Posts

Showing posts from December, 2014

बीपी सुन्दर बजारमा अनियमितताको आशंकामा अख्तियारद्धारा छानबीन शुरु

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअघिको अव्यवस्थित छाप्रा(टहरा)लाई स्थानान्तरण गर्न निर्माण गरिएको बीपी सुन्दर बजार सञ्चालनको क्रममा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ । सुन्दर बजारबारे उजुरी परेपछि आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले अनुसन्धान शुरु गरेको हो । उजुरी पछि आयोगले बजारको भौतिक संरचना निर्माणको समयका आवश्यक कागजात मगाएर अध्ययन गरिरहेको छ । थप जानकारी लिनको लागि आयोगको एक टोली गएको बुधबार(पुष ९ गते) सुन्दर बजार आएर स्थलगत अध्ययन एवं सोधपुछ पनि गरिसकेको छ । बजार अव्यवस्थितरुपमा सञ्चालन भएको र कोठा भाडावापत संकलन भएको रकममा अनियमितता भएको उजुरी परेपछि आयोगले अनुसन्धान शुरु गरेको हो । ‘बजार अव्यवस्थित छ, कोठा भाडावापतको पैसा कसले उठाएर कहाँ खर्च गरेको छ ? हेर्दिनुपर्यो भनेर डेढ–दुई महिनाअघि उजुरी परेको थियो’–आयोगका क्षेत्रीय प्रमुख डल्लुराज बस्नेतले भने–‘बजार कसरी बन्यो भनेर कागज मगाएर अध्ययन गर्यौं र पैसा कसरी उठाएको रहेछ भनेर स्थलगत अध्ययन पनि गरिसकेको छौं ।’ अख्तियारका क्षेत्रीय प्रमुख बस्नेतका अनुसार बजारको

रिठे सापकोटा:गल्फले धरानदेखि जर्मनीसम्म

Image
धरान । उनले गल्फ कोर्षमा पाइला टेक्दा १३ बर्षका मात्रै थिए । गल्फ कोर्ष उनी भन्दा झन् ३ बर्ष कान्छा । धरान गल्फ क्लब स्थापना भएको मात्रै १० बर्ष भएको थियो । कोर्षमा तत्कालीन ब्रिटिश घोपा क्याम्पका गोराहरु मात्रै गल्फ खेल्थे । कोर्ष नजिकै घर भएका रिठे सापकोटा मात्र तेह्र बर्षको उमेरमा सन् १९७१ म बल ब्वाई हुदै कोर्षमा पाइला टेके । बल ब्वाई भएर कोर्षमा छिरेका उनले झण्डै ३ बर्षसम्म गोराको क्याडी भएर पछि पछि हिडे । केही समय पछि उनी क्याडी मास्टर भएर अरु क्याडीलाई प्रशिक्षण दिए । त्यही बीचमा उनले गल्फ खेल्न पनि सिके, र मात्र १७ बर्षको उमेर प्रो–टर्न हुदै आफुलाई नेपालकै दोस्रो व्यावसायिक गल्फरकोरुपमा उभ्याउन सफल भए । उनीभन्दा अघि काठमाण्डौंमा घनश्याम थापा मात्रै नेपालका पहिलो व्यावसायिक गल्फर थिए । त्यसबेला राजधानीमा रोयल नेपाल गल्फ क्लबमा शाही परिवारका सदस्य र धरान गल्फ क्लबमा अंग्रेजहरुको मात्रै गल्फ खेलमा बर्चस्व थियो । बल ब्वाईबाट गल्फ कोर्षमा पाइला चालेका तिनै रिठे सापकोटा अहिले भने जर्मनीको एर्फटमा गल्फका व्यावसायिक प्रशिक्षक छन् । सन् १९९० मा जर्मन भासिनु अघि भने उनले नेपालको प्रत

जैविक विविधता संरक्षणबारे दुई दिने गोष्ठी

Image
धरान । आदिबासी जनजातिहरुको परम्परागत ज्ञानले कसरी जैविक विविधता जोगाउन सकिन्छ भनेर क्षमता अभिवृद्धि गर्न धरानमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । धरान ८ स्थित होटल कञ्चनजंघामा शुरु भएको गोष्ठीमा जिल्लाभरका सरकारी तथा विभिन्न आदिबासी जनजाति संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । सो गोष्ठी आदिबासी जनजाति महासंघ केन्द्रीय समन्वय परिषद, राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, केन्द्रीय समिति, आदिबासी जनजाति युवा महासंघ केन्द्रीय समिति र आदिबासी जनजाति गैरसरकारी संस्था महासंघले शुक्रबार र शनिबार संयुक्तरुपमा आयोजना गरेको हो । जैविक विविधता संरक्षणसँगै जलवायु परिवर्तन र पर्यावरणमा प्रदुर्षण काम गर्न आदिबासी जनजातिहरुको परम्परागत ज्ञानलाई सदुपयोग गराउने उद्देश्यले गोष्ठी आयोजना गरिएको संयोजक एवं आदिबासी जनजाति युवा महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार राईले बताए । ‘जैविक विविधतासम्बन्धी महासन्धी पनि छ, यसलाई नेपालमा कार्यान्वयन गराउन सरकारी र गैरसरकारी तवरबाट के कस्तो भुमिका गर्न सकिन्छ भन्ने पनि उद्देश्य हो । गोष्ठीको निष्कर्ष र महासन्धीलाई कार्यान्वयन गर्न राज्यलाई समन्वय र दबाब दिइनेछ’

दैनिक सवा करोडको सुन्तला निर्यात

Image
धरान । कोशी अञ्चलको पहाडी जिल्लाबाट दैनिक सरदर सवा करोड बराबारको सुन्तला निर्यात भइरहेको छ । व्यापारीहरुका अनुसार पहाडी जिल्लामा सुन्तलाको बगान पनि थपिएकोले यो बर्ष उत्पादन बढी भएको छ । सुन्तलाका थोक बिक्रेता चण्डेश्वरी चौधरीका अनुसार अचेल पहाडी क्षेत्रबाट दैनिक २ सय मेट्रिक टन भन्दा बढी सुन्तला आयात भइरहेको छ । ती मध्ये एक सय २० मेट्रिक टनजति मात्रै धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा आउछ । अरु सिधै विराटनगर, इटहरीका व्यापारीहरुले आयात गर्ने गरेका छन् । ‘यसपाली राम्रो उत्पादन भएको छ, हिजोआज पहाडबाट दैनिक ३० गाडी जति सुन्तला आइरहेको छ’–थोक व्यापारी चौधरीले भने । कृर्षि उपज बजारस्थलका अनुसार औसतमा ६० रुपैयामा सुन्तलाको कारोबार भइरहेको छ । यो दरले पनि कोशी पहाडी जिल्लाबाट कृर्षि उपजमा मात्रै दैनिकरुपमा करिब ६६ लाखको सुन्तला आयात भइरहेको छ । त्यति नै मात्रामा विराटनगर, इटहरी क्षेत्रका थोक व्यापारीले पनि सुन्तला आयात गर्ने गरेकोले दैनिक सवा करोडको सुन्तला पहाडी क्षेत्रबाट आइरहेको व्यवस्थापक लक्ष्मण भटराईले बताए । ‘यो बर्ष बगानहरु पनि थपिएकोले हुनसक्छ, गत बर्षभन्दा धेरै आयात भइरहेको छ,

भेडेटारमा तेस्रो फुड फेस्टिवल हुने

Image
धरान । पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारमा तीन दिने तेस्रो भेडेटार फुड फेष्टिवल आयोजना हुने भएको छ । होटल एशोसिएशन अफ भेडेटारले बिहिबार धरान ४ स्थित होटल सेक्षमा पत्रकार सम्मेलन गर्दै पुस १६ देखि १८ गतेसम्म फेष्टिवल गर्ने जानकारी दिएको हो । धरानदेखि करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । हरदम चिसो मौसम रहने भेडेटारमा अंग्रेजी नयाँ बर्षको अवसर पारेर पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको अध्यक्ष लिलाराज लावतीले जानकारी दिए । उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबै भन्दा धेरै भारतीय हुन्छन् । नयाँ बर्षमा भारतीयहरुको विदा हुने भएकोले उनीहरुलाई पूर्वी नेपाल र बिषेश गरि भेडेटारमा आकर्षित गर्न फेष्टिवल आयोजना गरिन लागेको उनले खुलाए । ‘धरान र धनकुटाको पर्यटन प्रर्वद्धनमा भेडेटारको उल्लेख्य भुमिका छ, यसको अझै प्रचारप्रसार गर्न सक्यौं भने पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अङग्रेजी नया“ वर्ष २०१५ को अवसरमा फेष्टिवल आयोजना गर्ने निर्णय गरेका हांै’ उनले भने । तीन दिनसम्म हुने फेष्टिवलमा विभिन्न जाति परिकारका स्टलहर

भ्याट छलि गर्नेलाई अनुगमन गरेर कारबाही गर्न अख्तियारको निर्देशन

Image
धरान । नियमनकारी निकायको कमजोरीले व्यापारीहरुले भ्याट विल नकाटी ठुलो मात्रामा राजश्व छली गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वका सबै राजश्व कार्यालयलाई अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयले पूर्वको धरान, विराटनगर, भद्रपुर र लहानस्थित आन्तरिक राजश्व कार्यालयलाई मंगलबार पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । आयोगले विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयलाई पनि पत्रको बोधार्थ दिइएको छ । व्यापारीहरुले सरकारी कामकाजबाहेकको काममा खरीद गर्दा उपभोक्ताहरुलाई भ्याट बिल नकाटी राजश्व छलि गरिरहेको अख्तियारको आशंका छ । पत्राचार गर्नुअघि आयोगले सोमबार सबै अन्तरिक राजश्व कार्यालयका प्रमुखहरुलाई बोलाएर भ्याट छलि गरेको बिषयमा छलफल गरेको थियो । ‘व्यापारीहरुले सरकारी कार्यालय र कामकाजको लागि मात्रै भ्याट विल प्रयोगमा ल्याउने गरेका छन्, अरु बेला ग्राहकलाई भ्याट बिल नकाटी ठुलो राजश्व छलि गरिरहेका छन्’–आयोगका क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले नागरिकसँग भने–‘त्यसैले सबै आन्तरिक राजश्व कार्यालय र क्षेत्रीय प्रमुखसँग छलफ

सार्वजनिक कार्यक्रममा कृर्षिमन्त्रीले खैनी सेवन गरे

Image
धरान । सरकारले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न जरिवानासहित कारबाही गर्ने ऐन जारी गरेको छ । तर नेपाल सरकारका एक जिम्मेवार मन्त्रीले बुधबार धरानमा आयोजित एक सार्वजनिक कार्यक्रममा सबैले देख्ने गरि नै सुर्ति(खैनी) सेवन गरे । धरान २३, विष्णुपादुकास्थित के एण्ड के लाइभस्टक एग्रिकल्चर रिसर्च सेन्टरको उद्घाटन तथा निरीक्षण कार्यक्रमको औपचारिक समारोहमा सरकारका कृर्षिमन्त्री हरि प्रसाद पराजुलीले निःसंकोच सुर्ति(खैनी) सेवन गरे । उनले हसिलो मुद्रामा खैनी हातमा लिएर माड्दा उनी अघि सयको हाराहारीमा अतिथि, सर्वसाधारण, प्रहरी र पत्रकार उपस्थित भए पनि कसैको ख्याल गरेनन् । मञ्चमा नै बसेका मन्त्री पराजुलीको गतिविधिलाई भने जनताले टुलुटुलु हेरिरहेका थिए भने पत्रकारहरुले क्यामेरामा कैद गरिरहेका थिए । तर पनि उनले कुनै हेक्का राखेनन् भने उनी आसपासमा बसेर एमोलका नेताहरुले पनि उनलाई सचेत गराएनन् । नेपाल सरकारले २०६८ सालमा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन जारी गरेको थियो । उक्त ऐनमा सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्ती सेवन गरेको पाइएमा पहिलो पटक चेतावनी

हरित आवास बनाए छुटैछुट पाइने

Image
धरान । धरान उपमहानगरपालिकाले हरित आवासको कार्यविधि बनाएर आगामी तीन बर्षभित्रमा हरित आवासिय नगरकोरुपमा विकास गर्ने नीति लिएको छ । हरित आवास निर्माणमा जनतालाई आर्कषण एवं प्रोत्साहन गर्न नक्सा पासमा छुट, नक्सा पासको प्रक्रिया चाडै गर्नेलगायत विभिन्न सेवा–सुविधा उपलब्ध गराउने उपमहानगरपालिकाले जनाएको छ । धरानमा गत बर्षको जेठ महिनादेखि हरित आवास परियोजना सञ्चालनमा छ । धरानबाहेक ललितपुर र पोखरा उपमहानगरले पनि हरित आवासको अवधारणालाई अघिबढाएको छ । ‘हरित आवास बनाउन चाहनेलाई घरनक्सा पासमा ५० प्रतिशत छुट दिने निर्णय भएको छ । नक्सा पास अवधिलाई पनि छोट्याउने, हरित भवन बनाउनेलाई १५ दिने सुचनाबाहेक चाडै इजाजत दिनेजस्ता सुविधा दिइनेछ’–उपमहानगरपालिकाका योजना शाखा प्रमुख एवं हरित आवासका फोकल पर्सन सुरज श्रेष्ठले भने–‘आगामी बर्षदेखि हरित आवास बनाउने उत्कृष्ट ३ जनालाई विश्व वातावरण दिवसमा सम्मान पनि गछौं, घर निर्माण सम्पन्न गरिसक्ने अवधि २ बर्षदेखि बढाएर हरित आवासलाई ३ बर्षको समय दिइनेछ ।’ तीब्र शहरीकरणले क्रंक्रिटको घरहरु थपिने क्रम ह्वात्तै बढेपछि सरकारले वातावरण अनुकुलको घर निर्माणलाई प्रोत्साहन ग

धरान उप–महानगरपालिकामा सम्भावनासँगै चुनौतीको पहाड

Image
धरान । सरकारले उप–महानगरपालिका घोषणा गरेपछि धरान नगरपालिकाको बोर्ड फेरिएर उप–महानगरपलिका बनेको छ । बोर्ड त सजिलै फेरियो, समग्र उप–महानगर क्षेत्रको भुगोल फेर्न भने उपमहानगर कार्यालयलाई चुनौतीको पहाड छ । गएको मंसिर १६ गते सरकारले धरानसहित ७ वटालाई नगरपालिकालाई उप–महानगरपलिका घोषणा गर्यो । धरानमा पहिला नै छिमेकी पाँचकन्या गाविस गाभिएर उपमहानगर हुने बाटोमा थियो भने उप–महानगरपालिका घोषणा हुदा अर्को छिमेकी गाविस विष्णुपादुका पनि गाभियो । धरान नगर १९ वटा वडाबाट विस्तार भएर २७ वटा नगरपालिका भएको छ । धरानको क्षेत्रफल १०३ वर्गकिलोमिटरबाट बढेर १९२ वर्गकिलोमिर पुगेको छ भने जनसंख्या पनि बढेर १ लाख ३७ हजार ७ सय ५ पुगेको छ । यो घोषणासँगै साविक धरानबासीहरु उप–महानगरबासी भएकोमा खुशी छन् र थप विकास हुने आशामा छन् । भर्खरै धरानमा गाभिएको पाँचकन्या र विष्णुपादुकाका जनतामा पनि थप सेवा सुविधा र विकास पाउने तीब्र आकांक्षा छ । यी तिनै क्षेत्रका जनताको आकांक्षालाई सिमित स्रोत, साधन तथा बजेट भएको उप–महानगरपालिका कार्यालयले भने सजिलै पुरा गर्न सक्ने क्षमता भने छैन । यद्यपी, चुनौतीहरु धेरै हुदाहुदै पनि सम्

पोथी कुकुरको बन्ध्याकरण गरिदै

Image
धरान । कुकुरको बाँच्न पाउने अधिकार सुरक्षित गर्न र प्राणघातक रोग रेबिजबाट मानिसलाई जोगाउन धरान क्षेत्रमा छाडा छोडिएका कुकुरहरुको धरानमा बध्याकरण शिविर सञ्चालन भइरहेको छ । पुस ४ गतेदेखि धरान उप–महानगरपालिका कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा सोमबारसम्म ७० भन्दा बढी पोथी कुकुरहरुको बध्याकरण भइसकेको छ । यो शिविर हिमालयन एनिमल रेस्क्यु ट्रष्ट, धरान उप–महानगरपालिका र पेट्स होमले संयुक्तरुपमा सञ्चालनमा ल्याएको हो । ट्रष्टका प्राविधिक नारायण ढकालका अनुसार सडकमा छाडा छोडिएका पोथी कुकुरको पहिचान गरेर समातिन्छ र बन्ध्याकरण पछि पुनः त्यही ठाउँमा लगेर छोडिन्छ । यस कार्यको लागि २ वटा गाडी(भेन) पनि परिचालन गरिएको छ । शिविर पुस ९ गतेसम्म हुनेछ । ‘अहिलेसम्म ७४ वटा पोथी कुकुरहरुको बन्ध्याकरण भइसकेको छ, पुस ९ गतेसम्म शिविर रहने भएकोले संख्या अझ बढ्नसक्छ’–प्राविधिक ढकालले भने । उनका अनुसार विगतमा सडकमा छाडा छोडिएको कुकुरहरुलाई बिष खुवाएर मारिदा उनीहरुको बाँच्न पाउने अधिकार हनन् हुन्थ्यो भने बिष दिएर मारिएका कुकुरको सिनोलाई व्यवस्थापन गर्न पनि समस्या हुने गथ्र्यो । बन्ध्याकरणले पशुको बाँच्

कलरवले प्रकाशन गृह सञ्चालन गर्ने

Image
धरान । विगत चार बर्षदेखि कला, साहित्य र संगीतको क्षेत्रमा क्रियाशिल कलरवले कविता विधालाई बिषेश महत्व दिएर प्रकाशन गृह सञ्चालन गर्ने भएको छ । कलरवमा आवद्ध कविहरुको टिमले कलरव प्रकाशन गृह सञ्चालन गर्ने निर्णय गरेको हो । यो प्रकाशन गृहले साहित्यको सबै विधालाई समेटेपनि बिषेश गरि ओझेलमा परेको कविता विधालाई महत्व दिएर पुस्तकहरु प्रकाशन गर्ने जनाएको छ । कलरवमा आवद्ध युवा कविहरु हेमन यात्री, सुदिप पाख्रिन, सञ्जिव राई, राजेश बिद्रोही र चेवन राई मिलेर गृह सञ्चालनमा ल्याएका हुन् । कलरवमा भने कलाकार र साहित्यकार गरि एक दर्जन आवद्ध छन् । प्रकाशन गृहमा कविहरु आफैले लगानी गर्ने भएका छन् । कविता विश्वमै सर्वोच्च विधा भए पनि नेपालमा प्रकाशन गृहहरुले कविता संग्रह प्रकाशनमा कम चासो दिने गरेकोले मोफसलका कविहरु आफै जुर्मुराउनु परेको बताएका छन् । ‘आख्यानलाई प्रकाशन गृहहरुले जति मार्केटिङ गर्छन्, कवितालाई पनि गर्ने हो भने धेरै बिक्री हुन्छ । तर, त्यसो हुन सकेको छैन’–कवि हेमन यात्रीले भने–‘हामी आफै पनि कविता लेख्छौं, त्यसैले अन्य प्रकाशन गृहभन्दा फरक रहेर बिशेष कविता विधामा केन्द्रीत हुन्छौं । तर, अन्य

ओशो ध्यान केन्द्रमा अख्तियार प्रमुखको सु-शासनबारे प्रवचन

Image
धरान । कार्यालयहरुमा अख्तियारको दुरुपयोग भएको छ/छैन भनेर अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय प्रमुख डल्लुराज बस्नेत शनिबार धरानमा भिन्नै नाम र काममा उपस्थित भए । विष्णुपादुकास्थित ओशो महापरिनिर्वाण ध्यान केन्द्रमा उनलाई सबैले स्वामी ध्यान वितरागको नामले बोलाए । उनी ओशो दर्शनबाट प्रभावित भएर दशकअघि नै ध्यानमा लागेका रहेछन् । उनी त्यहाँ फरक नाम र कामले परिचित भएपनि कसरी सु शासन कायम राख्ने भन्ने बिषयमा लामो प्रवचनमार्फत सबैलाई प्रभावित बनाए । आयोजक केन्द्रले स्वामी वितरागलाई ध्यान र सु शासन बिषयमा नै आफ्ना अनुभव र विचारहरु राख्न लगाएको थियो । उनले धार्मिक दर्शन, ध्यानको व्याख्या गर्दै आध्यात्मबाट आफैले आफैलाई शासन गर्दा पाउने खुशी तथा आनन्दबारे सहभागीहरुलाई प्रष्ट्याए । कार्यक्रमका संयोजन गरेका स्वामी आत्मनन्द उर्फ आनन्द श्रेष्ठका अनुसार ध्यानले मानिसलाई तनावबाट मुक्ति दिलाएर आनन्द प्राप्ती गराउने र त्यसले सुशासन कायम राख्न पनि मद्दत पुर्याउने भएकोले स्वामी वितरागलाई निमन्त्रण गरेको बताए । उनका अनुसार यहाँ ओशोका अनुयायी एवं सन्यासीहरु हरेक दिनजसो

सर्दु जलाधार जोगाउन धरानले चासो नदिएको गुनासो, सिमांकन गर्न स्थानीयको माग

Image
धरान । तल्लो तटिय क्षेत्र धरान उपमहानगरबासीहरुले खानेपानीको प्रमुख स्रोतकोरुपमा जलाधार क्षेत्रलाई उपभोग गरिरहेपनि संरक्षणमा भने चासो नदिएको भन्दै उपल्लो क्षेत्रका बासिन्दाहरुले गुनासो पोखेका छन् । जलाधार क्षेत्रको संरक्षणमा आफुहरुसँग स्रोत, साधानको अभावले पुर्णरुपमा सफल नभएको भन्दै उनीहरुले जलाधार क्षेत्रको सिमांकन गर्न पनि धरान उपमहानगरपालिकालाई आग्रह गरेको छ । जलाधार क्षेत्रको सिमांकन नहुदा संरक्षणमा समस्या भइरहेको स्थानीयको भनाई छ । ‘जलाधार क्षेत्रको वन फडानी रोक्न सक्दो प्रयास गरिहेका छौं, तर स्रोत साधानको अभावले समस्या भइरहेको छ’–विष्णुपादुकास्थित साँगुरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राजकुमार राईले भने–‘पहिलो कुरा त जलाधार क्षेत्रको सिमांकन गरिएको छैन, यो तत्काल गरिनुपर्छ तर,जलाधारको स्रोतलाई धेरै उपभोग गरिरहेको धरान शहरबासी र नगरपालिकाले खासै चासो दिएको छैन ।’ जलाधार क्षेत्रको संरक्षणको निम्ति उपल्लो तटिय र तल्लो तटिय क्षेत्रका बासिन्दाबीच समन्वय तथा सहकार्य गराउने उद्देश्यले वातावरण तथा पर्यटन विकास केन्द्र(सेड)नेपालको पहलमा को पहलमा वातावरणीय सेवा भुक्तानी प्रणाली

नेपालको दोस्रो व्यावसायिक गल्फर रिठे सापकोटा सम्मानित

Image
धरान । नेपालकै दोस्रो व्यावसायिक गल्फ खेलाडी रिठे सापकोटा बिहिबार गृहनगर धरानमा सम्मानित भएका छन् । सापकोटालाई सुनसरी जिल्ला गल्फ संघ, धरान गल्फ क्लब र निर्वाणा कन्ट््री क्लबले संयुक्तरुपमा सम्मान गरेको हो । निर्वाणा कन्ट्री क्लब एवं गल्फ कोर्षमा आयोजित कार्यक्रम जिल्ला गल्फ संघका अध्यक्ष डि.बि.साम्पाङ राईले नेपाली टोली लगाइदिएका थिए भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले सम्मान पत्र प्रदान गरेका थिए । विगत २४ बर्षदेखि जर्मनमा गल्फ प्रशिक्षककारुपमा रहेका सापकोटा आफ्नो खेल जीवन शुरुवात भएको कोर्षमा सम्मानित हुदा निक्कै भावुक बनेका थिए । नेपालमा गल्फ खेलको प्रारम्भकालमा विदेशीको मात्रै बर्चस्व हुदा घनश्याम थापापछि उनी दोस्रो नेपाली व्यावसायिक गल्फर थिए । सन् १९७६ मा प्रो–टर्न भएका उनी १९९० मा जर्मनी पुगेका थिए । त्यसयता उनी त्यही व्यावसायिक प्रशिक्षक भएर कार्यरत छन् । जिल्ला गल्फ संघका अध्यक्ष राईले सापकोटा धरानको मात्रै नभई नेपालकै गल्फ खेलका ऐतिहासिक एवं प्रेरक व्यक्ति भएकोले सम्मान गरिएको बताए । ‘नेपालबाट विदेशमा पुगेर गल्फ प्रशिक्ष

एभरेष्ट साँझमा फेशन शो

Image
धरान । धरानको एकमात्र फेसन डिजाईन पढाई हुने इष्ट एसियन कलेज अफ टेक्नोलोजीका विद्यार्थीहरुले बुधबार राती धरानमा फेसन शो गरेका छन् । धरान १५ बाँझगरामा आयोजित दोस्रो एभरेष्ट साँझमा कलेजका पहिलो ब्याजका विद्यार्थीहरुले फेसन शो गरेका हुन् । उक्त फेशन शो यसकारण बिषेश रह्यो कि मोडलहरुले फालिएको विभिन्न सामग्रीहरुबाट तयार गरिएको पहिरनमा क्याटवक गरेका थिए । कलेजका विद्यार्थीहरुले कागज, चाउचाउका खोल, ब्याण्डेज, प्रयोग गरिसकेको जिन्सका कपडालगायत फालिएका वस्तुहरुबाट तयार गरिएको आकर्षक पहिरनमा मोडलहरु प्रस्तुत भएका थिए । कलेजकी विद्यार्थी सोनी थापाले दैनिक जिवनमा प्रयोग गरिहेका विभिन्न बस्तुहरुलाई पुनः प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको बताईन् । कलेजका विद्यार्थीहरु उमा भिमाल (इटहरी) कल्पना गुरुङ धरान, मेनुकादेवी तामाङ रिमेश न्यौपाने, सुजाता तामाङ (इटहरी), रोमी गुरुङ (इटहरी), सुनिता राई (पथरी), लक्ष्मी राई, टिना लिम्बू, भोलादेवी लिम्बू, विकास खड्का (दमक)ले ड्रेस डिजाईन गरेका थिए । कलेजका निर्देशक अनिल निरौलाले फेसनको कक्षा लिईरहेका विद्यार्थीहरुलाई प्राक्टिकल ज्ञान दिन फेसन शोमा सह

६ बुँदे सहमति पछि पूर्वमा यातायात सुचारु

Image
धरान । दुर्घटना न्युनीकरण गर्न सिट क्षमताभन्दा बढी यात्रु चढाएका सवारीलाई ट्राफिक प्रहरीले कडाई एवं कारबाही गर्न थालेपछि दुई दिनदेखि बन्द रहेको पूर्वमा मंगलबार दिउँसोदेखि यातायात सुचारु भएको छ । यातायात व्यावसायीहरुको पहलमा मंगलबार धरान ९ स्थित पूर्वाञ्चल यातायात संघको कार्यालयमा सुनसरीका प्रजिअ, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र मजदुर संगठनका प्रतिनिधिहरुबीच भएको वार्तामा ६ बँुदे सहमति भएपछि यातायात सुचारु भएको हो । धरानबाट पहाडी रुटमा चल्ने माइक्रोमा सिट क्षमता भन्दा धेरै यात्रु चढाएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेपछि आइतबारदेखि माइक्रो चलेको थिएन भने सोमबारदेखि बस पनि ठप्प थियो । अचानक सवारी ठप्प हुँदा सर्वसाधारण यात्रुहरुको विचल्ली भएको थियो भने टेम्पो, मारुती भेनलगायत साना सवारीमा महंगो शुल्क तिरेर यात्रा गर्न बाध्य भएका थिए । वार्तामा स्थानीयस्तरका प्रहरी, ट्राफिक प्रहरीबाट चालक, परिचालकलाई शिष्ट र सभ्य व्यवहार गर्ने र चालक मजदुरहरुले पनि त्यस्तै व्यवहार गर्ने सहमति भएको छ । यसैगरि, सवारीसाधनको ढोका लगाएर मात्रै सवारी सञ्चालन गर्ने र लोकल यात्रीहरुलाई सिट क्षमता र

झमक घिमिरेलाई धरानमा अभिनन्दन(फोटोफिचर)

Image
धरान । मदन पुरस्कारसमेत पाइसकेकी फरक क्षमता एवं साहित्यिक प्रतिभाकी धनी झमक घिमिरेलाई सोमबार धरानमा अभिनन्दन एवं सम्मान गरिएको छ । धरान १४ स्थित पिण्डेश्वर विद्यापिठको ६३ औं बार्षिकोत्सव अवसरमा साहित्यिकार घिमिरेलाई अभिनन्दन तथा सम्मान गरिएको हो । पिद्यापिठको सभाहलमा आयोजित समारोहमा प्रमुख अतिथि एवं प्राज्ञ उपेन्द्र पागल र प्राचार्य डा.भिम खतिवडाले घिमिरेलाई दोसल्ला ओढाउनुका साथै अभिनन्दन पत्र प्रदान गरेका थिए भने प्राध्यापक संघ पिण्डेश्वर इकाई समिति र विद्यार्थी संगठनहरुले पनि संयुक्तरुपमा घिमिरेलाई सम्मान गरेको थियो । धनकुटा ३ कचिडेकी साहित्यकार घिमिरे खुट्टाले लेख्ने गर्छिन् । उनको कृति जीवन काडा कि फुलले ०६७ मा मदन पुरस्कार पाएको थियो । स्रष्टा घिमिरेको जीवन आम मानिसको लागि प्रेरणादायी भएकोले बार्षिकोत्सवको अवसरमा अभिनन्दन गरिएको प्राचार्य खतिवडाले बताए । ‘उहाँको जीवनबाट सबैले प्रेरणा लिन, सुन्न चाहन्छन्, त्यसैले उहाँलाई प्रत्यक्ष हेर्न यतिका मानिसहरु आएका हुन्’–प्राचार्य खतिवडाले भने–‘हामीले उहाँको लेखन र सृर्जनालाई सम्मान गरेका हौं ।’ प्राचार्य खतिवडाले भनेजस्तै साहित्यका