चीनबाट फाइदा लिनुपर्छ:मन्त्री कार्की


धरान, चैत २६ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले महाशक्ति राष्ट्र चीनबाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् । सोमबार निर्वाणा कन्ट्री क्लबमा आयोजित चीनलाई भेटौं कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले तीब्ररुपमा आर्थिक तथा भौतिक विकास गरिरहेको महाशक्ति राष्ट्र चीनबाट नेपालले फाइदा लिनुपर्ने बताएका हुन् ।
छिमेकी मुलक चीन भौगोलिक र जनसंख्याले मात्र विशाल राष्ट्र नभई आर्थिक शक्तिको हिसाबले पनि विश्वको महाशक्ति भएकोले चीन समृद्धशाली हुदा नेपाललाई पनि लाभ पुग्ने धारणा राखे । ‘चीनको मान्यता नै चीनमात्र होइन, छिमेकी देश पनि समृद्ध र धनी हुनुपर्छ भन्ने छ । त्यसैले चीन समृद्ध हुदा हामीले पनि लाभान्वित हुन्छौं,’मन्त्री कार्कीले भने,‘छिमेकी मुलुक चीनबाट हामीले फाइदा लिनुपर्छ ।’ चीनलाई ठुलो पाठशालाकोरुपमा उल्लेख गर्दै मन्त्री कार्कीले चीनबाट नेपालले जति सिक्नसक्यो, उति फाइदा पुग्ने पनि बताए । आफु चीनीया नेताहरुबाट प्रभावित भएर राजनीतिमा लागेको खुलाउदै मन्त्री कार्कीले भने,‘हामी पनि चीनले जस्तै प्रगति गर्न चाहन्छौं ।’
केही दिनअघि चीनीया राजदुतसँग भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै मन्त्री कार्कीले प्रदेश सरकारको प्राथमिकतामा परेको पर्यटन र कृर्षिको विकासबारे राजदुतले गहिरो चासो राखेको पनि जानकारी दिए । उनले भने,‘हाम्रो प्राथमिकताको क्षेत्र पर्यटन र कृर्षिबारे गहिरो चासो र जिज्ञासा राख्नुभयो, सहयोग र सहकार्य आवश्यक छ ।’ त्रिभुवन विश्वविद्यालयका पुर्वउपकुलपति महेशकुमार उपाध्यायले छिमेकी मुलुकबीच राज्यस्तरमा मात्र कुटनीतिक सम्बन्ध समिति नराखी जनस्तरमा पनि कला, सँस्कृति सहकार्य र आदानप्रदान गरिनुपर्ने धारणा राखे । चीनले आफुसँगै छिमेकी र तेस्रो विश्वलाई पनि धनी बनेको हेर्न चाहेको भन्दै उपाध्यायले पनि चीनबाट नेपालले लाभ लिनसक्नुपर्ने बताए ।
चीन साँस्कृतिक केन्द्र नेपालका निर्देशक किन कुन सोङले चीनबारे नेपालका सबै क्षेत्रका जनतालाई जानकारी दिन अभियान थालिएको बताए । धरानको सुन्दरताको प्रसंसा गर्दै उनले भविष्यमा चीनीया जनताहरु पर्यटककोरुपमा आउने बताए । उनले भने,‘हामी चीन र नेपालका जनताबीच पुलको काम गर्दैछौं । धरान सुन्दर ठाउँ रहेछ । अहिले त चीनीयाहरु काठमाण्डौ र पोखरातिर मात्र जान्छन्, धरानबारे जानकारी पाउदा पर्यटक बनेर यता पनि घुम्न आउछन् ।’
चीनलाई भेटौं नाम निइएको कार्यक्रममा चीनीया कला, सँस्कृति, जीवनशैलीसँगै चीनको भौतिक विकास, विज्ञान र प्रविधिमा गरेको प्रगतिलाई समेटिएको तस्बिरहरु प्रर्दशनीमा राखिएको थियो । यस्तै, चलचित्रले चीनीया सँस्कृति, जीवनशैली र परम्परालाई झल्काएको थियो । सहआयोजक वल्र्ड कल्चर नेटका अध्यक्ष दिपक सरदारले असल छिमेकी भएर पनि चीनलाई बुझ्न नसकेको भन्दै जनताबीचमा बुझाउन कार्यक्रम आयोजना गरिएको बताए । ‘अरनिकोले दुवै देशबीच कला र सँस्कृतिको क्षेत्रमा प्रगाढ सम्बन्ध बनाएको थियो, तर साँस्कृतिक आदनप्रदानमा अचेल ज्यादै कमी आएको छ । यही कमीलाई हटाउन सबै प्रदेशमा कार्यक्रम लिएर जादैछौं, भविष्यमा वृहत कार्यक्रम नै गछौं,’उनले भने ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे