इलामेलीहरुको र्याली

धरान,चैत २४ । इलाम सदरमुकाम स्थापना भएको २ सय बर्ष पुगेको अवसरमा मोरङ र सुनसरीमा बसोबास गर्दै आइरहेका इलामेलीहरुले शनिबार मोटरसाइलक र्याली निकालेका छन् ।
बैशाख पहिलो साता इलाममा आयोजना हुन लागेको ‘इलाम हाम्रो गौरव’ कार्यक्रमको प्रर्वद्धन तथा इलाम स्थापनाको २ सय बर्षको सन्दर्भ पारेर सुनसरी मोरङ इलामेली समाजले शनिबार यो कार्यक्रम गरेको हो । एकै दिन विराटनगर, इटहरी र धरानमा र्याली निकालिएको थियो । र्यालीमा २ सय हाराहारीमा मोटरसाइकल र चार पांग्रे सवारी पनि सहभागी भएको समाजका नेतृत्वकर्ता कृष्ण साहले जानकारी दिए । ‘इलाम सदरमुकाम स्थापना भएको २ सय बर्षको सन्दर्भ पारेर र इलाम हाम्रो गौरव कार्यक्रमको प्रर्वद्धन गर्न समाजले र्याली गरेको हो,’उनले भने ।
उनका अनुसार र्यालीमा इलाम जन्मघर भई हाल मोरङ र सुनसरीमा बसोबास गर्दै आएका इलामेलीहरु र इलामका ज्वाईहरुलाई पनि सहभागी गराइएको थियो । शनिबारै यो कार्यक्रम इलाममा पनि भएको उनले बताए । वि.स. १८७५ मा इलाम सदरमुकाममा निसान राखेर स्थापना गरिएको थियो । वि.स.२०७५ सालमा इलाम स्थापना भएको २  सय बर्ष पुग्दैछ । नेपालको पुर्वको सिमाना टिष्टा नदीसम्म हुदा नेपालको प्रशासन दार्जिलिङको नागरी गढीबाट चल्ने गथ्र्यो । तर, सुगौलीसन्धी हुदा मेची नदीमा सिमाना सिमित भएकोले २० दिनभित्र मेची पुुर्वको भुभाग छोड्नुपर्ने भयो । नेपाल पक्षले निसानसहित सबै बन्दोबस्तीको सामान लिएर केही दिन करफोकमा राखे भने पछि इलाम सदरमुकाममा राखिएको थियो । यसरी इलाम सदरमुकाम स्थापना भएको २०७५ सालमा २ सय बर्ष पुग्ने साहले बताए ।
इलाम सदरमुकाम स्थापनाको २ सय बर्ष पुगेको सन्दर्भमा बैशाख १, २ र ३ गते इलाम हाम्रो गौरव कार्यक्रम हुदैछ । २ गते धरान र इलामबीचमा मितेरी सम्बन्ध गासिनेछ । यसको लागि खेलकुद, साँस्कृतिक टोलीसहित धरान उपमहानगरपालिकाको टोली इलाम जाने तयारीमा जुटेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे