बादलुको घुम्टोमा भेडेटार(फोटोफिचर)
असार लागिसक्यो, गर्मी कम हुने छाटकाट छैन । अर्कोतिर लोडसेडिङको मार ।
उखरमाउलो गर्मीले न बाहिर कतै निस्कन मन लाग्छ, न घरमा नै बसिरहन सकिन्छ ।
तर, पूर्वी शहर धरानबाट अलिकति मात्रै उकालो लाग्ने हो भने त्यहाँको मौसमले
चैत–बैशाखकै प्रचण्ड गर्मीलाई पनि बिर्साइदिन्छ । त्यसैले, कुनै वहाना
चाहिदैन, फुर्सद हुनासाथ धरानेहरुको पहिलो गन्तव्य हो ‘भेडेटार’ ।
धनकुटा जिल्ला र सुनसरीको सिमानामा अवस्थित भेडेटार बजार धरानबाट मात्रै १६ किलोमिटर उत्तरमा छ । चर्को घामले शिर फुट्ला झै गरी धरान तात्तिरहदा त्यहि मास्तिरको भेडेटार भने छिनछिनमा वादलको घुम्टो ओडेर लुकामारी खेलिरहेको हुन्छ । चिसो महसुस गर्न त्यहाँ विजुलीबाट चल्ने पंखा वा एसी चाहिन्न । यस्तो बेला कस्को मन अडिएला धरानमा ? फुर्सद भयो कि धराने युवा हेम लिम्बू साथीसँग मोटरसाइकलमा हुइकिएर भेडेटार पुगिहाल्छन् । ‘तल(धरान)तिर असाध्यै गर्मी छ, त्यसैले गर्मी छल्न भेडेटार आइरहन्छौं’–धरान १५ का उनले भने–‘कतैबाट पाहुना, साथीभाई आउदा पनि भेडेटारको चिसो हावा नखुवाई फर्काउदैनौं ।’
उनले भनेझैं धरानेहरुको मात्रै होइन, इटहरी, विराटनगर, इनरुवातिरबाट पनि आफ्नो पाहुना एवं साथीभाईलाई घुमाउन होस् वा प्रेम जोडी, सबैको पहिलो गन्तव्य हो भेडेटार । अचेल पूर्वको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको लागि पनि छुटाउनै नमिल्ने गन्तव्य पनि बन्दैछ । सडक एवं यातायातको सहज पहुँचले पनि सबैलाई भेडेटारले लोभ्याएको छ । आखिर किन मानिसहरु भेडेटारबाट यतिधेरै मोहित छन् त ? ‘त्यहि तल धरान हपहपी गर्मी हुन्छ, तर यहाँ बाह्रैमास चिसो हुन्छ, यहाँको मौसमलाई प्रकृतिक ए.सि.नै भनिन्छ’–होटल एशोसिएशन अफ भेडेटारका सचिव एवं होटल भेडेटार भ्युका सञ्चालक जितेन्द्र रुम्दाली भन्छन्–‘खाने बस्ने राम्रो सुविधा भएको होटलहरु र आसपासमा २,४ वटा घुम्ने स्पट पनि थपियो । यहाँ मनोरम प्राकृतिक दृष्य, हिमाल पडाड र तराईलाई यहाँबाट नियाल्न सकिन्छ ।’
समुन्द्री सतहबाट १४२० मिटर उचाईमा अवस्थित भेडेटार बजार धनकुटा जिल्लाको भेडेटार गाविसमा पर्छ । यो धनकुटा जिल्लाको प्रवेशद्धार पनि हो । धरानबाट नागवेली सडक हुदै उकालो चढ्दादेखि नै प्राकृतिक सौन्दर्यले सितलता प्रदान गर्छ, चिसो महसस हुन थाल्छ । भेडटार बजार छेउ पुगेपछि उभिएर यसो तलतिर नियाल्दा हरियाली डाँडाबीचबाट छिचोलेको नागवेली कोशी राजमार्गको सुन्दर दृष्यले मन त्यसै पुलकित हुन्छ । भेडेटार पुगिसकेपछि त्यहाँको मौसममा कफीमात्रै पिएर समय कटाउन मनले मान्दैन । त्यतिबेला तोम्बा, जाँडको निगार वा कोदोबाट बनेको लोकल रक्सीको स्वादले मन बुझाउन सकिन्छ । आफुलाई मन पर्ने खानेकुरा अर्डर बमोजिम पनि उपलब्ध हुन्छ । भेडेटार आसपासमा उत्पादन भएको ताजा फलफुल एवं तरकारी फर्कनेहरुको साथमा हुन्छ भने धनकुटा जिल्लामा मात्रै उत्पादन हुने नरिवाल बिस्कुट भेडेटारको कोसेली हुन्छ ।
भेडेटार बजारमा मात्रै मन अडिन नमाने नजिकैको शैलुङ्ग डाँडा(चाल्र्स प्वान्ट)मा बनेको भ्यु टावरमा चढेर तराई, पहाड र आकाश खुलेको बेला हिमश्रृंखलाको दृष्यवलोकन गर्दा हुन्छ । अझ फुर्सद छ भने ९ किलोमिटर तलतिर सिम्सुवा(नमस्ने) झरना पुगेर रम्न पाउदाको खुशी वयान गरी साध्यै हुन्न । भेडेटार पुगिसकेपछि अढाई किलोमिटर पूर्वको नाम्जे गाउँ र आत्मा बस्ने घर(स्प्रिट अफ प्लेस) नपुगि फर्कदा मन चुकचुकाइरहनेछ । अमेरिकी समाचार संस्था सिएनएनले विश्वको उत्कृष्ट १२ आंै गन्तव्यमध्ये ८ औंमा राखेपछि शुरु भएको यो गाउँको चर्चा अझै सेलाएको छैन । यसबाहेक, भेडेटार नजिकैको ऐतिहासिक साँगुरी गढी, पाथीभारा मन्दिर पनि भेडेटारको पुग्नै पर्ने गन्तव्य हो । अहिले स्थानीयको पहलमा भेडेटारमा पार्क बनेको छ भने त्यहाँ बिशेष खालको शंखेश्वर मन्दिर पनि निर्माण भइसकेपछि यहाँको आर्कषण थपिइनेछ ।
...............
भेडेटार आउने पर्यटकहरुमा सबैभन्दा बढी आन्तरिक पर्यटकहरु नै हुन् । पूर्वका विभिन्न ठाउँबाट घुम्न आउनेहरु धेरै हुन्छन् भने पोखरा, चितवनतिरबाट पूर्व घुम्न आएकाहरुले पनि अचेल भेडेटार नपुगी फर्कदैनन् । विगतमा धरानसम्म मात्रै शैक्षिक भ्रमणमा आउनेहरु अचेल भेडेटार पनि पुग्न थालेका छन् । आन्तरिकबाहेक ४० प्रतिशतजति भारतीय पर्यटकहरु आउछन् । होटल व्यावसायीरुका अनुसार विहार र पश्चिम वंगालबाट भारतीय पर्यटकहरु चिसो मौसममा रमाउन आउने गरेका छन् । पुष र माघ महिनामा मात्रै यहाँ पर्यटकहरुको चहलपहल केही कम हुन्छ । अरु बेला घुइचो लागिनै रहन्छ । पूर्वका ट्राभल एजेन्सी एवं टुर अपरेटरहरुले प्याकेजमा पर्यटकलाई घुमाउन सक्रिय नहुदा तेस्रो मुलुकका पर्यटकहरुको आगमन आशा गरेअनुरुप छैन ।
तीन बर्षको दौरानमा भेडेटारमा होटल व्यावसायमा ठुलो
लगानी भएको छ । पर्यटन प्रचुर सम्भावना भएर नै यहाँका होटलहरु तीन बर्षमै
दोब्बार भए । स्तरीय होटल तथा लजहरु खुल्यो । तीन बर्षअघिसम्म दर्जनको
हाराहारीमा होटल थियो । अहिले ३५ वटा राम्रो खान, बस्न सुविधा भएको होटल
खुलिसकेको छ । यसले पर्यटकहरुलाई स्तर एवं सुविधा अनुसारका होटल उपलब्ध हुन
थालेछ । यसबाहेक ५० भन्दा बढी साना होटलहरुमा खाना तथा खाजाको व्यवस्था छ ।
यी सबै होटल, लज तथा रेष्टुरेष्टहरुका आम्दानीको स्रोत भनेकै घुम्न आउने
पर्यटकहरु हुन् । खानेपानी अभाव यहाँको पनि प्रमुख समस्या बनेको छ ।
होटलसँगै सुविधाहरु थपिएपछि अचेल एनजिओ तथा आइएनजिओका सेमिनार, गोष्ठीहरु पनि भेडेटार केन्द्रीत हुन थालेको छ । हरदम चिसो मौसम हुनु, तराई र पहाड दुवै क्षेत्रको लागि केन्द्र पनि भएकोले धरान, इटहरी, विराटनगर, इनरुवातिर केन्द्रीत सेमिनार, गोष्ठी यता सरेको हो । तराईतिर सहभागीलाई ए.सि.भएको कोठा महंगो शुल्क तिर्नुपर्छ तर भेडेटारमा प्राकृतिक ए.सि.नै पाइने हुँदा खर्चिलो पनि हुदैन । यहाँ ५ सय देखि ३ हजारसम्मका कोठा पाइन्छ । सादा खान सरदर सय रुपैया र मासुसहितको ३ सय ५० रुपैया पर्छ ।
...................................................
होटलहरु थपिदा पर्यटकहरुलाई सुविधा त थपियो, तर यसले प्राकृतिक सुन्दरतालाई असर पुग्ने हो कि भन्नेमा स्थानीय एवं स्वयम होटल व्यावसायीहरु चिन्तित छन् । पहिला भेडेटार बजारमा मात्रै घर एवं होटलहरु थिए । त्यसैले भेडेटारको खाली डाँडातिर पिकनिक खान आउनेहरुको घुइचो लाग्थ्यो । अहिले ती डाँडामा निजी घर तथा ठुला होटलहरु ठडिएकोले ‘पिकनिक स्पट’ मासियो । घुम्न आउनेहरुको संख्या बढेपनि पिकनिक खान आउने समुह देखिन छोडेको छ । त्यसैले होटल एशोसिएशन अफ भेडेटारले वरीपरीका सामुदायिक वन क्षेत्रमा पिकनिक स्पट बनाउन पहल थालिसकेको छ । ‘पिकनिक स्पट बन्यो भने अन्यत्र पिकनिक खान जानेहरु यता आउछन्, वन समुहलाई आम्दानी पनि हुन्छ’–एशोसिएशनका सचिव रुम्दाली भन्छन् ।
पर्यटकहरुको बसाई लम्ब्याउन व्यावसायीहरुले हर्स राइडिङ्ग(घोडा चढ्ने) व्यवस्था गर्ने, भेडेटारबाटै साइक्लिङ्ग, प्याराग्लाइडिङ र नमस्ते झरनामा क्यानोनिङ गराउनको लागि सम्बन्धित व्यावसायीहरुसँग सहकार्य थालेका छन् । निजी क्षेत्र र स्थानीयस्तरबाट प्रशस्तै प्रयास भइरहे पनि राज्यबाट भेडेटार र आसपासको पर्यटन विकास एवं प्रर्वद्धनमा ध्यान नदिदा उपलब्धी हासिल हुन नसकेको भेडेटार गाविसका पूर्वउपाध्यक्ष एवं नाम्जे पर्यटन पूर्वाधार विकास समितिका उपाध्यक्ष जगत राई बताउछन् । ‘हामीले सकेसम्म पूर्वाधार निर्माण र पर्यटन प्रर्वद्धनको प्रयास गरिरहेकै छौ, तर राज्यले पनि साथ दिनुपर्छ’–उनी भन्छन् । भेडेटार नजिकको कोलडाँडाबाट प्याराग्लाइडिङ्गको उडान परीक्षण भइरहेपनि व्यावसायिक उडानको स्वीकृति मिलेको छैन । धरानका युवाहरु बेला बेला भेडेटार, नाम्जे हुदै डाँडाबजारतिर साइक्लिङ्गमा जान्छन् भने नमस्ते झरनामा कोर एडभेन्चर नेपालले क्यानोनिङ्गको प्याकेज शुरु गरिसकेको छ ।
शैलुङ डाँडा:
भेडेटार बजारदेखि केही पश्चिम पटिको थुम्का नै शैलुङ्ग डाँडा हो । यो डाँडा चाल्र्स प्वाइन्टको नाममले पनि परिचित छ । ०३८ सालमा बेलायतका युवराज चाल्र्स यो डाँडामा चढेपछि यो डाँडालाई चाल्र्स प्वाइन्ट भनिन थालिएको हो । यहाँ ०५५ सालमा सरकार, जिविस धनकुटा र गाविसको लगानीमा ४ तला अग्लो भ्यु टावर निर्माण गरिएपछि भने भेडेटार आउने पर्यटकहरु यहाँ नचढी फर्कदैनन् । यहाँबाट दक्षिणतिरको धरान, इटहरी, विराटनगरलगायत तराईको समथर भुभाग र कोशी ब्यारेजको सुन्दर दृष्य हेर्न सकिन्छ भने आकाश खुलेको बेला सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायत हिमश्रृंखलाको दृष्यवलोकन गर्न सकिनछ ।
सिम्सुवा(नमस्ते) झरना:
भेडेटारबाट करिब ९ किलोमिटर तल गएपछि यो झरनामा पुगिन्छ । करिब ५० मिटर माथिबाट यो झरना खस्छ । कोशी राजमार्गको सिम्सुवा मोडसम्म गाडी एवं मोटरसाइकलमा पुगिन्छ, र त्यहाँबाट डेढ किलोमिटर हिडेर जानुपर्छ । झरना नपुगेसम्म खोलाको बाटो भएर उकालो हिड्नुपर्छ । झरनासम्म पुग्न २ ठाउँमा अफ्ठयारो गरी भर्याङ्गबाट पार हुनुपर्छ । त्यसले थोरै समय भएपनि यात्रा कठिन तर रोमाञ्चक हुन्छ । झरनामा पुगेपछिको हावामा उडेर आउने पानीको कणले शरीर स्पर्श गर्दाको आनन्दले सारा दुःख भुलाईदिन्छ । यो झरनाको प्रचार भएपछि अचेल भेडेटार आउने पर्यटकहरु यहाँ नपुगि फर्कदैनन् ।
नाम्जे गाउँ र आत्मा बस्ने घर:
भेडेटार बजारबाट अढाई किलोमिर पूर्वमा छ नाम्जे गाउँ । सन् २०१२ मा सिएनएनले पुग्नै पर्ने विश्वका उत्कृष्ट १२ गाउँमध्ये नाम्जेलाई ८ औंमा छनौट गरेपछि यो गाउँको चर्चा चुलियो । त्यसपछि यहाँ घुम्न आउने पर्यटकहरुको संख्या पनि ह्वात्तै बढ्यो । त्यसअघि भने यो गाउँ भेडेटारको छाँयामा परेर गुमनाम थियो । गाउँ हेर्न आउनेहरु बढेपछि गाउँले मिलेर होम स्टे शुरु गरेका छन् भने होटल, लज पनि थपिएको छ । यहाँको हावापानी र मगर सँस्कृतिले पर्यटकलाई लोभ्याउछ । भेडेटार ६, ७ र ८ यो गाउँमा ९७ प्रतिशत मगर जातिको बसोबास छ । पूर्वका मगर जातिले मात्रै नाच्ने हुर्रा नाच यही हेर्न पाइन्छ ।
नाम्जेको डाँडामा अमेरिकन आर्किटेक्टरको टिमले मगर जातिको पूर्खाहरुको लाश गाडिएको २१३ वटा चिहानबाट संकलन गरेको ढुंगाले सामुहिक चिहान आत्मा बस्ने घर बनाइदिएको छ । यसलाई विश्वको १७ औं अचम्मको घर मानिएको छ । यो नाम्जेको अर्को आर्कषण हो । नाम्जे बजारदेखि आत्मा बस्ने घरसम्म पुग्न ढुंगाकै बाटो र स्वागतद्धार पनि ढुंगाकै बनाइएको छ ।
पाथीभारा मन्दिर:
भेडेटार बजारदेखि पश्चिमतर्फ आधा घण्टा पैदल हिडेर यहाँ पुगिन्छ । यो मन्दिर ताप्लेजुङ्गको प्रसिद्ध पाथीभारा देवीको शाखा मन्दिर हो । भाकल गरेर पनि ताप्लेजुङ्ग पुग्न नसक्नेहरु यहाँ आएर पूजाआजा गर्छन् । यहाँ मंगलबार र शनिबार श्रद्धालु भक्तजनहरुको बिशेष भिड हुन्छ । यहाँबाट आकाश खुलेको बेला कुम्भकर्णको काखमा रहेको ताप्लेजुङ्गको मुख्य पाथीभारा मन्दिर देख्न सकिने स्थानीयबासी बताउछन् ।
ऐतिहासिक साँगुरी गढी: यो गढी भेडेटार बजारबाट ३ किलोमिटर पश्चिमतर्फको दुरीमा छ । त्यहाँसम्म पुग्न सहायक बाटो(ट्रयाक) खुलेकोले सजिलै पुग्न सकिन्छ । यो लिम्बूवानी राजाको सामरिम महत्वको गढी थियो । यहाँ १० वटा ढुंगाको कोठा भएको किल्लाको अवशेष अझै पनि देख्न सकिन्छ । ती सबै ढुंगाहरु धरान फुस्रे नजिकैको तामाखाम खोलाबाट ल्याइएको अनुमान गरिन्छ । किनभने गढी क्षेत्रमा त्यसखालको ढुंगा नै छैन । तत्कालीन समयमा सिपाहीहरु लहरै धरानसम्म उभिएर हात हातमा ती ढुंगाहरु बोकेर ल्याएको बुढापाकाहरुको भनाई छ । यो गढीबाट धरानको सुन्दर दृष्य हेन सकिन्छ ।
मनशान्त ग्यालरी रिसोर्ट:
गएको बैशाखदेखि भेडेटार बजारमा नै सञ्चालनमा आएको मनशान्त ग्यालरी रिसोर्ट खानेकुराको परिकारले भन्दा पनि त्यहाँको कलाकृतिले चर्चा र आर्कषणको केन्द्रमा छ । रिसोर्ट प्रवेश गरेदेखि नै देखिने मुर्ति एवं कलाकृतिले मोहित बनाउछ । त्यहाँ खेर गएको बाँस र त्यसका जराबाट बनेका विभिन्न आकृतिहरु छन् । बासकै टेवल, बाँसकै कुर्सी र खाट मात्रै होइन, बाँसबाटै बनेको कफी गिलास, प्लेट, वाइन गिलासले पनि आकर्षित गर्छ । यो होटल विगत दुई दशकदेखि कला क्षेत्रमा रहेका कलाकार रोजन राईले सञ्चालनमा ल्याएका हुन् । पर्यटकहरुले कलालाई बुझ्ने भएकोले पर्यटकीयस्थल भेडेटारमा होटलमा लगानी गरेको उनको भनाई छ । चालिस लाख बढी लगानी भइसकेको रिसोर्टमा उनले डेकोरेशनमा नै बढी खर्च गरेका छन् । त्यहाँ आउनेहरुले बाँस, नरिवलबाट बनेको वाइन ग्लास, कफी ग्लासहरु उपहार पनि किनेर लैजाने गरेका छन् ।

भेडेटार र आसपासका आर्कषणहरु:

Comments
Post a Comment