Posts

Showing posts from June, 2015

धान दिवसको अवसरमा पानवारीमा भव्यरुपमा रोपाई महोत्सव(फोटोफिचर)

Image
धरान । १२ औं राष्ट्रिय धान दिवसको अवसरमा मंगलबार धरान २३ स्थित पानवारीमा भव्यरुपमा रोपाई महोत्सव सम्पन्न भएको छ । पानवारीस्थित सहभागी कृर्षि सहकारी संस्थाद्धारा आयोजित महोत्सवमा स्थानीयमात्रै होइन, धरान बजार क्षेत्रबाट पनि उल्लेख्य सहभागीता रहेको थियो । साविकको पाँचकन्या गाविस गत बर्ष धरानमा गाभिएर उपमहानगरपालिका बनेपछि धरानमा रोपाई महोत्सव भएको यो नै पहिलो हो । महोत्सवमा सहभागी हुन धरान बजार क्षेत्रका ४ वटा विद्यालयका विद्यार्थी, राजनीतिक दलका नेता एवं कार्यकर्ता, कृर्षि सहकारी संस्था एवं सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागीता थियो । पञ्चे बाजासहित आयोजित रोपाईमा हिलो छ्यापाछ्यापसँगै सहभागीहरु धान रोपे, खेतमै नाचगान गरेर रमाए । उहिल्यै गाउँघरमा धेरै खेत हुनेहरुको यस्तै सामुहिक रोपाई हुने गथ्र्यो । यो प्रचलनलाई वेठी लगाउने भनिन्छ । अचेल वेठीको चलन हराउदै गएको छ । वातावरणमैत्री कृर्षि व्यावसाय, हाम्रो लक्ष्य हाम्रो चाहना, हाम्रो सँस्कृतिको जगेर्ना, कृर्षि पर्यटन प्रर्वद्धन, धरानको सम्भावना भन्ने नारा दिएर आयोजित रोपाई महोत्सव सँस्कृति संरक्षणसँगै धरानमा कृर्षि प

स्पष्ट नीति नहुदा उद्योग, कलकारखाना संकटमा परेको गुनासो

Image
धरान । सरकारले स्पष्ट नीति नबनाउदा उद्योग एवं कलकारखानाहरु विस्थापित हुने अवस्था पुगेको भन्दै पूर्वका उद्योगी, व्यावसायीहरुले शान्तिपुर्वक व्यावसाय गर्न पाउने अवस्था तयार गरिदिन माग गरेका छन् । उद्योग आसपासमा मानव वस्ती बसेको र उद्योगले दुर्गन्ध फैलाएको भन्दै विरोध हुने गरेको उल्लेख गर्दै व्यावसायीहरुले उद्योगको लागि सरकारले उपयुक्त क्षेत्र छुट्याउन माग गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघको ३४ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किसोर प्रधानले सरकारको नीति नभएकै कारण अहिले उद्योगी र स्थानीयबीच द्धन्द भइरहेको र यसले उद्योगहरुलाई विस्थापित हुनतर्फ उन्मुख गराएको बताए । ‘सुनसरी मोरङ करिडोरमा उद्योग स्थापना हुदा खुला थियो, विस्तारै मानव वस्ती बस्न थाल्यो, अब दुर्गन्ध भयो भनेर उद्योग हटाउ भन्न थालेका छन्’–उपाध्यक्ष प्रधानले भने–‘राज्यबाट स्वीकृत पाएर उद्योग पहिला बस्यो कि बस्ती ? सरकारले ध्यान दिनुपदैन ? उद्योग आसपासमा बस्ती बसाउने कि नबसाउने भनेर राज्यले बेलैमा सोचिदिनु पदैन ?’ उपाध्यक्ष प्रधानले उद्योग, कलकारखानकोलागि उपयुक्त ठा

बराहक्षेत्रमा पर्यटकीय आर्कषण थपिदै

Image
धरान । धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको प्राचिन बराहक्षेत्र मन्दिरमा विभिन्न पर्यटकीय आर्कषण एवं सुविधा थपिदै गएको छ । मन्दिरमा तीर्थालु– भक्तजनसँगै घुम्नको लागि पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पर्यटकीय संरचनाहरु थपिएको हो । स्थानीयका अनुसार करिब तीन बर्षयता मन्दिर आसपासमा आर्कषण र सुविधाहरु थपिन थालेको हो । आर्कषण थपिएर मन्दिर आसपासको स्वरुप फेरिएपछि तीर्थालुसँगै घुम्न आउने पर्यटकहरुको पनि संख्या बढ्दै गएको छ । स्थानीयबासी र बराहक्षेत्र संरक्षण मञ्चको पहलमा वृहत्तर बराहक्षेत्र विकास समिति, पर्यटन कार्यालय झापालगायतको लगानीमा पर्यटकीय आर्कषणहरु थपिएका हुन् । भक्तजनबाट संकलित रकम पनि मन्दिरमा लगानी गरिएको छ । मन्दिर परिसरमा बराह कुण्ड र यात्री विश्रामस्थल बनाइएको छ । कुण्डमा बराह अवतारले पृथ्वीलाई पातलबाट बोकेर उद्दार गरेको झल्किने सुन्दर प्रतिमा राखिएको छ ।  बराह कुण्ड परिसरबाट तालजस्तो देखिने सप्तकोशी र पारीपटि उदयपुरको मैनामनी, धनकुटाको छिन्ताङ डाँडा नियाल्न भ्यु प्वान्ट निर्माण गरिएको छ । त्यहाँ तीर्थालु एवं पर्यटकहरुलाई बस्न कुर्सीसमेत राखिएको छ । कुण

एम्बुलेन्स सेवामा बेथिती, तोकिएको मापदण्ड र सुविधा छैन

Image
धरान । पूर्वमा डेढ सयको हाराहारीमा एम्बुलेन्स सञ्चालन भएपनि जोखिम अवस्थाका विरामी बोक्ने ‘क र ख श्रेणी ’को एम्बुलेन्स एउटै पनि छैन । ‘ग श्रेणी’ को एम्बुलेन्स मात्रै सञ्चालनमा भएपनि ती सबैमा तोकिएको मापदण्ड पुरा छैन । ग श्रेणीको एम्बुलेन्स समान्य विरामीलाई ओसार पसार गर्ने प्रयोजनको लागि मात्रै हो । क र ख श्रेणीको एम्बुलेन्स नभएपछि सिकिस्त एवं जोखिमपुर्ण अवस्थाका विरामीलाई पनि ग श्रेणीकै एम्बुलेन्सले बोक्दै आएको छ । ‘पूर्वमा भएका एम्बुलेन्सहरु सबै ग श्रेणीमा पर्छन्, त्यसमा पनि नीति, कार्यविधिले भनेअनुसारको सुविधा छैन’–रेडक्रस सोसाइटी सुनसरी शाखाका अधिकृत किरण कार्कीले भने–‘कतिपय चालकले त प्राथमिक उपचार पनि लिएका छैनन् । ’ एम्बुलेन्स सेवा सञ्चालन नीतिअनुसार ग श्रेणीको एम्बुलेन्समा फ्रष्टएड बक्स, अक्सिजन सिलिण्डर, फ्लो मिटर र मास्क जडान गरिएको हुनुपर्छ भने आइ.भि.इन्जेक्सन दिने व्यवस्थासँगै स्टेथेस्कोप, बि.पि.अपार्टस्, टर्च लाइट हुनुपर्छ । एम्बुलेन्स चालकले अनिवार्य प्राथमिक उपचार तालिम लिएको हुनुपर्छ । तर, अधिकांश एम्बुलेन्समा यो व्यवस्था छैन । प्रशासन, रेडक्रस, प्रहरीसहितको टोलीले बि

भोजपुरका भुकम्प पीडितलाई नगद सहयोग गरिने

Image
धरान । भोजपुर सुनसरी सेवा समाजले गत बैशाख १२ र त्यसपछिको भुकम्पबाट पीडित भोजपुरबासीहरुलाई राहतस्वरुप नगद सहयोग गर्ने भएको छ । समाजले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रति घरपरिवार नगद ५ हजारको दरले आर्थिक सहयोग गर्ने जानकारी गराएको हो ।  पीडितहरुले आफुले चाहेजस्तो घरटहरा निर्माण गर्न सकुन् भनेर नगद सहयोग गर्न लागेको समाजका सचिव रेवतीरमण राईले जानकारी दिए । समाजले घरदैलो गरेर हालसम्म ३ लाख ६० हजार ५ सय ४२ रुपैया संकलन गरेको र जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर पीडित भएकै स्थानमा पुगेर वितरण गरिने सचिव राईले बताए । उनका अनुसार ७२ घरपरिवारलाई ५ हजार रुपैयाको दरले प्रदान गर्ने योजना छ । राहत रकम वितरण गर्न संस्थाका अध्यक्ष नन्दप्रसाद श्रेष्ठ, उपाध्यक्ष नगेसचन्द्र राई, सचिव रेवतीरमण राई, सहसचिव प्रतापसिं राईसहित ९ जनाको टोली आइतबार(असार १३ गते) भोजपुरतर्फ प्रस्थान गर्ने समाजले जनाएको छ । बैशाखमा आएको भुकम्पले भोजपरको खर्तम्मा, दोभाने, चौकीडाडालगायत उत्तरी गाविसमा बढी क्षति पुर्याएको छ । भोजपुरमा ३४ सय हाराहारीमा घर पुर्ण क्षति भएको र ६ हजार हाराहारीमा समान्य क्षति पुगेको तथ्या

दृष्टिविहिन विद्यार्थी सतप्रतिशत प्रथम श्रेणी

Image
एसएसली परीक्षा सकेपछि विद्यालयबाट विदाई भएर घर जानुअघि प्रअ केशरी थापासँग सामुहिक तस्बिर खिचाउदै दृष्टिविहिन विद्यार्थीहरु । धरान । धरान १५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयबाट गत बर्ष एसएलसी परीक्षा दिएका सतप्रतिशत दृष्टिविहिन विद्यार्थीहरु प्रथम श्रेणीमा उर्तीण भएका छन् । गएको शुक्रबार सार्वजनिक नजिता अनुसार विद्यालयबाट परीक्षा दिएका ९ जनै विद्यार्थीहरु प्रथम श्रेणीमा उतीर्ण भएका हुन् । उक्त विद्यालयबाट तीन छात्र र ६ जना छात्राले एसएलसी परीक्षा दिएका थिए । विद्यालय प्रशासनका अनुसार परीक्षार्थीमध्ये सोनमती गाढा गाविस ५, सिराहाका रमेशकुमार शाहले ७७.१२ प्रतिशत अंक ल्याएर विद्यालय टप गरेका छन् भने खुदुनाबारी ३ झापाकी सुजता लिम्बूले ७१.३७ प्रतिशत ल्याएकी छिन् । यस्तै, पाँचथरीकी मुना भटराईले ६८.६२ प्रतिशत, ओखलढुंगाकी कविता श्रेष्ठले ६८.६२ प्रतिशत, ताप्लेजुङका सुभाष लिम्बूले ६८ प्रतिशत, भादगाउ सुनसरीका कञ्चनकुमारी चौधरीले ६७.१२ प्रतिशत, इलामकी रीता सुब्बाले ६५.३७ प्रतिशत, मध्यहर्षही सुनसरीकी शोभा कुमारी मेहताले ६७.६२ प्रतिशत र इनरुवा नगरपालिका ३ सुनसरीका जयनारायण ठाकुरले ६६.६२ प्

अनुशासित भएर गाडी चलाउने चालकलाई सम्मान

Image
धरान । हाल धरान–काकडभिट्टा रुटमा चल्ने को १ ख ६४०४ नम्बरको ऊँ त्रिलोक बस सेवाका चालक गणेशबहादुर कार्कीलाई पनि कुनै दिन यही पेशाले सम्मान दिलाउछ भन्ने लागेकै थिएन । शनिबार भने समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सामुन्ने सम्मान थाप्दा उनी निक्कै खुशी भए । पूर्वाञ्चल यातायात व्यावसायी संघको बार्षिक साधारणसभाको अवसरमा पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक(डिआइजी) माधवप्रसाद जोशीले नगद दुई हजार पाँच सयसहित उनलाई नेपाली टोपी र प्रसंसा पत्र प्रदान गरे । कार्कीसँगै लामो समयसम्म सवारी चलाए पनि एक पटक दुर्घटना नगरेका ६ जना चालकहरु पहिचान गरेर संघले नगदसहित सम्मान गरेको हो । सवारी चालक(ड्राइभर)लाई सम्मानित पेशा ठानिदैन । अझ पछिल्लो समय अत्यधिक दुर्घटनामा धेरै मान्छेको ज्यान गुमेपछि चालकहरु ‘ज्यानमारा’ हुन्छन् भन्ने खालको चर्चा भयो । तर, पूर्वका सडकमा गाडी चलाउन थालेको ३२ बर्ष भइसक्दा पनि कार्कीले एक पटक दुर्घटना गरेका छैनन् । ‘चालिस सालदेखि गाडी चलाउन थालेको हुँ, अहिलेसम्म एक पटक पनि दुर्घटना भएको छैन । आज सम्मान पाउदा गर्व लागेको छ’–५२ बर्षीय कार्कीले भने–‘म अरु कसैले

एन्फामा मतभेद टुंग्याएर अघि बढ्न असन्तुष्ट पक्षको आग्रह

Image
धरान । अखिल नेपाल फुटबल संघ(एन्फा)को असन्तुष्ट पक्षले संस्था नेतृत्वविहिन भएको भन्दै मतभेद त्यागेर नयाँ प्रक्रियाबाट अघि बढ्न संस्थापन पक्षसँग आग्रह गरेको छ । एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि एन्फा नेतृत्वविहिन भएको र नेपाली फुटबलको भविष्य नै संकटमा परेको भन्दै असन्तुष्ट पक्ष लचिलोरुपमा प्रस्तुत भएको हो । एन्फा द्धितिय उपाध्यक्ष एवं असन्तुष्ट पक्षधर किसोर राईले बिहिबार गृहनगर धरानमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षको धारणा सार्वजनिक गरेका हुन् । उनले कार्यबाहक अध्यक्ष श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली फुटबल नै नेतृत्वविहिन अवस्थामा पुगेकोले आआफ्नो हठ त्यागेर दुवै पक्ष जिम्मेवार हुनुपर्ने समय आएको बताए । त्यसक्रममा उनले स्वर्गीय श्रेष्ठसँगै एन्फाबाट हाल अलगिएका अध्यक्ष गणेश थापाको पनि फुटबलमा योगदान रहेको चर्चासमेत गरे । ‘एन्फा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधनले म पनि धेरै दुःखी छ, ०४७ सालमा उहाँले नै मलाई थ्री स्टारमा खेल्ने अवसर दिलाउनु भएको थियो । फुटबल विकासमा उहाँको धेरै योगदान छ । गणेश थापाको पनि उतिकै लगानी छ’–उपाध

अशक्त नातिनी स्याहारर्दै हजुरआमा

Image
धरान । चैत अन्तिम साता अशक्त छोरीलाई बृद्ध आमाको जिम्मा छोडेर धरान ८ की प्रतिमा गुरुङ काठमाण्डौं गएकी थिइन् । मोवाइलमा बेलाबेला कुराकानी हुदै थियो । बैशाख १२ गतेको भुकम्पले भने सम्पर्कविच्छेद गराइदियो । त्यसयता प्रतिमाको मोवाइलमा एक पटक पनि आमाको मोवाइलबाट रिङ्ग बजेको छैन । ‘दुई महिना हुनलाग्यो, आमासँग बातचित गर्न नपाएको । पहिला त आमा जही गएपनि फोन गर्नुहुन्थ्यो’–गाह्रो मान्दै रतिले सुस्तरी भनिन्–‘अब त आमासँग भेटै हुदैन जस्तो छ ।’ झण्डै दुई महिनादेखि प्रतिमा सम्पर्कविहिन छिन् । यता, घरमा अशक्त(अपांग) १८ बर्षीय छोरी रति उनको वृद्धा हजुरआमा मिना खड्काको विचल्ली छ । हजुरआमा बनिबुतो गर्न कतै निस्किइनन् भने चुलो बल्दैन । रति युवा उमेरमा प्रवेश गरेपनि न राम्रोसँग हात चल्छ, न खुट्टा नै । बोली पनि राम्ररी फुट्दैन । हजुरआमा एक्लै छोडेर कतै गइन् भने रतिको झनै बिजोग हुन्छ । त्यसमाथि हजुरआमा कानै सुन्दिनन्, एउटा कुरा सोध्दा अर्कै जवाफ फर्काउछिन् । ‘यसको आमा हरायो, कहाँ गयो गयो । कहाँ खोज्ने, कस्लाई भन्ने केही थाह छैन’–धेरै प्रयासपछि प्रश्न  बुझेर वृद्धाले जवाफ फर्काइन् । उनीहरु बसेको घर भा

रिफ्रेस हुन आएका गायकको धरानमा गजल साँझ

Image
धरान । झण्डै दुई दशकपछि जन्मस्थान आएका गजल गायक साज सिंहको सोमबार साँझ धरान ९, पुतलीलाइनस्थित कोरियन रेष्टुरेष्ट हाङकुक साराङमा सुफि गजल साँझ सम्पन्न भयो । आफै भुकम्पको डिप्रेशनबाट मुक्ति पाउन यता आएका गायक सिंहले सोमबार साँझ गीत,संगीतको माध्यमबाट धरानेहरुलाई पनि रिफ्रेस गराए । ‘भुकम्पले एक महिना घरबाहिरै बसे, झण्डै अढाई सय धक्का खेपे । मलाई त डिप्रेशन भएजस्तो भयो । त्यसैले रिफ्रेस हुन जन्मस्थान आएको थिएँ’–गायक सिंहले भने–‘यहाँ आएपछि पुराना साथीभाई भेटे । सबैले कार्यक्रम गरौं न त, अरुलाई पनि रिफ्रेस हुन्छ भनेपछि योजना बन्यो ।’ जहाँ छन् बुद्धका आँखा....बोलको गीतबाट प्रस्तुती शुरु गरेका गायक सिंहले नारायण गोपालको यति चोखो यति मिठो..र गुलाम अलिको के छ र दिनु तिमीलाई मैले..बोलको मात्रै नेपाली गीत गाए । त्यसपछि, निरन्तर उनले प्यार मागा है तुम्ही से.., जानेवालो जरा.., सैया.., लगन लगी.., अगर तुम न होती..,दगाबाज रे..लगायत नयाँ पुराना डेढ दर्जन बढी हिन्दी गजल, गीतहरु गाए । हरेक गीत प्रस्तुतीपछि स्रोताहरुबाट गडगडाहट ताली पाउदा उनी निक्कै उत्साहित पनि हुन्थे । करिब ८ बजे शुरु भएको गजल साँझ

खाल्डो नपुर्दा धराप जस्तै बन्यो सडक

Image
धरान । सडक डिभिजन कार्यालय विराटनगरले कोशी राजमार्गको इटहरी–धरान सडकखण्डमा जथाभावी बनेका ‘स्पिड ब्रेकर’ भत्काए पनि तत्काल लेभल नमिलाउदा सडक धराप झै बनेको छ । कार्यालयले एक साताअघि डोजर लगाएर राजमार्गको स्पिड ब्रेकर भत्काउदा सडकमा खाल्डाखुल्डी छ । ती खाल्डालाई कार्यालयले अहिलेसम्म मर्मत गरेर सडकको लेभल मिलाएको छैन । टाढाबाट स्पिड ब्रेकर नदेखिदा राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा सडक धराप भैm बनेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामी झनै मारमा पर्ने चालकहरुको भनाई छ । ‘सडकमा खाल्डाखुल्डी हुँदा विरामीलाई झन् दुःख हुन्छ । कतिको शरीर क्र्याक भएर अस्पताल लैजादै गरेको हुन्छौं, खाल्डोमा एम्बुलेन्स गल्डाङगुल्डुङ भएर झनै क्र्याक बढ्नसक्छ’–एम्बुलेन्स चालक गोविन्द विसंखेले भने–‘पहिला पो हम्पस् देखिन्थ्यो, र गाडी स्लो गथ्र्यौ, खाल्डो त नजिकै पुगेपछि मात्र देखिन्छ ।’ उनका अनुसार पहिला हम्पस्(स्पिड ब्रेकर) छ भनेर चालकहरुले त्यही अनुसार सावधानी अपनाउने गर्थे । त्यो भत्काएपछि भने त्यहाँ स्पिड ब्रेकर छैन भनेर गाडी स्पिडमा आउदा दुर्घटना हुनसक्ने उनल

विपन्न परिवारलाई वंगुरको पाठापाठी वितरण(फोटोफिचर)

Image
धरान । विपन्न परिवारको आर्थिकस्तर उकास्ने उद्देश्यले नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीले विष्णुपादुकाका १४ परिवारलाई वंगुर वितरण गरेको छ । महासंघले सोमबार धरान १७ स्थित छहारी भवनमा एक कार्यक्रम आयोजना गरी विपन्न १४ परिवारलाई एक एक थान वंगुरको पाठापाठी वितरण गरेको हो । महासंघका जिल्ला अध्यक्ष खम्बासिं गुरुङ र आदिबासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष सन्दिप श्रेष्ठले विपन्न परिवारलाई वंगुर हस्तान्तरण गरेका थिए । हाल धरान २४, २६ र २७ वडामा पर्ने ती परिवारलाई जिविस सुनसरीको सहयोगमा निःशुल्करुपमा वंगुरको बच्चा वितरण गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष गुरुङका अनुसार विभिन्न जातीय संस्थाले छनौट गरि सिफारिश गरेको आधारमा विपन्न परिवारलाई वंगुर वितरण गरिएको हो । ‘आयस्तर सृदृढ गर्न विपन्न परिवार छनौट गरी वंगुर वितरण गरेका हौं, उहाँहरुले पाएको एउटा वंगुरको बुच्चाबुच्चीलाई बिउकोरुपमा पालन गरेर त्यसैबाट थप बढाउदै लैजानुहुनेछ, हामी नियमित अनुगमन पनि गरिरहन्छौं’–अध्यक्ष गुरुङ्गले भने । वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका समन्वय समितिका उपाध्यक्ष सन्दिप श्रे