Posts

Showing posts from April, 2015

धराने युवाहरु राहत लिएर लमजुङ र सिन्धुपाल्चोक जादै

Image
धरान । उदयपुर जिल्लालाई केन्द्रविन्दु बनाएर ०४५ सालमा आएको भुकम्पले धरानमा ११६ जनाको ज्यान गयो भने ठुलो भौतिक क्षति गर्यो । यस्तै,०६८ को भुकम्पले पनि धरानमा २ जनाको ज्यान गएको थियो भने केही घरमा क्षति पुगेको थियो । गत शनिबार गोरखा केन्द्रविन्दु बनाएर आएको महाभुकम्पले धरानलाई क्षति गरेन तर राजधानीसहित मध्यपश्चिमका थुप्रै जिल्लालाई ठुलो धनजनको क्षति गर्यो । यो महाभुकम्पबाट धरान त जोगियो, तर आफु सुरक्षित छौं भन्दैमा धरानेहरु भने चुप लागेर बस्न कहाँ सक्छन् र ? हुन त विभिन्न देशबाट भुकम्प पीडितहरुको लागि अरबौं रुपैया सहयोग र त्यतिकै मात्रामा राहत सामग्रीहरु आइरहेका छन् । तर, भुकम्प पीडितहरुको भने विचल्ली छ । धेरैले परिवारजन गुमाएका छन्, घरबारविहिन भएका छन् । तर, सरकारले उनीहरुलाई न बस्ने व्यवस्था गरेका छ न खाने व्यवस्था नै छ । राजधानीमै भुकम्प पीडितहरुको विजोग भइरहेको बेला विकट गाउँतिर के होला ? यही कुरा मनन गर्दै धरानका युवाहरु राहत संकलन गर्न जुटे । विभिन्न संघसंगठनमा आवद्ध धराने युवाहरु मिलेर राहतको लागि झोला थाप्दै घर घर हिडेनन् । शुरुवात आफैबाट गरे । कसैले चाउचाउ, कसैले च्युउरा,

भुकम्प पीडितलाई राहत संकलन गर्नेको ओइरो(फोटोफिचर)

Image
धरान । शनिबार गएको महाभुकम्पबाट पीडितहरुको लागि भन्दै जिल्लामा राहत संकलन गर्ने संघसंस्थाहरुको ओइरो लागेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार जिल्लामा दर्जन संघसंस्थाहरुले राहत संकलनको अनुमति लिएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको संयोजनमा दर्जन बढी संघसंस्थाहरुले संयुक्तरुपमा राहत संकलन अभियान चलायो । इलाका प्रशासन कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखसमेत सहभागी भएको अभियानबाट २ लाख २८ हजार संकलन भएको रेडक्रस सुनसरी शाखाका सभापति उमेश थापाले बताए । उनका अनुसार जिल्लाभरका उपशाखाहरुबाट कति रकम संकलन भयो भनेर बुझ्ने काम भइरहेको र उक्त रकम जिल्ला दैवि प्रकोप उद्दार समितिमार्फत प्रधानमन्त्री राहत कोषमा पठाइनेछ । राहत संकलन गर्न धेरै संघसंस्था एवं समुहहरु सक्रिय रहेको र जनतामा नराम्रो छाप नपरोस् भनेर रेडक्रसको संयोजनमा संयुक्तरुपमा अभियान चलाएको सभापति थापाले बताए । ‘एकै ठाउँमा धेरै संस्था, समुह राहत संकलन गर्न पुग्छन्, यसले जनतामा नराम्रो छाप पर्नसक्छ’–थापाले भने–‘प्रशासनले एक ठाउँमा सबै संघसंस्था मिलेर संयुक्तरुपमा राहत संकलन गर्ने व्यवस्था गर्दा राम्रो

सिंगापुर हिडेका यमबहादुरसहित ६ जना धरहरामा पुरिएर मृत्यु

Image
महाभुकम्पमा परि ज्यान गुमाएकी कौशिल्या(माथि सबैभन्दा बाँया), पूर्वसिंगापुरे पुलिस पिताम्बर, उनका श्रीमति र छोराको साथमा र सिंगापुर पुलिसमा कार्यरत यमबहादुर(सबैभन्दा तल) । धरान । सिंगापुर पुलिसमा कार्यरत यमबहादुर तुम्बाहाम्फे चार महिनाको छुटि सकेर फर्कदै थिए । सोमबार उनी डिउटीमा उपस्थित हुनुथियो । उनी धरान १५ बाँझगरास्थित घरबाट शुक्रबार नै विदावारी भएर काठमाण्डांै हिडे । घर रुङ्न बसेकी भतिजि केन्द्र लिम्बूले आइतबार मात्रै काठमाण्डौं जानुस् भन्दै सम्झाएकी थिइन् । तर, यमबहादुर मानेनन् । विराटनगर एयरपोर्टमा ९ बजेको फ्लाइट थियो । दिदी भेना पनि आफुसँगै जाने र काठमाण्डौंमा घुम्ने भन्दै उनी शुक्रबार बिहान ७ बजे नै घरबाट निस्किए । काका यमबहादुरको यो विदाई नै भतिजि केन्द्रको लागि अन्तिम भइदियो । काठमाण्डौं घुम्ने क्रममा धरहरा चढेका यमबहादुरसहित ६ जना आफन्तजनले शनिबार मध्याह्न गएको महाभुकम्पमा परि ज्यान गुमाए । यमबहादुरले न राम्रो घुम्न पाए, न डिउटीमा उपस्थित हुनसके । ‘मैले काकालाई आइतबार मात्रै जानुस् भनेको थिएँ, तर मान्नु भएन । अहिले यो दिन देख्नुपर्यो’–भतिजि केन्द्रले नागरिकसँग भनिन्–‘हा

धरानमा महाभुकम्प पीडितलार्इ राहत संकलन

Image
धरान । चार दिनअघि गएको महाभुकम्पबाट परिवारजन, घरबारविहिन भएका नागरिकहरुलार्इ राहत दिलाउन धरानमा विभिन्न संघसंस्थाहरुले राहत संकलन शुरु गरेका छन्‍ ।भुकम्प पीडितहरुलार्इ राहतको लागि सुनसरी एम्बुलेन्स चालक संघ र धरान एम्बुलेन्स व्यावस्थापन समितिले संयुत्तmरुपमा राहत संकलन अभियान चलाए भने लिम्बुवान पार्टी नेपालले पनि राहत संकलन शुरु गरेको छ । चालक संघ र समितिले प्रशासनमाफत संकलित राहत सरकारलार्इ पठाउने जनाएको छ भने लिम्बुवान पार्टीले भने नेताहरु आफै गएर प्रभावित क्ष्ोत्रमा रात वितरण्ा गनर्े जनाएको छ । शनिबार गोरखा जिल्लालार्इ केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट धरान र धरानबासीले ठुलो क्ष्ाति व्यहोनर्ु नपरेपनि राजधानीलगायत मध्यपश्चिमका जिल्लामा ठुलो भौतिक र मानवीय क्ष्ाति पुगेको छ । महाभुकम्पबाट हालसम्म ४ हजार ४ बढीको म ृत्यु भइसकेको छ भने पूर्वी नेपालमा हालसम्म ५२ जनाको म ृत्यु भएको पुष्टि भएको छ । जसमा सुनसरी जिल्लामा ७ जनाको ज्यान गएको छ । तर, धरानमा नै भने अहिलेसम्म कुनै मानवीय क्ष्ाति पुगेको छैन । तर, राजधानीमा बसोबास गरिरहेका वा विभिन्न कामले गएका धरानेहरु कति हताहत भए खुल्न सकेको

‘मिनि ब्राजिल’मा खेल पूर्वाधार अभाव

Image
धरान । मोफसलको प्रतिष्ठित बुढासुब्बा गोल्डकप धरान १६ स्थित धरान रंगशालामा हुन नपाएको चार बर्ष भइसक्यो । गोल्डकपको चार सँस्करण उमेर समुहलाई प्रशिक्षण दिलाउन निर्माण गरिएको धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरमा आयोजना भयो । धरान रंगशालामा कहिलेदेखि नियमित गोल्डकप सञ्चालनमा आउने हो, आयोजक धरान फुटबल क्लब नै अन्यौलमा छ । कुनै समय फुटबलप्रति स्थानीय र युवाहरुको आर्कषणले गर्दा धरानले ‘मिनि ब्राजिल’को उपमा पाएको हो । तर, यही मिनि ब्राजिलमा अहिले स्तरीय प्रतियोगिता गर्न पूर्वाधारयुक्त खेल मैदान छैन । धरानभित्रै एक दर्जन मैदान छ, तर ती मैदानको संरक्षण र मर्मत नहुदा खेलाडीलाई प्रशिक्षण गराउने अवस्था पनि नभएको खेलकुदकर्मीहरु बताउछन् । समयसँगै रंगशाला एवं खेल मैदानको स्तरोन्नती गर्न राज्य एवं सरोकारवाला निकायले ध्यान नदिदा खेलकुदको शहरमा ओझेलमा पर्दै गएको एन्फा केन्द्रीय उपाध्यक्ष एवं धरान फुटबल क्लबका अध्यक्ष किसोर राई बताउछन् । ‘हामी धरानलाई खेलकुदको शहर मात्रै भनिरह्यौं, पूर्वाधार विकासमा ध्यान नै दिएनौं । रंगशाला पनि नाम मात्रैको छ । कहिले बनिसक्ने हो, थाह छैन’–उनले भने–‘विश्व

बीपीमा तिम्ल्याहाको जन्म

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिलाले तीन शिशु जन्माएकी छिन् । सँखेजुङ इलाम घर भएकी ३६ बर्षीय भिमकुमारी तुम्वाम्फेले बैशाख ८ गते बेलुका तीन शिशु जन्माएकी हुन । आमा तथा बच्चाको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानका प्रसुति बिभागका चिकित्सक डा.अजय अग्रवलको टिमले गरेको सफल शल्यक्रियाबाट तीन शिशुको जन्म भएको । पहिलो पटक गर्भवति भएकी भिमकुमारीको पेट निकै ठुलो भएपछि भिडियो एक्स् रे गरेपछि मात्र तिन शिशु भएको पत्ता लागेको पति बल बहादुर राईले बताए । प्रतिष्ठानका प्रसुति विभागका चिकित्सक मोहनचन्द्र रेग्मीका अनुसार तिम्ल्याहा जन्मने घटना दुर्लभ हो । सामान्यतया एक सन्तान जन्म हुने भएकाको र दुई सन्तानसमेत असामान्य अवस्थामा जन्मिने गरेको उनको भनाई छ । प्रविधिको सहायतामा गर्भाधारण गरेमा मात्र यस्तो केश हुने मेडिकल साइन्समा उल्लेख भएता पनि प्राकृतीक रुपमै गर्भाधारण पश्चात तिन शिशु जन्मिनु निकै नौलो घटना भएको चिकित्सकहरु बताउछन् । यस अघि पनि प्रतिष्ठानमा चार शिशुको जन्म भएको थियो । तिनिहरुको स्वास्थ्य ठिक नरहेकाले बाच्न भने सकेनन् । यी शिश

लागुऔषधसहित तीन पक्राउ

Image
धरान । लागुऔषध कारोबारमा संलग्न दुई भारतीयसहित तीन युवालाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जोगवनी भिरगञ्जका २२ वर्षिय कपिल कुमार मुखिया र जितेन्द्र मुखिया छन् । उनीहरुको साथबाट डाइजेलाव, एभिल र लोवेजैसिक ९०/९० थान बरामत गरिएको प्रहरीले बताउको छ । पुर्व क्षेत्रिय प्रहरीको अनुसन्धान टोली र इलाका प्रहरी कार्यलय धरानको सादा पोसाकमा रहेका प्रहरीले धरान ८ भोटेपुलबाट उक्त लागुऔषध खुट्टामा बाँधेर ल्याउँदै गर्दा पक्राउ गरेको थियो । यसैगरि, धरान १९ बस्ने खोटाङका गंगा राईलाई पनि लागुऔषध बोकीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट डाइजिपामसहित ४ थान लागु औषध फेला परेको धरानका डिएसपि सुदम कुमार सिजापतीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई लागु औषध ओसार पसार ऐन अन्तर्गत मुद्दा चलाइने सिजापतीले जानकारी दिनुभयो ।

मिस एलएलसी २०१५ को तयारी

Image
धरान । एसएलसी परीक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई विभिन्न तालिमको माध्यमबाट निखार ल्याएर क्षमता अभिवृद्धि गराउने र समाजमा प्रस्तुत गराउने उद्देश्यले दोस्रो मिस एसएलसी २०१५ आयोजना हुने भएको छ । बैशाख १२ गते(शनिबार) अन्र्तवार्ता हुने प्रतियोगिताको ग्राण्ड फाइनल जेठ १६ गते हुने आयोजक धरान जेसिजले जानकारी दिएको छ । अन्र्तवार्ताको नतिजा बैशाख १३ गते आइतबार हुने र छनौट भएकाहरुलाई बैशाख १७ गतेदेखि जेठ ११ गतेसम्म विभिन्न तालिममा सहभागी गराउने आयोजकले जनाएको छ । फारम शुल्क सय रुपैया लाग्ने स्पर्धाका फाइनलिष्टहरुले १५ हजार रुपैया शुल्क बुझाउनुपर्ने आयोजकले स्पष्ट पारेको छ ।     सहभागीताको लागि छात्राले २०७१ सालको एसएलसी परीक्षा दिएको हुनुपर्ने, उमेर १४ वर्ष देखी १९ वर्ष सम्म मात्र हुनुपर्ने, उचाई कम्तिमा ५ फिट हुनुपर्ने, अभिभावकको अनिवार्य मन्जुरीनामा र अविवाहित हुनुपर्ने आयोजकले जनाएको छ । सहभागीहरुलाई आयोजकले पोशाक (गाउन), टिशर्ट, ब्याग, डायरी÷कलम, जुत्ता (सेण्डल), फोटोशेसन, खाना र नास्ता, यातायात, विभिन्न तालिम, ¥यामवर्क÷क्यटवर्कको साथै शैक्षिक पर्यटकीयस्थल र औद्योगिक भ्

उसु खेलाडी आफ्नै खर्चमा राष्ट्रिय प्रतियोगिता खेल्न गए

Image
धरान । ११ औं राष्ट्रिय उसु प्रतियोगितामा सहभागी हुन काठमाण्डौं जान लागेका भोजपुर र सुनसरीका ४ खेलाडीको मंगलबार दिउसो धरानस्थित सुनसरी जिल्ला खेलकुद विकास समितिमा विदाई हुदै थियो । खादा र अबिरले खेलाडी विदाई गर्दा जिल्ला उसु संघ सुनसरीका सचिव विकी राई उत्साहित हुनुपर्ने हो, तर उनमा खुशी र उत्साह थिएन । त्यसबेला उसुका राष्ट्रिय निर्णायकसमेत रहेका राईलाई अर्कै चिन्ताले सताईरहेको थियो । राष्ट्रिय प्रतियोगिता खेल्न हिडेका खेलाडीहरुले काठमाण्डौंमा कसरी खाने, बस्ने प्रबन्ध गर्लान् ? विदाईको बेला उनलाई यही चिन्ता थियो । ‘यातायात र खाने बस्ने सबै खर्च खेलाडी आफैले व्यवस्था गर्नुपर्ने रे, यस्तो पनि राष्ट्रिय प्रतियोगिता हुन्छ ?’–खेलाडी विदाईको क्रममा असन्तुष्टी जनाउदै उनले भने–‘आयोजकले पत्र पठाउदा नै बोधार्थमा कृपया काठमाण्डौंबाहिरका जिल्लाले कष्ट नगरिदिनु होला भनिदिए ढुक्कै हुन्थ्यो ।’ नेपाल उसु संघको आयोजनामा यही बैशाख १० देखि १२ गतेसम्म त्रिपुरेश्वरमा ११ औं राष्ट्रिय उसु प्रतियोगिता हुदैछ । संघले देशभरका आफ्ना जिल्ला संघलाई खेलाडी पठाउन पत्रचार गरेपनि आउने जाने, खाने बस्ने व्यवस्था खे

सेवा विस्तारबारे सरकारको निर्णय हुबहु कार्यान्वयन गर्न माग

Image
धरान । जिल्लाको उत्तरी क्षेत्रका जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन मालपोत र नापी कार्यालयको सेवा धरानमा विस्तार गर्ने सरकारको निर्णय जस्ताको तस्तै कार्यान्वयन गर्न धरानमा गठित सर्वपक्षीय निर्णय कार्यान्वयन दबाब समितिले माग गरेको छ । सेवा विस्तारबारे जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकले सरकारको निर्णयविपरीत साविकको हाँसपोशा गाविस(क्षेत्र)लाई इनरुवा मालपोत कार्यालयमा सार्न भुमिसुधार मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरेपछि दबाब समितिले आपत्ति जनाएको छ । दबाब समितिको मंगलबार बसेको बैठकले अन्य सरकारी कार्यालयको सेवा एवं युनिट इनरुवामा स्थापना गर्ने निर्णय स्वागतयोग्य भएपनि हाँसपोशा क्षेत्रलाई सार्ने निर्णयमा आपत्ति जनाएको हो । बैठकले हाँसपोशालाई मालपोत कार्यालय धरानअन्र्तगत नै राख्ने सरकारको निर्णय फेरवदल नगर्न माग गर्दै दबाब दिने र मन्त्रालयमा पत्रचार गर्ने निर्णय गरेको सदस्य सचिव एवं एमाले कार्यबाहक नगर उपाध्यक्ष नारायण सुवेदीले जानकारी दिए । ‘हिजोको जिल्लास्तरीय सर्वदलीय वैठकले इनरुवमा कार्यालय नभएको सेवा ल्याउन पहल र सिफारिश गर्ने निर्णय गरेछ, यो स्वागतयोग्य छ ।

धरानमा मालपोत र नापी सेवा विस्तार अझै अनिश्चित

Image
धरान । जिल्लाको उत्तरी क्षेत्रका जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन मालपोत र नापी कार्यालयको सेवा धरानमा विस्तार गर्ने सरकारको निर्णय कार्यान्वयन हुन ‘अझै केही समय’ लाग्ने भएको छ । सेवा विस्तारबारे सोमबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले समस्या समाधान गर्न केही निर्णय गरेपनि धरानमा कहिलेदेखि सेवा सुचारु हुने भन्नेबारे ठोस निर्णय गरेन । दिउँसो धरानबाट गएको सर्वपक्षीय दबाब समितिले प्रजिअ रविराज पन्थलाई ज्ञापन पत्र बुझाउदै सरकारको निर्णय अक्षरस पालना हुने गरि निश्चित मिति तोकेरै जिल्लास्तरीय सर्वदलीय बैठकबाट निर्णय गर्न माग गरेपनि बैठकले ठोस निर्णय गर्न सकेन । उक्त बैठकले धरानमा मालपोत र नापी कार्यालय सेवा विस्तार गर्ने भन्दा पनि इनरुवामा करदाता सेवा, यातायातको कुनै युनिट र जिल्लाबाट विस्थापित भएका अन्य सरकारी कार्यालय स्थापनाको लागि सरकारलाई सिफारिश गर्ने बिषयमा निर्णय गर्न केन्द्रीत रह्यो । बैठकले यसअघि सरकारले गरेको निर्णयलाई परिमार्जन गर्ने गरि सिफारिश गर्ने निर्णयसमेत गरेको छ ।  सरकारले तत्कालीन हासपोशा गाविसलाई पनि मालपोत कार्यालय धरानअन्र्तगत राखेर सेवा

अञ्जली मृत्यु प्रकरण: फेरी पोष्टमार्टमको माग गर्दै प्रजिअलाई निवेदन

Image
धरान । महिलाले झुण्डिएर आत्महत्या गरेको भनिएको शंकास्पद घटना गठित संघर्ष समिति र माइती पक्षले शवको पुनः पोष्टमार्टमको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएका छन् । संघर्ष समितिको नेतृत्वमा सोमबार छिमेकीसहित इनरुवास्थित जिल्ला प्रशासन कार्यालय गएको टोलीले प्रजिअ रविराज पन्थलाई निवेदन पेश गर्दै पुनः पोष्टमार्टमको माग गरेका हुन् । पोष्टमार्टम गरिदा माइती पक्षलाई पनि उपस्थित गराउनु पर्ने र प्रहरीले पुनः घटनास्थलको वस्तुस्थिति बुझेर सरजिमिन गर्नुपर्ने माग पनि संघर्ष समिति प्रजिअसमक्ष गरेको छ । ‘पहिला माइती, छरछिमेक कसैलाई पनि थाहै नदिई पोष्टमार्टम गरिएको रहेछ, त्यसैले माइती, छरछिमेकको उपस्थितिमा पुनःपोष्टमार्टम हुनुपर्छ भन्ने माग गरेका छौं’–घटनाबारे दलीय अनुगमन समितिका संयोजक गोपाल कार्कीले भने–‘प्रहरीले घटनास्थलको वस्तुस्थिति बुझेर सरजिमिन फेरि गर्नुपर्छ भनेका छौं ।’ कांग्रेस नगरसभापति किसोर राईले अञ्जली राईको मृत्यु जसरी भएपनि घरेलु हिंसाको चरमरुप भएकोले आरोपितहरुलाई घरेलु हिंसाअन्र्तगत भएपनि कानुनी कारबाही गर्न माग गरे । साथै उनले यस घटनामा चाडै कानुनी प्रक्रिया अपनाइदिन

लेखापढीको उक्साहटमा मालपोत कार्यालयमा काम ठप्प

Image
धरान उपमहानगरपालिकामा स्थापना गरिएको मालपोत र नापीको सम्पर्क कार्यालय ।  धरान । जिल्लाको उत्तरी क्षेत्रमा जनतालाई सुविधा पुर्याउन सदरमुकाम केन्द्रीत मालपोत र नापी कार्यालयको सेवा धरानमा विस्तार गरिन लागेपछि दुई दिनदेखि इनरुवास्थित मालपोत कार्यालयमा काम ठप्प भयो । मालपोत कार्यालय वरीपरीका लेखापढी व्यासायीहरुको नेतृत्वमा मुख्य गेटअघि धर्ना शुरु भएपछि आइतबारदेखि मालपोतको काम प्रभावित भएको हो । सेवा विस्तार गरिदा आम्दानीको मुख्य स्रोत धरान क्षेत्रको सेवाग्रही इनरुवा नआउने भएपछि आम्दानी गुम्ने डरले लेखापढी व्यावसायीहरु सेवा विस्तारको विपक्षमा छन् । धरान उपमहानगरपालिकामा मालपोत र नापी कार्यालयको सम्पर्क कार्यालय स्थापना गरेलगत्तै आवश्यक नाक्सा, फिल्डबुक, लगत, मोठ, श्रेस्तालगायत कागजात लैजान नदिन आइतबारदेखि इनरुवामा पुनः अवरोध सृर्जना गर्न धर्ना शुरु भएको हो । यसअघि गएको फागुन पहिलो साता पनि कागजात ल्याउने तयारी हुदा लेखापढी व्यावसायीको उक्साहवटमा उद्योग वाणिज्य संघले इनरुवा बचाउ भन्दै आन्दोलन गरेको थियो । अहिले उद्योगा वाणिज्य संघ पछि सरेपनि लेखापढी व्यावसायीले मधेशवादी दलको नाममा केह