खानेपानी आयोजनाको रिजर्ब वेयर विवाद:पुरात्तत्वले उत्खनन गर्ने
धरान, फागुन २ । सेनकालीन मानिएको धरान १४ स्थित विजयपुर दरबार क्षेत्रमा खानीपानी आयोजनाले रिजर्ब वेयर निर्माण गर्न रुखहरु फडानी गरेपछि विवादित बनेको स्थानमा पुरात्तत्व विभागले उत्खनन गर्ने भएको छ ।
माघ अन्तिम साता क्षेत्रीय संग्रहालय प्रमुखलाई स्थलगत अध्ययनको लागि पठाएको विभागले रिजर्ब वेयर निर्माणस्थलमा उत्खनन गर्ने जनाएको हो । चार किरातजन्य संघसंस्थाको अगुवा एवं जिल्ला, केन्द्र समितिसँग १८ बुँदे सहमति गरेपनि विरोध मत्थर नभएपछि धरान उपमहानगरपालिकाले विभागलाई गुहारेको थियो । उपमहानपालिकाले उत्खनन गरिदिन भन्दै पत्राचार गरेपछि विभागले २ सदस्यीय टोलीलाई उत्खनन गर्न धरान पठाएको छ । विभागबाट स्मारक संरक्षण शाखा प्रमुख सन्दिप खनाल र पुरात्तत्व शाखाका अधिकृत विष्णु पाठक धरान आएका छन् । बुधबार धरान आइपुगेको टोलीले बिहिबारबाट विवादित स्थानमा उत्खननको काम शुरु गर्ने जनाएका छन् ।
स्मारक संरक्षण शाखा प्रमुख खनालका अनुसार अहिले प्रारम्भिक चरणको उत्खनन कार्य(ट्रायल ट्रेञ्च) मात्र हुनेछ । यो उत्खननबाट नै रिजर्ब वेयर बनाउन लागिएको स्थान पुरात्तात्विक दृष्टिकोणबाट महत्वपुर्ण छ कि छैन भनेर प्रष्ट हुन्छ । ‘अहिले हामीले प्रारम्भिक उत्खनन मात्र गर्न लागेको हो । यसैबाट त्यो स्थानमा टंकी बनाउन मिल्ने हो कि होइन भनेर थाह हुन्छ, पुरात्तात्विक दृष्टिबाट त्यो ठाउँ महत्वपुर्ण छ कि छैन भन्ने प्रष्ट हुन्छ,’प्रमुख खनालले भने,‘तत्काल टंकी निर्माण हुने स्थानमा मात्र उत्खनन गछौं, विभागको सोच चै समग्रमा नै उत्खनन गर्ने भन्ने छ, तर बजेट ठुलो चाहिन्छ ।’ उनका अनुसार प्रारम्भिक उत्खनन गर्दा पुरात्तात्विक महत्वको कुनै वस्तु भेटियो भने पानीटंकी निर्माणको कामलाई तत्काल रोकेर अन्यत्र स्थानान्तरण गर्न आग्रह गरिनेछ ।
विजयपुरगढीलाई मकवानपुर, पाल्पातिरका सेनवंशकालीन समयमा रहेको विजयपुर राज्यको राजधानीकोरुपमा लिइने गरिन्छ । विजयनारायणले स्थापना गरेको राज्य भएकोले विजयपुर नाम रहन गएको र उनको दरबार यही भएको मानिन्छ । तर, दरबार कहाँ थियो, कस्तो थियो भन्ने यकिन भइसकेको छैन । यद्यपी, त्यसबेलाको पुरात्तात्विक वस्तुहरु अहिले पनि विजयपुरबासीको घरआगनमा भेटिन्छ । गत साता विभागले स्थलगत अध्ययनको लागि पठाएको क्षेत्रीय संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले पनि सेनकालीन समयको ती वस्तुहरु प्रत्यक्ष अवलोकन गरेका थिए । ‘सेनवंशकालीन समयको विजयपुर राज्यको राजधानी र दरबार हो भन्ने छ । विस्तृत उत्खनन नभएसम्म कस्तो थियो, संरचनाहरु के थिए भन्ने थाह हुन्छ,’खनालले भने,‘विजयपुरको इतिहास गर्भमा नै छ ।’
...............................................................
माघ अन्तिम साता विभागको निर्देशनवमोजिम विजयपुर दरबार क्षेत्रको स्थलगत अध्ययनमा आएका क्षेत्रीय संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले आफुले स्थलगत अध्ययनको प्रतिवेदन विभागमा पठाइसकेको जानकारी दिए । यद्यपी, उनले प्रतिवेदनमा के छ भन्ने खुलाउन मानेनन् । उनले भने,‘मैले स्थलगत अध्ययन गर्दा जे देखे, प्रतिवेदनमा त्यही कुरा राखेर स्मारक शाखामा पठाइसकेको छु । प्रतिवेदनबारे विभागबाटै बुझ्नुस ।’ खानेपानी आयोजनाले रिजर्ब वेयर निर्माण गर्दा पुरात्तात्विक क्षेत्र एवं सम्पदालाई क्षति पुग्ने भन्दै किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिले विभागमा ध्यानाकर्षण पत्र पठाएको थियो । सोही पत्रको आधारमा विभागले चासो देखाउदै क्षेत्रीय संग्रहालय प्रमुखलाई स्थलगत अध्ययन गर्न पठाएको थियो । विभागको निर्देशन पछि क्षेत्रीय संग्रहालय प्रमुख अधिकारीले माघ २६ गते विजयपुर गढीको स्थलगत अध्ययन गरेका थिए ।
विभागले अधिकारीलाई ७ दिनभित्र प्रतिवेदन पठाउन निर्देशन दिएको थियो । विभागको निर्देशनवमोजिम उनले पानीटंकी निर्माण गर्न रुख काटिएको ठाउँसँगै सेनाको सेन्ट्री बस्ने भनिएको स्थान, सेनकालीन ढुंगा, इटा, भुमिगत यातना गृह(जेल)लगायतको स्थलगत अध्ययन गरेका थिए । सोही अध्ययन प्रतिवेदन इमेल गर्नुकासाथै हुलाकमार्फत पनि स्मारक शाखामा पठाएको अधिकारीले बताए । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाको लागि रिजर्ब वेयर बनाउन गत बर्ष ७ कट्ठा क्षेत्रफलमा रुखहरु काटिएपछि विवाद शुरु भएको थियो । विभिन्न किरातजन्य संघसंस्थाहरुले ऐतिहासिक एवं पुरात्तात्विक क्षेत्रमा उत्खनन गरेर संरक्षण गर्नुपर्नेमा नष्ट गरिएको भन्दै सो स्थानमा टंकी नबनाउन आग्रह गर्दै आएका थिए । केही संस्था एवं किराती अगुवाहरुले टंकी निर्माण गर्नेसहित उपमहानगरपालिकासँग १८ बुँदे सहमति गरेपनि विवाद सुल्झिएको छैन । आदिबासी जनजाति महासंघ अध्यक्ष एवं चुम्लुङ अध्यक्ष सुवास हुक्पा चोङवाङको संयोजकत्वमा विजयपुर दरबार परिसर संघर्ष समिति गठन गरेर सहमतिको चर्को विरोध भइरहेको छ ।
विजयपुर दरबार परिसर संघर्ष समितिले उत्खनन गर्नु स्वागतयोग्य कुरा भएपनि उपमहानगरपालिकाको योजनाअनुसार टंकी बनाउन स्वीकृति दिने गरि उत्खनन गरिएमा स्वीकार्य नहुने जनाएको छ । समितिका संयोजक सुवास हुक्पा चोङवाङले कुनै एउटा ठाउँ बिशेषको मात्र उत्खनन गरेर त्यहाँ पुरात्तात्विक वस्तु भेटिएन भन्दैमा पुरात्तात्विक ठाउँ होइन भन्ने बनाएर टंकी निर्माण गर्न दिइने योजना भए आफुहरुलाई मान्य नहुने बताए । ‘हाम्रो भनाई पनि उत्खनन गर्ने नै हो, तर कुनै ठाउँ बिषेशको मात्र उत्खनन होइन, सबैतिर उत्खनन हुनुपर्छ,’उनले भने,‘कहाँ सामान भेटिन्छ, कहाँ भेटिन्दैन, नभेटेको ठाउँमा टंकी बनाउन दिने भन्ने प्रश्नै आउदैन । हामीले पुरात्तात्विक सबै क्षेत्रको कुरा गरेका छौं, कुनै ठाउँ बिशेषको होइन । ’
यद्यपी उनले पुरात्तत्व विभागलार्य उत्खनन गर्न साथ सहयोग गर्ने बताए । उत्खननको बेला आफुहरु पनि प्रत्यक्ष सहभागीता हुने उनले बताए । उपमहानगरपालिका र १८ बुँदे सहमति गर्नेहरुले १०, १२ फिट खन्दासम्म केही नभेटिए टंकी बनाउने र भेटिए मात्र काम रोक्ने योजना बनाएकोले सोही अनुसार विभाग आएको उनको आशंका थियो । उनले भने,‘अहिले एउटा ठाउँमा खनेर हेरौला, र त्यहाँ केही नभेटिएला । पछि टंकी बनाउन जथाभावी खन्दा पुरात्तात्विक बस्तु भए नभएको कस्ले हेर्ने ?’ हाल पानीटंकी बनाउन लागेको ठाउँ तत्कालीन समय सेनाको परेड खेल्ने ठाउँ भएको अनुमान गरिएको छ ।

अध्ययन प्रतिवेदन विभागमा

‘उत्खननको स्वागत गछौं,तर टंकी निर्माण मान्य हुदैन’

Comments
Post a Comment