अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

धरान । धर्मपुत्रीकोरुपमा राखेपनि १३ बर्षीय अनुषा राईको यातना र शोषण गरेर हत्या गरेको आरोप खेपिरहेका धरान १६ का वलिमान राई र उनकी पत्नी पदमकुमारी राई पुपुक्र्षको लागि कारागार चलान भएका छन् । जिल्ला अदालत सुनसरीले सोमबार थुनछेक बहस पछि पैmसला नभएसम्मलाई राई दम्पत्तिलाई पुर्पुक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
आदेश पछि सोमबार नै प्रहरीले राई दम्पत्तिलाई कारागार चलान गरिसकेको जनाएको छ । प्रहरीका अनुसार पति वलिमानलाई झुक्कास्थित क्षेत्रीय कारागार चलान गरिएको छ भने पत्नी पदमकुमारीलाई विराटनगरस्थित कारागार चलान गरिएको छ । थुनछेक बहसपछि आइतबार न्यायधिश युवराज गौतमले पुपुक्र्षमा कारागार चलान गर्ने आदेश दिएका हुन् । ‘मुद्दाको फैसला नभएसम्मलाई दुवै जनालाई पुपुक्र्षको लागि कारागार चलान गर्ने आदेश भएपछि हामीले कारागार चलान गरिसकेका छौं’–इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिदै भने ।
धरान १६ स्थित पुष्यमार्गका राई दम्पत्तिले सानैमा अनुषालाई धर्मपुत्रीकोरुपमा घरमा राखेका थए । गत फागुन १६ गते अनुषाको रहस्यमय मृत्यु भएपछि छरछिमेकीलाई समेत खबरै नगरी दाहसँस्कार गर्न लागेको खुलेपछि हत्या भएको आशंका गरिएको थियो । स्थानीयले प्रहरीमा खबर गरेपछि भने राई दम्पत्तिले बिष खाएर आत्महत्या दाबी गरेपनि पर्याप्त आधारहरु भने भेटिएको थिएन । राई दम्पत्तिको फरक वयानले घटना रहस्यमय बनेको थियो भने मृतक अनुषाको कोठाको स्थलगत मुचुल्का गर्दा उनलाई यातना दिएको र यौन शोषण भएको प्रमाणहरु पनि फेला परेको संघर्ष समितिले दाबी गरेको थियो ।
स्थानीयबासीहरुले संघर्ष समिति गठन गरेर अनुषाको हत्या भएको भन्दै राई दम्पत्तिलाई कारबाही गर्न माग गरेर आन्दोलनसमेत गरेको थियो । स्थानीयको आन्दोलनमा बालअधिकारकर्मी, महिला सञ्जालले पनि साथ दिएको थियो । स्थानीयबासीले राई दम्पत्तिको घरमा ढुंगामुढा र आगजनीको प्रयास गर्दा तीन दिनसम्म धरान अशान्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज र तीन दर्जन बढी अश्रुग्याँस प्रयोग गर्नुपरेको थियो । धर्मपुत्री बनाएपनि राई दम्पत्तिले अनुषालाई घरेलु कामदार बनाएको र यातना पनि दिने गरेको स्थानीयबासीले दाबी गर्दै आइरहेका छन् । वलिमान हेभन्ली पाथ(स्वर्गिक मार्ग संघ)का सुनसरी अध्यक्ष पनि हुन् । दुई भाई छोरा मात्र रहेका राई दम्पत्तिले अनुषालाई करिब १० बर्षअघि छोरी बनाएर आफ्नै नाममा जन्मदर्तासमेत गराएका थिए । अनुषा धरान १६, जोरसुवास्थित सियोन इन्टरनेशनल स्कुलमा कक्षा ३ मा अध्ययनरत थिइन् । उनको शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएपनि रिपोर्टमा मृत्युको कारण प्रष्ट नखुलेपछि भिसेरा परिक्षण गर्न पठाइएको छ । भिसेराको रिपोर्ट भने आइसकेको छैन ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे