रत्नचोक महोत्सव सुरु





पर्यटन बर्ष २०११ लाई सफल बनाउन अहिले नेपालमा विभिन्न महोत्सव एवं उत्सवहरुको आयोजना भइरहेको छ । गएको माघ दोस्रो साता धरान नगरपालिका स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा धरानमा भव्यरुपमा ४ दिने स्वर्ण महोत्सव आयोजना गरिएको थियो । बुधबार फेरि धरान १८ स्थित रत्नचोकमा भव्यरुपमा तेस्रो रत्नचोक महोत्सव सुरु भएको छ । महोत्सवको एक समारोहबीच नगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले उद्घाटन गरेका थिए । प्रमुख अतिथि रहेका राईले भोजपुरे खुकुरीले केक काटेर उद्घाटन गरिएको महोत्सवमा किरात राई जातिको साकेला नृत्य पनि प्रस्तुत गरिएको थियो । महोत्सव उद्घाटन अघि विभिन्न झाँकीसहित र्याली निकालिएको थियो ।

फागुन २२ गतेसम्म पाँचदिन साचालन हुने महोत्सवमा विभिन्न ५८ वटा स्टलहरु राखिएका छन् । महोत्सवमा विभिन्न खानाका परिकार औगोगिक सामानगार्मेन्ट एवं स्थानीय उत्पादनका स्टलहरु राखिएको छ । यसअघि ०५६ सालमा पहिलो र ०५७ सालमा दोस्रो रत्नचौक महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष ताराकुमार राईले बताए । महोत्सवको उद्घाटन समारोहमा कार्यक्रमका वक्ताहरुले रत्न चौकले धरान नगरको विकासमा गरेको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नेकपा एमालेका तारा सुब्बाले रत्न चौक धरानका चौकहरुमध्ये सृजनशील र रचनात्मक चौक रहेको बताए । नेपाली काँग्रेसका किशोर राईले रत्नचौकले महोत्सवको आयोजना गरेर नेपाल पर्यटन वर्षलाई स्वागत गरेको बताए ।


यसैगरि एकिकृत नेकपा माओवादीका नगर ईाचार्ज चोत्लुङ्गले रत्नचौकवासीहरुले रत्नचौक महोत्सवसँगै नेपाली मौलिकतालाई जोगाउँदै आधुनिकतासँग परिचित हुनु सके महोत्सवको सार्थकता हुने बताए । ताराकुमार राईको अध्यक्षतामा सम्पन्न भएको महोत्सव उद्घाटन कार्यक्रममा विशेष अतिथि रहेका धनकुटाका जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईले रत्नचौकको नाम बदनाम बनाईएकोले अतिथि मैत्री बनाउन रत्नचौकवासी सकि्रय हुनु पर्ने बताए ।

महोत्सवको प्रत्येक साँझ साँगीतिक कार्यक्रम हुनेछ । पहिलो दिन साँझमा प्रथम नेपाली तारा दीपक लिम्बूले आफ्नो प्रस्तुती दिएका थिए । यसैगरि महोत्सवअवधिभर रस्सी तान प्रतियोगिता बाल कविता प्रतियोगिता बाल नृत्य प्रतियोगिता र लोक दोहोरी कार्यक्रम रहने कुरा आयोजक समितिका प्रवक्ता नविन राईले बताए । यसैबीच रत्नचौक महोत्सव उद्घाटनको अवसरमा बुधबार आयोजित माविस्तरीय खुल्ला मिनी म्याराथुन प्रतियोगितामा कोशी सेकेण्डरी स्कुल धरान-१५का लक्ष्मी लिम्बू प्रथम भएका छन् । यसैगरि प्रतियोगितामा धरान मोडेल स्कुल धरान-१५ का बुद्ध राई दोश्रो र सुनाखरी एकाडेमी धरान-१२ का मदन लिम्बू तेश्रो भए । धरान खेलकुद माचको संयोजनमा भएको उक्त कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो । महोत्सव आयोजक समितीका संयोजक ताराकुमार राईले उद्घाटन गरेको कार्यक्रममा राजभगत प्रधानागं प्रमुख अतिथी रहेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे