मेसेज गर्दा किसोरीले बिष पिउनु पर्यो

पीडित किसोरीका आफन्तजन पत्रकार सम्मेलन गर्दे ।
धरान,चैत २१ । आफ्नै बुबाको साथी, त्यसमाथि घर नजिकको छिमेकी । मोवाइल र सामाजिक सञ्जाल फेसबुकमा बोलचाल हुनु वा मेसेज आदानप्रदान गर्नु अनौठो कुरा भएन । तर, त्यही मेसेजको कारण धरान ६, पानमाराकी एक दलित परिवारकी किसोरी जीवन मरणको दोसाधमा छिन् ।
  आफ्ना श्रीमान् भुपाल भनिने कृष्णकुमार राईसँग फोन गर्ने, म्यासेज गर्ने गरेको आरोप लगाउदै लक्ष्मी राईले ती बालिकामाथि अनेक लाञ्छना लगाएका थिए । गत माघ २२ गते राती सरसल्लाह गर्नुछ भनेर भुपालको दिदीको घरमा बोलाएर आमा छोरीलाई कुटपिटसमेत गरेका थिए । त्यतिमात्र नभई घरअघि भएर हिड्दा तथानाम गालीगलौज गर्ने क्रम नरोकिएपछि कक्षा ११ मा पढ्दै गरेकी ती १७ बर्षीय बालिकाले बिष सेवन गरिन् । करिब एक महिनाअघि(फागुन २३ गते) बिष सेवन गरेकी किसोरी अझै पुर्णरुपमा निको भइसकेकी छैनन् । बेला बेला असह्य पीडाले छटपटि हुन्छ, र परिवारजनले उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नपुर्याई हुदैन । पीडित परिवार एकतिर छोरीको यो अवस्थाले पीडामा छन् भने बिष सेवन गर्न बाध्य बनाउने राई दम्पत्ति कानुनी कारबाहीको दायारामा नआउदा झन् आह्त बनेका छन् ।
पीडित दलित परिवार अहिले न्यायको लागि भौतारिदै हिडेका छन् भने प्रहरीमा उजुरी दिएपनि पीडक राई खुलेआम हिडिरहेका छन् । पीडक राई नेपाली कांग्रेससम्बद्ध भएकोले घटनालाई गाउँमा मिलाउन राजनीतिक दबाब परेपछि आफुहरु पनि यतिका दिनसम्म चुपचाप बसेको पीडित परिवारको भनाई छ । ‘गाउँघर छरछिमेकमा नराम्रो किन हुने, मिलेर बस्ने हो भन्ने ठान्यौं, तर हामीलाई न सामाजिकरुपमा न्याय मिल्यो न त कानुनीरुपमा नै न्याय पायांै,’पीडितका बुबाले बुधबार पत्रकार सम्मेलन गर्दै भने,‘छोरीलाई हामी नभएको बेला फोन किन नगरेको,मेसेज किन रिप्लाई नदेको भन्दै धम्क्याउने गर्दो रहेछ, त्यो थाह पाएपछि उसको पत्नीले तथानाम गालीगलौज गरेर गाउँघरमा बसिनसक्नु बनायो, त्यसैको पीडाले छोरीले बिष सेवन गरिन् ।’
                                                       भुपाल राई ।
पीडित परिवारका अनुसार माघ २२ गतेको घटनापछि प्रहरी चौकीमा पुगेर दुवै पक्षले उप्रान्त चुपचाप बस्ने सहमति भएको थियो । तर, भुपालकी पत्नी लक्ष्मीले कलेज जादा, ट्युसन जादा पनि पीडित बालिकालाई आफ्नो श्रीमान्सँग बिहे गरिदिने भन्दै मानसिक यातना दिन नछेडेको पीडितकी आमाले बताइन् । उनले भनिन्,‘बिष खाने दिनमा पनि बाबुलाई पनि फोन गरेर तेरो छोरीसँग मेरो बुढोको बिहे गरिदिनुपर्छ, म योसँग बस्न मन छैन भनेर फोन गरेको थियो । छोरीलाई साह्रै टर्चर भएर नै यो घटना भयो ।’
उपचारको क्रममा बीपी प्रतिष्ठानमा बेहोस अवस्थामा रहेको बेला प्रहरीले कसैलाई थाहै नदिई ‘मैले आफु खुशी बिष सेवन गरेको हुँ, कसैको कारणले होइन’ भन्ने कागजमा ल्याप्चे लगाएको पीडितकी काकीले बताइन् । उनले भनिन्,‘कुरुवा मै बसेको थिएँ । एकछिन बाहिर गएको बेला मौका पारेर पुलिसले ल्याप्चे लगाएछन, ११ कक्षा पढ्दै गरेकीले सही नै गथ्र्यो, तर बेहोस बेला प्रहरीले षडयन्त्र गर्यो । पीडकसँग पुलिसको मिलेमतो भएको रहेछ ।’ पीडितको अवस्था नाजुक हुदै गएपछि परिवारले फागुन २४ गते आइसियु नपाएर बिराटनगरस्थित ग्रिन क्रस हस्पिटलमा लगेको थियो । फागुन २५ गते इलाका प्रहरी कार्यालय धरानमा परिवारले जाहेरी दिएको थियो भने चैत २ गते पीडित डिस्चार्ज भएर घर फिरेकी थिइन् । पीडित परिवारले अभियुक्त भुपाल र उनकी पत्नी लक्ष्मीलाई तत्काल पक्राउ गर्न माग गरेको छ । साथै, बेहोस अवस्थामा प्रहरी आफैले बालिकाको हात पक्रेर लगाएको ल्याप्चे बदर गर्दै वयान खारेज गरी नयाँ वयान लिन पनि माग गरेको छ ।
पीडक भनिएका भुपाल र उनकी श्रीमति केही दिनदेखि घरमा छैनन् । दुवैलाई मोवाइल सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । भपालकी पत्नी लक्ष्मी पानमारास्थित एभरेष्ट बोर्डिङ स्कुलमा पढाउछिन् । धरानका डिएसपी रामेश्वर पौडेलले पीडित परिवारबाट सार्वजनिक मुद्दा जाहेरी दिएको बताउदै भुपाललाई पक्राउ गर्न खोजी भइरहेको खुलाए । उनले भने,‘बिष खुवाउन बाध्य परेको बिषयमा कानुनी कारबाही गर्न सकिदैन । सार्वजनिक अपराधको मुद्दा दर्ता भएको छ, भुपाललाई पक्राउ गर्न खोजी गरिरहेका छौं ।’ पीडित परिवारलाई गाउँमा बस्ने सहज वातावरण होस भन्ने चाहको पनि उनको भनाई थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे