साम परी सेलुन एन स्पा उद्घाटन

धरान । भारतको मुम्बईस्थित लोरियल प्रोफेस्नल कम्पनीको जागिर छोडेर आएकी हेयर डिजाइनर तथा मोडल साम परीले आफ्नै नामको सेलुन एण्ड स्पा सञ्चालनमा ल्याएकी छिन् ।
धरान ९, पुतलीलाइनमा खोलिएको साम परी सेलुन एण्ड स्पाको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महिला तथा पुरुष दुवैलाई सेवा उपलब्ध हुने सेलुन एण्ड स्पाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रविन मास्के, डा.निधि शाह, मिस प्लस टु २०१७ विजेता सिमरन तुलाधार र साम परीकी आमा सीता परियारले संयुक्तरुपमा रिबन काटेर गरेका थिए । करिब १० लाख लगानीमा सेलुन तथा स्पा सञ्चालनमा ल्याएको परीले बताइन् ।
सेलुनमा हेयर(कपाल)सम्बन्धी पेरिसमा उत्पादन हुने लोरियल ब्राण्डको मात्र प्रडक्ट ग्राहकहरुलाई उपलब्ध हुनेछ । यो ब्राण्डको उत्पादन चलाउने यही पुर्वाञ्चलमा पहिलो सेलुन तथा स्पा भएको उनको दाबी छ । नेपालमै पनि लोरियल ब्राण्ड चलाउने सेलुन भएको जानकारीमा नभएको साम परीको भनाई छ । ‘हेयर ट्रिटमेन्ट, हेयर डिजाइन, हेयर कलर हुन्छ । लोरियलको प्रडक्टमा अमुनिया फ्रि हुनाले कपाल ड्यामेज हुदैन,’उनले भनिन्,‘अहिले हेयर स्पा पनि हुन्छ, केही समय पछि अल स्पा पनि शुरु गछौं ।’ यसबाहेक ब्युटिसम्बन्धी मेकअप, फेसवास, नेलआर्टलगायत अन्य सेवाहरु पनि उपलब्ध भएको उनले बताइन् ।
उद्घाटन पश्चात डा. मास्के, डा. शाह, मिस प्लस टु विजेता तुलाधार, महिला सञ्जालकी अध्यक्ष शिला बज्रचार्य र जुम्बा प्रशिक्षक झुना राईले शुभकामना मन्तव्य दिएका थिए । उद्घाटन अवसरमा केक समेत काटिएको थियो । मोडल तथा हेयर डिजाइनर साम परीले मुम्बइस्थित लोरियल प्रोफेस्नल कम्पनीमा ६ महिना डिप्लोमा कोर्ष अध्ययन गरेकी छिन् । कोर्ष सकेपछि उनले एक बर्षसम्म सोही कम्पनीमा कामसमेत गरेकी थिइन् । उनले भनिन्,‘हेयर डिजाइनमा सानैदेखि सौख थियो, मुम्बईमा कोर्ष गरेर काम पनि गरे । अनुभव पाएपछि आफ्नै ठाउँमा गरौं भनेर फर्किएर अहिले खोलेकी हुँ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे