बालिका वलात्कार प्रकरण:वडाअध्यक्षसहित तरुण दलका सभापति, उपसभापति फरार
धरान,फागुन ५ । आर्थिक चलखेलमा बालिका बलात्कारको घटनालाई मिलापत्र गराई गुपचुप गरिएको पाइएपछि सुनसरी जिल्ला प्रहरी प्रमुख(एसपी)समेत निलम्बनमा परेको घटनामा क कस्ले कति रकम लिए भनेर अझै खुल्न सकेको छैन ।घटनाका मुख्य अभियुक्तद्धय धरानका जग लिम्बू र विराटनगरका मनिष भनिने जीवन श्रेष्ठ पक्राउ परिसके पनि मिलापत्र गराउन मुख्य भुमिका खेल्ने विचौलियाहरु पक्राउ पर्न नसकेपछि रकमको भागवण्डा रहस्यकै गर्भमा छ । प्रहरीका अनुसार घटनामा मिलापत्र गराउन तरहरा निवासी सिजन गुरुङ र धरानका सन्तोष बिकले मुख्य भुमिका खेलेका थिए । गुरुङ कांग्रेसका भातृ संगठन तरुण दलको जिल्ला सभापति हुन् भने बिक उपसभापति हुन् । राजनीतिको आवरणमा गुण्डागर्दी र ठेक्कापट्टाबाट अकुत सम्पत्ति कमाएको दुवैको पृष्ठभुमि हो । यस्तै, मिलापत्र गराउन इटहरी वडा नं २० का अध्यक्ष मणिराम श्रेष्ठको पनि संलग्नता रहेको खुलिसकेको छ । मिलापत्रमा उनले हस्तक्षर समेत गरेका छन् । उनी वडाअध्यक्षमा कांग्रेसबाट निवार्चित भएका थिए । विचौलियाहरुलाई खोजी गरिरहे पनि फरार भएकोले फेला नपरेको प्रहरीको भनाई छ ।
![]() | |
| Sijan Gurung |
![]() |
| Santosh BK |
प्रहरी स्रोतका अनुसार मुख्य अभियुक्त श्रेष्ठले घटना मिलाउनको लागि आफुले २५ लाख खर्च गरेको वयान दिएका छन् । मिलापत्र गराए पनि प्रहरीले मुद्दा दर्ता गरेपछि उनी फरार थिए । प्रहरीले भारतबाट पक्राउ गरेर श्रेष्ठलाई इटहरी ल्याइसकेका छन् । ‘मनिषले २५ लाख खर्च गरेको वयान दिएका छन् । पीडित पक्षलाई विभिन्न व्यक्तिले फकाएर, तर्साएर मिलाएको देखिन्छ, तर क कसले त्यो पैसामा भागिदार बने भनेर खुल्न बाँकी नै छ,’प्रहरी स्रोतले भन्यो,‘बालिका वलात्कार जस्तो जघन्य अपराध भएको छ, यस्तो संवेदनशील घटनालाई मिलापत्र गरिएको छ, यसमा संलग्न जो जो छन्, प्रमाण भेटिदासम्म कसैलाई पनि उन्मुक्ति दिइदैन।’


Comments
Post a Comment