Posts

Showing posts from February, 2016

नेपालमै पहिलो पटक बुढासुब्बामा रेफ्री पेजिङ सिस्टमको प्रयोग(फोटोफिचर)

Image
धरान । फुटबल खेलमा मुख्य निर्णायक र सहायक निर्णायकहरु(लाइन्समेन)हरुबीच निरन्तर संवाद हुनु अतिजरुरी हुन्छ । अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा प्रविधिमार्फत रेफ्रीहरुबीच संवाद गराइन्छ । तर, नेपालमा भने यस्तो प्रविधि प्रयोगमा थिएन । सोमबार भने नेपालमै पहिलो पटक फुटबल प्रतियोगिता सञ्चालन गर्न बुढासुब्बा गोल्डकपमा रेफ्री पेजिङ सिस्टम(माइक्रो हेड सिस्टम) प्रयोगमा ल्याइएको थियो । धरानमा जारी रहेको १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको सोमबार एपिएफ क्लब र पोखरा ११ बीचको खेलमा निर्णायकहरुले यो सिस्टम प्रयोग गरेका थिए । नेपालको कुनै पनि फुटबल प्रतियोगितामा पेजिङ सिस्टम प्रयोग भएको यो पहिलो अवसर हो । यो सिस्टम प्रयोग भएपछि रेफ्री, लाइन्समेन र म्याच कमिस्नरबीच निरन्तर सम्पर्क र संवाद गर्न मद्दत पुग्यो । विगतमा भने उनीहरुबीच संवाद गर्न रेफ्री लाइन्समेन भएको स्थानमा जानुपथ्र्यो । धरान रन संस्थाले आयोजक धरान फुटबल क्लबलाई गोल्डकपको लागि यो सिस्टम उपलब्ध गराएको हो । ‘धरान रनसँग यो प्रविधि रहेछ, त्यो संस्थाले गोल्डकप भरिको लागि दिएपछि यहाँ प्रयोगमा ल्याएका हौं’–धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले

डिफेन्डिङ च्याम्पियन एपिएफ सेमीफाइनलमा(फोटोफिचर)

Image
धरान । डिफेन्डिङ च्याम्पियन एपिएफ क्लब धरानमा जारी १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सोमबार पोखरा ११, कास्कीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउदै एपिएफा सेमीफाइनल पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपिएफका सुदिप शिक्राकार, अञ्जन विष्ट, गणेश लावती, मिलन राई र ज्याङबो शेर्पाले गोल गरे भने पोखराका रवि थापा, राकेश गुरुङ, प्रदिप गुरुङ र सुलेमान मगरले मात्रे गोल गर्न सफल भए । सुनिल बिकको प्रहार गोलपोष्ट माथिबाट गए पछि एपिएफले सेमीफाइनल यात्रा गर्यो । एपिएफले फागुन १९ मा मनाङ मस्र्याङदीसँग सेमीफाइनल खेल्नेछ । निर्धारित समयको खेलमा भने पहिलो हाफको २२ औं मिनेटमा पोखराका राकेश गुरुङले पेनाल्टीमा गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । एफिएफका सुदिप शिक्राकारले उनलाई लडाएपछि पोखराले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी प्रहार राकेशले नै गरेका थिए । तर, पहिलो हाफको ३३ औं मिनेटमा एपिएफका गणेश लावतीले गोल गर्दै खेल बराबरी बनाए । सुदिप शिक्राकारको

टुरको मिति फेरिदा क्याम्पसका प्रमुखसहित ७ जना थुनिए

Image
धरान । विभागीय प्रमुख र क्याम्पस प्रशासनले ‘फिल्ड भिजिट(टुर)’को समय तालिका हेरफेर गरेको भन्दै धरान ८ स्थित पुर्वाञ्चल इजिनियरीङ क्याम्पसका इलेक्ट्रोनिक्स तेस्रो बर्षका विद्यार्थीहरुले क्याम्पस प्रमुखसहित ७ जना शिक्षक एवं कर्मचारीहरुलाई थुनेका छन् । क्याम्पस प्रमुखको कार्यकक्षमा भएको तालाबन्दीले प्रमुख जितेन्द्र चौधरी, सहायक क्याम्पस प्रमुख डाँकबहादुर खड्का, शैक्षिक प्रमख रोहित दंगाल, कम्प्युटर विभागका उपप्रमुख शिखर भटराई, एग्रीकल्चर विभागका उपप्रमुख जीतेन्द्र शहनी र इलेक्ट्रोनिक्स विभागका शिक्षक तन्त्रनाथ झा थुनिएका थिए । क्याम्पस प्रशासन प्रवेश गर्ने मुख्य ढोका र प्रमुखको कार्यकक्षमा दिउँसो करिब एक बजे तालाबन्दी गरेका विद्यार्थीहरुले राती साढे ७ बजे मात्रै खोलिदिएका थिए । विद्यार्थीहरुले पहिल्येकै तालिका अनुसार फिल्ड भिजिटमा लैजानुपर्ने माग गर्दै विभागीय प्रमुखको कुर्सी जलाएका छन् भने क्याम्पसमा तोडफोडसमेत गरे । तालाबन्दी लम्बिदै जादा राती क्याम्पसमा प्रहरी पुगेको थियो र वार्ताको पहल भएपछि पुरानै तालिका अनुसार विद्यार्थी टुरमा जाने सहमतिमा मात्रै ताला खुलेको थियो । विद्यार्थीहर

आयोजक धरानको यात्रा समाप्त(फोटोफिचर)

Image
धरान । आयोजक धरान फुटबल क्लबलाई हराउदै रुपन्देही ११ ले १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा आइतबार सम्पन्न खेलमा आयोजक रुपन्देहीसँग ४–१ ले स्तब्ध भयो । खेलमा गोलको खाता भने पहिलो हाफमा आयोजकले खोलेको थियो । पहिलो हाफमा १–० ले अग्रता लिएपनि धरानले दोस्रो हाफमा लय समाउन नसक्दा घरेलु दर्शक निराश बने । रुपन्देहीले भने लय समाउदै चारै गोल दोस्रो हाफमा गरेको थियो । रुपन्देहीको लागि दोस्रो हाफमा बिक्रम लिम्बु, गणेश खड्का, भिक्टोर र शिव श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफमा एक गोलले पछि परेको रुपन्देहीलाई बिक्रमले को २३ औं मिनेटमा फ्रि किकबाट दर्शनीय गोल गरेर खेल रोमाञ्चक बनाए । उनले करिब २० यार्डको दुरीबाट प्रहार गरेको फ्रिकिक धरानका डिफेन्स र गोलकिपरले भेउ नै नपाई जाली चुमेको थियो । रुपन्देहीको लागि दोस्रो गोल ३४ औं मिनेटमा भिक्टरको पासमा गणेश खड्काले गरे । यस्तै, ३७ औं मिनेटमा भिक्टरले हेडमार्फत तेस्रो गोल गरे । दिपक राईको कर्नर प्रहार धरानका हेम गुरुङले हेडमार्फत क्लियर गर्न खोजे पनि डिबक्स भित्र खसेको मौकामा भिक्टरले गो

वस्नलायक शहर धरान(फोटोफिचर)

Image
  तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले १९५८ सालमा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसालेर धरान सहरको जग हालेका थिए। इस्ट इन्डिया कम्पनीलाई काठ आपूर्ति गर्न धरान हालेर चारकोसे जंगल फँडानी गरिएकाले यस ठाउँको नाम धरान रहन गएको इतिहास छ ।  १९९० सालको भूकम्पपछि अर्का राणा प्रधानमन्त्री जुद्ध शम्शेरले हालको नयाँ बजार भनिने जुद्धनगर बसाएका थिए। २०१० सालमा ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिक कार्यालय स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्रका रूपमा धरानको विकास भयो। धरानको इतिहास सौह्रौँ शताब्दीतिरको विजयपुरसँग पनि जोडिन्छ। पाल्पाका सेनवंशी राजाले विजयपुर गढीलाई सामरिक हिसाबले महत्वपूर्ण किल्ला बनाएका थिए। गोर्खाका राजा पृथ्वीनारायण शाहले १८३१ सालमा सम्झौता गरेर नेपालमा गाभ्नुअघि विजयपुर किरात प्रदेशको राजधानी थियो। त्यही विजयपुरगढी धरानको शिरका रुपमा रहेको छ। अहिले यो धरान उपमहानगरपालिकाको वडा नम्बर १४ मा पर्छ। करिब दुई वर्षअघिसम्म धरान नगर दक्षिणमा चारकोसे जंगल, उत्तरमा महाभारत शृंखला, पूर्वमा सेउती र पश्चिममा सर्दु खोलामा सीमित थियो। छिमेकी गाविस पाँचकन्या र

बुढासुब्बा गोल्डकप शुरु, मनाङद्धारा भुटान ८–० ले पराजित(फोटोफिचर)

Image
धरान । भुटानको सिएफसि माथि ८–० को फराकिलो जित दर्ता गर्दै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लबले धरानमा शुरु १८ औं बुढासुब्बा रेडबुल गोल्डकपमा सुखद शुरुवात गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा सहज जित निकाल्दा मनाङका कप्तान अनिल गुरुङ र अफ्रिकन मुलका खेलाडी अफिज ओलावोलेले ह्याट्रिक पुरा गरे । जितसँगै सेमीफाइन पुगेको मनाङले खेलअवधिभर हावी रहेको थियो । मनाङ ०६० र ०६७ को बुढासुब्बा गोल्डकपको उपाधि विजेता टोली हो । गत सँस्करणमा मनाङले उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । शनिबार मनाङको लागि पहिलो हाफको २३ औं मिनेटमा अनिलले गोल गरेका थिए । उनले पहिलो हाफको ३० औं र दोस्रो हाफको १५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा परे । पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै उनले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । यस्तै, ओलावोलेले पहिलो हाफको इन्जुरी समयमा र दोस्रो हाफको २७ औं मिनेट, ३८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । महिलो हाफको ४१ आंै मिनेटमा तेज तामाङले कर्नर प्रहारबाट मनाङलाई एक गोल थपेका थिए भने विशाल राई बिले पनि दोस्रो हाफको ३५ औं मिनेटमा

सुनसरी टेक्निकल कलेजमा रक्तदान

Image
धरान । प्राविधिक शिक्षामा अग्रणी रहेको धरान ४ स्थित सुनसरी टेक्निकल कलेजले आफुलाई सामाजिक कार्यमा पनि अब्बल सावित गरेको छ । शिक्षासँगै खेलकुद, सचेतनामुलक कार्यक्रम गर्दे आएको कलेजले शुक्रबार रगत अभावलाई क मगर्न रक्तदान कार्यक्रम गरेको छ । कलेज परिसरमा गरिएको रक्तदानमा ८५ प्रिन्ट रगत संकलन भएको कलेजका प्रिन्सिपल अमित कुमार गुप्ताले जानकारी दिनुभयो । कार्यक्रमा ५० शिक्षक र छात्र र ३५ शिक्षिक र छात्राले रक्तदान गरेका थिए । कलेजका विद्यार्थी तथा शिक्षिक शिक्षिका र कर्मचारीहरुले रक्तदान गरेको उहाँले वताउनु भयो । कार्यक्रमका प्रमुअ अतिथि रहेका नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका सभापति उमेश थापाले रगतको ब्याग हस्तान्तरण गरेका उद्घाटन गरेका थिए । यो कलेजले खाद्यप्रविधी, माइक्रोवायालोजी, कम्प्युटर, अनमी, सब ओभरसियरलगायत विभिन्नि विषयमा डिप्लोमादेखि स्तातकोत्तरसम्मको अध्यापन गराउदै आएको छ । खाद्य प्रविधिको विषयमा जनचेतनामुलुक कार्यक्रम गर्देै आएको कलेजले अगामी दिनमा सुनसरी रनसमेत गर्ने तयारी भइरहेको कलेजका अध्यक्ष लेखीराज सुव्वाले वताउनु भयो । कलेजको आर्थिक प्रायोजनमा धरान गल्फ क्लबसँग

शनिबारदेखि १८ आंै बुढासुब्बा रेडबुल गोल्डकप

Image
धरान । निरन्तर आयोजना भइरहेको नेपालको एक मात्र प्रतिष्ठित प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्डकपको १८ औं सँस्करण आज शनिबारदेखि शुरु हुदैछ । प्रतियोगिता फागुन २२ गतेसम्म धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुनेछ । प्रतियोगितामा भारत र भुटानको पाहुना टिम दुई टिमसहित ८ टोली सहभागी हुदैछ । शनिबार उद्घाटन खेल नेपालको चर्चित क्लब मनाङ मस्र्याङदी र पाहुना टोली भुटानको सिएफसिबीच हुदैछ । मनाङ बुढासुब्बाको दुई पटकको उपाधि विजेता टोली हो । मनाङले ०६० र ६७ मा बुढासुब्बाको उपाधि जितेको थियो भने ०६८ र गत बर्षको उपविजेता टिम हो । भुटानको सिएफसि भने यसअघि बुढासुब्बामा २ पटक मात्रै सहभागी टिम हो । यो सिजनमा तीन प्रतियोगितामा सहभागीता जनाइसकेका मनाङको खेल लयमा छ । गत माघमा पोखराको आहा रारा गोल्डकपको उपाधि मनाङले उचाल्यो भने त्यसपछि, हेटौडा गोल्डकपको उपाधि पनि कब्जा जमायो । विराट गोल्डकपमा भने क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग टाइब्रेकरमा मनाङ पराजित भएको थियो । विराट गोल्डकपबाट बाहिरिएपछि मनाङ तीन दिनअघि सिधै धरानमा आएर बुढासुब्बाको तयारीमा जुटेको थियो । ‘विराट गोल्डकपमा मात्रै ब्याड