Posts

Showing posts from January, 2019

बिपीको उपकुलपति हटाउन नेकपाको कसरत

Image
धरान: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति हटाउन सत्तारुढ पार्टी नेकपाको स्थानीयस्तरबाट लविङ शुरु भएको छ ।   नेकपाको दुई तिहाई सरकार गठन भएदेखि नै कोपभाजनमा परेका उपकुलपतिलाई हटाउन पुनः नेकपाका जिल्ला र नगरस्तरीय नेताहरुले लविङ थालेका हुन् । उपकुलपति डा. राजकुमार रौनियारले पदाधिकारीलाई मिलाउन नसकेको र अस्पताल सेवालाई प्रभावकारी नबनेको भन्दै उनको विकल्प खोज्नुपर्ने नेकपाको निकष्र्ष छ । मंगलबार बिहान नेकपाका जिल्ला, नगरस्तरका नेताहरु प्रतिष्ठानमा डेलिगेशन गएको थियो । नेकपाका नेताहरुले नयाँ विभाग विस्तार गर्न रेक्टरले पत्र पठाउनुपर्नेमा अस्पताल निर्देशकले पठाएको भन्दै असन्तुष्टी जनाएका थिए भने लिफ्ट बिर्गेको, सुई र रुवालगायतको सामग्रीहरु पनि अभाव भएकोलगायत बिषयहरु उठाएका थिए । चारै जना पदाधिकारीसँग छलफल गर्ने भनेपनि रजिष्ट्रार तुलबहादुर श्रेष्ठ भने उपस्थित थिएनन् । उनी काम बिशेषले राजधानी गएको बताइएको छ । साविक एमोलका कार्यवाहक अध्यक्ष नारायण सुवेदीले भिसिले सुधार गर्न नसक्ने हो भने पद छोड्नुपर्ने पार्टीको निष्कर्ष भएको सुनाए । ‘भिसिले कि त पदाधिकारी मिलाएर लैज