Posts

Showing posts from August, 2016

सुनसरीमा कृर्षि पर्यटनको अवधारणा

Image
धरान । सुनसरी उद्योग वाणिज्य संघले सुनसरी जिल्लालाई कृर्षि पर्यटनको केन्द्र बनाउने अवधारणा अघि सारेको छ । एक जिल्ला एक उत्पादन कार्यक्रमअन्र्तगत संघको यो अवधारणालाई नेपाल उद्योग वाणिज्य महासंघले समेत स्वीकृत गरेको छ । यसअघि एक गाउँ एक उत्पादन कार्यक्रमअन्र्तगत संघले साविक विष्णुपादुका गाविस(हाल धरान उपमहानगरपालिका)लाई बेसार खेतीको पहिचान दिलाएको थियो । विष्णुपादुका बेसार खेती एवं उत्पादनको ख्याति कमाएको गाउँ हो । यो कार्यक्रम सञ्चालनकै क्रममा जिल्लामा कृर्षि पर्यटनको सम्भावना देखेपछि संघले छाता संगठन(महासंघ)मा प्रस्ताव पेश गरेको थियो । कृर्षिको माध्यमबाट गाउँमा नै पर्यटक आउने वातावरण तयार गर्ने संघको प्रस्तावलाई पनि स्वीकृति दिएको महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले बताइन् । ‘कृर्षि अर्थतन्त्रको महत्वपुर्ण क्षेत्र हो । यही सुनसरीमा कृर्षि पर्यटनको प्रशस्तै सम्भावना छ’–संघको साताव्यापी ५३ औं बार्षिकोत्सव समापन समारोहलाई सोमबार सम्बोधन गर्दै राणाले भनिन्–‘संघले पठाएको कृर्षि पर्यटनको प्रस्तावलाई महासंघले स्वीकृत गरिसकेको छ, सुनसरी कृर्षि पर्यटनको नमुना जिल्ला हुन्छ भन्ने आशा लिएकी

नारायणगढमा पनि नारायणी बराह ज्वेलरी

Image
धरान । सुनचादीको व्यापारबाट ख्याति कमाएको धरानस्थित बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिले चितवन जिल्लामा पनि नयाँ कम्पनी सञ्चालनमा ल्याएको छ । व्यापार व्यावसाय विस्तार गर्ने क्रममा बराहले शनिबार चितवनको नारायणगढस्थित हङकङ बजारमा आप्m्नै भवनबाट व्यापार थालेको हो । नारायणी बराह ज्वेलरी प्रालि नाम दिएको यो कम्पनीले शनिबारदेखि सुनचादी व्यापार शुरुवात गरेको छ । पछि अन्य व्यापार क्रमशः थप्दै जाने प्रालिले जनाएको छ । प्रालिको एक समारोहबीच वाणिज्य तथा आपुर्ति विभागका महानिर्देशक शम्भुप्रसाद कोइरालाले गरेका थिए । विभिन्न जातीय सँस्कृतिअनुसारको सुनचादीका गरगहनाका साथै आधुनिक शैलीका पनि गहनाहरु उपभोक्ताहरुलाई उपलब्ध हुने प्रालिले जनाएको छ । करिब ६ करोड लगानीमा नयाँ कम्पनी शुरु गरेको प्रालिका अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिए । रोजगारीको अवसर सृर्जना गर्दै मुलुकलाई समृद्ध पार्ने उद्देश्यले चितवनमा पनि नयाँ कम्पनी सञ्चालनमा ल्याएको उनको भनाई छ । ‘मौलिक एवं परम्परागत गरगहना संरक्षण गर्ने र रोजगारी अवसर सृर्जना गरेर समृद्ध मुलुक बनाउने उद्देश्य हो’–अध्यक्ष लामिछानेले भने–‘मौलिक गरगहनालाई अन्र्

धरानका शैवलाई भारतमा सफलता

Image
धरान । करिब ६ बर्षको उमेरमा धरान १ का शैव श्रेष्ठ कवर्ड हलमा कराते सिक्न जान्थे । आमा बुबाको साथ पाएका उनले करिब डेढ बर्षसम्म त्यहाँ कराते प्रशिक्षण लिए । अध्ययनको सिलसिलामा भारतको कालिङपोङ १२ माइलस्थित वृन्दावन सेकेण्डरी स्कुलमा पुगे । त्यहाँ पनि विद्यार्थीलाई कराते खेल्न पाउने व्यवस्था थियो । सानै उमेरमा कराते सिकेका शैवलाई त्यहाँ पनि अवसर मिल्यो । हाल कक्षा ७ मा अध्ययनरत उनले स्कुल पढ्दै गर्दा नै राष्ट्रिय मात्र होइन, अन्र्तराष्ट्रिय प्रतियोगितामा पनि सफलता हासिल गरिसकेका छन् । छोराको सफलताले धरानमा रहेका उनका अभिभावकहरु पनि निक्कै उत्साही र खुशी छन् । शैवले हालै भारतको स्वतन्त्रता दिवसको अवसरमा दिल्लीमा आयोजित अन्र्तराष्ट्रिय कराते च्याम्पियनसिपमा उमेर समुहमा प्रथम हुदै स्वर्ण पदक जिते । यो सफलता उनका अभिभावकले पनि अपेक्षा गरेका थिएनन् । ‘अल इण्डिया वडोकाई कराते च्याम्पियनसिपमा उमेर समुहमा द्धितिय हुदा अन्र्तराष्ट्रिय च्याम्पियनसिपमा खेल्ने मौका पाएको थियो । छोराको व्यक्तित्व र आत्मविश्वास बढ्छ भनेर भाग लिओस् भन्ने थियो’–शैवका पिता विशाल श्रेष्ठले खुशी हुदै भने–‘तर, गोल्ड मेडल

पुर्वलाहुरेको घरजग्गा ठगी,४९ लाख बैना घरजग्गा नामसारी गरी फरार

Image
पीडित बीरबहादुर थापा आफ्नी श्रीमति र छोराको साथमा । धरान । धरान १५ दशरथ पथका ५४ बीरबहादुर थापाले ब्रिटिश आर्मीमा २१ बर्ष नोकरी गरे । ०५५ सालमा रिटायर्ड भएपछि पनि उनी इराक, बहराइन गए । जीवनभरको कमाईले उनले ०६४ सालमा एक कट्टा जग्गामा तीन तले पक्की घर बनाएका थिए । विदेशमा पसिना बगाएर बनाएको त्यही घरजग्गा पनि अहिले उनी आफ्नो भन्नसक्ने अवस्थामा छैनन् । खासमा गत माघमा उनले एक करोड १० लाख रुपैया मुल्य तोकेर उक्त घर बिक्री गरेका थिए । तर, उनी त्यतिबेला घरजग्गा ठगी गर्ने गिरोहको जालमा फसेका थिएछन् । यो कुरा थाह पाउदासम्म धेरै ढिलो भइसकेको थियो । मात्र ४९ लाख वैना रकम दिएर घरजग्गा नामसारी गरेकै भोलीपल्ट काठमाण्डौं घर बताउने खरीदकर्ता प्रदिप कुमार गौतम एकाएक गायब भए । त्यसपछि मोवाइलमा सम्पर्क हुदा ‘आएर पैसा दिउला’ भन्दै आश्वासन दिए पनि गौतम अहिलेसम्म भेट्न आएका छैनन् । संखुवासभा जिल्लाबाट नागरिकता निकालेका गौतम खास कहाँ बस्छन् भन्ने पनि अन्यौल छ । थापासँग घरजग्गा खरीद गर्दा ठेगाना धरान १५ लेखाएका छन् । अहिले पीडित थापालाई आफ्नो भन्दा पनि ४ जना छोराछोरीको भविष्यले निक्कै सताईरहेको छ । ‘जीवनभ

भाषाविद न्यौपानेलाई अभिनन्दन गरिने

Image
धरान । भाषाविद् प्रा.डा. टङ्क न्यौपानेलाई नागरिकस्तरबाट अभिनन्दनको गरिने भएको छ । डा.न्यौपानेलाई अभिनन्दन गर्न धरान र इटहरीका विभिन्न संघसंस्थाहरु सक्रिय भएको छ । डा.न्यौपानेलाई अभिनन्दन गर्न मुल समारोह समिति गठन भएको छ भने समिति मातहतमा विभिन्न समितिहरु गठन गरिएको छ । मोती जयन्तीको अवसर पारेर यही भदौ १६ गते डा न्यौपानेलाई उनकै कद बराबरको ताम्रपत्रले अभिनन्दन गरिन लागेको समितिले जनाएको छ । न्यौपाने नेपालेली भाषामा उच्च योगदान पु¥याएका व्यक्तित्वकोरुपमा परिचित छन् । डा न्यौपानेले ०६० सालमा आठपरिया राई भाषामा विद्यावारिधि गरेका थिए । उनी हाल इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् । व्यवस्थापन समितिका संयोजक गोपीकृष्ण खतिवडाका अनुसार भदौ १६ गते इटहरीको जनता क्याम्पसबाट ¥याली निस्किनेछ । इटहरीबाट उक्त समुह धरान आउनेछ । धरानमा पञ्चेबाजा र साँस्कृतिक झाँकीसहित नगर परिक्रमा गराइने खतिवडाले जानकारी दिए । ‘भाषा वाङमयमा उहाँले पु¥याउनु भएको योगदानलाई सम्मान गर्न अभिनन्दन गर्ने तयारीमा लागेका छौं, यो शुभ कार्यमा सबैबाट सहयोगको अपेक्षा गरेका छौं’–खतिवडाले भने । अभिनन्दन समारोहमा

धरानमै प्रहरीको विधि विज्ञान प्रयोगशाला

Image
धरान । अपराध अनुसन्धान तथा न्याय सम्पादनलाई छिटोछरितो बनाउन सहयोग पु¥याउने उद्देश्यले नेपाल प्रहरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्षेत्रीयस्तरको विधि विज्ञान प्रयोगशाला(फरेन्सीक ल्याब) स्थापना गर्ने भएको छ । यो प्रयोगशाला स्थापना गर्न बुधबार नेपाल प्रहरी र प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रमुख उपेन्द्रकान्त आर्यालको उपस्थितिमा प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दास र प्रहरीका अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माबीच समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । साक्षीकारुपमा प्रतिष्ठान फेरेन्सीक विभाग प्रमुख डा.बि.एन.यादवले पनि हस्ताक्षर गरेका छन् । प्रतिष्ठानले भौतिक संरचना एवं पुर्वाधार उपलब्ध गराएको हुनाले प्रयोगशाला चाडै नै सञ्चालनमा आउने प्रहरीले जनाएको छ । क्षेत्रीयस्तरमा स्थापना हुन लागेको यो पहिलो प्रयोगशाला हो । यहाँपछि नेपालगञ्जमा पनि प्रयोगशाला विस्तार गर्ने प्रहरीको भनाई छ । हालसम्म प्रहरीको विधिविज्ञान प्रयोगशाला केन्द्रीयस्तरमा मात्र रहेदा देशभरबाट अपराध अनुसन्धानको क्रममा सबुतप्रमाणहरु परीक्षण गर्न काठमाण्डौ

मृतकको जग्गा कर्ते प्रकरणःविभाग तानिए कर्मचारी

Image
मृतक महिलाको जग्गा किर्ते गरी किनबेच प्रकरण सार्वजनिक भएपछि मालपोत भुमिसुधार तथा व्यावस्था विभाग र नापी विभागले छानबिन शुरु गरेको छ । खगेन्द्र कुमारीको साविक धरान ११ ग को कित्ता नं ३६ को जग्गा किर्ते हकवाला खडा गरी नामसारी गराउन मुख्य भुमिका खेल्ने मालपोत अधिकृत फडिन्द्र भट्टराई, मुद्दा फाँटका नायब सुब्बा डिल्ली अधिकारी र नापीका सर्वेक्षक योगेन्द्रप्रसाद यादवलई विभागले तानेर छानबिन शुरु गरेको हो । आइतबार विभागबाट मालपोत अधिकृत भट्टराई र नायब सुब्बा अधिकारीलाई २४ घण्टाभित्र उपस्थित हुन निर्देशनसहितको पत्र पठाएको थियो । सोही पत्रको आधारमा दुवै मंगलबार विभागमा हाजिर भइसकेको मालपोत प्रमुख भीमप्रसाद गौतमले जानकारी दिए । थप बिषयमा भने आफुलाई केही थाह नभएको उनले बताए । यस्तै, किर्ते प्रकरणका मुख्य योजनाकार नापीका सर्वेक्षक योगेन्द्रप्रसाद यादवलाई पनि विभागमा तानेको छ । विभागले सोमबार पत्र पठाएर तत्काल उपस्थित हुन भनेपछि यादव पनि मंगलबार काठमाण्डौंतर्पm हिडेका छन् । नापी विभागका सुचना अधिकारी एवं योजना प्रमुख अनिल मरासिनीका अनुसार पत्रपत्रिकामा समाचार प्रकाशन भएको र बिषयको गम्भीरतालाई हेर

अभिनयमा खारिदै धराने युवायुवतीहरु

Image
धरान । धरान १२ चतरालाइनस्थित एउटा कोठा । डेढ दर्जन युवायुवतीहरु चकटीमाथि पलेटी मारेर बसेका छन् । ती मध्ये कोही उठेर बोल्दै नबोली हाउहाउ गर्छन्, कोही हासेको हास्यै । कोही टोले दादाको शैलीमा अरुलाई थर्काउछन् । कोही रुन्छन् । त्यो कोठामा पहिला पत्रकार महासंघ सुनसरीको कार्यालय थियो । महासंघ आफ्नै भवनमा सरेपछि अहिले आरम्भ नाट्य डबली बसेको छ । त्यही कोठामा प्रवेश गर्ने नयाँ व्यक्ति माथिको दृष्य देखेर एकछिन अलमल्ल पर्छन् । कुनै मानसिक वा भावनात्मक विचलन भएझै युवायुवतीहरुले व्यावहार देखाएका भने होइनन् । उनीहरु त त्यहाँ अभिनय कला सिक्न आएका युवायुवतीहरु हुन् । जसलाई डेढ दशकपछि पुनः जागेको आरम्भ नाट्य डबलीले तीन दिनसम्म प्रशिक्षण दिएको थियो । यो चाजो भने लुमन्ती आवासको लागि सहयोग समुहले मिलाएको थियो । आइतबार सम्पन्न भएको तीन दिने सडक नाटक सम्बन्धी अभिनय कार्यशाला गोष्ठीमा समुदायका १७ जना युवायुवतीहरुको उत्साहजनक सहभागीता थियो । आरम्भका अध्यक्ष गोपाल देवानका अनुसार सहभागीहरुलाई सडक नाटक सम्बन्धी अभिनयमा केन्द्रीत भएर प्रशिक्षण गराइएको थियो । सडक नाटक चेतनाको सशक्त माध्यम भएकोले समुदायमा यस

भाटभटेनीको गोदाममा सिल

Image
धरान । विभिन्न कम्पनीका म्याद गुज्रेको खाद्य वस्तुसमेत राखेको भेटिएपछि धरान १० स्थित भाटभटेनी सुपर मार्केटको स्टोरमा जिल्ला अनुगमन टोलीले आइतबार सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाको नेतृत्वमा बजार अनुगमनमा निस्किएको टोलीले स्टक सामानहरुसँगै मिति नाघेको खाद्य सामानहरु पनि फेला पारेपछि सिल गरेको हो । म्याद गुज्रिएका सामाग्रीहरु कति परिमाणमा छन् भन्ने स्पष्ट खुल्न नसकेपछि तत्काललाई स्टोर सिल गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए । उनका अनुसार टोली पुनः धरान आएर थप अनुसन्धान गर्ने जनाए । ‘के कति मात्रामा एक्स्पायर समानहरु छन् भन्ने रेकर्ड नै रहेनछ, हामीलाई अध्ययन गर्न पनि समय नभएकोले सिल गरेको हो’–खतिवडाले भने–‘कुन सामान एक्स्पायार हो, कुन फ्रेस हो भन्ने प्रष्ट नहुदा उपभोक्तालाई बिक्री हुनसक्छ नि ।’ भाटभाटेनीका कर्मचारीले एक्स्पायर सामान कम्पनीलाई फिर्ता गराउने भनेपनि अनुगमन टोलीलाई कति संख्या वा परिमाणमा छन् भनेर खुलाउन सकेनन् । स्टोरमा स्टक गरिएका समानहरु चेकजाँच गर्दा मिति नाघेका सामानहरु पनि भेटिएपछि भाटभटेनीले के कति सामान छन् भनेर रेकर

गाँजा कारोबारमा महिला, धरानको मंगलबारेबाट सप्लाई

Image
धरान । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडालाई शनिबार बिहान एउटा खबर आयो–‘धनकुटाको छिन्ताङबाट आउने गाडीमा गाजा आउदैछ ।’ उनले तत्काल सई रवि लिम्बुको नेतृत्वमा ७ जना प्रहरी टोली साविक विष्णुपादुका गाविस(हाल धरान २६, भञ्ज्याङ)मा पठाए । डिएसपी खतिवडालाई लागेको थियो, गाँजा २÷४ केजी मात्र होला । तर, उनको अनुमान विपरीत ३९ किलोग्राम गाँजा फेला प¥यो । अझ उनी त्यतिबेला अचम्मित भए, जब यति ठुलो परिणाम गाजासहित ५ महिला समातिएको खबर पाए । ‘गाजा आउदैछ भन्ने खबर आयो, यति परिमाण र यतिका संख्यामा महिला संलग्न होलान् भन्ने अनुमानै थिएन । म त २, ४ केजी आएको होला भन्ने सोचेको थिए’–डिएसपी खतिवडाले नागरिकसँग भने–‘प्रायजसोः महिलाले यस्तो काम गर्दैन भन्ने हाम्रो सोचाई हुन्छ, तर यो घटनाले महिला पनि पेशेवररुपमा लागुपदार्थ ओसारपसारमा संलग्न छन् भन्ने देखियो ।’ सई लिम्बु र विष्णुपादुकास्थित प्रहरी चौकीको टोलीले भञ्याङमा गाडी सर्च गर्ने क्रममा भोजपुरको हसन्तपुर गाविस २ का दुई महिला र धनकुटाको छिन्ताङ ८ का ३ महिला गाँजासहित पक्राउ परे । पक्राउ पर्नेमा एक जना १७ बर्षीय किसोरी पनि छिन् । प्रहरीले जना

किर्ने जग्गा प्रकरणमा नापीका सर्वेक्षक मुख्य योजनाकार

Image
धरान । मृतक महिलाको जग्गा किर्ते हकवाला (छोरा) बनाएर नामसारी र किनबेच गराउन नापी कार्यालय धरानका सर्वेक्षक योगेन्द्र प्रसाद यादव मुख्य योजनाकार रहेको खुलेको छ । खगेन्द्र कुमारीको नाममा रहेको साविक धरान ११ ‘ग’ कित्ता नम्बर ३६ को जग्गा किर्ते हकवालामा नामसारी गराउन सर्वेक्षक यादवले सुनसरी सदरमुकाम इनरुवा १ का सुरेश पोद्दार र लेखान्दास प्रह्लाल कुँवरलाई विचौलियाकोरुपमा प्रयोग गरेको पाइएको छ । सर्वेक्षक यादवले पोद्दार र कुँवरमार्फत किर्ते काम गराउदा ३६ लाख बढीको आर्थिक चलखेल भएको पनि खुलेको छ । स्रोतका अनुसार नापी फिल्डबुकमा मात्र कायम मृतक खगेन्द्र कुमारीको जग्गामा किर्ते हकवाला खडा गर्ने, लगानीकर्ता खोज्ने र मालपोतमा सेटिङ मिलाउने जिम्मा पोद्दारलाई दिएका थिए । पोद्दारले विजयपुर बुढासुब्बा लेखापढी सेन्टरका कुँवरसँग मिलेर यो कामलाई फत्ते गराएका हुन् । नापी सर्वेक्षक यादव, पोद्दार र लेखन्दास कुँवर तीनै जना इनरुवा निवासी हुन् । स्रोतका अनुसार यी तीनजना मिलेर हकवाला नदेखिएको जग्गालाई किर्ते हकवाला उभ्याएर नामसारी र किनबेचमा धेरै अघिदेखि सक्रिय थिए । पछिल्लो समय खगेन्द्र कुमारीको विवादित ज

मालपोत र नापीको मिलेमतोमा किर्ते गरी जग्गा किनबेच

Image
धरान । फिल्डबुकको कैफियतमा मात्र नाम उल्लेख भएकी मृतक एक महिलाको जग्गालाई मालपोत र नापी कार्यालय धरानको मिलेमतोमा किर्ते हकवाला खडा गरेर नामसारी गरी किनबेच भएको पाइएको छ । नापी कार्यालयको फिल्डबुकको कैफियत महलमा उल्लेख भएअनुसार धरान १ बस्ने ‘खगेन्द्र कुमारी’ नाम भएकी महिलाको साविक धरान ११ ‘ग’ को कित्ता नम्बर ३६ किर्ते हकवालामा नामसारी गरेर किनबेच भएको पाइएको हो । यो कित्तामा ११ कट्टा ५ धुर जग्गा थियो । यो जग्गा धरान १४ विजयपुरस्थित दुई धारे पथमा पर्छ । फिल्डबुकमा यो जग्गा खगेन्द्र कुमारीको नम्बरी भएको उल्लेख भएपनि उनको थर भने खुलाइएको छैन । तर, भुमाफिया गिरोह र विचौलियाले विजयपुरका कर्णबहादुर राईलाई हकवाला छोरा बनाएर खगेन्द्र कुमारीको जग्गा नामसारी गरेर किनबेच भएको प्रमाण फेला परेको छ । किर्ते हकवाला खडा गरी नामसारी गराउन नापीका सर्वेक्षक योगेन्द्र प्रसाद यादव, मालपोत अधिकृत फडिन्द्र भट्टराई, मालपोतका नायब सुुब्बा डिल्लीराम कोइराला र खरदार श्यामप्रसाद ल्होको प्रत्यक्ष संलग्नता भेटिएको छ । भुमाफियाको गिरोह र विचौलियालाई कर्णबहादुरका काइला छोरा अनिल राईले पनि किर्ते काममा सक्रियरुपमा स

खानेपानी आयोजनाको कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय

Image
धरान । नेपाल सरकार तथा एसियाली विकास बैंकको अनुदान र ऋण सहयोगमा सञ्चालन भइरहेको एकीकृत शहरी विकास आयोजनालाई ‘म्याचिङ फण्ड’ जुटाउन नसकिरहेको धरान उपमहानगरपालिकाले आयोजनामा पनि कार्यरत कर्मचारीहरुलाई भने थप प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । उपमहानगरपालिकासँगै आयोजनातर्फ पनि दोहोरो जिम्मेवारीमा रहेको तथा विदाको दिनमा पनि काममा खटिनु परेको भन्दै उपमहानगरपालिकाको असार अन्तिम साताको २७ औं बोर्ड बैठकले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । उक्त बोर्ड बैठकको निर्णय अनुसार आयोजना व्यवस्थापकको हकमा मासिक १५ हजार र अन्य कर्मचारीको हकमा आफ्नो शुरुको तलब स्केलको ४० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध हुनेछ । यद्यपी, यो सुविधा नगरपालिकाबाट उपलब्ध गराइएको कुनै पनि सुविधा दोहोरो नपर्ने गरी निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । यो निर्णय आर्थिक बर्ष ०७३/०७४ (साउन)देखि लागु हुनेछ । आयोजनाअन्र्तगत धरानमा एक अर्ब ४८ करोड लागतमा खानेपानी परियोजना सञ्चालनमा छ । आयोजनामा व्यवस्थापकसहित जम्मा ९ जना उपमहानगरपालिकाका कर्मचारीहरु कार्यरत छन् । व्यवस्थापकमा उपमहानगरपालिकाका इञ्जिनियर राज