साइकलमा बोलबम(फोटोफिचर)
साउन महिना लागेपछि धरानमा छुट्टै चहलपहल र रौनक हुन्छ । यसको कारण हो, पिण्डेश्वर महादेवको मन्दिरमा लाग्ने बोलबम मेला । हरेक सोमबार हजारौंको संख्यामा भक्तजनहरु जल चढाउन आउछन् । पहेलो बस्त्रधारी भक्तजनको ओहोरदोहोर र घुइचो मन्दिरमा मात्र होइन, धरानको बजार क्षत्रेमा पनि देखिन्छ । तिनै भक्तजनहरुको तस्बिर खिच्न हामी लालयित हुन्छौं । हरेक सोमबार बिहानै अधिकांश सञ्चारकर्मीहरु पिण्डेश्वर मन्दिर पुगिसक्छौं ।
यो सोमबार(साउन ९ गते) पनि बिहान पिण्डेश्वर मन्दिर जाने सोचाई थियो । तर, ओछ्यानबाट उठेकै थिइन । मोवाइल बज्यो । साहसिक खेलकुदमा सक्रिय राजन लिम्बू दाईले ‘चतरा राइडमा जाने भनेको हैन भाई, खै त ?’ भन्दा पो झसंग भए । केही दिनअघि उहाँले बोलबमको प्रर्वद्धन गर्न चतरा(कोशी)सम्म साइक्लिङ जाने र जल लिएर आउने खबर दिनुभएको थियो । साइक्लिङमा रुचि भएकोले त्यतिबेला सहमति जनाइसकेको थिए ।
साइकल (माउण्टेनबाइक)मा बोलबम ! सुन्दा अनौठो लाग्ने । हुन त अचेल गाडी, मोटरसाइकलमा पनि कोशी नदीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउन थालेका छन् । पहिला त भक्तजनहरु आइतबार गाडीबाट चतरा जान्थे । अनि, राती १२ बजेपछि मात्र जल बोकेर धरानसम्मै हिडेर आउथे । सोमबार बिहान पिण्डेश्वरमा जल चढाएपछि घर फिर्थे । अचेल त भक्तजनहरु पनि सौखिन छन् । पहिला जस्तो चतराबाट पैदल हिडेर कमै आउछन् । गाडी, मोटरसाइकलमा जल लिएर आउन थालेका छन् ।
म निक्कै ढिला भइसकेका थिए । धरान १० सैनिक चोकस्थित हाउस अफ बाइकर्स(एचओबि) पुग्दा त सबै हिड्ने तर्खरमा थिए । यो एचओबि साइकल प्रेमीहरु राजन लिम्बू, फरेन लिम्बू र वन्दन राई मिलेर ९ महिना अघि सञ्चालनमा ल्याएका हुन् । पिण्डेश्वर बाबाधाम समिति सचिव जयन्त गौतम, सहसचिव सुधिरसिं लिम्बू अघि नै आइसक्नु भएको रहेछ । मेरो बाल्यकालको साथी सुधिर राना मगर, सुनिल थक्लङ, एचओबिकै फरेन सोल्टी पनि । झण्डै साढे ७ बजेतिर बाटो लाग्यौं । बोलबम राइड जाने मेसो पिण्डेश्वर बाबाधाम समिति, सुनसरी साइकल एशोसिएशन र एचओबि मिलेर बनेको हो । धरानका युवाहरुको साइकल सिटी बनाउने सपना छ । साहसिक खेल पर्यटनको विकास गर्ने पनि उद्देश्य हो । बोलबाम राइडबाट धार्मिक पर्यटनको पनि प्रर्वद्धन हुने ।
साइकले बोलबम टोली २१ जनाको थियो । इटहरीबाट पनि साइक्लिष्ट थिए । टोलीमा एक जना मात्र लेडिज साइक्लिष्ट थिइन् । नाम आशा लिम्बू, उमेर २२ बर्ष । तेह्रथुमको श्रीजुङ्ग स्थायी घर । अहिले धरान १० नारायण चोकमा बस्दै गरेकी । साइक्लिङ भनेपछि हुरुक्कै हुने । तर, उनीसँग आफ्नै माउण्टेन बाइक भने छैन । समान्य खालको गियर पनि नभएको साइकल छ । त्यही चलाउदा चलाउदै उनी साइक्लिष्ट भइसकिन् । माउण्टेन बाइक त मजाले चलाउछिन् । दुई जना १३ बर्षका जुनियर राइडर पनि थिए । एक जना धरान १५ का सायमन श्रेष्ठ र अर्का धरान १३ का ओसम राई । दुवैलाई साइक्लिङमा औधी रुचि छ ।
दोस्रो सोमबार भएर होला, बाटोमा धेरै बोलबम तीर्थयात्रीहरु देखिएनन् । प्रायःजसो अन्तिम सोमबारतिर मात्र अत्यधिक घुइचो हुने गर्छ । केही तीर्थयात्रीहरु मोटरसाइकल, स्कुटर र गाडीमा जल लिएर धरान आउदै गरेका भने भेटिन्थे । क्रस हुने बेला हामी जोडले ‘बोलबम..’ भन्दै कराउथ्यौं । गाडी, मोटरसाइकलबाट पनि ‘बोलबम..’ भन्दै फर्काउथे । अरुबेला पनि बोलबमको नारा लगाउदै साइकल चलाउदा बाटो वरपरकाहरु हामीलाई नजर लगाउथे । कतिले हास्दै ‘बोलबम..’ भन्थे । पाइडल चालेर थकित हुदा पनि रमाइलो लाग्ने ।
साउन, हिन्दु आराध्य देव शिवको प्रिय महिना । साउनमा देशभरकै शिवालयहरुमा भक्तजनहरुले जल चढाउछन् । तर, पिण्डेश्वरमा जल चढाउनुको बिशेष धार्मिक महत्व छ । स्कन्ध महापुराणको हिमाद्री खण्ड(हिमवत)को रुद्राक्षरण्य महात्म्यमा पिण्डेश्वर महादेवका वर्णन छ । जसअनुसार देवता र दानवले अजर अमर हुने लक्ष्य राखेर समुद्र मन्थन गर्न शुरु गरे । त्यसक्रममा उत्पन्न अमृतलाई मोहिनी रुपधारी विष्णुले छल गरेर देवताहरुलाई पिलाए । अमृतको शेष रहेको छोक्रालाई विष्णु र ब्रह्माको आदेशमा देवताहरुले पिण्डको आकारमा स्थापना गरे । पिण्डको आकार बढेर संसार ढाकिने डर भयो । देवताहरुले स्तुती गरेपछि महादेव आफै पिण्डमा आएर बसिदिएकोले नाम पिण्डेश्वर महादेव रह्यो । पिण्डेश्वरको दर्शन गर्दा मनोकांक्षा पुरा हुन्छ । सुख शान्ति मिल्छ र इहलीला समाप्त भएपछि शिवलोक प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।
पिण्डेश्वरको महिमा यतिमै सकिदैन । यो ठाउँलाई रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ । मन्दिरलाई नै रुद्राक्षरण्य पिण्डेश्वर पनि भन्ने गरिन्छ । रुद्राक्षरण्य महात्म्यमा उल्लेख भएअनुसार त्रिपुर नामको असुरले देवताहरुलाई ज्यादै दुःख दिए । भगवान शिवले रौद्र रुप धारण गरेर त्रिपुरको अन्त्य गरे । त्यसपछि रौद्र रुपधारी शिव यही ठाउँमा आएर विश्राम लिदा रिस शान्त भएको र हर्षले चार थोपा आँशु खसेको थियो । शिव(रुद्र)को हर्षको आँशु अंकुरण भएर रुख बन्यो । त्यही चार रुख फैलिएर अरण्य अर्थात जंगल भयो । त्यसैले यो क्षेत्रलाई रुद्र अश्रु अरष्य अर्थात रुद्राक्षरण्य भनिएको हो । रुद्राक्षको उत्पत्ति थलो भएकोले यहाँको रुद्राक्ष धारण गर्दा फलदायी हुन्छ अथवा अन्यत्रका रुद्राक्ष पिण्डेश्वरलाई छुवाएर धारण गर्दा पनि हुन्छ ।
सर्दु खोला पुगेपछि सिमसिम पानी पर्ला जस्तो भो । तर, परेन । घाम पनि चर्किएन । आह, क्या कुल मौसम । साइक्लिङको लागि उपयुक्त मौसम । ठाँउ ठाउँमा फोटो सेसन गर्न पनि भ्यायौं । धरान–चतरा बाटो उहिल्यै पक्की सडक बनेको रे । तर, खास कुरा कतैबाट पाउन सकिएको छैन । यथार्थमा भने कच्ची बाटो छ । बर्खामा हिलाम्य हुन्छ, अरुबेला धुलाम्य । अहिले ठेक्का लागेर पक्की हुने क्रममा छ । नेपालमा कुनै काम समयमा पुरा नहुने । यो बाटो पक्की हुन अझै समय लाग्ने रैछ । चतरातिरबाट कालोपत्रे बनेर धरानतिर आउदै छ । बर्खामा भएको विकासे काम कति टिकाउ हुने हो, भविष्यले नै देखाउनेछ ।
खार खोला पुगेपछि वयरवन तिर नगई रुट परिवर्तन गर्यौं । कोशीमा नयाँ पुल बनेपछि पकलीको कान्छी चोक हुदै राजधाजी पुग्ने वैकल्पिक मार्ग खार खोला हुदै निर्माण हुदैछ । निर्माण हुदै गरेको त्यही बाटो हुदै चतरातिर लाग्यौं । पक्की नभईसके पनि फराकिलो बाटो । चतरा पुगेपछि बालसन्तको आश्रम हुदै कोशीतिर लाग्यौं । कुम्भ स्तम्भ आसपासमा टहरामा आफुलाई चाहिने चिजहरु भक्तजनहरु खरीद गरिरहेका थिए । हामी भने कोशी किनारसम्मै साइकलमा पुग्यौं । धरानबाट झण्डै डेढ घण्टामा कोशी पुगेछौं । यो मुख्य कोशी नदी भने होइन, भंगालो मात्र हो । बर्खाले पानीको सतह बढेकोले मुख्य नदीसम्म पुग्नै नसकिने ।
निरन्तरको बर्षातले होला, कोशी धमिलो थियो । तरपनि भक्तजनहरु डुबुल्की चलाउदै थिए । कोही बालुवाको शिवलिंग बनाएर किनारमा पुजा गर्दै गरेका । कोशी प्लाष्टिकको गिलेनमा कोशीको लभर्दै गरेका । भजन किर्तन पनि जारी छ । प्रहरीहरु सुरक्षामा तैनाथ । बाबाधाम समितिका सहसचिव सुधिरसिंह लिम्बू दाई त खालीखुट्टै माउण्टेन बाइकको पाइडल मारेर पो आएका रहेछन् । कस्तो भक्ति अनि विश्वास । बाबाधाम समितिका पदाधिकारीहरुले कोशीको जल बोतलमा भरे, पिण्डेश्वरमा चढाउने भन्दै ।
फर्कदा चतरा बजार, वयनवन हुदै फर्कियौं । चतरा बजारमा थुक्पा खाजा पनि खायौं । त्यहा जुनियर साइक्लिष्ट ओसम राईले अगाडीको चक्का उडाएर स्टन पनि देखाएर छक्कै पारे । फर्कदा भने मलाई निक्कै गाह्रो भयो । मलाई मात्र होइन, अरु केही साथीहरुलाई पनि गाह्रो थियो । ठाउँ ठाउँमा बिसाउदै एचओबि आइपुग्यौं । बाबाधाम समितिका पदाधिकारीहरु भने जल चढाउन पिण्डेश्वरसम्मै गए ।
......................................................................................................

Comments
Post a Comment