Posts

Showing posts from November, 2017

पुष पहिलो साता पुष्प प्रर्दशनी

Image
धरान,मंसिर १० । पुष्प व्यावसायको प्रर्वद्धन गर्ने उद्देश्यले आगामी पुष पहिलो सातादेखि धरानमा ५ दिने दोस्रो पुष्प प्रर्दशनी आयोजना हुने भएको छ । फ्लोरीकल्चर एशोसिएशन नेपालको सुनसरी शाखाले आइतबार पत्रकार सम्मेलन गर्दै पुष ७ देखि ११ गतेसम्म पुष्प प्रर्दशनी गर्ने जानकारी दिएको हो । अहिलेसम्म गत बर्ष आयोजना भएको धरान १२ स्थित अमान बजार प्रर्दशनीस्थल हुने भनिएपनि पछि स्थान अभाव भएमा अन्यत्र सार्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एशोसिएशनका जिल्ला सचिव प्रेमप्रसाद पराजुलीले गत बर्षभन्दा यस बर्ष व्यवस्थित र भव्यढंगले प्रर्दशनी आयोजना हुनेछ । गत बर्ष फागुन २३, २४ र २५ गते भएको प्रर्दशनीमा ४० लाख बढीको करोबार भएको थियो । ‘गत बर्ष अफ सिजन थियो, तर पनि त्यतिको कारोबार हुदा हामी ज्यादै उत्साहित भयौं,’सचिव पराजुलीले भने,‘यसपाली अझ व्यवस्थितढंगले आयोजना गछौं, र भव्य गछौं ।’ आयोजकका अनुसार गत बर्ष १८ पुष्प व्यावसायीका २१ वटा स्टल राखिएको थियो । यसपाली ३० भन्दा बढी स्टल प्रर्दशनीस्थलमा हुने आयोजक संस्थाले जनाएको छ । ती स्टलहरुमा विभिन्न सय भन्दा बढी प्रजातिका फुलहरु प्रर्दशनी एवं बिक्रीमा

धरानकै मतदाता भन्छन्,‘उपमहानगरबासी हुन सकेनौं’

Image
धरान,मंसिर १० । साविक पाँचकन्या गाविस धरानमा गाभिएर उपमहानगरपालिकाको ४,५ र ६ वडामा विभाजन भएको छ । यी तीन वटामध्ये वडा नं ४ सबैभन्दा दुर्गम एवं विकड वडामा पर्छ । सेउती खोला पुर्व उत्तरमा रहेको यो वडाका अधिकतर भुभाग पहाडी क्षेत्रमा पर्छ । त्यसैले यो ठाउँका बासिन्दाहरुको एउटै माग छ, पक्की सडक र यातायातको सुविधा । गाविस धरानमा गाभिएर उपमहानगरपालिका भएको पनि ४ बर्ष बितिसक्यो, तर अझै पनि यो क्षेत्रका बासिन्दाले शहर अथवा उपमहानगरबासी भएको अनुभूति गर्न नपाएको गुनासो गर्छन् । २०४६ साल यता देशमा धेरै राजनीतिक उतारचढाव र परिवर्तनहरु भएपनि दुर्गम यो क्षेत्रको अवस्थामा धेरै परितर्वन आउन सकेको छैन । विकट यो क्षेत्रमा दानावारी, हर्दिया,ढाडे, शिवजट्टा कालीमाटी, पत्राङबारीजस्ता गाउँ वस्ती छन् । चुनावअघि विभिन्न आश्वासन दिदै भोट माग्न आउने नेताहरु पछि भने हत्तपत्त गाउँमा पाइला नटेक्ने भन्दै गाउँलेहरु निराश देखिन्छन् । ‘सोचे जस्तो हाम्रो गाउँको विकास हुन सकेको छैन । यो क्षेत्रमा मुख्य गरी सडकको आवश्यकता छ । कृर्षि उत्पादनलाई शहरमा पुर्याएर बिक्री गर्न पाउदा आर्थिक उन्नति हुन्थ्यो,’धरान ४,शिवजट्ट काल

विष्णुपादुकाबासी भन्छन्,‘सर्दुमा पुल, पक्की सडक र टावर चाहियो’

Image
धरान,मंसिर १० । प्रविधिको तीब्र विकासले गाउँ गाउँमा सहज सञ्चार सुविधा पुगिसके पनि धरान उपमहानगरको वडा नं  २०(साविक विष्णुपादुका गाविस)मा भने मोवाइलको नेटवर्क राम्रो लाग्दैन । मोवाइलमा कुराकानी हुदाहुदै सम्पर्क विच्छेद भइरहन्छ । त्यतिमात्र कहाँ हो र, प्रदेश नं १ को दुई मध्ये एक आधुनिक उपमहानगर धरानको वडा भएरपनि साविक विष्णुपादुकामा सय मिटर पनि पक्की सडक हुन सकेको छैन । ग्रामिण सडकमा बर्खामा ढुवानीको साधन गुड्न सक्दैन । बषौंदेखि सर्दु खोलामा पक्की पुलको चाहना राखेपनि स्थानीयबासी अझै पनि बर्खायाममा बाढीमा हेलिदै जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । पक्की सडक, सर्दुमा पुल र सञ्चार(टेलिफोन टावर) विष्णुपादुकाबासीको प्रमुख समस्या हो । गाउँमा खानेपानी, स्वास्थ्य, सुरक्षा, शिक्षाका समस्याहरु पनि नभएको होइन । तर, प्रत्येक निर्वाचनमा स्थानीयहरु सडक, पुल र सञ्चारलाई नै प्रमुख एजेण्डा(माग)कोरुपमा उठाउछन् । यद्यपी, उनीहरुको विकासका यी माग भने अझै पुरा हुन सकेको छैन । निर्वाचनअघि भने उम्मेदवारहरु स्थानीयबासीलाई आश्वासन भने बाडिनै रहेका हुन्छन् । धरान २०, भालढुंगा गाउँका युवा दिवस बलाखाम र

पर्यटनले फेरिएको गाउँ नाम्जे

Image
धरान,मंसिर १० । करिब पाँच बर्षअघिसम्म भेडेटार ७, नाम्जे(हाल सागुरीगढी गाउपालिका)की मतिमाया मगरको परिवारलाई बेलाबखत छरछिमेकसँग ऋण लिनुपर्ने बाध्यता थियो । छरछिमेकको अवस्था पनि उस्तै । आर्थिक समस्या आइपर्दा उनीहरु एकआपसमा भर पर्थे । आफ्नै बारीमा त प्रशस्तै तरकारी उब्जाउ हुन्थ्यो, तर ती हरियो सब्जी एव तरकारीलाई बिक्री गर्न धरान बजार पुर्याउनुपथ्र्यो । बिक्रीबाट आएको आम्दानीले घर खर्च चलाउन हम्मे पथ्र्यो । अहिलेको अवस्था बेग्लै छ । मतिमाया र उनका छरछिमेकीलाई पहिला जस्तो आर्थिक संकट छैन । घरपरिवार चलाउन पनि उनीहरुले विगतमा जस्तो ऋण खोजी हिड्नु पर्दैन । उनको घरमा दिनहँु जसो पाहुना आउँछन् । पाहुना आउदा त उनीहरु औधी खुशी हुन्छन् । पाहुनाको स्वागत सत्कार गर्दैमा उनीहरुलाई फुर्सद हुन्न । घरमा आएका नौला पाहुना मतिमाया र छरछिमेकको लागि आम्दानीको स्रोत हुन् । त्यसैले उनीहरु ह्ृदय खोलेर ती पाहुनाहरुको स्वागत गर्छन् । उनको बारीमा उत्पादन भएको अधिकांश तरकारी र फलफुल पनि बोटमै बिक्री हुन्छ । पहिला जस्तो धरान पुर्याउन पर्दैन । पाहुनालाई के खुवाउदा खुशी हुन्छन्, उनी त्यसप्रति सचेत हुन्छिन् । पाहुन

सुनसरी १ मा बाम गठबन्धनको घरदैलो शुरु, कांग्रेस-फोरम नमुना मतपत्र पर्खर्दै(फोटोफिचर)

Image
धरान,कार्तिक २७ । गत असार १४ गतेको स्थानीय चुनावअघि एकअर्कालाई कटाक्ष गर्दै धरानका एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा हिड्थे । २०६४ र २०७० सालको दुवै संविधानसभा निर्वाचनमा पनि यस्तै तित्ततापुर्ण सम्बन्ध थियो । यस्तो लाग्थ्यो, यी दुई पार्टीमा कहिल्यै मेल हुदैन । सोमबार भने धरान उपमहानगरको वडा नं १५ मा विगतका एकअर्काको कटु व्यावहार र तित्ततापुर्ण सम्बन्ध बिर्सेर दुवै पार्टीका नेता, कार्यकर्ताहरु सँगै थिए । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन भएपछि नेपालको राजनीतिमा हलचल मच्चिएको छ । त्यसको प्रभावले विगतमा एकअर्काको कटु आलोचक गर्ने नेता, कार्यकर्ताहरुमा मित्रता गासिएको छ । मंसिर २१ को चुनावलाई लक्षित गरेर सोमबारदेखि एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु सँगै भोट माग्दै घरदैलो अभियानमा निस्किएका छन् । एमाले र माओवादीका नेता, कार्यकर्ताहरु सँगै भोट माग्न आउदा मतदाताहरुले आश्चर्यसमेत मानेका छन् । धरान उपमहानगरपालिकासहित बराह नगरपालिकाको वडा १,२,३,४,५ र रामधुनी भाषी नगरपाल

लोकतान्त्रिक गठबन्धनको प्रतिवद्धता पत्र, भ्रष्टचारमुक्त सरकार र प्रदेशको राजधानी बनाउने पहल

Image
धरान,कार्तिक २६ । लोकतान्त्रिक गठबन्धनमा रहेका सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा र प्रदेशसभामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालका प्रत्यक्षतर्फका उम्मेदवारहरुले आफ्नो संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । आइतबार सुनसरी उद्योग वाणिज्य संघमा संयुक्त पत्रकार सम्मेलन गर्दै भ्रष्टचारमुक्त, पारदर्शी, जनमुखी, विकास र सुशासनयुक्त केन्द्रीय र प्रादेशिक सरकार स्थापना गर्ने लक्ष्यसहितको प्रतिवद्धता पत्र लोकतान्त्रिक गठबन्धनले सार्वजनिक गरेको हो । सुनसरी क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभामा फोरमका वरिष्ठ नेता अशोक राई उम्मेदवार छन् भने प्रदेशसभा(क)मा कांग्रेसका किसोर राई र ख मा बुद्धिबहादुर कटवाल उम्मेद्वार छन् । संयुक्त प्रतिवद्धता पत्रमा भौतिक पुर्वाधार विकास, भौगोलिक वनावट र पर्यावरणीय दृष्टिकोणले धरान उपमहानगरसहितको क्षेत्र नं १ प्रादेशिक राजधानी बन्न उपयुक्त भएकोले प्रादेशिक राजधानी बनाउन पहल गर्ने कुरालाई प्राथमिकताका साथ राखिएको छ । यस्तै, सुकुम्बासीलाई सम्मानजनक धरानबासी बनाउन स्थानीय तहमा दर्ता भएको लागत रेकर्ड अनुसार स्थायी लालपुर्ज

बाम पकड क्षेत्रमा फोरम नेता राईको उम्मेदवारी,एमालेको मत तान्ने दाउ

Image
धरान,कार्तिक २४ । लोकतान्त्रिक गठबन्धनको नाममा आफ्नै पार्टीका पुर्व केन्द्रीय उपाध्यक्ष अशोककुमार राईसँग चुनावी मैदानमा उत्रिनु परेपनि बाम गठबन्धनबाट एमालेका उम्मेद्वार जयकुमार राईलाई भने अनौठो लागेको छैन । उनी यसलाई निरन्तरको राजनीतिक यात्रामा स्वाभाविक संयोग मात्र ठान्छन् । तर, सुनसरी क्षेत्र नं १ का मतदाताहरु भने एमालेका पुर्वनेतासँगको उनको चुनावी भिडन्तलाई रोचकरुपमा लिइरहेका छन् । मंसिर २१ गते हुने प्रतिनिधि निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता राई उम्मेद्वार छन् । एमाले गढमा कांग्रेससँगको तालमेलमा एमालेकै पुर्व हेभिवेट नेता उम्मेदवार बनेपछि यो क्षेत्रमा राजनीतिक पारो ह्वात्तै बढेको छ । तर, उनलाई आफु पाहुना उम्मेदवार नभएको आरोपलाई चिर्नु पर्नेछ । उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कार्यकर्ता र मतदातामाझ भिजेका नेता हुन् । विगतमा त्रिपक्षत्रीय भिडन्त हुदै आएको सुनसरी १ मा यसपटक बाम र लोकतान्त्रिक गठबन्धनबीचमा चुनावी प्रतिस्पर्धा हुदैछ । फोरम उम्मेदवारलाई कांग्रेसको साथ छ भने एमालेका उम्मेदवार एमाले–माओवादीको बाम ग