मोरङको सुन्दर हरैचाकी २४ बर्षीया युवतीको मृत्यु, हत्या गरेको माइती पक्षको आरोप
धरान: मोरङको उर्लाबारी नगरपालिका ८ माइती घर भएकी २४ बर्षीय रोजिना गिरी करिब १५ महिनाअघि बिहे भएर मोरङकै सुन्दर हरैचा नगरपालिका ९ सलकपुर आएकी थिइन् । उनको विवाह सुन्दर हरैचाका विनोद काफ्लेसँग भएको थियो । खुशी दाम्पत्य जीवन बिताउने चाहना राखेर माइती घर छोडी कर्मघर आएकी तिनै रोजिनाको हिजो आइतबार रहस्यमय मृत्यु भएको छ । श्रीमानका परिवारले रोजिनाले कोठाभित्र आत्महत्या गरेको दाबी गरिरहेका छन् भने माइती पक्षले कुटपिट गरि हत्या भएको र आत्महत्या गरेको भन्ने बनाएको आरोप लगाइरहेका छन् । माइती पक्षले ईलाका प्रहरी कार्यालय बेलबारीमा उजुरीसमेत दिएका छन्, तर प्रहरी पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थप कार्वाही प्रक्रिया अघि बढाउने निचोडमा पुगेको छ । मृतकका श्रीमान् भने विदेशमा छन् । मृतक रोजिनाको शव पोष्टमार्टम गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठान ल्याइएको छ । सोमबार उनको शव पोष्टमार्टम गर्ने भनेपछि माइती पक्ष दिनभर वीपी प्रतिष्ठानमा आएर समय बिताए, तर मृतकको श्रीमानतर्फका भने कोही पनि आफन्त नआएपछि उनीहरु घर फर्किएको छिमेकी गीतादेवी अधिकारी पौडेलले बताइन् । उनले भनिन्,‘प्रहरीले पोष