Posts

Showing posts from July, 2015

पण्डित छविलाल र मिरालाई सम्झदै युवा कलाकारहरु(फोटोफिचर)

Image
धरान । उन्नाइस बर्षीय रोमन राई जति स्केच(आर्ट) गर्दै गए, ती वृद्ध मुहारचित्रप्रति उनको सम्मानभाव झन् बढ्दै गयो । धरान ९ शिवप्रकाश पथस्थित एक घरको भित्तामा वृद्धको मुहार चित्र बनाइनुअघि भने रोमनलाई उनी को हुन् भन्नेसम्म थाह थिएन । ती वृद्ध मुहारचित्र स्वर्गीय पण्डित छविवाल पोख्रेलको हो । यसकारण, अहिले रोमन आफुलाई भाग्यमानी ठान्छन् । पण्डित छविलाल पोख्रेल, जसले हिुन्दु धर्मले जरा गाडेको समयमा पनि जातपात हेरेनन् र, सबैलाई शिक्षा दिलाउनुपर्छ भनेर स्कुल खोल्न, अनि पढाउन जुटे । बाहुनमा सिमित सँस्कृत विद्या राई, लिम्बु, मगर,गुरुङलगायत जनजाति र दलितलाई पनि पढाए, वैदिक मन्त्र सिकाए । अछुत भनिएका दलितहरुलाई सार्वजनिक बाटो हिडाउने र पढाउने हिम्मत गरे । दलितको घरमा पुराण वाचनसमेत गरे । वालिका शिक्षा शुरु गरे । उनका यी काम तत्कालीन समाजले पचाउनै सक्दैनथ्यो । ‘उहाँले धेरै समाज सुधारको काम गर्नुभएको रहेछ, अहिले पो थाह भयो । अब अरुले पनि थाह पाउनेछन् जस्तो लाग्छ’–पण्डित पोख्रेलप्रति नतमस्तक हुदै कलाकार रोमनले भने । धनकुटाको कचिञ्डेमा वि.स.१९६२ मंसिरमा जन्मिएका पण्डित पोख्रेलले धरानमा पनि शैक्षिक व

तयार भयो गोर्खालीको वीरताको प्रतिक

Image
धरान । विश्वयुद्धमा वीरगति प्राप्त गरेका पुर्खाहरुको इतिहासलाई ज्युदो राख्न विष्णुपादुकामा निर्माणाधिन ब्रिटिश गोर्खा स्मृति पार्कको वीरताको प्रतिक(मुर्ति) तयार भएको छ । धरानका युवा कलाकारद्धय महेन्द्र राई र जीवन पौडेलले १० फिट अग्लो मुर्ति तयार गरेका हुन् । उक्त मुर्तिलाई बिष्णुपादुका लैजानु अघि बिहिबार ब्रिटिश गोर्खा भुपु सैनिक संघ(बि गेसो) र ब्रिटिश गोर्खा पार्क समितिले बजार परिक्रमा गराउदै सार्वजनिक गरेको थियो । समितिले मुर्ति वीरताको प्रतिक तथा पुर्खा सम्मान भएकोले पञ्जे बाजासहित परिक्रमा गराउदै सार्वजनिक गरेको जनाएको छ । मुर्तिलाई आगामी शनिबार स्थापना गरिने समितिका सल्लाकार तथा बि गेसोका सभापति गजेन्द्र इस्पोले जानकारी दिए । ‘सालिक वीरताको प्रतिक र पुर्खाको सम्मान भएकोले सार्वजनिक गर्दै परिक्रमा गरेका हौं, आउदो शनिबार विष्णुपादुकामा स्थापित गछौं’–इस्पोले भने । कलाकारद्धयले सिलिकन ढलान गरेर मुर्ति तयार गरेका हुन् । यसको लागि १० लाख रुपैया खर्च भएको समितिले जनाएको  छ । उक्त मुर्ति लाहुरे पोशाकमा कुखुरी बोकेर ‘आयो गोर्खाली’ भावमा कराएको सैनिकको छ । विश्वयुद्धमा गोर्खाली सेनाले य

बीपीका आवासिय चिकित्सकद्धारा ओपिडी बहिष्कार

Image
धरान । सामय सापेक्ष जीवन निर्वाह भत्ता वृद्धि गर्न माग गर्दै आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरुले बिहिबारदेखि ओपिडी सेवा बहिष्कार गरेका छन् । जुनियर रेसिडेन्ट वेल्फेयर सेसाइटीको अगुवाईमा सोमबारदेखि रिले अनसन र दुई घण्टा धर्नामा बस्दै आएका आवासिय चिकित्सकहरुले प्रतिष्ठानको व्यवस्थापनले मागको सुनुवाई नगरेको भन्दै आन्दोलनलाई कडारुप दिएको हो । काम छाडेर आवासिय चिकित्सकहरु उपकुलपति कार्यालयअघि धर्नामा बसे । आवासिय चिकित्सकहरुले असहयोग गरेपनि ओपिडी सेवा पुर्णरुपमा बन्द भने भएको छैन । कन्सल्टेण्ट, मेडिकल अफिसर, इन्टर्नहरुले विरामीको जाँचमा गरिरहेका छन् । तर, ठुलो संख्यामा रहेका आवासिय चिकित्सकविना उपचार सेवा सहज भने हुदैन । ओपिडी सेवा बहिष्कार गरेपनि उनीहरुले आकस्मिक कक्ष, आइसियुमा भने काम नछोड्ने बताएका छन् । ‘हामीले आन्दोलन खोजेकै थिएनौं, तर अपहेलित हुनुपरेपछि बाध्य भयौं, अहिलेसम्म पनि मागको सुनुवाई नै भएन’–सोसाइटीका अध्यक्ष डाक्टर सुर्यप्रसाद रिमालले भने–‘१०बर्षमा अरुको तलब डेढ सय प्रतिशतभन्दा बढी बृद्धि भएको छ, तर आवासिय चिकित्सकहरुको मात

‘धर्मनिरपेक्षले हिन्दु धर्ममाथि आँच पुग्दैन’

Image
धरान । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले राष्ट्र धर्मनिरपेक्ष रहदा हिन्दु धर्ममाथि आँच नपुग्ने बताएका छन् । पार्टीको कार्यक्रममा धरान आइपुगेका नेता राईले बिहिबार आयोजित पत्रकार सम्मेलनमा राज्यको कुनै धर्म नहुने भएकोले धर्मनिरपेक्ष हुनुपर्ने धारणा राखे । दलका नेताहरुमा सही कुरालाई दृढताका साथ व्याख्या गर्न नसक्ने प्रवृत्ति भएकोले जता हावा वहन्छ, त्यतै ढल्कने चरित्र धर्मको सन्दर्भमा पनि देखाइरहेको नेता राईले आरोप लगाए । ‘राज्यको धर्म हुदैन, सबै समान हुन्छ र हुनुपर्छ । धर्मनिरपेक्ष राज्य हुदैमा हिन्दु धर्ममाथि कुनै आँच आउदैन’–नेता राईले भने–‘तर, अहिले धर्मनिरपेक्षको बिषयमा नेताहरुको खुट्टा लरवराएको छ । जायज कुरालाई दृढताका साथ व्याख्या गर्न नसक्ने नेताको प्रवृत्ति यहाँ पनि देखियो ।’ राज्य धर्मनिरपेक्ष र व्यक्तिलाई धार्मिक स्वतन्त्रता हुनुपर्ने नेता राईको भनाई थियो । कुनै व्यक्तिलाई धर्म मान्ने कि नमान्ने वा कुन धर्म मान्ने भन्ने हक हुनुपर्ने उनको धारणा थियो । मुलुक हिन्दु राज्य मात्र भन्न थालियो भने एक्कासइसौं सताब्दीको समानता, समान अधिकारको नारालाई अवरोध पुग्ने पनि र

सृर्जनात्मक काममा युवा सञ्जाल(फोटोफिचर)

Image
धरान । सरस्वती बालआश्रम हुदै प्रसिद्ध पिण्डेश्वर मन्दिर जाने बाटो धरान ३ स्थित हृदयेन्द्र टोल(बाबाधाम मार्ग)मा एउटा टहरामा युवायुवतीको समुह भेटिन्छ । जहाँ युवतीहरु अन्य युवतीको हातलाई मेहन्दीले सजाउदै गरेका हुन्छन् भने कोही श्रृंगार र सजावटका सामान बनाउदै वा नर्सरीको फुल बिक्री गरिरहेका हुन्छन् । त्यही समुहको एक सदस्य हुन्, सावित्री न्यौपाने । जसको दिनचर्या साउन महिना लागेदेखि नै अरुको हातमा मेहन्दी लगाइदिने, पोते र पाउजु बनाउने काममा बितिरहेको छ । हुन त साउनमा युवतीहरुले हातमा मेहन्दी लगाउदै गरेको भेटिनु अनौठो होइन । अझ धराने युवतीहरुमाझ हरियो चुरा र मेहन्दी लगाउने फेशन नै छ । तर, सावित्री र उनका युवा साथीहरुको उद्देश्य मात्र फेशन वा आम्दानीसँग जोडिएको छैन । युवाहरुआवद्ध ‘युवा सञ्जाल सकरात्मक परिवर्तनको लागि’ संस्थाको भवन निर्माण गर्न उनीहरु यसरी दिनरात खटिएका हुन् । ‘युवा सञ्जालको भवन बनाउन सहयोग जुटाउने हाम्रो उद्देश्य हो, बोलबाममा आउने भक्तजनहरुलाई त्यतिकै सहयोग माग्नुभन्दा केही दिएर सहयोग लिनुपर्छ भनेर यसो गरेका हौं’–न्यौपानेले भनिन् । युवाहरुले २ बर्षअघि नै नगरपालिकाबाट २ स्टे

धरानमा ‘ग्रिन सिटी, क्लिन सिटी’को अभियान

Image
धरान । सफा शहरको परिचय बनाएको धरान उपमहानगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ नागरिकस्तरबाट ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियान शुरु गरिएको छ । लायन्स क्लब अफ धरान बुढासुब्बाले ‘ग्रिन सिटी, क्लिन सिटी’को अवधारणा तयार गरेर अभियान शुरु गरेको हो । यो अभियानलाई अझ वृहत बनाउन र मुर्तरुप दिन लायन्सले उपमहानगरपालिकालाई गुरुयोजना तयार गर्नसमेत सुझाएको छ । यसबारेमा उपमहानगरसँग पनि छलफल र समन्वय भइरहेको लायन्सले जनाएको छ । ‘धरानले पर्यटनबाट आफुलाई स्थापित गर्नसक्ने धेरै सम्भावनाहरु छन्, यसको लागि पनि ग्रिन सिटी, क्लिन सिटी अभियानले थप मद्दत पुर्याउनेछ’–लायन्सका अध्यक्ष देव सुब्बाले भने–‘यो हामीले शुरुवात गरेपनि नागरिकस्तरकै अभियान हो, धरानभित्र रहेको वातावरण, शिक्षा, सरसफाई क्षेत्रमा सक्रिय सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्नेछौं ।’ अभियानको शुरुवात गर्दै लायन्सले शनिबार धरान १५ स्थित निराजन मार्गमा अढाई सय वटा अशोकको विरुवा रोपेको छ भने निराजन कल्याण मसाज, निराजन मार्ग उपभोक्ता समितिलगायतसँग समन्वय गरेर ती विरुवाको संरक्षण पनि आफैले गर्ने घोषणा गरेको छ । धरानमा रहेक

सप्तकोशीमा ‘हाई वाटर’ र्याफ्टिङ शुरु

Image
धरान । गर्मी छल्न धरान हुदै भेडेटारसम्म आउने पर्यटकहरुलाई लक्षित गरी सप्तकोशी नदीमा ‘हाई वाटर’ र्याफ्टिङको शुरु गरिएको छ । धरानस्थित तमोर रिभर एडभेन्चर प्रालिले मनसुन सिजनमा प्याकेज तयार गरेर पूर्वमा पहिलो पटक ‘हाई वाटर’ र्याफ्टिङ शुरु गरेको हो । प्रायः हिउदमा मात्रै नदीहरुमा र्याफ्टिङ गरिन्छ । मनसुन सिजन शुरु भएपछि भने ठुला नदीहरुमा बाढी आउने भएकोले र्याफ्टिङ बन्द हुन्छ । तर, प्रालिले सप्तकोशीको तल्लो तटीय क्षेत्रमा सम्भाव्यता अध्ययन गरी बर्षा समयमा पनि ‘हाई वाटर’ र्याफ्टिङ शुरुवात गरेको हो । यो प्याकेजलाई ‘अफ सिजन’ र्याफ्टिङ वा मनसुन र्याफ्टिङ पनि भन्न सकिने प्रालिले जनाएको छ । प्रालिले विगत ९ बर्षदेखि हिउँदमा भने धनकुटाको मुलघाटदेखि सुनसरीको चतराघाटसम्म पर्यटकहरुलाई र्याफ्टिङको मजा चखाउदै आएको छ । यसबाहेक उसले धनुकटाको भडेटार गाविसस्थित सिम्सुवा(नमस्ते) झरनामा पर्यटकहरुलाई क्यानोनिङ र जिप फ्लाइङ पनि गराउदै आएको छ । प्रालिले चतराघाटदेखि कोशीटप्पु वन्यजन्तु आरक्षसम्मको एक दिने प्याकेज र कोशी ब्यारेजसम्मको एक रात दुई दिनको प्याकेज तयार गरेको छ । एक दिनको प्याकेजलाई दुई हजार ५