Posts

Showing posts from 2018

डिपो बिपी जग्गा स्वामित्व प्रकरण:इजी राइडर्सको रिट खारेज, फनपार्क बनाउन नपाउने

Image
धरान,पुष डिपो उच्चमाविले भोगाधिकार मात्र पाएको जग्गालाई लिजमा लिएर फनपार्क निर्माण गर्नु कानुन सम्मात भएको दाबी गर्दै इजी राइडर्स ग्रुप बिजनेश प्रालिले दिएको रिट निवेदनलाई जिल्ला अदालत सुनसरीले खारेज गरिदिएको छ । न्यायाधिश शंकरप्रसाद राईको इजलाशले बिहिबार इजी राइडर्सको रिट खारेज गरिदिएको हो । इजी राइडर्सको रिट खारेज भएपछि फनपार्क निर्माण कार्य पनि कानुनसम्मत नभएको ठहर भएको हो । यसअघि जिल्ला प्रशासन, धरान उपमहागनरपालिका, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक प्रयोजनको लागि भोगाधिकार पाएको जग्गा लिजमा दिनु र फनपार्क बनाउनु गैरकानुनी भएको भन्दै रोक लगाएको थियो । त्यसविरुद्ध इजी राइडर्सले निषेधाज्ञा माग गर्दै अदालतमा रिट हालेपछि स्टे आर्डर जारी भएको थियो । तर, बिहीबार दुवै पक्षको वकिलहरुको बहस पछि सार्वजनिक महत्वको जग्गामा फनपार्क बनाउनु कानुनसम्मत नहुने भन्दै इजी राइडर्जको रिट निवेदन खारेज गरिदिएको हो । ‘इजी राइडर्सको रिट खारेज भएको हो,’इजी राइडर्सकोतर्फबाट बहस गरेका वकिल एवं बार एशोसिएशन सुनसरीका अध्यक्ष प्रेम पोख्रेलले पुष्टि गर्दै भने,‘उच्च अदालत जाने बाटो खुला छ ।

त्यो बेलाको धान नाच सम्झेर..

Image
धरान,पुष स्थान: धरान १५ स्थित चुम्लुङ हिम । समय: आइतबार(पुष ८ गते) रातको करिब साढे ८ बजे । मौलिक पहिरनमा सजिएका लिम्बू महिला र पुरुषहरु एकअर्का हात समातेर गाइरहेका । त्यही पालामको भाका र लयअनुसार खुट्टाको चाल अघिपछि, दाँयाबाँया गर्दै सुस्तरी सुस्तरी नाचिरहेका । त्यो लयलाई पालाम भनिन्छ, र चाललाई धान नाच भनिन्छ । लिम्बू जातिको महान् चाड चासोक तङ्नाम(उधौली)को अवसरमा धरानमा आयोजित साँस्कृृतिक उत्सवमा हरेक साँझ देखिने दृष्य हो यो । कोही २ जना मात्र महिला र पुरुष हात समोतर पालाम गाउदै धान नाचिरहेका हुन्छन्, कोही ४, ५ जनाको अलग्गै समुह बनाएर चुम्लुङ हिम परिसरको एक छेउतिर नाचिरहेका हुन्छन् । अहिलेका युवा पुस्ता मुख्य स्टेजमा आयोजना भइरहेको आधुनिकशैलीको गीत र नृत्यमा रमाइरहदा अघिल्लो पुस्ताका लिम्बूहरु भने धान नाच र पालममा रमाइरहेका हुन्छन् । लिम्बू जातिमा अघिल्लो पुस्ताका सोल्टी, सोल्टिनीहरु मेलामा भेटिएर पालाम गाउदै धान नाच्ने सँस्कार, सँस्कृति बोकेर हुर्किएका थिए । समयसँगै मेला, हाटबजार विस्थापित हुदै गएपछि यस्ता सँस्कार, सँस्कृति पनि हराउदै गयो । पछिल्लो पुस्ताले धान नाच, पालामलाई

क्षमताभन्दा दोब्बर थुनुवा, अवस्था दयनीय

Image
धरान, असार २९ । डेढ दशकअघि निर्माण भएको इलाका प्रहरी कार्यालय धरानको हिरासत कक्षको क्षमता मात्र ४० जनाको हो । तर, अहिले प्रहरी हिरासतमा विभिन्न घटना तथा अपराधमा संलग्न ९३ जना थुनुवा अभियुक्तहरु छन् । प्रहरी कार्यालयभित्र २ वटा हिरासत कक्षमा थुनुवाहरु खचाखच छन् । केही समयअघि महिला हिरासत अलग्गै भएपनि त्यसको क्षमता पनि न्युन छ । हिरासतमा रहेकाहरु कतिजना सामान्य घटनाका अभियुक्तहरु हुन्छन् भने कोही गम्भीर अपराध, लागुऔषध कारोबारी र विभिन्न रोगले संक्रमितहरु हुन्छन् । अभियोग वा घटनाका प्रकृत्ति अनुसार थुनुवाहरुलाई एकै ठाउँमा राख्नुभन्दा अलग अलग राख्न उपयुक्त हुन्छ । थुनुवा रोगी छ भने अन्यलाई संक्रमण हुने जोखिम हुन्छ । तर, आवश्यक भौतिक संरचना एवं पुर्वाधार अभावमा ती सबै थुनुवा एकै कोठामा कोचिएर बस्न बाध्य छन् । ‘इलाका प्रहरी कार्यालयको हिरासतको क्षमता ४० जनाको मात्र हो, तर अहिले ९३ जना थुनुवा छन् । यसले एकदमै समस्या भइरहेको छ,’इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी रामेश्वर पौडेलले भने,‘सबैलाई एकै ठाउँमा राख्दा एउटाको रोग अर्कोलाई सर्न पनि सक्छ । गम्भीर अपराध र सामान्य घटनाका थुनुवालाई पनि ए

सर्दु जलाधार विवाद:आयोग बनाएर छानबिन गर्न माग

Image
धरान, साउन २५ । राजनैतिक नेतृत्व र कर्मचारीसमेतको मिलोमतोमा भु–माफियाको कब्जामा परेको सर्दु जलाधार क्षेत्र जोगाउन धरानका पुर्वजनप्रतिनिधिसहितको टोलीले घरदैलो अभियान शुरु गर्ने भएका छन् । जनसरोकार मञ्च, धरानले खानेपानीको स्रोत र पर्यावरणीय महत्वको जलाधारको संरक्षणमा नगरबासीहरुमा जागरण ल्याउने उद्देश्यले घरदैलो अभियान शुरु गर्ने घोषणा गरेको हो । मञ्चले शुक्रबार आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्दै जलाधार जोगाउन उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न पनि सरकारसँग माग गरेको छ । स्थानीय तह धरान उपमहानगरपालिकासँग पटक पटक आग्रह गर्दा पनि जनप्रतिनिधिहरुबाट सुनुवाई नभएको मञ्चका संयोजक एवं पुर्वउपमेयर कृष्णनारायण पलिखेले बताए । ‘जनप्रतिनिधि चुनिएपछि पनि उपमहानगरपालिकालाई ३ पटक ज्ञापन पत्र बुझाउदै जलाधार संरक्षणमा चासो दिनुस्, भुमाफियाले सक्छ, त्यसलाई रोक्नुस् भन्यांै । सुनुवाई भएन,’उनले भने,‘त्यसैले जनता जगाउन घरदैलो अभियानमा जादैछौं । अब प्रदेश सरकार, केन्द्र सरकारले उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ । कसैले मुआब्जा नपाएको हो भने पनि दिनुपर्छ ।’ घरदैलो अभियानमार्पmत जनतामा जाग

सगरमाथाको चुचुरोमा देउराली

Image
धरान  । करिब दुई दशकअघि(२०५६ तिर) धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा काम गर्थिन् देउराली चाम्लिङ । त्यसबेला समाचारको खोजी गर्नु, अन्र्तवार्ता लिनु उनको दैनिकी थियो । केही बर्षपछि राजधानीतिर लागिन् । त्यहाँ उनी फ्रिलान्सर(स्वतन्त्र ) पत्रकारकोरुपमा रहिन् । अरुका समाचार लेख्ने उनै देउराली अहिले भने आपैm समाचार बनेर छाइरहेकी छिन् । गएको जेठ ९ गते अर्थात मे २३ मा ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टिमले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्यो । त्यसयता देउरालीसँगै आरोहण टिम निरन्तर सञ्चारमाध्यममा छाइरहेका छन् । हिमाल चढ्न सजिलो छैन । त्यसमाथि विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्न अदम्य साहस र आँट चाहिन्छ । साहस भएर भएर मात्र पुग्दैन, खर्चको जोहो पनि ठुलै गर्नुपर्छ । ‘हिमाल चढ्दा सजिलो भनेको मर्न मात्र रहेछ, आरोहणको समयलाई अहिले सम्झदा पनि आङ सिरिङ्ग हुन्छ,’उनी भन्छिन्,‘म एक्लैले सम्भव थिएन, हाम्रो टिमको कारण आरोहण सफल भयो । अहिले बधाई, प्रसंसाहरु पाइरहेको छु, यसले खुशी दिइराखेको छ ।’ .....................................................                                  सानैदेख

धरानमा उप–निर्वाचन होला !?

Image
धरान,साउन १६ । दुई साताअघि प्रमुख तारा सुब्बाको असामयिक निधन भएपछि शोकमा डुबेको धरान सामान्य अवस्थामा फर्कदैछ । प्रमुखविहिन भएको धरान उपमहानगरपालिकामा अब प्रमुख को बन्लान् भन्ने चर्चाले पनि धरान तातिदै गएको छ । सामाजिक सञ्जाल र चिया पसलहरुमा पनि अब धरानको प्रमुख को होला भन्ने वहस हुन थालेको छ । तर, निर्वाचन होला कि नहोला ? भए कहिले हुन्छ ? सबैमा अन्यौल छ । नेपालको संविधान २०७२ र स्थानीय तह निर्वाचन ऐन २०७३ ले गाउँ तथा नगरका प्रमुख उपप्रमुख, अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा निर्वाचन आयोगले उपनिर्वाचन गर्ने स्पष्ट व्यवस्था गरेको छ । यो कानुनी व्यवस्थाले उपनिर्वाचन हुने प्रायःनिश्चित छ । तर, उपनिर्वाचन कहिले गर्ने भनेर सरकार र निर्वाचन आयोगमा भर पर्ने कानुनका जानकारहरु बताउछन् । उपनिर्वाचन गर्दा रिक्त रहेको देशभरीको स्थानीय तहको लागि तयारी गर्नुपर्ने भएकोले पनि समय लाग्नसक्ने उनीहरुको भनाई छ । प्रदेश नं १ मा धरान उपमानगर प्रमुखविहिन छ भने संखुवासभाको मकालु गाउँपालिका पनि अध्यक्षविहिन छ । करिब ७ महिनाअघि जीप दुर्घटनामा त्यहाँका अध्यक्षको निधन भएको थियो । धरानमा भने वडा नं ७ का अध्य

सिजन गुरुङ पक्राउ प्रकरण: जग्गा हडप्न जनप्रतिनिधिकै मिलेमतो

Image
धरान,जेठ १८ । गोल्डेन चोक(तरहरा)मा ६६ बर्षीय तीर्थकुमारी गिरीको नाममा भएको करोडौं मुल्य बराबरको जग्गा हडप्ने प्रयासमा तरुण दलका सभापति सिजन गुरुङ र उनका युवाहरुसँग सोही सोही वडाका जनप्रतिनिधिको पनि मिलेमतो रहेको खुलेको छ । गुरुङले तत्कालीन साझा संस्थानको जग्गा बैंक लिलामीमार्फत लिएपछि शुरु भएको जग्गा विवाद टुंग्याउन अमिन ल्याएर नपाउदा वडा नं २० का अध्यक्ष मणी श्रेष्ठले मुचुल्कामा सही गर्न नमान्ने र मिल्न दबाब दिने गरेको पीडित परिवारको भनाई छ । जग्गा व्यापारमा समेत संलग्नता रहेका अध्यक्ष श्रेष्ठ र गुरुङ बीच एउटै राजनीतिक पार्टी भएर मात्र होइन, एकअर्काको सहयोगी र निकट सम्बन्ध छ । पीडामा परेका जनतालाई न्याय दिलाउनु पर्नेमा अध्यक्ष श्रेष्ठले उल्टै जग्गा हडप्न प्रयास गरिरहेकाहरुको पक्षमा उभिएर मिल्न दबाब दिएको पीडित गिरीले बताइन् । ‘सहयोग गर्यो भनौं भने अमिन ल्याएर नपाउदा मुचुल्कामा सही गर्न अध्यक्षले नै मानेन । नापी शाखाबाट धेरै पटक चिठी लिएर वडामा आए, मेरो जग्गालाई हो भनेर सहीछाप गरिदिएनन्,’पीडितले भनिन्,‘पश्चिमतिर मेरो ६० फुटको जग्गा हो, २५ फुटमा मिल भन्ने अध्यक्ष नै हो । गिरीले २०

बीपी प्रतिष्ठानमा बेथिती:विना प्रतिस्पर्धा किड जिलाई जग्गा र भवन लिजमा

Image
धरान,बैशाख ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रतिष्ठान हाताभित्र विना प्रतिस्पर्धा भारतीय फ्रेन्चाईजी किडजी मन्टेश्वरी ठुलो क्षेत्रफल न्युन भाडादरमा उपलब्ध गराएको खुलेको छ । प्रतिष्ठानका पदाधिकारीसँगको निकट सम्बन्ध र मिलेमतोमा विना प्रतिस्पर्धा न्युन भाडादरमा किडजीले भवन र ठुलो क्षेत्रफल जग्गा हात पार्न सफल भएको हो । प्रतिस्पर्धा विनै व्यापारिक उद्देश्यका संस्था भित्र्याउदा प्रतिष्ठानले पाउनसक्ने ठुलो आम्दानी गुमाइरहेको छ । प्रतिष्ठानभित्र किड जि विगत २ बर्षदेखि सञ्चालनमा आएको हो । यसलाई पुर्व उपकुलपति डा.बीपी दासले विना प्रतिस्पर्धा प्रतिष्ठानमा भित्र्याएका हुन् । प्रतिष्ठानमा व्यापारीक उद्देश्यका लागि कुनै पनि संस्थालाई त्यहाँको भवन वा जग्गा लिजमा दिनुपर्ने भए टेण्डर प्रक्रिया गरिन्छ । तर, किड जि मन्टेश्वरीको हकमा भने यो नियम तथा प्रक्रिया पालना गरिएन । कतिसम्म भने कार्यकारिणी समितिबाट पनि निर्णय नगरी पुर्वउपकुलपतिको एकल निर्णयमा किड जिले प्रतिष्ठानमा ठाउँ पाएको हो । स्रोतका अनुसार पुर्वउपकुपति दाससँगको निटक सम्बन्ध भएका सुमित साह किड जिका सञ्चालक हुन् । दास

विजयपुरमा पानीटंकी विवाद:दुई स्थानमा विकल्प प्रस्ताव

Image
धरान,बैशाख ५ । खानेपानी आयोजनाअन्र्तगत पञ्चकन्या सबसिस्टमको विवाद समाधान गर्न गठित समितिमार्पmत विजयपुरको रिजर्ब वेयर(पानीटंकी)को विकल्पमा २ ठाउँ प्रस्ताव गरिएको छ । यद्यपी, समितिले दुवै विकल्पमध्ये कुन उपयुक्त हो वा होइन भन्ने निर्णय भने गरेको छैन । इञ्जिनियर भगवान सुब्बाले स्थलगत अध्ययन गरेर दिएको दुई विकल्पसहितको प्रतिवेदनलाई ठोस निर्णय नगरिकनै समितिले मंगलबार उपमहानगरपालिकालाई बुझाएको हो । उक्त प्रतिवेदनमा धरान १३ स्थित गौरामार्गलाई पहिलो विकल्पकोरुपमा उल्लेख गरिएको छ भने दोस्रो विकल्पकोरुपमा पञ्चकन्या मन्दिर छेऊको खानेपानी संस्थानको हालको रिजर्व वेयर भएको स्थानलाई अघि सारिएको छ । समितिले ईञ्जनियरको प्रतिवेदनलाई ‘प्राविधिक बिषय’ भन्दै जस्ताको तस्तै उपमहानगरलाई बुझाएको हो । ‘समितिमा इञ्जिनियरको रिपोर्टबारे छलफलै गरिएन । त्यो प्राविधिक कुरा हो, जे छ त्यो नै नगरपालिकामा बुझायौं,’उपमहानगरपालिकाको तर्फबाट समितिमा सदस्य रहेका इन्द्र राईले भने । समितिमा रहेका संघर्ष समितिका प्रतिनिधिहरुले खानेपानी संस्थानबाट अवकास पाइसकेका ईञ्जिनियर सुब्बालाई ल्याएर वैकल्पिक स्थानको स्थलगत अध्ययन ग

पानीटंकी विवादमा नयाँ मोड, उपयुत्त विकल्प भेटिएको ईञ्जिनियरको ठहर,जग्गाधनी निःशुल्क दिन तयार

Image
धरान,चैत २९ । खानेपानी आयोजनाअन्र्तगत पञ्चकन्या सबसिस्टमको विजयपुर दरबार क्षेत्रमा रिजर्ब वेयर(खानेपानी टंकी) निर्माण विवाद सुल्झाउन गठित विवाद समाधान समितिको म्याद थप भएको छ । समितिको म्याद चैत २७ गते सकिएपनि आवश्यक काम तथा प्रतिवेदन बुझाउने काम बाँकी रहेको भन्दै बैशाख ३ गतेसम्मको लागि म्याद थप भएको हो । समितिमा रहेका उपमहानगरपालिका र संघर्ष समितिका प्रतिनिधिहरुबीच बुधबार बिहान भएको संयुक्त वैठकले बैशाख ३ गतेसम्मको लागि म्याद थप गरेको हो । ‘बैठकले समितिको म्याद ३ गतेसम्मलाई थपेका छौं, हामी उचित विकल्प खोजेर विवाद अन्त्य गर्न चाहन्छौं,’समितिका सदस्य अमर इजमले भने,‘विकल्प खोज्न समिति गठन भएको हो, हामी उचित विकल्पसहित विवादलाई समाधान गर्ने पक्षमा छौं ।’ करिब १० दिनअघि(चैत १६ गते) उपमहानगरपालिका र विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिबीच भएको वार्ताले १० सदस्यीय समिति गठन गरेको थियो । विवाद समाधान गर्न गठित समितिमा दुवैतर्फबाट ५÷५ जना सदस्य छन् । समितिका सदस्य एवं वडा नं १४ का अध्यक्ष कृष्ण भटराईले पनि संघर्ष समितिकोतर्फबाट प्राविधिक अध्ययनको काम बाँकी रहेको भनेपछि ३ गतेसम्मको लाग

जाग्दैछ धरानको रंगमञ्च:‘ईङघङ’को ३५ औं इनिङ

Image
धरान,चैत २८ । नाटक मञ्चनको मिति(फागुन २७ गते) आउनु एक दिनअघि चैत २६ मा मात्र थाह भयो, सभागृहमा राखिएको नाटक ईङघङको एउटा सेट(घर) दाउरा बनिसकेछ । त्यसको जिम्मेवारी कसैले नलिदा रंगभुमी एकेडेमी र ईङघङ टिम विलखबन्दमा पर्यो । एक दिन मात्र बाँकी हुदा सेट तयार हुने अवस्था थिएन । के गर्ने, कसो गर्ने हतास र तनावको बीचमा एकदिन पछि सर्यो, ईङघङको मञ्चन । फागुन २८ गतेबाट मञ्चन शुरु भएको नाटक ईङघङमाथिको संकट त्यति मात्र आइपरेन । पहिल्यै हल भाडा चुक्ता नगरेको भन्दै केही दिनपछि नियमित ४ बजेको नाटक मञ्चन हुनुअघि ताला लाग्यो । कलकारहरुले पैसा जोरजाम गरेर भाडा तिरेपछि संकट टर्यो । अनेक आरोह–अवरोह व्यहोर्दै १५ दिनसम्म नियमित २४ शो गरेर आइतबार(चैत ११ गते) समापन भएको नाटक ईङघङ । रंगभुमीका अध्यक्ष एवं निर्देशक विष्णु मोक्तानलाई नियमित दुई साता नाटक मञ्चन गर्ने मेलोमेसो मिलाउदाको क्षण सम्झदा जति पीडा हुन्छ, ईङघङलाई दर्शकले गरेको माया र सकारात्मक प्रतिक्रिया सम्झेर भने शान्ति मिल्छ । धरानमा नाटकको महोल बनाउन सकेकोमा उनी गर्व गर्छन् । लेखन र निर्देशनसँगै ईङघङमा अभिनयसमेत गरेका मोक्तान भन्छन्,‘हामीले पाएको स