‘भुइँमान्छे’को प्रर्वद्धनमा धरान आइन् सिपोरा

धरान,साउन १६ । भलिवलकी अन्र्तराष्ट्रिय खेलाडी सिपोरा गुरुङ भलिवल खेल्न मात्र होइन, अभिनयमा पनि पोख्त छिन् । उनले ६ बर्षअघि(सन् २०११) मा नै पोखरामा निर्माण भएको फिल्म ‘घलेकः द साइन अफ लव’मा अभिनय गरेकी थिइन् । त्यसबेला उनी घाइते भएकोले खेल मैदानबाट केही समयको लागि टाढिएकी थिइन् ।
घलेक फिल्मपछि कलाकारितासँग टाढिएकी उनै अन्र्तराष्ट्रिय खेलाडी सिपोरा अहिले फेरी नजिकिएकी छिन् । नवराज बुढाथोकीको निर्देशन र रोहिणी भटराई मुख्य निर्माता भएको फिल्म ‘भुइँमान्छे’मा उनी पर्दामा देखिदैछिन् । उनलाई चलचित्र र अभिनयमा खासै रुचि भने छैन । तर मिस नेपालमा पनि सहभागी भएपछि त उनलाई थुप्रै फिल्मबाट प्रस्ताव पनि आएको हो । तर, ६ बर्षको ग्यापमा मात्र उनले पुनरागमन जनाइन् । यसको पनि खास कारण रहेछ । ‘पहिलो फिल्म पछि धेरै अफर आएको थियो, आइटम डान्सको पनि प्रस्ताव आयो तर गरिन,’ फिल्मको प्रर्वद्धन गर्ने क्रममा सोमबार धरान आएकी उनले भनिन्,‘यो फिल्मको स्क्रिप्ट हातमा परेपछि नै खेल्न चाहे, फरक कथा, बिषय बस्तु भएको र जनचेतनामुलक पनि लाग्यो ।’
चलचित्र निर्माताका अनुसार भुइँमान्छे नेपाली समाजमा कहिल्यै पनि प्राथमिकतामा नपरेको पोष्टमार्टममा काम गर्ने मान्छेको मनोविज्ञानमा आधारित चलचित्र हो । सधै लाशको चिरफार गर्ने एक संर्घषशील मान्छे, जसलाई नेपाली समाजमा कहिल्यै पनि प्राथमिकता दिइएको छैन, तिनको मनोविज्ञान समेटेर भुइँमान्छे फिल्म बनेको छ । फिल्म हेर्न रमाइलो लाग्ने तर अभिनय गर्न मन नभएकी सिपोरालाई यही कथाले तान्यो । ‘यो स्क्रिप्ट नपढेसम्म म पनि डक्टरले पोष्टमार्टम गर्छ भन्ने थियो, तर होइन रहेछ । एउटा राम्रो चलचित्र बनेको छ, सन्देश दिने खालको पनि भएकोले अभिनय गरेको हुँ,’ नायिक सिपोराले भनिन्,‘खेलमा जस्तै फिल्ममा पनि सत प्रतिशत मेहनत गरेको छुँ ।’ खेलबाट टाढिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले साउथ एसिएन गेम अन्यौल भएकोले मात्र त्यस्तो लागेको बताइन् । ‘घरेलु प्रतियोगिता कम हुन्छ, साउथ एसिएन गेम नेपालमा हुनुपर्ने हो, नहोला जस्तो छ । भयो भने खेल्छु,’ उनले भनिन् ।
निर्माता रोहणि भटराईका अनुसार फिल्ममा लाश चिरफार गर्ने व्यक्तिको लिड रोलमा रमेश बुढाथोकी छन् । फिल्म पोष्टमार्टम गर्ने व्यक्तिको मनोविज्ञानमा आधारित भएपनि यसले अस्पताल, समाज, नेपालको राजनीति, सत्तालगायत विविध पक्षको विकृति, विसंगतिलाई पनि चिरफार(पोष्टमार्टम) गरेको उनले बताए । ‘यो फिल्म बनाउनुअघि एक बर्षसम्म अध्ययन गरेका छौं, बिशेषज्ञहरुसँग भेटेका छौं,’ उनले भने,‘स्वास्थ्य क्षेत्र सुधारको लागि डा.गोविन्द केसी अनसनमा हुनुहुन्छ, उहाँका मागहरु यो फिल्ममा छ, हाम्रो कथामा पहिल्यै थियो ती मागहरु ।’
फिल्ममा स्पोटी खालको लेडिज पात्र चाहिएकोले खोजी गर्ने क्रममा सिपोरा भेटिएको उनले बताए । ‘कलेज पढ्ने, स्पोटी टाइपको पात्र चाहिएको थियो, सिपोरा जिको नाम आएपछि स्क्रिप्ट दियौं, उहाँले पनि मन पराइदिनुभयो,’ भटराईले भने । भुइँमान्छे भदौं २ गतेदेखि देशभरको हलहरुमा प्रर्दशनमा आउदैछ । अहिलेसम्म पछाडि पारिएको कथाबस्तुमा राम्रो फिल्म बनेकोले दर्शकहरुले मन पराइदिनु कलाकार तथा निर्माण पक्षले आशा व्यक्त गरे । प्रचारको क्रममा धरान आएको फिल्म युनिटले सोमबार धरानको नवोदय कलेज र एम्स एकेडेमीका विद्यार्थीहरुसँग पनि अन्र्तक्रिया गरेको थियो । शैली इन्टरनेन्मेन्ट एण्ड मुभिज प्रालि र शैली थिएटरको प्रस्तुती रहेको भुइँमान्छेमा रमेश बुढाथोकी, सिपोरा, सहिन प्रजापति, रोहणी भटराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहरालगायत कलाकार छन् । छाँयाकनमा विदुर पाण्डे, सम्पादकमा गम्भीरराज कर्णिकार, मधुसुदन सञ्जेल रहेको यो फिल्मको कथा, पटकथा, सम्बाद र निर्देशन नवराज बुढाथोकीको रहेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे