Posts

Showing posts from January, 2016

धरान कांग्रेसमा तिलक राई प्यानल विजयी

Image
धरान । विगत १४ बर्षदेखि नेपाली कांग्रेस धरानका सभापति किसोर राईलाई भारी मतान्तरले पराजित गर्दै तिलक राई र उनको प्यानल कांग्रेसको उपमहानगर निर्वाचनमा विजयी भएको छ । निर्वाचनमा संस्थापन पक्षका तिलक राईले १६०७ मत पाउदै सभापति पदमा विजयी भए भने उनका प्रतिद्धन्दी किसोर राईले मात्र ८३६ मत पाए । पराजित राई कांग्रेस नेता शेरबहादुर देउवा पक्षका हुन् । निर्वाचनमा उनको पुरै प्यानल पराजित भएको छ । यसैगरि, सचिवमा तिलक राई प्यानलका श्याम पोख्रेलले १६७३ मत पाएर विजयी बने । उनका प्रतिद्धन्दी किसोर प्यानलका प्रदिप शाक्यले मात्र ७०९ मत पाए । यस्तै, कोषाध्यक्षमा तिलक प्यानलकै सुवर्ण श्रेष्ठले सर्वाधिक १७३२ मत पाएर विजयी भए भने उनका प्रतिद्धन्दी शोभा बराइलीले मात्र ६०१ मत पाइन् । कांग्रेसको शुक्रबार देशभर नगर र गाउँ कमिटि निर्वाचन भएको थियो । त्यसैअन्र्तगत धरानमा भएको निर्वाचनमा कुल २५२७ मत खसेको थियो । त्यसमध्ये सभापतिमा ८४ मत वदर भएको थियो भने सचिवमा १४५ र कोषाध्यक्षमा १६४ मत वदर भएको थियो सदस्य पदमा विजयी भएकाहरु नविन रेग्मीले १६८६, पञ्चकला राईले १६७८, सुमन मर्हजनले १६६०, मञ्जिल कसजुले १६२३

कांग्रेसका दुई गुटबीच झडप हुदा प्रहरी घाइते

Image
धरान । नेपाली काग्रेसको धरान उपमहानगरपालीका अधिवेशनको क्रममा संस्थापन र देउवा पक्षका कार्यकर्ताबीच झडप भएको छ । झडप छुट्याउने क्रममा खुकुरी र ढुंगा प्रहारबाट दुई प्रहरी घाइते भएका छन् । वडा नम्बर १७ को मतदान केन्द्रस्थल उदय सामुदायिक वनको हलमा कांग्रेस गुटबीच झडप भएको हो । झडप छुट्याउन गएका प्रहरी हबल्दार जीतबहादुर बराईलीको दाहिने तीघ्रामा खुकुरीले काटेर घाइते भएका छन् भने अर्का जवान सुरजकुमार साहलाई छाती र तीघ्रामा ढुंगाले लागेर घाइते छन् । दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । धरानमा संस्थापन पक्षबाट तिलक राई र नेता शेरबहादुर देउवा पक्षबाट सभापतिमा किसोर राईले उम्मेद्वारी दिएका थिए । वडाको मतदान भइरहदा किसोर पक्षका अजय राईको नेतृत्वमा गएका युवाहरु र तिलक पक्षका तरुण दलका क्षेत्रीय उपसभापति सन्तोष बिक, सेते राईलगायत समुहबीच झगड भएको हो । अजय राई केही समय अघि संघीय समाजवादी फोरम छाडेर पुनः कांग्रेसमा प्रवेश गरेका हुन् । भनाभन हुदै गर्दा हात हालाहाल भएपछि दुबैतर्फका कार्यकर्ताहरुले खुकुरी, ढुङ्गा, इटालगायतले एकअर्कामाथि आक्रमण सुरु गरेको

साग खेल्ने ब्याडमिन्टन खेलाडीलाई सम्मान

Image
धरान । भारतमा आयोजना हुने १२ औं दक्षिण एसियाली खेलकुद(साग)को लागि धरानमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई विभिन्न संघसंस्थाहरुले सम्मान गरेको छ । शुक्रबार पुर्व क्षेत्रीय बहुउद्देश्यीय भवन(कवर्ड हल) सञ्चालक समितिले खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान स्वरुप टि सर्ट प्रदान गर्यो भने दिउसो एन प्याब्सनले ट्रयाक प्रदान गर्यो । राष्ट्रको गौरव बढाउने खेलाडीहरुको मनोवल उच्च बनाउन स्थानीयस्तरबाट प्रयास गरिएको भवन सञ्चालक समिति अध्यक्ष एवं एन प्याब्सन सुनसरीका अध्यक्ष गणेश राईले बताए । खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान स्वरुप उपहार प्रदान कार्यक्रममा कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले विश्वमा खेलकुदको माध्यमबाट राष्ट्रलाई परिचित गराउने भएकोले सबैले खेलाडीहरुलाई सम्मान गर्नुपर्ने धारणा राखे । त्यसअघि, बिहिबार पुर्वाञ्चल खेलकुद विकास समिति, सुनसरी र मोरङ खेलकुद विकास समितिले धरानमा संयुक्त कार्यक्रम गर्दै खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान पत्र प्रदान गरेको थियो । ब्याडमिन्टनका १४ राष्ट्रिय खेलाडीहरु गत पुष २१ गतेदेखि बन्द प्रशिक्षणको क्रममा धरानमा छन् । उनीहरुको नवनिर्मित

धरान चौकीबारी समाजद्धारा अक्षयकोष स्थापना

Image
धरान । हङकङमा रहेको धरान चौकीबारी समाजले धरान १९ स्थित किरातेश्वर माविलाई अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । समाजले स्वर्गीय डोमा लामाको स्मृतिमा अक्षय कोष खडा गर्न नगद ५४ हजार ७ सय रुपैया प्रदान गरेको हो । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच समाजका सचिव वालकुमार राई र प्रतिनिधि पुर्ण लिम्बुले विद्यालय व्यावस्थापन समितिका अध्यक्ष देउमान लिम्बु र प्रअ योगेन्द्र पालुङ्वालाई उक्त रकम हस्तान्तरण गरेका थिए । सचिव राईका अनुसार क्यान्सरबाट ग्रस्त लामाको उपचार सहयोगार्थ रकम संकलन भएको थियो । उपचारको क्रममा लामाको मृत्यु भएपछि बचेको रकम समाजको निर्णयअनुसार उनको स्मृतिमा छात्रवृत्ति प्रदान गर्न विद्यालयलाई सहयोग गरिएको हो । विद्यालयका प्रअ पालुङ्वाले अक्षयकोष निर्देशिका तयार गरिएको र सोही वमोजिम दातासँग आपसी सल्लाहमा कस्तो विद्यार्थी र कुन संख्यामा छात्रवृत्ति प्रदान गर्ने भनेर तय गरिने बताए । अक्षय कोषको ब्याजबाट प्राप्त रकम बर्षेनी वितरण हुने उनले प्रष्ट्याए । अध्यक्ष देउमान लिम्बुले सामुदायिक विद्यालयलाई अझै सहयोगको खाचो रहेको भन्दै निरन्तर सहयोगको लागि आग्रह गरे । प्र

सरकारप्रति व्यावसायीहरुको गुनासोको चाङ

Image
धरान । ‘इन्धनको विकराल स्थिति छ, तर अहिले सरकारले नाकामा कडाई गरिदियो । वैधरुपमा आएको तेल पनि सिधै काठमाण्डौं पठाइदिन्छ’–झापा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश डाल्मियाले भने–‘नाकाबन्दी त हामीलाई सरकारले नै लगाइदिएको छ ।’ डाल्मिया बिहिबार पुर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघद्धारा धरानमा आयोजित देशको वर्तमान अवस्था र औद्योगिक एवं व्यावसायिक सुरक्षा बिषयक छलफलमा आक्रोश पोख्दै थिए । पुर्वी नाका काकाडभिट्टामा पछिल्लो समय कडाई भएपछि तस्करीको इन्धन आउन नपाएको र वैधरुपमा आएको इन्धन पनि ६० प्रतिशत काठमाण्डौं लैजाने गरेकोप्रति उनको आक्रोश थियो । त्यतिमात्रै होइन, उनले काकडभिट्टादेखि विर्तामोडसम्मको १७ किलोमिटर दुरीमा सशस्त्र प्रहरीले धेरै स्थानमा सुरक्षा जाँचको नाममा जनतालाई दुःख दिइरहेको भन्दै चेकजाँचमा एकरुपता ल्याउनुपर्ने पनि सुझाए । नेपाल सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित छलफलमा सरकारप्रति आक्रोश पोख्ने डाल्मिया एक्ला व्यावसायी भने थिएनन् । नाकाबन्दीपछिको कठिन परिस्थितिमा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राख्न गरेको गतिविधिको उचित कदर नभएको पनि पुर्वेली व्यावसायी

कांग्रेसको अधिवेशन स्थानीय निकायको चुनाव जस्तो

Image
धरान । पहिलो संविधासभा निर्वाचनमा एमाओवादीको चर्चित नारा थियो, ‘अरुलाई हेर्यौं पटक पटक, एमाओवादीलाई हेरौं यसपटक ।’ अहिले एमाओवादीको त्यही चुनावी नाराको झल्को दिने नारा धरानमा चर्चामा छ । न संविधानसभाको चुनाव हो, न स्थानीय निकायको । देशको ठुलो पार्टी नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा संसदीय एवं स्थानीय निकायको निर्वाचनको छनक दिनेगरी कांग्रेसको संस्थापन र देउवापक्षीय गुट गाउँ, नगर र क्षेत्रीय अधिवेशनमा जुटेका छन् । कांग्रेसका वर्तमान उपमहानगर सभापति किसोर राईको विरुद्धमा उम्मेद्वारी घोषणा गरेका तिलक राईको नारा छ, ‘एउटैलाई हेर्यौं पटक पटक, तिलक राईलाई हेरौं यसपटक’ । उनको टिम धरानमा नयाँ नेतृत्वबाट मात्रै कांग्रेसलाई गति दिनसकिने दाबी गर्छ । सभापति राई पक्षीयको नारा भने यस्तो छ, ‘पुरानालाई सम्मान, नयाँलाई अवसर, अनुभवले बनाउछौं नेपाली कांग्रेसलाई अग्रसर ।’ उनको टिम अनुवभीले नै पार्टीलाई हाँक्ने दाबी छ । सभापति राई विगत १४ बर्षदेखि कांग्रेसको धरान सभापति छन् । उनी देउवा पक्षका हुन् । उनको विरुद्ध उम्मेद्वारी दिएका अर्का राई संस्थापन पक्षका हुन् । अघिल्लो अधिवेशनमा पनि दुवै जना सभ

बिग फुटसलमा मैत्रीपुर्ण खेल(फोटोफिचर)

Image
धरान । खेलकुद पत्रकार मञ्च सुनसरी र बिग फुट फुटसल टिमबीच आइतबार मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । धरान १५, दशरथ मार्ग(वरगाछी उत्तर)मा सञ्चालन हुन लागेको फुटसलमा दुवै टिमबीच मैत्रीपुर्ण खेल भएको हो । खेलमा पत्रकार मञ्चको टिम १६–१५ गोलअन्तरले विजयी भएको थियो । यो फुटसल युवा व्यावसायी एवं रोयल इष्टर्न इन्फिल्डर्सका अध्यक्ष योगेन राईको लगानीमा खुलेको हो । दशैंअघि नै सञ्चालनको तयारी गरेपनि मधेश आन्दोलन र नाकाबन्दीले ढिलाई भएको थियो । हाल मैदानको सम्पुर्ण कार्य सकिएर उद्घाटनको तयारी अवस्थामा रहेको छ । स्वास्थ्य रहनको लागि बिशेष गरी भेट्रानहरुलाई फुटसल अत्यन्तै लाभदायी हुन्छ । पोखरा जादा फुटसल खेल्दा लगाव बढेको र युवाहरुमा पनि आर्कषण बढ्दै गएपछि धरानमा पनि सञ्चलान गर्ने सोच बनाएको राईको भनाई छ । बढ्दो शहरीकरणले जमिनहरु धामाधम प्लटिङ हुन थालेपछि फुटबल खेल्ने मैदान नासिदै गएको छ । मैदान अभावमा विश्वको लोकप्रिय खेल फुटबल खेल्न नपाएका युवाहरु सानो आकार(मैदान)मा खेलिने यो खेलप्रति आकर्षित भइरहेका छन् । निश्चित शुल्क तिरेपछि ५ जनाको टिम बनाएर खेलिने खेल हो फुटसल । बिग फुटसलमा खेल स

गोधुली कपमा वडा १९ च्याम्पियन(फोटोफिचर)

Image
धरान । अन्तर वडास्तरीय १६ औं रेडबुल गोधुली फुटबल रनिङ्ग कपको उपाधि वडा नम्बर १९ ले जितेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार सम्पन्न प्रतियोगितामा वडा नम्बर ११ लाई २–१ को झिनो गोलअन्तरले हराउदै उपाधि उचालेको हो । तीन पटकको विजेता वडा ११ लाई हराउन पुर्व ए डिभिजन खेलाडी शेखर लिम्बु नायक बने । वडा १९ को लागि दुवै गोल उनले गरे । गोधुलीमा वडा १९ विजेता बनेको यो छैटौं पटक हो । यसअघि ५ औं, ७ औं, ८ औं, ११ औं र १२ औं सँस्करणमा पनि वडा १९ च्याम्पियन बनेको थियो । उपविजेता बनेको वडा ११ भने पहिलो, चौथो र १३ औं सँस्करणको विजेता हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको १३ औं मिनेटमा अमर सुब्बाको क्रस पासमा शेखरले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । काउण्टर एट्याकमा उत्रेको वडा ११ का वर्तमान राईले १६ औं मिनेटमा बराबरी गोल गरे । पुनः १९ औं मिनेटमा वडा १९ का शेखर लिम्बुले दोस्रो गोल गरेका थिए । खेल सकिन लाग्दा वडा १९ का योगेश राईले दोस्रो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिए पनि वडा ११ खेलमा फर्कन सकेन । विजेता वडा १९ ले