Posts

Showing posts from August, 2013

क्रिटिकल मास राइड: गर्वले साइकल चढौं

Image
धरान । भानुचौकस्थित घण्टाघरको ठिक दक्षिणपटिको सडकमा अरुबेला रिक्सा र भाडाका टेक्सीहरु पार्क गरिएको हुन्थ्यो । हिजोआज त्यहाँ ट्राफिक प्रहरीले पार्किङ निषेश गरेको छ । त्यही ठाउँमा शुक्रबार बेलुकी करिब ५ बनेपछि भने साइकलको लाम लाग्यो । साना बच्चादेखि युवा, युवतीहरु साइकलमा लामवद्ध उभिएपछि केहीबेर रमिता बन्यो । सडकमा गुड्दै गरेका साइकलाई रोक्दै उनीहरुलाई पनि आफुसँगै सामेल गराए । यस्तो दृष्यले पैदल यात्रु, ट्राफिक प्रहरीदेखि मोटरसाइकल, रिक्सा चालकहरु पनि अचम्मित हुदै अडिए । ‘गर्वले साइकल चढौं’ भन्ने सन्देश दिदै शुक्रबारदेखि धराने साइक्लिष्ट युवाहरुले क्रिटिकल मास राइड नामको अभियान शुरुवात गरेका हुन् । भानुचौकबाट शुरु भएको साइकल र्याली नगरको विभिन्न चोकहरु परिक्रमा गर्दै पुनः त्यही ठाउँमा टुंगिएको थियो । राइडमा धरानका ३० भन्दा बढी साइकलप्रेमी बालबालिका तथा युवाहरु सहभागी थिए । विश्वभर अंग्रेजी महिनाको अन्तिम शुक्रबार साँझमा ‘क्रिटिकल मास राइड’ हुने गरेको छ । अगष्टको अन्तिम शुक्रबार पारेर त्यही अभियानलाई धरानका साइकलप्रेमीहरुले शुरुवात गरेका हुन् । अब प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्र

बेरोजगारी हटाउन अनलाईन श्रम बजार

Image
धरान ।  उद्योग, व्यावसायमा भइरहेको कामदार अभाव र वेरोजगारीको समस्या हटाउने लक्ष्य लिएर सुनसरी उद्योग वाणिज्य संघले अनलाइन श्रम बजारको शुरुवात गरेको छ । स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा बिहिबार(भदौ १३ गते) स्वर्ण महोत्सव मनाउदै संघले आफ्नो वेभसाइडसँगै श्रम बजारको शुरुवात गरेको हो । रोजगारदाता र योग्यता, क्षमता भएका जनशक्तिबीच पुलको काम गर्ने भनिएको श्रम बजारको भौतिक पूर्वाधार एवं यातायात मन्त्री छविराज पन्तले गरेका थिए । कामदारको अभाव भएपनि पूर्वका उद्योगहरुले आफुले चाहेको कामदारहरु पाउन सकेका छैनन् भने योग्यता र सीप हुदा हुदै पनि थुप्रै जनशक्ति वरोजगार बस्नु परेकोले श्रमबजार सञ्चालनमा ल्याएको संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । ‘उद्योगहरुले योग्य जनशक्ति खोजीरहेको छ, कहाँ छन् भनेर थाह छैन, अर्कोतर्फ दक्ष जनशक्ति पनि अवसर नपाएर बेरोजगार भइबस्नु परेको छ, उनीहरु पनि कहाँ अवसर छ भनेर अनभिज्ञ छन्’–अध्यक्ष श्रेष्ठले भने–‘त्यसैले हामी रोजगारदाता र दक्ष जनशक्तिबीच सम्बन्ध स्थागित गराउने माध्यम बन्नेछौं, यसले दुवैको समस्या हल गर्छ र युवाहरु बेरोजगार बस्नु पर्नेछैन, वैदेशिक रोजगारीमा जान

सिक्दै सिकाउदै कलायात्रा

Image
धरान । युमा फाइन आर्ट एमेडेमी, धरानमा कला सिक्दै गरेका २१ बर्षीय रुद्र बिक सोमबार बिहानै भेडेटार हान्निए । उनीसँग एकेडेमीका अन्य नवोदित कलाकारहरु पनि थिए । हरदम चिसो मौषम रहने भेडेटारमा धरानको उखरमाउलो गर्मी  छल्न भनेर उनीहरु गएका भने होइनन् । पर्यटकीय गन्तव्य बनिसकेको भेडेटारमा सोमबार नेपालकै नाम चलेका एवं वरिष्ठ कलाकारहरुको जमघट हुदैथियो । यो खबरले रुद्र जस्ता धरान र पूर्वका नवोदित कलाकारहरु उत्साहित बनेका थिए । अग्रज कलाकारहरुबाट केही सिक्ने मौका उनीहरु गुमाउन चाहदैनथे । ‘वरिष्ठ कलाकारहरु आउदै हुनुहुन्छ भन्ने खबर सुनेँ, उहाँहरुबाट धेरै कुरा सिक्न सकिन्छ भनेर हामी गएका थियौं’–मंगलबार धरानमा भेटिएका रुद्रले भने–‘नाम मात्रै सुनेका वरिष्ठ कलाकारहरुलाई प्रत्यक्ष देख्न पायौं, उहाँहरु कसरी पेन्टिङ गर्नुहुन्छ भनेर हेर्न पायौं, हाम्रो लागि अध्ययनकै एउटा पाटो भयो ।’ कलायात्रामा करिब ४० जना वरिष्ठ एवं अग्रज कलाकारहरुले भेडेटारलाई क्यानभाषमा उतारे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पूर्वाञ्चल कलायात्रालाई रुद्रजस्ता थुप्रै नवोदित कलाकारहरुले प्रत्यक्ष अवलोकन गरे । यसलाई उनीह

स्वर्ण महोत्सव मनाउदै सुनसरी उद्योग वाणिज्य संघ

Image
 धरान । स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा सुनसरी उद्योग वाणिज्य संघले मंगलबारदेखि धरानमा तीन दिनसम्म विविध कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउदैछ । स्वर्ण महोत्सवको पहिलो दिन मंगलबारबाट एक गाउँ एक उत्पादन कार्यक्रमअन्र्तगत विभिन्न जिल्लामा उत्पादन भएका कृर्षिजन्य वस्तुहरुको प्रर्दशनी शुरु भएको छ । संघको सभाहलमा भएको प्रर्दशनीमा विभिन्न २२ जिल्लामा उत्पादन हुने कृर्षिजन्य उत्पादनहरु राखिएका छन् । प्रर्दशनीमा झापाको शान्तिनगर र शनिश्चरे गाविसमा उत्पादन हुने सुपारी, सुनसरीको विष्णुपादुका गाविसमा उत्पादन हुने बेसार, सप्तरीको आँप, दोलखाको लोक्ता, धनुषाको माछा, रामेछापको जुनार राखिएको छ । यस्तै, भक्तपुरको लप्सि, ललितपुरको सिम्बिडियम अर्किड, नुवाकोट र रसुवाको रेम्बो ट्राउट, चितवनको केरा, स्याङ्जाको कफि, पाल्पाको अदुवा, म्याग्दीको टिमुरलगायत कृर्षिजन्य उत्पादनहरु रहेको संघका कार्यकारिणी सदस्य एवं एक गाउँ एक उत्पादन कार्यक्रमका संयोजक मनोज श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक बर्षसम्म सरकारले नेपालका २२ जिल्लालाई एक जिल्ला एक उत्पादनमा समावेश गरेको थियो । हाल यो संख्या बढेर ३२ जिल्ला पुगेक

भानुचौकदेखि छाताचोकसम्म १० वटा सिसि क्यामेरा जडान

Image
 धरान । व्यावसायीहरुको सुरक्षा तथा अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघले धरानको मुख्य बजार क्षेत्रमा सिसि टिभि क्यामेरा जडान गरेको छ । स्थापनाको स्वर्ण महोत्सवको अवसर पारेर संघले मुख्य बजार क्षेत्र छाता चोकदेखि भानुचौकसम्म आइतबारदेखि सिसि टिभि क्यामेरा जडान गर्न थालेको हो । पहिलो चरणअन्र्तगत यी क्षेत्रमा १० वटा सिसि टिभि जडान गरिने संघले जनाएको छ । जडान गरिएका ती सिसि टिभी भने तीन दिने स्वर्ण महोत्सवको अवसरमा भदौ १३ गते औपचारिक उद्घाटन गरिनेछ । ‘व्यावसायीहरुको मात्रै होइन, सम्पुर्ण धरानबासीहरुको सुरक्षालाई ध्यान दिदै सिसि टिभि जडान गरेका हौं । यसले व्यापार, व्यावसायको मात्रै होइन अन्य अपराधिक गतिविधिलाई पनि निगरानी हुन्छ र निरुत्साहित गर्न मद्दत पुग्छ’–संघका वाणिज्य सचिव गिरीधारी सापकोटाले भने । छाताचोकदेखि भानुचौक आसपासको क्षेत्र धरानको मुख्य व्यापारिक क्षेत्र हो । यो क्षेत्रबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर यातायातको सवारीसाधन गुड्छ भने यही क्षेत्रमा थुपै्र बैंकहरु खुलेका छन् । यस्तै, सुनचादी, लत्ताकपडालगायत अन्य व्यापार, व्यावसायहरु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अख्तियारको ‘क्लिन चिट’

Image
धरान,भदौ ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवेश परीक्षा नतिजाबारे छानबीन शुरु गरेपछि रोकिएको एमबिबिएस र बिडिएसको भर्ना प्रक्रिया सुचारु हुने भएको छ । उजुरी परेपछि छानबीन शुरु गरेको आयोगले मंगलबार प्रतिष्ठानलाई पत्र पठाउदै भर्ना प्रक्रिया शुरु गर्न भनेपछि नयाँ शैक्षिक सत्रको लागि अवरुद्ध भएको भर्ना प्रक्रिया शुरु हुने भएको हो । अख्तियारले मंगलबार प्रतिष्ठानलाई पत्र पठाउदै योग्यता क्रम(मेरिट)को सुचिको आधारमा भर्ना प्रक्रिया शुरु गर्न फुकुवा गरेको थियो । त्यसअघि, गत साउन ३२ गते अख्तियारले प्रतिष्ठानबाट प्रवेश परीक्षा र नतिजाको कागजात नियन्त्रणमा लिदै भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । भर्ना प्रक्रिया स्थगित गरेको चार दिन पछि नै अख्तियारले मेरिट सुचिको आधारमा भर्ना प्रक्रिया सुरु गर्न पत्र पठाएको जियो । अख्तियारको फुकुवा पछि बिहिबारदेखि भर्ना प्रक्रिया शुरु गरिने प्रतिष्ठानले जनाएको छ । ‘आयोगबाट नै मंगलबार योग्यता क्रम(मेरिट) सुचिको आधारमा भर्ना प्रक्रिया शुरु गर्नु भन्ने पत्र आयो, त्यसैले बिहिबारदेखि भर्ना शुरु गछौं’–प्

बराहले वाईफाई र सिसिटिभी भएको डिलक्स बस चलाउने

Image
धरान । स्थापनाको १९ औं बार्षिकोत्सवको अवसरमा बराह इष्डष्ट्रिज प्रालिले धरान काठमाण्डौं रुटमा बस सेवा पनि सञ्चालन गर्ने भएको छ । हाल सुनचादी, खाद्यान्न तथा कपडालगायतको व्यापार गरिरहेको प्रालिले इन्द्र बराह डिलक्स बस सेवा सञ्चालन गर्ने घोषणा गरेको हो । बुधबार १९ औं बार्षिकोत्सव मनाउदै प्रालिले ४ वटा डिलक्स बसबाट सेवा शुचारु गर्ने जनएको छ । धरानको तीनकुनेस्थित विश्वकर्मा मन्दिरमा पूजा गरेरबुधबार दुई वटा डिलक्स बसमा प्रालिले अतिथि एवं सदस्यहरुलाई यात्रासमेत गराएको थियो । प्रालिका धरानस्थित शाखा प्रबन्धक मानबहादुर बिकका अनुसार केही दिनमा थप दुई वटा डिलक्स बस थपिनेछ । ती सबै बसहरु यात्रुको सेवा सुविधालाई बिषेश ध्यान दिइएको प्रबन्धक बिकले बताए । ‘सबै बसमा वाईफाई सुविधा हुनेछ, यात्रुको सुरक्षाको लागि सिसिटिभी क्यामेरा हुन्छ र एलइडि टिभिको सुविधा पनि हुन्छ’–उनले भने । बुधबार उद्घाटन गरिएपनि रुटको केही प्रक्रिया बाँकी रहेको प्रालिले जनाएको छ । यसैगरि, बुधबार नै प्रालिले तीनकुनेस्थित महाकाल शनिदेव मन्दिर नजिकैको परिसरमा स्थापना गरेको इन्द्रेश्वर महादेवको मुर्तिको अनावरण पनि गरिएको थियो । प्

फोटोमा उहिलेको धरान

Image
धरान । खुबै नाम चलेको धरान ४ स्थित छाता चोकको नाम कसरी रहन गयो होला ? त्यहाँ छाता थियो कि वा के थियो ? धरानका बुढापाकाबाहेक तन्नेरी र नयाँ पुस्ता यसबारे अनभिज्ञ छन् । मंगलबार धरान ७ स्थित सिद्धि नेवाः परिषदको हलमा पुगेपछि भने भिक्टोरी स्कुलका विद्यार्थी गोविन्द राईको उहिलेदेखिको जिज्ञासा मेटियो । ‘अपुई, त्यहाँ त छाता जस्तै पो थिएछ त’–उनीसँगै उनका साथीहरुमा पनि अचम्मित भए । विश्व फोटोग्राफी दिवसको अवसरमा सोमबार र मंगलबार धरानमा आयोजित दुई दिने साँस्कृतिक फोटो प्रर्दशनीले उहिलेको धरानबारे गोविन्द जस्ता थुप्रै धरानेहरुको जिज्ञासा मेटाएको थियो । उहिले त्यहाँ छाता आकारको काठको चौतारी थिएछ । अहिले त्यसको नामनिसान छैन । वरीपरी पक्कीघरहरु ठडिएको छ । तर, छाताआकारको संरचना ठिक पछाडिको भवन भने अझै पुरानो अवस्थामै छ । ‘धरानको पुरानो फोटोहरु हेर्न पायौं, पहिला धरान कस्तो थिएछ भनेर थाह पाउदा ज्यादै खुशी लागेको छ’–युरेका उच्चमाविमा कक्षा ७ मा अध्ययनरत अभिषेक पण्डितले भने । जुनियर जेसिज धरानको आयोजना र चोमोलोङ्मा युनेस्को सेन्टरको सहयोगमा भएको फोटो प्रर्दशनीमा उहिलेको धरान झल्काउने २७ वटा फोटोहरु र

उद्योग वाणिज्य संघले तीन दिनसम्म स्वर्ण महोत्सव मनाउने

Image
धरान । स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा सुनसरी उद्योग वाणिज्य संघले भदौ ११ देखि १३ गतेसम्म विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउने भएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न संघका निवर्तमान अध्यक्ष मोहनकाजी शाक्यको संयोजकत्वमा ३ सय १ सदस्यीय मुल समारोह समिति तथा सल्लाहकार समिति गठन गरिएको संघले जनाएको छ । ‘संघ स्थापनाको ५० बर्षपुग्नु आफैमा गर्विलो इतिहास हो, त्यसैले यो अवधिमा हामीले के काम गर्यौं र कस्तो उपलब्धीहरु हासिल गर्यौं भनेर समुदायसम्म पुर्याउनेछौं’–संयोजक शाक्यले भने । यसको लागि स्वर्ण स्मारिका प्रकाशन गरिने उनले बताए । संघको स्थापना २०२० साल भदौ १३ गते व्यापार प्रबन्ध समितिको नाममा भएको थियो । पछि ०५२ सालमा नाम फेरेर उद्योग वाणिज्य संघ सुनसरी बनाइएको थियो भने गत बर्ष पुनः विधान संसोधन गरेर नामको अघि सुनसरी थपेर सुनसरी उद्योग वाणिज्य संघ बनाइएको थियो । पहिलो दिन भदौ ११ गते सुनसरी जिल्लामा पर्यटन विकासका सम्भावना तथा चुनौतीहरु ीबषयक क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता आयोजना हुने प्रचारप्रसार समितिका संयोजक उपेन्द्र चाम्लिङले जानकारी दिए । प्रतियोगिताको विजेताले क्रमशः १५

बीपीका उच्चअधिकारीलाई अख्तियारले वयान लिदै

Image
धरान । एमबिबिएस र बिडिएसको प्रवेश परीक्षाको नतिजा प्रकाशनबारे छानबीन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र परीक्षा समितिलाई वयानको लागि बोलाएको छ । आयोगले वयानको लागि बोलाएपछि आइतबार नै प्रतिष्ठानका उपकुलपमिा डा.बलभद्रप्रसाद दास, परीक्षा समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष डा.बिक्रम श्रेष्ठसहित पाँच जना राजधानी गएका छन् । उपकुलपति र शिक्षाध्यक्षसँगै परीक्षा डिन डा.ध्रुवकुमार उप्रेती, परीक्षा सहायक डिन डा.सिवेन्द्र झा र प्राविधिक सहायक गौरव सञ्जेल पनि वयानको लागि आयोगमा आइतबार हाजिर भएका छन् । आयोगले वयानको लागि उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय सुनसरीलाई पत्र पठाएपछि आइतबार नै प्रशासनले उनीहरुलाई राजधानी पठाएको हो । ‘आयोगबाट पठाइदिनु भन्ने पत्र आएकोले उहाँहरुलाई आजै माथि उपस्थित हुन पठाएको हो’–सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले भने । पाँच जनामध्ये अख्तियारले आइतबार तीन जनाको वयान लिइसकेको जनाएको छ । सोधपुछ पछि तारेखमा राखेर अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताए । ‘पाँच जनालाई उपस्थित गरा

गुटबन्दी र विवादकै बीचमा महिला युथफोर्स गठन

Image
धरान । युवा नेताहरुको विवाद र विरोधकाबीच धरानमा आयोजना भएको युवा संघ नेपालको राष्टिय युवा महिला भेलाले महिला युथफोर्स गठन गरेको छ । पार्टी अध्यक्ष झलनाथ खनाललेसमेत भेला स्थगित गर्न दिएको निर्देशनविपरीत शनिबार युवा महिला भेलाले ७५ सदस्यीय महिला युथफोर्स गठन गरेको हो । संविधानसभा निर्वाचनलाई लक्षित गरेर गठन गरिएको फोर्सको प्रमुखमा संघकी उपाध्यक्ष निरु पल छिन् । यस्तै, तीन जना उपप्रमुखहरुमा संघकी सचिव तथा महिला विभाग प्रमुख अञ्जली अधिकारी, सरस्वती खड्का र शान्ता राई छन् भने सचिवमा वालिका खड्का रहेकी छिन् । फोर्समा हाल भेलामा सहभागी ६१ जिल्लाको प्रतिनिधित्व छ । पछि बाँकी रहेका जिल्लाको पनि प्रतिनिधित्व गराएर फोर्स विस्तार गरिने संघले जनाएको छ । पुरुष युथ फोर्सको गठन भने भदौ २९ र ३० गते चितवनमा आयोजना हुने राष्टिय कार्यकर्ता भेलाबाट घोषणा गरिने अध्यक्ष महेश बस्नेतले बताए । महिलाहरुमा प्रतिरोधी क्षमता र जुझारुपन बढाउन फोर्स गठन गरिएको अध्यक्ष बस्नेतको भनाई थियो । घरघरमा तथा गाउँ गाउँमा चुनावी लहर ल्याउन र हिंसा, अत्याचारविरुद्ध प्रतिरोध क्षमता बढाउन पनि फोर्सको आवश्यकता रहेको उनले बताए । ‘

पूर्वको ठुलो माउण्टेन बाइक शोरुम ग्रिनह्विल्सको उद्घाटन

Image
धरान । पूर्वाञ्चलको अहिलेसम्मकै ठुलो र एक मात्र ब्राण्डेड माउण्टेन बाइकको शोरुम ग्रिनह्विल्स धरान शनिबारदेखि आधिकारीकरुपमा सञ्चालनमा आएको छ । धरान १९, धनकुटे रोडमा खुलेको शोरुमको युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले शनिबार एक समारोहबीच रिबन काटेर उद्घाटन गर्नुभएको थियो । साथै उहाँले माउण्टेन बाइकमा पनि केहीक्षण राइड गर्नुभएको थियो । शोरुमको उद्घाटन गर्दै नेता बस्नेतले युवाहरु आयमुलक एवं व्यावसायिक काममा संलग्न हुनु स्वागतयोग्य काम भएको बताउनुभयो । साइकल शोरुमले पूर्वको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाई थियो । धरानलाई साइकल सिटि बनाउने अभियानका चार युवाहरु हेम लिम्बू, कृष्ण केसी, डा.समीर चौधरी र शिक्षक दिपक राईले यो शोरुम सञ्चालनमा ल्याएका हुन् । यो शोरुम विश्वप्रसिद्ध साइकल कम्मेन्सल र चेन ब्राण्डको माउण्टेन बाइक उत्पादक कम्पनीको पूर्वाञ्चल क्षेत्रको एक मात्र आधारिक डिलर हो । ललितपुरको झम्सीखेलस्थित इपिक माउण्टेन बाइक प्रालिको पूर्वाञ्चल क्षेत्रीय डिलरकोरुपमा यो शोरुम रहने सिइओ हेम लिम्बूले बताउनुभयो । शोरुममा कम्मेन्सल र चेन ब्राण्डको साइकलसँगै साइ

प्रवेश परीक्षामा अनियमितताको आशंकामा अख्तियारद्धारा बीपीमा छापा

Image
धरान । एमबिबिएस र बिडिएसको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । आयोगको केन्द्रीय कार्यालयबाट निर्देशन आएपछि शुक्रबार जिल्लास्थित अख्तियार प्रमुख रहेका सुनसरीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले प्रतिष्ठानमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ । अख्तियारबाट शुक्रबार नै निर्देशन आएकोले प्रवेश परीक्षासम्बन्धि सम्पुर्ण कागजातहरु नियन्त्रणमा लिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले जानकारी दिए । अख्तियारको टोलीले प्रवेश परीषाको प्रश्नपत्र, उत्तरपुस्तिका र परीषा शाखाको कम्प्युटरको सिपियुसमेत नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका सबै सामग्रीहरुलाई निर्देशन वमोजिम आयोगको केन्द्रीय कार्यालयमा पठाइने प्रजिअ थापाले बताए । ‘एमबिबिएस र बिडिएसको प्रवेश परीषाको प्रश्नपत्र, उत्तरपुस्तिका र सिपियु सबै नियन्त्रणमा लिएका छौं, माथिको आदेश वमोजिम नै पठाइदिन्छौं’–प्रजिअ थापाले भने । कागजात नियन्त्रणमा लिन प्रजिअ थापासँगै पूर्वक्षेत्रीय प्रहरी प्रमुख ए