Posts

Showing posts from October, 2015

एक्सट्रिम धरानले बनायो धनकुटे रोडमा बाँसको पुल(फोटोफिचर)

Image
धरान । गत असोज ६ गते राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको पक्की पुल भत्किएर आवतजावत ठप्प छ । लामो समय वित्दा पनि सरोकारवाला निकायबाट पुल निर्माणको प्रक्रिया अघि बढेन । सर्वसाधारणहरु जोखिम मोलेरै खोला पार गरिरहेका थिए । विरामी बोक्ने एम्बुलेन्सहरु मोडिएर अर्को रुटबाट बीपी प्रतिष्ठान जान बाध्य छन् । सरकारीस्तरबाट पुल निर्माण तत्काल बन्ने छाँट नदेखे पछि धराने युवाहरु खोलामाथि अस्थायी पुल बनाउन कस्सिए । एक्सट्रिम धरानमा आवद्ध  युवाहरु बिहिबार भत्किएको पुल छेऊमा बासको अस्थायी पुल बनाइदिए । यसले सर्वसाधारण पैदल यात्रीलाई आउजाउ गर्न सहज बनेको भन्दै स्थानीय खुशी छन् । ‘पुल भत्किएपछि वारपार गर्न धेरै कष्ट थियो । खोलामा झरेर उक्लनुपथ्र्यो कि घुमेर पारी पुग्नुपथ्र्यो’–बन्दै गरेको पुलअघि उभिएकी स्थानीय रत्नकुमारी राईले भनिन्–‘पक्की त नबन्ने नै भो, बासकै पुल भएपनि धेरै सजिला हुनेभयो ।’ एक्सट्रिम धरान प्याराग्लाइडिङ, साइक्लिङ, गल्फ, र्याफ्टिङलगायत खेल पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिहरुको साझा संस्था हो । सर्वसाधारणहरुलाई हिडडुल गर्नमा नै अप्mठ्यारो भइरहेकोले सजिलो

बाबु–छोराको गल्फ मोह

Image
धरान । निर्वाणा कन्ट्री गल्फ कोर्ष छेउमै हुर्किए पनि रामबहादुर तामाङलाई युवा उमेरमा गल्फ खेलसँग लगाव भएन । धरान १९मा हुर्किएका उनी फुटबल र ब्याडमिन्टन भने खेल्थे । जिवन निर्वाह गर्ने क्रममा लामो समय राजधानी काठमाण्डौं बसे । ०५९ सालमा फिरेपछि उनी इटहरीमा बस्न थाले । इटहरीमा बसेपछि मात्रै साथीहरुको संगतले उनको ध्यान विस्तारै गल्फ कोर्षले तान्यो । ०६८ सालमा मात्रै उनी धरारन १८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको गल्फ कोर्षमा पाइला टेके । साथीहरुले ‘स्वास्थ्यको लागि गल्फ खेल राम्रो हुन्छ’ भनेपछि कोर्षमा छिरेका रामले छोटो समयमा नै आफुलाई राम्रो एमेच्योर गल्फरकोरुपमा उभ्याइसकेका छन् । गल्फ कोर्षमा छिरेको एक बर्षपछि नै उनले प्रथम सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ टुर्नामेन्ट ०६९ को उपाधि जितेका थिए । भर्खर फुलपातीको दिन सम्पन्न तेस्रो धरान सोसाइटी जिआरयु बर्थडे एमेच्योर गल्फ प्रतियोगितामा पनि उनी विजेता बने । तेस्रो जिआरयु बर्थ डे कपको विजेता हुँदा उनलाई अर्को पनि खुशी थपिएको थियो, प्रतियोगितामा उनका १३ बर्षीय छोरा रितेश तामाङ दोस्रो भएका थिए । आफु च्याम्पियन हुद

'परदेशी' गणेश टाकिजमा शुक्रबार रिलिज हुने

Image
धरान । इण्डियन आइडल भएपछि रातारात चर्चित बनेका प्रशान्त तामाङ अभिनित चलचित्र परदेशी शुक्रबारदेखि धरानको गणेश टाकिजमा प्रर्दशनमा आउने भएको छ । देशका अन्य सिनेमा घरहरुमा गएको फुलपातीदेखि नै प्रर्दशनमा आएपनि धरानमा भने रिलिज भएको थिएन । मुभिज डटकम प्रालिको ब्यानरमा निर्माण भएको यो तेस्रो चलचित्र हो । यसअघि यही ब्यानरको दोस्रो चलचित्र गोर्खा पल्टनबाट प्रशान्तले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए । उक्त चलचित्रले राम्रो कमाई गरेको थियो । चलचित्र परदेशीको टिमले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि गणेश टाकिजमा रिलिज हुने जानकारी गराएको हो । देशको असहज परिस्थिति हुदाहुदै पनि परदेशीले रिलिज भएका ८ दिनमा राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ । रिलिज भएदेखि सोमबार साँझसम्म परदेशीको ग्रोस कमाई २ करोड पुगिसकेको छ । चलचित्रले गरेको व्यापारले फिल्मकर्मीहरु उत्साहित छन् । ‘देश असहज परिस्थितिमा छ, ग्यास नभएर खाना पाक्ने अवस्था छैन । इन्धन हाहाकार छ । यस्तो हुदा हुदै पनि दर्शकको माया र आर्शिवादले परदेशीले राम्रो व्यापार गर्न सक्यो’–चलचित्रको प्रर्वद्धन गर्न धरान आइपुगेक

कार्तिक १५ मा सुनसरी टेक्निकल कलेज एमेच्योर हुने

Image
धरान । सुनसरी टेक्निकल कलेज एमेच्योर ओपन गल्फ टुर्नामेन्टको चौथो संस्करण यही कार्तिक १५ गते आयोजना हुने भएको छ । आयोजक धरान गल्फ क्लब र प्रायोजक कलेजले मंगलबार निर्वाणा कन्ट्री क्लबमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अनुसार प्रतियोगितामा धरान, इटहरीबाटसमेत गरी कम्तीमा ३० जना एमेच्योर खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा जुनियर खेलाडीहरुको लागि पनि छुट्टै स्पर्धा गराइने क्लबका अध्यक्ष पुर्ण लिम्बुले जानकारी दिए । ‘मधेश बन्द, भारतको आघोषित नाकाबन्दीले असहज अवस्था भएपनि प्रतियोगितामा धरान र इटहरीबाट ३० जना खेलाडीहरु आउने पक्कापक्की भएको छ, हामी आयोजक र प्रायोजक प्रतियोगिताको तयारीमा जुटेका छांै’–उनले भने । प्रतियोगिताको पहिलो सँस्करणमा रामबहादुर तामाङ, दोस्रोमा सुवर्ण लिम्बु र तेस्रोमा तिलक राई विजेता बनेका थिए । कलेजको प्रायोजनमा ०६९ देखि यो प्रतियोगिता आयोजना हुदै आएको छ । प्रतियोगिताको लागि क्लब र कलेजबीच ५ बर्षे सम्झौता भएको थियो । जसअनुसार प्रतियोगिताको लागि कलेजले बर्षेनी ५० हजार रुपैया क्लबलाई प्रदान गर्नेछ । मंगलबार पत्रकार सम्म

राम तामाङ जिआरयु बर्थ डे च्याम्पियन(फोटोफिचर)

Image
धरान । तेस्रो धरान सोसाइटी जिआरयु बर्थडे एमेच्योर गल्फ प्रतियोगिताको उपाधी इटहरीका राम तामाङले जितेका छन् । पार ७० को निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा मंगलबार आयोजित प्रतियोगितामा ४ अण्डर ६६ स्कोर गर्दै तामाङले उपाधि जितेका हुन् । स्ट्रोक प्लेको आधारमा भएको प्रतियोगितामा ८ ह्याण्डी क्याप खेलाडी तामाङले कुल ४ ओभर ७४४ को स्कोर गरेका थिए । उनले फ्रन्ट र ब्याक नाइनमा समान ३७ को कार्ड बनाएका थिए ।  विजेता तामाङले रनिङ ट्रफीसहित नगद ९ हजार बराबारको उपहार भौचर पनि हात पारे । च्याम्पियन बनेपछि तामाङको एक ह्याण्डी क्याप घटेर ७ कायम भएको छ । यसैगरी, प्रतियोगितामा एक ओभर ७१ स्कोर गरेका जुनियर गल्फर १३ बर्षीय रितेश तामाङ दोस्रो भए । उनी विजेता राम तामाङका छोरा हुन् । नियमित गल्फ खेलिरहेका रितेश २७ ह्याण्डीक्यापका एमेच्योर हुन् । उनले फ्रण्ट नाइनमा १५ ओभर ५० र ब्याक नाइनमा १३ ओभर ४८ स्कोरको कार्ड बनाएका थिए । उनले ट्रफीसँगै ६ हजारको गिफट भौचर पाए । यस्तै, १२ ह्याण्डीक्याप खेलाडी विष्णु  लिम्बुले पनि एक ओभर ७१ स्कोर गर्दै तेस्रो भए । कुल १३ ओभर ८३ स्कोर गरेका उनले फ्रन्ट नाइनमा ६ ओभर ४

पुर्नस्थापना गृहमा दशैंको खुशी(फोटोफिचर)

Image
धरान । पक्षघातले थलिएका १३ बर्षीय हरिकुमार क्षेत्री चाहेर पनि घर जान नपाउदा मन खिन्न थियो । मानिसहरुको चहलपहलसँगै नयाँ कपडा र मिठो खानाको चर्चाले दशैं आएको चाल पाइसकेका थिए । उनको माइला भाई केशव पनि घर परिवारको सम्झनाले उसैगरी उदास थिए । मंगलबार भने हरि र केवशको मुहारमा एकाएक खुशी छायो । धरान ४, छाता चोकस्थित पुर्नस्थापना गृहमा आश्रय लिइरहेका उनीहरुसँगै २२ असहाय एवं अपांग बालबालिकाहरु निक्कै रमाए । स्वयमसेवी युवाहरुले स्थापना गरेको जोइन ह्याण्डस्, सेभ लाइफ नेपाल नामको संस्थाको पहलमा बालबालिकाहरुले नयाँ कपडा, जुत्ता पाए भने मिठो खाना पनि खाए । दशैंमा घर जान नसके पनि नयाँ कपडा पाउदा गृहमा आश्रित बालबालिकाहरु फुरुङ्ग बने । ‘घर जाने, राम्रो कपडा लगाउने, मिठो मासु भात खाने केटाकेटीलाई धेरै रहर हुन्छ, तर यहाँका सबै जना घर जान सक्दैनन्’–गृह प्रमुख भिम राईले भने–‘मन खिन्न भइरहेको बेला यो सहयोगले उनीहरुलाई धेरै खुशी दिलाउनेछ ।’ गृह प्रमुख राईका अनुसार बेसहारा बनेका बालबालिकाहरुलाई समाजका विभिन्न क्षेत्रबाट आएर सहयोग गर्दा आफ्नोपनको महसुस हुने गर्छ । यसले उनीहरुमा मनोवैज्ञानिक प्रभाव पर्