Posts

Showing posts from June, 2014

दोस्रो टेष्ट ड्रिलमा पनि पानीको स्रोत भेटियो

Image
धरान । एसियाली विकास बैंक(एडिबी)को ऋण तथा अनुदान सहयोगमा धरानमा शुरु भएको खानेपानी आयोजनाको लागि अर्को(दोस्रो) स्थानमा भएको टेष्ट ड्रिलिङमा पनि पर्याप्त पानीको स्रोत भेटिएको छ । धरानदेखि करिब ६ किलोमिटर दक्षिणमा अवस्थित कुमारखत सामुदायिक वनमा गरिएको टेष्ट ड्रिलिङमा यसअघि पहिलो टेष्ट ड्रिलिङमा भन्दा बढी पानीको स्रोत भेटिएको आयोजनाले जनाएको छ । यसअघि, गत फागुन दोस्रो साता पनि धरान १७, कुम्भीआहालमा टेष्ट ड्रिलिङ गर्दा पानीको स्रोत फेला परेको थियो । दुवै स्थानमा भएको टेष्ट ड्रिलले धरानको दक्षिणी क्षेत्रमा पानीको भुमिगत स्रोत पर्याप्त भएको पुष्टि भएकोले अब उत्पादनको लागि थप प्रक्रिया थालिने आयोजना प्रमुख एवं इञ्जिनियर राजु पोख्रेलले जानकारी दिए । ‘दुवै ठाउँको टेष्ट ड्रिलिङबाट धरानमा भुमिगत पानीको स्रोत छ भन्ने पुर्णरुपमा पुष्टि भएको छ, अब नयाँ ठाउँमा टेष्ट गर्दैनौं । निर्माणको काम अघि बढाउन प्रक्रिया थाल्छौं’–पोख्रेलले भने । उनका अनुसार आयोजनाको डिजाइन तयार भइसकेकोले असार मसान्तसम्ममा नेपाल सरकार तथा दातृ निकाय एडिबिबाट स्वीकृत गराउने र अर्को आर्थिक बर्षमा ठेक्का प्रक्रियामा गएर आयोज

बादलुको घुम्टोमा भेडेटार(फोटोफिचर)

Image
असार लागिसक्यो, गर्मी कम हुने छाटकाट छैन । अर्कोतिर लोडसेडिङको मार । उखरमाउलो गर्मीले न बाहिर कतै निस्कन मन लाग्छ, न घरमा नै बसिरहन सकिन्छ । तर, पूर्वी शहर धरानबाट अलिकति मात्रै उकालो लाग्ने हो भने त्यहाँको मौसमले चैत–बैशाखकै प्रचण्ड गर्मीलाई पनि बिर्साइदिन्छ । त्यसैले, कुनै वहाना चाहिदैन, फुर्सद हुनासाथ धरानेहरुको पहिलो गन्तव्य हो ‘भेडेटार’ । धनकुटा जिल्ला र सुनसरीको सिमानामा अवस्थित भेडेटार बजार धरानबाट मात्रै १६ किलोमिटर उत्तरमा छ । चर्को घामले शिर फुट्ला झै गरी धरान तात्तिरहदा त्यहि मास्तिरको भेडेटार भने छिनछिनमा वादलको घुम्टो ओडेर लुकामारी खेलिरहेको हुन्छ । चिसो महसुस गर्न त्यहाँ विजुलीबाट चल्ने पंखा वा एसी चाहिन्न । यस्तो बेला कस्को मन अडिएला धरानमा ? फुर्सद भयो कि धराने युवा हेम लिम्बू साथीसँग मोटरसाइकलमा हुइकिएर भेडेटार पुगिहाल्छन् । ‘तल(धरान)तिर असाध्यै गर्मी छ, त्यसैले गर्मी छल्न भेडेटार आइरहन्छौं’–धरान १५ का उनले भने–‘कतैबाट पाहुना, साथीभाई आउदा पनि भेडेटारको चिसो हावा नखुवाई फर्काउदैनौं ।’ उनले भनेझैं धरानेहरुको मात्रै होइन, इटहरी, विराटनगर, इनरुवातिरबा

बीपी प्रतिष्ठानका बेथिती

Image
धरान । पूर्व क्षेत्रमा सर्वसुलभ तथा उच्च गुणस्तरको स्वास्थ्य सेवा एवं शिक्षा दिने लक्ष्य राखेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएको जेठ महिनामा तीन साता अस्पताल जस्तो रहेन । डाक्टर र कर्मचारीहरुको आन्दोलनले दैनिक सयौं विरामीको उपचार गर्ने अस्पताल आफै विरामी परेर थला पर्यो । अत्यावश्यक सेवा सञ्चालन ऐन ०१४ ले अस्पताल, स्वास्थ्य केन्द्र र औषधी निर्माण तथा बिक्रीवितरण सम्बन्धी सेवामा हडताल गर्न निषेध गरेको छ । तर, जेठ पहिलो साता यहाँका जुनियर रेजिडेन्ट डाक्टरहरुले एक सातासम्म(जेठ ५–१२ गते) ओपिडी सेवा बहिष्कार गरे । उनीहरुको आन्दोलन टुंगिएलगत्तै कर्मचारीहरुले पनि आइतबार(जेठ १८)देखि एक सातासम्म आकस्मिकबाहेकका सम्पुर्ण सेवा सेवा ठप्प पारे । कर्मचारीहरु आन्दोलन गरिरहदा प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले पनि पाँच सुत्रीय मागहरु राख्दै कालोपटी बाँधेका थिए । सर्वोच्च अदालतले जेठ १४ अन्तरिम आदेश जारी गर्दै अस्पताल जस्तो अत्यावश्यक सेवा क्षेत्रमा बन्द, अवरोध एवं हडताल नगर्न, नगराउन अन्तरिम आदेश जारी गरेपनि पालाना भएन । बीपी प्रतिष्ठानमा आन्दोलनको श्रृंखला यो पहिलो पटक भने होइन