Posts

Showing posts from March, 2017

गोपाल मन्दिर र जग्गा हडपेको भन्दै विरोध

Image
धरान । करिब आठ दशकअघि धरान १४ विजयपुर(सिंहदेवी मन्दिर मास्तिर)मा स्थापना भएको ‘गोपाल मन्दिर’को अस्तित्व मेटाएर धार्मिक माफियाहरुले अर्कै धार्मिक संस्थाको नाममा मन्दिर र जग्गा हडपेको भन्दै विरोध शुरु भएको छ । ऊँ शिवशक्ति कल्याणी केन्द्रको नाममा पुरानो गोपाल मन्दिरको अस्तित्व मेटाएर ‘बालगोपाल मन्दिर’ बनाएको र करिब ५ कट्टा १८ धुर जग्गासमेत हडपेको भन्दै विरोध शुरु भएको हो । केन्द्रले मन्दिर निर्माणस्थलमा बुधबारदेखि रामकथा नवाह पितृ उद्दार ज्ञान महायज्ञ शुरु गर्नुअघि नै जनसरोकार मञ्च नेपालको अगुवाईमा सिंहदेवी चोकमा धर्ना शुरु गरिएको हो । वि.स.१९९२ सालमा सिंहदेवी मन्दिर मास्तिर गोपाल मन्दिर स्थापना भएको इतिहास छ । तर, पछिल्लो समय धरान नगरपालिकाले गोपाल मन्दिरको जग्गा संरक्षण गर्न भन्दै केन्द्रलाई दिएको खुलेपछि विवाद शुरु भएको थियो । केन्द्रले मन्दिरको जग्गामा वृद्धाश्रम, सत्सङ हलसँगै नाम फेरेर बालगोपाल मन्दिर बनाइसकेको छ । एउटा मन्दिरको अस्तित्व नै लोप गराएर अर्कै धार्मिक संस्थाले जग्गा हडपेको भन्दै मञ्चको अगुवाईमा मंगलबारदेखि नै प्रवेशद्धारअघि(सिंहदेवी चोक)मा धर्ना शुरु भएको थियो ।

रंगमञ्च दिवसको औपचारिक कार्यक्रममा युवक कुटिएपछि...

Image
धरान । ५५ औं विश्व रंगमञ्च दिवसको अवसरमा धरान ९ स्थित होटल रत्न इनको हलमा सोमबार नाट्य संगोष्ठी कार्यक्रम चलिरहेको थियो । आयोजक आरम्भ नाट्य डबलीका सचिव प्रविण राईले कार्यक्रमबारे बोल्न मात्र शुरु गरेका थिए, एक युवाले अर्कोलाई कुट्दै स्टेज छेऊमै पुगे । ‘साला पाकेटमार’ भन्दै एक युवालाई अर्कोले कुट्न थाले । औपचारिक कार्यक्रमको बीचमा अचानक युवाहरु झगडा गर्दै पुगेपछि हलमा सन्नटा छायो । खासमा के भएको हो भनेर शुरुमा त कसैले भेऊ नै पाएनन्, सबै स्तब्ध बने । कुटाई खाने पाकेटमार युवा कार्यक्रममा आतिथ्यता ग्रहण गरिरहेका भाषाविद् डा.टंक न्यौपानेका विद्यार्थी रहेछन् । पाकेटमार ती युवकको बचाउ गर्दै डा.न्यौपानेले भने–‘ए भाई, ऊ त्यस्तो होइन ।’ तर, उनको आग्रह सुनुवाई भएन । ती दुई युवाबीच जब दोहोरो संवाद शुरु भयो, अनि मात्र रहस्य खुल्यो । ती युवा त आरम्भका नव कलाकारहरु पो रहेछन् । धनी परिवारका छोरा आमा बुबाको माया र सही हेरविचार नपाएर लागुऔषध दुव्र्यसनमा फसेका रहेछन् उनी । लागुऔषधको लतले उनलाई अन्ततः पाकेटमार बन्न बध्य बनाएको रहेछ । ‘हो, म दुव्र्यसनी हुँ । आमा बुबाले माया ममता र सँस्कार दिएको भए

खानेपानीको टंकी तत्काल निर्माण नगरिने

Image
धरान । विजयपुरस्थित ऐतिहासिक एवं पुरात्तात्विक महत्वको दरबार क्षेत्रमा रुख काटेपछि विवादित बनेको धरान खानेपानी आयोजनाको टंकी(रिजर्ब वेयर) तत्काल निर्माण नहुने भएको छ । रुट काटिएको विरोधमा गठित संघर्ष समिति, धरान उपमहानगरपालिका, राजनैतिक दल, अनुगमन समिति र खानेपानी व्यवस्थापन बोर्डसहित आइतबार भएको सर्वपक्षिय वार्तामा अर्को सहमति नभएसम्म टंकी निर्माण नगर्ने र विकल्पको खोजी गर्ने सहमति भएको हो । संघर्ष समितिले अघि सारेको ६ बुँदे प्रस्ताव(माग)मध्ये अधिकांश मागमा सहमति भएपनि मुख्य मुद्दा टंकी निर्माणस्थलबारे भने सहमति नजुट्दा खानेपानी आयोजनाको भविष्य पनि अनिश्चित बनेको छ । अन्यत्र टंकी बनाउनुपर्दा पुनः डिजाइन र ड्रइङ गर्नुपर्ने हुँदा आयोजना करिब २ बर्ष ढिलाई हुने र लागत पनि बढ्ने भन्दै उपमहानगरपालिका एवं आयोजनाले उक्त मागबारे पुर्नविचार गर्न संघर्ष समितिलाई आग्रह गर्दै आइरहेको छ । ‘हाम्रो अन्य मागहरुमा सहमति जुट्यो तर टंकी निर्माणस्थल अन्यत्र सार्नुपर्ने मागबारे भने सहमति हुन सकेको छैन । तरपनि सहमति नभइञ्जेल निर्माण कार्य नबढाउने र विकल्पको खोजी गर्ने सहमति बनेको छ’–संघर्ष एवं वार्ता सम

थुनुवा भागेपछि दुई प्रहरी हिरासतमा

Image
धरान । म्याद थप र वयानको लागि लगिएका एक थुनुवा सरकारी वकिल कार्यालयबाटै फरार भएपछि सुरक्षामा खटिएका दुई प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको छ । लागुऔषध कारोबारमा मुद्दा खेपिरहेका मोरङ घर भएका २२ बर्षीय विरेन्द्र खत्री आइतबार सरकारी वकिलको कार्यालयबाटै फरार भएका थिए । थुनुवा फरार भएपछि सुरक्षामा खटिएका जवान लोकबहादुर महत र जीवन श्रेष्ठलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान शुरु गरेको छ । दुवै इलाका प्रहरी कार्यालय धरानमा कार्यरत थिए । घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरी निरीक्षक शेषकराम थान्दारको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । समितिमा एक जना असई र एक हवल्दार पनि छन् । उक्त छानबिन समिति सोमबार धरान आएर हिरासतमा रहेका प्रहरी जवानसँग वयान लिएको थियो भने जिल्लाको टोलीले नै म्याद थप गर्न प्रहरी जवानद्धयलाई इनरुवा लगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं डिएसपी प्रविण धितालका अनुसार थुनुवामा खटिएका दुई प्रहरीको लापरवाही देखिएकोले पहिलो चरणमा उनीहरुलाई आवश्यक

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

Image
धरान । धर्मपुत्रीकोरुपमा राखेपनि १३ बर्षीय अनुषा राईको यातना र शोषण गरेर हत्या गरेको आरोप खेपिरहेका धरान १६ का वलिमान राई र उनकी पत्नी पदमकुमारी राई पुपुक्र्षको लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सुनसरीले सोमबार थुनछेक बहस पछि पैmसला नभएसम्मलाई राई दम्पत्तिलाई पुर्पुक्षको लागि थुनामा राख्न आदेश दिएको हो । आदेश पछि सोमबार नै प्रहरीले राई दम्पत्तिलाई कारागार चलान गरिसकेको जनाएको छ । प्रहरीका अनुसार पति वलिमानलाई झुक्कास्थित क्षेत्रीय कारागार चलान गरिएको छ भने पत्नी पदमकुमारीलाई विराटनगरस्थित कारागार चलान गरिएको छ । थुनछेक बहसपछि आइतबार न्यायधिश युवराज गौतमले पुपुक्र्षमा कारागार चलान गर्ने आदेश दिएका हुन् । ‘मुद्दाको फैसला नभएसम्मलाई दुवै जनालाई पुपुक्र्षको लागि कारागार चलान गर्ने आदेश भएपछि हामीले कारागार चलान गरिसकेका छौं’–इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिदै भने । धरान १६ स्थित पुष्यमार्गका राई दम्पत्तिले सानैमा अनुषालाई धर्मपुत्रीकोरुपमा घरमा राखेका थए । गत फागुन १६ गते अनुषाको रहस्यमय मृत्यु भएपछि छरछिमेकीलाई समेत खबरै नगरी दाहसँस्

कृर्षि परियोजनाबाट अदुवा र बेसार किसान आशावादी

Image
धरान । व्यावसायिकरुपमा अदुवा खेती गरिरहेका धरान २० विष्णुपादुकाका कृषक पदम राई यसपाली अदुवा बिक्री नभएर चिन्तित छन् । उनले यसपाली करिब ३५ मन अदुवा रोपेका थिए । भारतीय बजारमा निर्भर नेपाली अदुवाले भाउ नपाउदा निराश बनेका पदम र अन्य किसानहरु आइतबार भने उत्साहित बने । अदुवा र बेसार खेती लक्षित गरेर प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजनामा धरान पनि छनौट भएको थाह पाएपछि किसानहरु उत्साहित भएका हुन् । अदुवा र बेसारको उत्पादन बढाउने, बजारीकरण गर्ने लक्ष्य लिएर सुनसरीको धरान उपमहानगरपालिका(साविक पाँचकन्या र विष्णुपादुका गाविससमेत)मा यो परियोजना आएको हो । गत मंसिर १६ देखि परियोजना आएपनि धरानमा भर्खर मात्र परियोजना जोन कार्यान्वयन इकाईको कार्यालय खुलेको छ भने आइतबार सरोकारवाला एवं किसानहरुबीचमा परियोजनाबारे गोष्ठी आयोजना भएको थियो । उत्पादन बढाउन पुर्वाधार विकास, यान्त्रीकरण गर्ने र प्रशोधन उद्योगसमेत स्थापना गर्न समन्वय गर्ने जानकारी पाएपछि अदुवा नबिकेर निराश बनेका किसानहरु परियोजनाप्रति धेरै आशावादी बनेका छन् । ‘हामीले त पटक पटक सरकारलाई भनेका थियौं, किसानको अदुवा कुहिएर गयो । कि प्रशोधन

फेशन र जुम्बाको फ्युजन(फोटोफिचर)

Image
धरान । आफ्नो शरीरलाई फिट राख्न नसके जति नै फेशन गरेपनि आकर्षक हुदैन । त्यसैले अधिकांश धराने युवतीहरु नियमितरुपमा जुम्बा(फिटनेस सेन्टर) धाउने गरेका छन् । फेशन र फिटनेस सुन्दरताको परिपुरक हुन् । यही सन्देश दिदै शुक्रबार साँझ धरान १५ स्थित होटल इजी राइडरमा जेएस फिटनेश एण्ड फेशन शो आयोजना भयो । ¥याम्पमा श्रद्धा स्टोरले डिजाइन गरेको पहिरनमा मोडलहरु मात्रै क्याटवक गरेनन्, झुनाज फिटनेस धाउने युवतीहरुले जुम्बा नृत्य प्रस्तुत गरे । त्यति मात्र कहाँ हो र, युवतीहरुले पनि ¥याम्पमा मोडल झै क्याटवक गरेर आफुहरु जुम्बाको कारण सुन्दर र फिट रहेको सन्देश पनि दिए । फेशन शो आयोजना भइरहने धरानमा फेशन र जुम्बाको फ्युजनसहित नौलो कार्यक्रमले धेरैको मन जित्यो । स्वस्थ्य र सुन्दर धरान नारा दिएको फिटनेस एण्ड फेशन शो श्रद्धा स्टोरको आयोजना तथा झुनाज फिटनेसको संयोजनमा भएको यो तेस्रो सँस्करण हो । विगतमा भने फेशन शो मात्र हुदै आएको थियो । यसपटक भने आकर्षक जुम्बा नृत्यको प्रस्तुती र फिटनेस पहिरनमा क्याटवाक पनि भयो । कार्यक्रम संयोजक झुना राईले भनिन्–‘फेशन र फिटनेस परिपुरक हुन्, सुन्दर देखिन फेसन गर्दैमा मात्र