’ हेटल व्यावसायीहरुले ट्यांकरबाट प्रतिलिटर ५० पैसाको दरमा पानी किनेर होटल सञ्चालन गरिरहेका छन् । पानी अभावले पाहुनाहरुले मिनरल वाटरले नै मुख धुनु बाध्य भइरहेको व्यावसायीहरुको भनाई छ । धरा

तेह्र बुँदे घोषणापत्र जारी गर्दै अन्र्तराष्ट्रिय लिम्बू सम्मेलन सकियो

Image
धरान । लिम्बू भाषाको संरक्षण र विकासका साथै लिम्बू भाषा शिक्षाका निम्ति सामुदायिक र नीति निर्माण तहमा पहल र प्रयत्न गर्नेलगायत १३ बुँदे प्रतिवद्धतासहितको घोषणा पत्र जारी गर्दै तीन दिवसीय प्रथम अन्र्तराष्ट्रिय लिम्बू सम्मेलन सकिएको छ । सम्मेलनले मौलिक लिम्बू साहित्यको पहिचान गरी लिम्बू साहित्य लेखन गर्न गराउन वातावरण निर्माण गर्न पहल गर्ने पनि प्रतिवद्धता जनाएको छ । यस्तै, याक्थुङ मुन्धुम आदिकालदेखि मौखिक परम्परामा जीवन्त रहीआएको र लिम्बूहरुको जीवन पद्दती, सामाजिक प्रणाली र संरचना, समाजिक सम्बन्धहरुलाई मार्गदर्शन गर्ने साथै मुल्य र मान्यता स्थापित गरी विश्व दृष्टिकोण प्रदान गर्ने आधारभुत शास्त्रकोरुपमा ठहर गर्दे जीवन्त राख्न र समृद्ध बनाउन प्रण पनि गरेको छ । ‘याक्थुङ मुन्धुमलाई मौखिक परम्परामा आधारित सर्वोत्कृष्ट मौखिक कृति हो भन्ने ठहर गर्दै युनेस्कोको अमूर्त साँस्कृतिक सम्पदाको प्रतिनिधिमुलक सुचीमा सुचीकृत गर्न पहल गर्दछौं’–घोषणापत्रबारे जानकारी दिर्दै किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव लीला सिङ्गक लिम्बूले भनिन्–‘लिम्बूहरुले परापूर्वकालदेखि मानी आएको धर्मलाई आफ्नो सन्दर्भअ

दिल्ली पब्लिक स्कुलमा तालाबन्दी गर्ने चेतावनी

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालित दिल्ली पब्लिक स्कुलबाट निष्काशनमा परेका एक भारतीय शिक्षकलाई पुर्नबहाली गर्न माग गर्दै निजी तथा संस्थागत विद्यालयका शिक्षक÷कर्मचारी युनियन(प्याब्सु)ले तालाबन्दी गर्ने चेतावनी दिएको छ ।     युनियनले शनिबार पत्रकार सम्मेलन गर्दै बिनाकसुर निष्काशनमा परेका शिक्षक अंशुमन पुरकायस्थलाई निसर्त पुर्नबहाली गर्न, स्कुलको आर्थिक क्रियाकलाप तत्काल सार्वजनिक गर्न, नेपाली शिक्षक तथा कर्मचारीवाई ‘फरेन एलाउन्स’बाहेकका सम्पुर्ण सेवा सुविधा उपलब्ध गराउनुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएको हो । मागहरु पुरा नभए बैशाख १६ गतेदेखि विद्यालयको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य हुने र त्यसको जिम्मेवारी स्कुल प्रशासन तथा बीपी प्रतिष्ठान स्वयम हुनुपर्ने पनि युनियनले जनाएको छ । युनियनले नियमानुसार कार्यरत सम्पुर्ण शिक्षक तथा कर्मचारीका दुई सन्तानलाई निःशुल्क अध्यापन गराउन, अनधिकृतरुपमा नातावाद, कृपावादको आधारमा गरिएको नियुक्तबारे छानबीन गर्न पनि माग गरेको छ । ‘स्कुलमा कार्यरत नेपाली शिक्षक, कर्मचारीहरुको हकअध

निजी विद्यालय र प्रकाशन गृहबीचको खेल: किताब नपाएर अभिभावकलाई हैरानी

Image
धरान । सैनिक आवासिय उच्चमाविमा कक्षा ६ मा अध्ययनरत छोरालाई पुस्तक किनिदिन १० पटकसम्म पसल पुगेपनि धरान १५ की सुनिता केसीले सबै किताब भेटेकी छैनन् । विद्यालयले भनेको पुस्तक पसलमा दिनहुँ जसो धाउनु पर्दा उनले निक्कै हैरानी व्यहोर्नु परेको छ । नयाँ शैक्षिक सत्र शुरु भएपछि बर्षेनी किताब नपाउने समस्या भोग्नु पर्ने उनी बताउँछिन् । ‘गत बर्ष त फष्ट टर्मको परीक्षा आउदासम्म पुरै किताब थिएन, यसपाली पनि १० पटक भइसक्यो पुस्तक पसल गएको, अझै ३ वटा पाएको छैन’–उनले भनिन्–‘जहिल्यै समस्या हुन्छ, हरेक बर्ष पब्लिकेशन र कोर्ष पनि फेरिदो रैछ ।’ पुस्तक नपाएर हैरानी व्यहोर्ने उनी एक्ली अभिभावक भने होइनन् । आफ्ना सन्तान निजी विद्यालयमा पठाउने अधिकतर अभिभावकहरु यति बेला समयमै पुस्तक नपाएको चिन्तामा छन् । नयाँ शैक्षिक सत्र शुरु भएपछि सामुदायिक विद्यालयका विद्यार्थीहरुले मात्रै होइन, निजी स्कुलका विद्यार्थीहरुले पनि सबै पुस्तक पाएका छैनन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुले समयमै पुस्तक नपाउनु सरकारी निकाय दोषी छ, तर निजी विद्यालयका विद्यार्थीहरुले पुस्तक नपाउनुमा भने विद्यालय र पुस्तक प्रकाशकहरुबीचको अदृष्य क

जिआरयु बर्थडे कपको उपाधि नयनलाई(फोटोफिचर)

Image
धरान । दोस्रो धरान जिआरयु सोसाइटी बर्थडे एमेच्योर गल्फ टुर्नामेन्टको उपाधि नयन राईले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा बिहिबार आयोजित प्रतियोगितामा ५ अण्डर ६५ को कार्ड बनाउदै उनले उपाधि जितेका हुन् । स्ट्रोक प्लेको आधारमा भएको प्रतियोगितामा २३ ह्याण्डी क्याप खेलाडी राईले कुल १८ ओभर ८८ स्कोर खेलेका थिए । उनले फ्रन्ट नाइटमा ११ ओभर ४६ को कार्ड बनाए भने ब्याक नाइनमा ७ ओभर ४२ को कार्ड बनाएका थिए । च्याम्पियन राईले रनिङ ट्रफी थापे । च्याम्पियन बनेका राई हाल सिंगापुर पुलिसमा कार्यरत छन् । उनी विदामा घर आएको मौकामा प्रतियोगितामा भाग लिएका थिए । यसैगरि, प्रतियोगितामा २ ओभर ७२ कार्ड बनाएर मेजर एम.बि.लिम्बू दोस्रो भए । आठ ह्ण्याडीक्याप खेलाडी रहेका उनले कुल १० ओभर ८० स्कोर गरेका थिए । फ्रन्ट नाइनमा ७ ओभर ४२ को कार्ड बनाएका उनले ब्याक नाइनमा भने १३ ओभर ४८ को कार्ड बनाए । यस्तै, प्रतियोगितामा ९ ह्याण्डीक्याप खेलाडी विरेन लिम्बूले ५ ओभर ७५ को कार्ड खेल्दै तेस्रो भए । कुल १४ ओभर ८४ स्कोर गरेका उनले फ्रन्ट नाइनमा ८ ओभर ४३ र ब्याक नाइनमा ६ ओभर ४१ को कार्ड बनाएका थिए ।