राजेश भए डाउनहिल च्याम्पियन(फोटोफिचर)


धरान । पूर्वमा साहसिक खेल प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित शोडाउन धरान २०१५ अन्र्तगतको डाउनहिल इलिट च्याम्पियनसिपको काठमाण्डौंका १९ बर्षीय राजेश मगरले जितेका छन् । विजेता मगरले निर्धारित ६.८ किलोमिटर दुरी १२ मिनेट ३६ सकेण्ड पार गर्दै स्पर्धामा पहिलो भए ।
डाउनहिलका नम्बरवान खेलाडी १५ बर्षीय क्रिस केलिङ भने २२ सकेण्डले पछि पर्दै स्पर्धामा दोस्रो स्थानमा चित्त बुझाए । यस्तै, साकार याक्थुम्बाले निर्धारित दुरी १३ मिनेट ३२ सेकेण्डमा पार गर्दै तेस्रो   एभने १४ मिनेट ३२ सेकेण्डमा पार गर्दै स्टेफन डान्यो चौथो र १४ मिनेट ३९ सेकेण्डमा पार गर्दै धनजित राई पाँचौ स्थानमा रहे ।
च्याम्पियन मगरले नगद ४० हजारसहित मेडल र प्रमाणपत्र हात पारे । उनी डाउनहिल विधातर्फ गत बर्ष मार्चमा हात्तिवनमा आयोजित प्रतियोगिताका राष्ट्रिय च्याम्पियनसमेत हुन् । पाल्पामा भएको डाउनहिल स्पर्धामा भने उनी क्रिस केलिङसँग पछि पर्दै दोस्रो भएक थिए । पाँच बर्षअघिदेखि साइक्लिङ गर्न थालेका उनले विगत दुई बर्षदेखि डाउनहिल विधाको स्पर्धाहरुमा व्यावसायिकरुपमा भाग लिन थालेका हुन् । च्याम्पियन भएपछि मगरले भने–‘ढुक्क नभए पनि आज पहिलो हुन्छु कि आशा थियो, खुशी छुँ ।’
स्पर्धामा दोस्रो भएका क्रिस केलिङले नगद २० हजारसँगै मेडल र प्रमाणपत्रमा चित्त बुझाए भने तेस्रो भएका साकारले नगद १० हजार, मेडल र प्रमाणपत्र थापे । उनीहरुलाई आयोजक समितिका संयोजक एवं ग्रिनह्विल्स धरानका प्रमुख हेम लिम्बू, प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीषक ज्ञानबिक्रम शाह, धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेश खतिवडा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, महासचिव विजय श्रेष्ठ, पर्यटक समितिका संयोजक महेन्द्र प्रधानलगायतले पुरस्कार वितरण गरेका थिए ।
डाउनहिल स्पर्धामा नेपाल, बेलायत, भुटानसहितका गरि कुल २० जना खेलाडीहरुले भाग लिएका थिए । स्पर्धा धरान २३ मा पर्ने प्याराग्लाइडि प्वाइन्ट भर्लेनी)बाट शुरु भएर धरान १३ अमरहाटमा टुंगिएको थियो । जोखिमपुर्ण यो रुट साइक्लिष्टहरुमाझ भर्लेनी डाउनहिलको नामले चर्चित छ । प्रतियोगिता ग्रिनह्विल्स धरान र नर्ली बाइकिङ कम्पनीको संयुक्त आयोजना, धरान उपमहानगरपालिकाको संयोजनमा भएको हो । शोडाउन धरानअन्र्तगतको क्रसकन्ट्री विधाको स्पर्धा आइतबार विजयपुर गढी क्षेत्रमा हुने आयोजकले जनाएको छ । जसमा खुल्ला क्याटगोरी, महिला, जुनियर र इलिट क्याटगोरीको स्पर्धा हुने संयोजक हेम लिम्बूले बताए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे