राजनीति, प्रहरी र अपराधको नेक्ससमा ‘संरक्षण’

धरान,साउन २३ । नेपालमा सत्ता, शक्ति र त्यसको संरक्षणमा रहेको अपराधबीचको नेक्ससबारे धेरै चर्चा हुनेगर्छ । पछिल्लो केही बर्षयता प्रहरी इन्काउण्टरमा गुण्डा नाइकेहरु मारिए । त्यसले नेपालको राजनीतिमा नै हलचल ल्यायो । नेपालको राजनीतिमा देखिदै आएको यही नेक्ससलाई अब पर्दामा पनि देख्न पाइनेछ ।
यही साउन २७ गतेदेखि देशभर प्रर्दशनमा आउन लागेको चलचित्र ‘संरक्षण’ले राजनीति र अपराधबीचको नेक्सस्लाई मात्र उदांगो पार्ने छैन, सर्वभौमसत्ता सम्पन्न जनता एकजुट हुदा राजनीतिलाई नै लिड गर्नसक्ने सन्देश पनि दिनेछ । साथै,दोस्रो जनआन्दोलनपछिको राजनीतिक, सामाजिक द्धन्दको पृष्ठभुमिलाई पनि संरक्षणले उठान गर्नेछ । ‘यो फिल्म २०६२/०६३ को जनआन्दोलनपछि नेपालमा सृर्जना भएको राजनीतिक, सामाजिक द्धन्द र मनोविज्ञानमा आधारित छ । अलग विचारधारा, पहाड र मधेश, लिम्बूवान, थारुवान जस्ता राजनैतिक, सामाजिक विभाजनले निम्त्याएको व्यावहारिक र मनोवैज्ञानिक द्धन्दको चित्रण छ,’ फिल्मका निर्देशक पुर्णेन्दु झाले भने,‘तर, यो फिल्म संघीयता विरोधी भने होइन । पावरको लागि हुने पोलिटिक्स र पोलिटिक्सले प्रेस, पुलिसलाई आफ्नो पक्षमा राख्दा अपराधले पाउने संरक्षण र पब्लिकको पीडालाई प्रस्तुत गरिएको छ ।’
नेपालको समसायिक राजनीतिक जस्तो गहन बिषयबस्तुलाई उठान गरेकोले दर्शकहरुले मन पराउने फिल्म युनिटको आशा छ । निर्माता नरेन्द्र मर्जहनका अनुसार दर्शकको प्रतिक्रिया राम्रो पाएमा सिक्वेल बनाउने बारे पनि सोचिनेछ । ‘अहिले प्रेमकथामा बनेका फिल्महरु छन्, यो विल्कुल फरक धारको फिल्म लिएर आएका छांै । दर्शकहरुले मन पराइदिनुहुनेछ भन्ने आशा छ । राम्रो फिडब्याक पायांै भने सिक्वेल पनि बनाउछौं,’निर्माता महर्जनले भने,‘राम्रो फिल्म बनेको छ । देश, जनता र समाजको लागि केही गर्नुपर्छ भन्ने उर्जा पनि हामीलाई मिल्छ ।’
निखिल उप्रेती, सौगात मल्ल, रमेश रंजन झा, मलिना जोशी, अशिश्मा नकर्मी, प्रमोद अग्रहरी, कामेस्वर चौरसिया, रमेश बुढाथोकी, कृष्ण सिंह, सुशान्त श्रेष्ठलगायत कलाकारहरु रहेको फिल्म युनिट अहिले प्रचारप्रसारको लागि देश दौडाहामा छ । फिल्मको कथा निर्देशक झा र रमेश रंजन झाले लेखेका हुन् । फिल्म प्रचारको क्रममा टोली सोमबार धरान आइपुगेको थियो । नायिक एवं पुर्वमिस नेपाल मलिना जोशीले आफु पत्रकारको भुमिकामा रहेको खुलाउदै नयाँ स्वादको फिल्म बनेको बताइन् । ‘फिल्ममा म पत्रकारको रोलमा छुँ, र फिल्म नयाँ प्रकारको बनेको छ, राम्रो छ,’ गृहनगरमा उनले भनिन् ।
राजनीति, सत्ता र अपराधको नेक्ससबाट पीडित जनताको चरित्रमा रहेकी अभिनेत्री अशिश्मा नकर्मीले पनि जनता एकजुट हुन सके राजनीतिलाई लिड गर्नसकिने बताइन् । ‘यस्तो फिल्ममा अभिनय गर्न पाउनु मेरो भाग्य हो, मैले चरित्रलाई न्याय गरेको छुँ र फिल्म पनि असाध्यै राम्रो बनेको छ,’उनले भनिन् । निर्देशक झाका अनुसार राजनीतिबाट निराश जनतालाई आशा जगाउने गरी फिल्म बनेको छ । नेपाली समाजको यथार्थलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको हुनाले हरेक दृष्यमा दर्शकले आफुलाई महसुस गर्ने उनको भनाई थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे