लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल
धरान । ताप्लेजुङ जिल्लाको सोबुवा हाम्पाङमा जन्मिएका राजिव सुब्बा एक दशकअघि धरानमा स्नातक पढ्दै थिए । उनको पढाई अब्बल थियो । आफुसँगैका केही साथीभाई भने ब्रिटिश आर्मीमा भर्ती लागेर जादै थिए । उनलाई पनि ‘ट्राइ’ गर्न मन लाग्यो । त्यसपछि बिहान बेलुकी दौडने, ह्याविङ, सेटअपलगायत कसरत गर्नु उनको दिनचर्या बन्यो । पूर्वी क्षेत्रको गल्ला, इ–यारो छनौट पार गर्दै उनी पहिलो प्रयासमा नै सेन्ट्रल सेलेक्सनको लागि पोखरा पुगे । यो सन् २००३ को कुरा हो ।
पोखरा पुगेपछि ब्रिटिश आर्मीमा भर्ती भएर जाने उनको आशा थप बलियो बन्यो । तर, पच्चिस किलोको भारी डोको बोकेर उकालो दौडनुपर्ने छनौटमा उनी असफल भए । ‘डोको क्यारिङ’को असफलताले उनी ब्रिटिश आर्मीको छनौट प्रक्रियाबाट बञ्चित भए । घरबाट विदा भएर पोखरा पुग्दा उनको मनभरी आशा र उत्साह थियो । फर्कदा असफलता र निराशा मात्रै, दिमाग पनि शुन्य । गल्ला छनौटको तयारी, इ यारो छनौट हुदै सेन्ट्रल सेलेक्सनको लागि पोखरा पुग्दासम्म ५ महिना उनले पढाइमा ध्यान दिएका थिएनन् । पढ्न मनै लागेन, त्यस साल उनले परीक्षा पनि दिएनन् । ‘उमेर छदै थियो, पोखरा पुगेको अनुभव पनि भयो । अर्को बर्ष त जसरी पनि पास हुन्छु भन्ने लाग्यो । पढाई नै छोडियो’–एक दशक अघिको घटना स्मरण गर्दै ३० बर्षीय सुब्बाले नागरिकसँग भने–‘दिमागमा ब्रिटिश आर्मी लाग्नेबाहेक अरु केही सोच आएन, तर लाहुरे हुन पनि सकिएन ।’
पहिलो बर्ष असफल भएपछि पनि उनले उमेर भइञ्जेल प्रयास गरे, तर ३ पटक नै सफल भएनन् । त्यतिबेलासम्म उनको पढाई चौपट भइसकेको थियो । भर्ती छनौटमा फेल हुदाको हिनताबोधले मन पिरोल्थ्यो । धन्न उनी तारतम्य मिलाएर २०१० मा हङकङ जान सफल भए । दुई बर्ष बसेर धरान फिरेका छन् र पुतलीलाइनमा एक रेष्टुरेष्ट चलाइरहेका छन् । तर, उनीसँगै भविष्यको लागि भन्दै पढाई माया मारेर ब्रिटिश आर्मी छनौटमा भाग लिने सयौं युवाहरु न भर्ती लागेर जान सके, न पढाई निरन्तरता दिन सके । एक दशक बित्यो, उनी परदेश पुगेर घर फर्किसके । अचेल उनकै पसलअघिबाट दशकअघि झै बिहान बेलुकी सयौं युवाहरु दौडन्छन्, मात्रै अनुहार फरक छ । ‘केटाहरु पढाई छोडेर लाहुरे भिड्छन्, कोटा सिमित हुन्छ, भिड्ने हजारौं हुन्छन् । पास हुनेको त जिन्दगी बन्छ, तर फेल हुनेको भविष्य अन्धाकार हुन्छ’–अहिले उनी चुकचुकाउदै भन्छन्–‘लाहुरे भिडे पनि पढाई छोड्न नहुने रैछ, लाहुरे नै सबथोक होइन, त्यहाँ असफल भएपनि अरु क्षेत्रमा केही गर्न सकिन्छ ।’
राजिवले भने झैं मोरङ पथरीका २० बर्षीय रमेश राई(नाम परिवर्तन)को पनि लाहुरे हुने सपनाले नै पढाई बिग्रीसकेको छ । एक पटक छाती नपुगेर गल्ला फर्म भर्न नपाएका उनी दोस्रो पटक(गत बर्ष) पोखरामा सेन्ट्रल सेलेक्सनको फिल्टरमा पुगेर फालिए । फुटबलका राम्रो खेलाडी उनलाई विराटनगरस्थित एक कलेजले खेल कौशलकै कारण छात्रवृत्तिमा पढाउदै थियो । तर, अहिले उनी पढाई र खेल माया मारेर ब्रिटिश आर्मी हुने ध्याउन्नमा छन् । लाहुरे नबने के गर्ने ? जवाफमा उनी भन्छन्–‘जसरी पनि पैसा कमाउने हो, भाग्यले साथ दियो भने केही सिक्छु । नत्र खाडीतिरै भएपनि जानुपर्ला ।’ उनीसँगै गत बर्ष पोखरा पुगेर फिल्टरमा फालिएका धरान ८ का अमर राई(नाम परिवर्तन) पनि १२ पढ्दा पढ्दै अध्ययन टुटाईसकेका छन् । उनी पनि यसपाली अन्तिम पटक प्रयास गर्दैछन् । भर्ती नलागे पढाईलाई निरन्तरता दिने कि के गर्ने उनी अन्यौलमा नै छन् । ‘यसपाली त लाग्छु कि भन्ने छ, त्यसैले पढाई माया मारेको हुँ । कलेज जाने समय नै हुदैन’–एसएलसी फष्ट डिभिजनमा उर्तीण गरेका उनी भन्छन् । छनौट प्रक्रियामा फिल्टर भनेको सबै परीक्षामा पास भएर पनि अन्तिममा विना कारण फालिन सक्ने चरण हो । जहाँबाट युवाहरुलाई गोराले अन्तिममा ‘ब्याडलक’ भन्दै घर फकाईदिन्छन् ।
राजिव, रमेश र अमर ब्रिटिश आर्मीमा भर्ती हुने सपनाले पढाई र आफ्नो भविष्यलाई दाउमा राख्ने आदिबासी जनजाति युवाका प्रतिनिधि पात्र हुन् । बर्षेनी हजारौं युवाहरु ब्रिटिश आर्मीमा भर्ती हुन छनौट प्रक्रियामा भाग लिन्छन्, तर सिमित कोटा भएकोले हजारौंबाट छानिएकोले सिमित मात्रै फिल्टरमा पुग्छन् र त्यहाँबाट पनि केही संख्यामा मात्रै कोटामा पर्ने अवसर पाउछन् । सफल भएकाहरुको भाग्यको ढोका खुल्छ, पैसा र प्रतिष्ठा आर्जन हुन्छ । तर, छनौट प्रक्रियामा असफल भएका बाँकी युवाहरुको भविष्य भने डामाडोल हुन्छ । भर्ती हुन एसएलसी उर्तीर्ण भएको शैक्षिक योग्यता र साढे १७ बर्षदेखि साढे २१ बर्ष नकटेका युवाले छनौट प्रक्रियामा सहभागी हुन पाउछन् । त्यसैले एसएलसी दिएलगत्तै युवाहरु भर्तीको तयारीमा जुटिहाल्छन्, पढाई उनीहरुको प्राथमिकतामा नै पर्दैन । एसएलसी पास गरेलगत्तै उनीहरु विभिन्न ट्रेनिङ सेन्टरमा भर्ना भएर तयारीमा जुट्छन् । मासिक एक लाख बढी तलब, अवकाशपछिको आर्कषक पेन्सन र आवासिय भिषाले गर्दा युवाहरुमा ब्रिटिश आर्मीको आर्कषण बढ्दो छ । सामान्य सिपाहीको पेन्सन ३० हजार र गोर्खा मेजरको एक लाख पुग्छ ।
‘भर्खर एसएलसी पास गरेकाहरु लाहुरे लाग्छु भन्ने जोशले पढाईलाई वास्तै गर्दैनन्, वास्तवमा उनीहरुको भविष्य सुरक्षित भने छैन’–एक ट्रेनिङ सेन्टरका पूर्व सञ्चालक राजेन्द्र राई भन्छन्–‘एकदमै प्रतिस्पर्धा हुन्छ, अन्तिममा जो बिशेष जेहेन्दार र क्षमतावान् छ, उ मात्रै लाग्छ । जो फेल हुन्छ, उसले केही सिक्ने समय गुमाईसकेको हुन्छ, र उसमा निराशा, ड्रिपेशनबाहेक केही हुदैन ।’ उनका अनुसार एक पटक फेल भएका युवा उमेर भइञ्जेल प्रयास गरिरहन्छन्, जसको कारणले अरु केही सिक्ने वा अध्ययन अघि बढाउने समय घर्किसकेको हुन्छ । आफुसँगैका साथी पल्टनबाट आएर घर ठड्याउछ, हाईफाई जिन्दगी हुन्छ । यो हिनताबोधले गर्दा ऊ खाडी मुलुक जानुको विकल्प नहुने उनको भनाई छ । जो नेपालमै पनि रहेर केही गर्न र बन्न सक्ने क्षमता भएका जेहेन्दार युवालाई छानेर लैजाने भएकोले यसले राष्ट्रलाई ठुलो नोक्सानी पुर्याएको उनी ठान्छन् । उनले ०५९ देखि ०६५ सालसम्म धरानमा चलाएको ट्रेनिङ सेन्टरमा २ हजार ५ सय युवाहरुले प्रशिक्षण लिएका थिए । जसमध्ये ७ बर्षमा १ सय ५० जना मात्रै लाहुरे लागेको उनी बताउछन् । बाँकी के भए ? जवाफमा उनी भन्छन्–‘जो जो लाहुरे लागे, उनीहरुको भविष्य बन्यो, दुई मत छैन । तर नलाग्नेहरु शैक्षिक योग्यता अभावले बेरोजगारी छन्, कति बैदेशिक रोजगारीमा खाडीतिर छन् ।’ अभिभावकहरु नै आफ्नो छोरा लाहुरे बनेको देख्न चाहने भएकोले कतिपय युवा नचाहेर पनि लाहुरे भिड्न बाध्य नहुने उनको भनाई छ । ब्रिटिश आर्मी असफल हुने कति युवा भारतीय सेनासँगै नेपाल आर्मी र पुलिसमा पनि भिड्छन् । तर, उमेर भइञ्जेल ब्रिटिशमा प्रयास गर्ने हुनाले भारतीय र नेपाल आर्मीमा भिड्ने उमेर पनि सकिने हुँदा ती अवसरको ढोका पनि युवाको लागि बन्द भइसकेको हुन्छ ।
धरानमा हाल सञ्चालनमा रहेको १८ ट्रेनिङ सेन्टरमा २५ सय बढी युवाहरु अभ्यासमा रहेको अनुमान छ । घरमा रहेर स्वअभ्यास गर्नेहरुको संख्या पनि उतिकै हुन्छ । उपत्यका पूर्वको २६ जिल्लाको गल्ला छनौट धरानमा र पश्चिम क्षेत्रको पोखरामा हुन्छ । पूर्वको गल्ला फारम सम्पन्न भइसकेको छ भने पश्चिमको पोखरामा जारी छ । ब्रिटिश क्याम्पका एक अधिकारी(पूर्वगोर्खा सैनिक)का अनुसार यो बर्ष पूर्वमा ब्रिशिट आर्मीको लागि १ हजार ४ सय ४ जना र सिंगापुर पुलिसको लागि १ हजार १ सय ११ जनाले मात्रै फारम दर्ता गरेका छन् । गत बर्ष भने ब्रिटिश आर्मीमा एक हजार ४ सय १४ र सिंगापुरमा १ हजार २ सय ३४ जनाले फारम भर्न पाएका थिए । फारम भर्न आउनेहरुको संख्या ६, ७ हजार पुग्ने भएपनि त्यहीबेला डकुमेन्ट र शारीरिक कसरतमा नै धेरै रिजेक्ट हुने ती अधिकारी बताउछन् । उनी पनि लाहुरे हुने धुनले युवाहरुले पढाई बिगारेकोमा चिन्ता व्यक्त गर्छन् । ‘उमेर भइञ्जेल प्रयास गर्छ, कति भारतीय सेनामा र कोरियातिर जादो रैछ । हामी पढाई नबिगार भनेर सम्झाउछांै’–ती अधिकारीले भने । उनका अनुसार यो बर्ष पूर्व र पश्चिम क्षेत्रबाट गल्ला छनौट र इ यारो छनौट पार गरेका ५ सय युवाहरु सेन्ट्रल सेलेक्सनको लागि छनौट भएर पोखरा पुग्छन् । त्यहाँबाट ब्रिटिश आर्मीमा २ सय र सिंगापुर पुलिसमा जम्मा ६० जना मात्रै भर्ती लाग्नेछन् ।
ब्रिटिश गोर्खा भूपू सैनिक संघका सुनसरी अध्यक्ष एवं नेपाल च्याप्टर संगठन प्रमुख गजेन्द्र इस्पो अहिले लाहुरे बन्ने युवाहरुको चाहना समाज र अभिभावकको लागि चिन्ताको बिषय बनेको स्वीकार गर्छन् । युवाहरुले शिक्षामा धोका पाउने र भविष्य नै अन्धकार बनाउने उनको भनाई छ । ‘बेरोजगारी समस्याले भर्ती बाध्य हो भनिन्छ तर कोटा एकदमै सिमिति छ, भर्तीको नामले युवाहरु पढ्नै छोड्छन् । र अन्त्यमा कि बेगारी भएर बस्छन् वा अरबतिर जान्छन्’–उनी भन्छन्–‘भर्ती नै सबथोक होइन, जे भए पनि पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने सोच बनाउनुजरुरी छ ।’
गोर्खा भर्ती शुरुवात भएको सन् २०१५ मा २ सय बर्ष पुग्दैछ । सन् १८१४ मा इष्ट इण्डिया कम्पनीसँग भएको युद्धमा गोर्खाली सेनाको हार भएको थियो । तर, युद्धमा हारेता पनि गोर्खाली सेनाको वीरतासँग प्रभावित अंग्रेजहरुले गोर्खालीलाई आफ्नो सेनामा भर्ती गर्न चाहे । आइन्दा नेपालमाथि आक्रमण नगर्ने सर्त स्वीकारेपछि ब्रिटिश सेनामा गोर्खा भर्ती शुरुवात भएको इतिहास पाइन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा लाखौं नेपाली युवाहरुले बेलायतको तर्फबाट ६० हजार बढी युवाले ज्यान गुमाएको अनुमान छ । त्यतिबेला अहिलेजस्तो प्रतिस्पर्धा गरेर होइन, खोजी खोजी युवाहरु भर्ती गराइन्थ्यो । गणतन्त्र स्थापनापछि केही समयअघि गोर्खा भर्ती बन्द गर्नुपर्ने आवाज राजनीतिक वृत्तमा पनि उठेपनि यसको आलोचना भएको थियो । समाजसेवी एवं पूर्वगोर्खा सैनिक ७० बर्षीय रमेश राई गोर्खा भर्ती बन्द गर्नु आवश्यक भएपनि तत्काल भर्न गर्न नहुने तर्क राख्छन् । ‘सिमितको भविष्य बन्छ र हजारौंको बिग्रन्छ । तरपनि यसलाई तत्काल बन्द गर्नु हुदैन, २० या २५ बर्ष तोकिनुपर्छ । त्यतिबेलासम्म अब भर्ती बन्द हुन्छ है भन्ने सोचको विकास भइसकेको हुन्छ र युवाहरु आफ्नै देशमा गरिखान्छु, पढ्छु भन्नेतिर लाग्छ’–उनी भन्छन् ।

Comments
Post a Comment