नारायण गोपाल क्रस कन्ट्री विजेता(फोटोफिचर)
धरान । नेपाल नम्बर २ साइक्लिष्ट काठमाण्डौंका २९ बर्षीय नारायण गोपाल महर्जनले सो डाउन धरान २०१५ अन्र्तगतको मुख्य स्पर्धा क्रस कन्ट्री इलिट च्याम्पियनसिपको उपाधि जितेका छन् । आइतबार धरानको विजयपुर क्षेत्रमा सम्पन्न ५ ल्यापको ५.६ किलोमिटर दुरीको मुख्य स्पर्धा एक घण्टा ३७ मिनेट ६ सेकेण्डमा पुरा गर्दै मुख्य विधाका स्पर्धामा च्याम्पियन बने । चौथो ल्यापसम्म नेपालका नम्बर १ साइक्ष्टि अजय पण्डित क्षेत्रीसँग पछि परेका मर्हजनले अन्तिम ल्यापमा भने अग्रता लिदै रोमाञ्चक जित हात पारे । मर्हजन साइक्लिङमा नेपालका नम्बर २ खेलाडी हुन् । स्पर्धामा दोस्रो भएका पण्डितले भने उक्त दुरी १ घण्टा ३८ मिनेट ३९ सेकेण्डमा पार गरे । यसैगरि, एक घण्टा ३८ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार गर्दै बुद्धिबहादुर तामाङ तेस्रो भए भने २ घण्टा २ मिनेट ४ सेकेण्डमा दुरी पार गरेका राजन भण्डारी चौथो र २ घण्टा २ मिनेट ५ सेकेण्डमा दुरी पार गर्दै जेभी लिम्बु पाँचौ भए । विजेता नारायण गोपालले नगद ४० हजारसँगै मेडल र प्रमाणपत्र हात पारे भने दोस्रो भएका अजयले नगद २० हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । तेस्रो भएका बुद्धिबहादुरले नगद १