Posts

बीपी सुन्दर बजारमा अनियमितताको आशंकामा अख्तियारद्धारा छानबीन शुरु

Image
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअघिको अव्यवस्थित छाप्रा(टहरा)लाई स्थानान्तरण गर्न निर्माण गरिएको बीपी सुन्दर बजार सञ्चालनको क्रममा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ । सुन्दर बजारबारे उजुरी परेपछि आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले अनुसन्धान शुरु गरेको हो । उजुरी पछि आयोगले बजारको भौतिक संरचना निर्माणको समयका आवश्यक कागजात मगाएर अध्ययन गरिरहेको छ । थप जानकारी लिनको लागि आयोगको एक टोली गएको बुधबार(पुष ९ गते) सुन्दर बजार आएर स्थलगत अध्ययन एवं सोधपुछ पनि गरिसकेको छ । बजार अव्यवस्थितरुपमा सञ्चालन भएको र कोठा भाडावापत संकलन भएको रकममा अनियमितता भएको उजुरी परेपछि आयोगले अनुसन्धान शुरु गरेको हो । ‘बजार अव्यवस्थित छ, कोठा भाडावापतको पैसा कसले उठाएर कहाँ खर्च गरेको छ ? हेर्दिनुपर्यो भनेर डेढ–दुई महिनाअघि उजुरी परेको थियो’–आयोगका क्षेत्रीय प्रमुख डल्लुराज बस्नेतले भने–‘बजार कसरी बन्यो भनेर कागज मगाएर अध्ययन गर्यौं र पैसा कसरी उठाएको रहेछ भनेर स्थलगत अध्ययन पनि गरिसकेको छौं ।’ अख्तियारका क्षेत्रीय प्रमुख बस्नेतका अनुसार बजारको ...

रिठे सापकोटा:गल्फले धरानदेखि जर्मनीसम्म

Image
धरान । उनले गल्फ कोर्षमा पाइला टेक्दा १३ बर्षका मात्रै थिए । गल्फ कोर्ष उनी भन्दा झन् ३ बर्ष कान्छा । धरान गल्फ क्लब स्थापना भएको मात्रै १० बर्ष भएको थियो । कोर्षमा तत्कालीन ब्रिटिश घोपा क्याम्पका गोराहरु मात्रै गल्फ खेल्थे । कोर्ष नजिकै घर भएका रिठे सापकोटा मात्र तेह्र बर्षको उमेरमा सन् १९७१ म बल ब्वाई हुदै कोर्षमा पाइला टेके । बल ब्वाई भएर कोर्षमा छिरेका उनले झण्डै ३ बर्षसम्म गोराको क्याडी भएर पछि पछि हिडे । केही समय पछि उनी क्याडी मास्टर भएर अरु क्याडीलाई प्रशिक्षण दिए । त्यही बीचमा उनले गल्फ खेल्न पनि सिके, र मात्र १७ बर्षको उमेर प्रो–टर्न हुदै आफुलाई नेपालकै दोस्रो व्यावसायिक गल्फरकोरुपमा उभ्याउन सफल भए । उनीभन्दा अघि काठमाण्डौंमा घनश्याम थापा मात्रै नेपालका पहिलो व्यावसायिक गल्फर थिए । त्यसबेला राजधानीमा रोयल नेपाल गल्फ क्लबमा शाही परिवारका सदस्य र धरान गल्फ क्लबमा अंग्रेजहरुको मात्रै गल्फ खेलमा बर्चस्व थियो । बल ब्वाईबाट गल्फ कोर्षमा पाइला चालेका तिनै रिठे सापकोटा अहिले भने जर्मनीको एर्फटमा गल्फका व्यावसायिक प्रशिक्षक छन् । सन् १९९० मा जर्मन भासिनु अघि भने उनले नेपालको प्रत...