पब्लिक उच्चमाविमा महापुराण


धरान । प्राविधिक विषयको पढाई शुरु गर्ने उद्देश्यले धरान १२ स्थित पब्लिक उच्च माविमा एक सातादेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना भइरहेको छ । पुस २२ गतेदेखि सञ्चालन भएको महायज्ञ आज पुस २९ गते सकिदैछ । महापुराणमा दिनबन्धु पोख्रेलले कथावाचन गरिरहेका छन् । पुराण सुन्न दैनिक सयौं सर्वसाधारण एवं श्रद्धालुहरुको भीड लाग्छ ।
धरानको गौरबका रुपमा रहेको विद्यालयलाई आर्थिक, भौतिक र शैक्षिकरुपले उत्कृष्ट बनाउन महायज्ञ आयोजना गरिएको आयोजक मुल व्यवस्थापन समितिकी संयोजक श्यामा रेग्मीले बताइन् । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको दृष्टिकोण खस्किदैं गएकोले उनीहरुलाई प्राविधिक शिक्षा मार्फत आकर्षित गर्ने विद्यालयको योजना हो । महायज्ञबाट करोड बढी आर्थिक सहयोग संकलन गर्ने लक्ष्य लिएपनि एक दिन मात्रै बाँकी रहदा रकम भने अपेक्षाविपरीत न्युन मात्रामा संकलन भएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे